खेलकुद

यु–१९ साफ च्याम्पियनसीप फुटबल, नेपाल र बङ्गलादेश सेमिफाइनलमा

1440250023download-8.jpg
काठमाडौँ, ५ भदौ । यू–१९ साफ च्याम्पियनसीप फुटबलको समूह ’ए’ अन्तर्गत आज भएको खेलमा बङ्गलादेशले भुटानलाई २–० ले हराएको छ । हारसँगै भूटान प्रतियोगिताको समूहचरणबाटै बाहिरिएको छ ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा बङ्गलादेशका लागि रोहित सरकारले ४१ औँ मिनेटमा पहिलो गोल गरे । दोस्रो गोल मनाफ रब्बीले ४३ औँ मिनेटमा गरे । पहिलो हाफमा २–० ले अग्रता लिएको बङ्गलादेशले दोस्रो हाफमा गोल गर्न सकेन ।  समूहको दोस्रो खेल खेलेको भूटानको यो लगातार दोस्रो हार हो । यसअघि उद्घाटन खेलमा भूटान नेपालसँग ३–० ले पराजित भएको थियो ।  समूहको विजेताका लागि...

भुटानमाथि नेपालको शानदार जित, विमलले गरे ह्याट्रिक

1440079042khel-final-fial3.jpg
काठमाडौं, भदौ ३ । नेपालले पहिलो साफ यु–१९ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ ।  एन्फा कम्प्लेक्स सातदोबाटोमा विहीबार भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–१ गोलले पराजित गरेको हो । नेपालको जितमा कप्तान विमल घर्तीमगरले ह्याट्रिक गरे । उनले खेलको १०औं, २९औं र ६२औं मिनेटमा गोल गर्दै नेपाललाई उत्कृष्ट जित दिलाएकाहुन् । खेलको ७३औं मिनेटमा नेपालले पाएको पेनाल्टीमा भने विमल गोल गर्नबाट चुकेका थिए । भुटानका तर्फबाट सोनाम तोग्बेले एक सान्त्वना गोल गरे । जितसँगै नेपालले ३ अंक जोडेको छ । नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशको सामना...

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप’मा सहभागी हुन चार खेलाडी मलेसिया प्रस्थान

1440006456article-newehowimagesa07hnqoamerican-taekwondo-association-scholarships-800x800.jpg
काठमाडौँ, २ भदौ । ‘चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप’मा सहभागी हुन चार खेलाडीसहित आठ सदस्यीय नेपाली टोली आज मलेसिया प्रस्थान गरेको छ ।  मलेसियाको सारावाकस्थित कुचिङमा यही अगष्ट २२ देखि २३ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा दुई पुरुष र दुई महिला खेलाडीले सहभागिता जनाउने छन् ।  पुरुष ६३ केजीमुनि सुबोध खड्का र ६३ केजीमाथि विकास विडारी तथा महिला ४९ केजीमुनि अस्मिता खड्का र ४६ केजीमुनि काजल श्रेष्ठले प्रतिष्पर्धा गर्नेछन् । अस्मिता र सुबोधले एकल पुम्सेका साथै पेयर पुम्सेमा पनि भाग लिनेछन् ।  टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका...
1453145911obamacare.gif

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

1439605320banner-footballpitch.jpg
काठमाडौँ, २९ साउन । बङ्गलादेशमा जारी १६ वर्षमुनि (यु-१६) उमेर समूहको तेस्रो साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । बङ्गलादेशको सिल्हेटमा भर्खरै सम्पन्न आफ्नो समूहको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई १–० ले हराएपछि सेमिफाइनल यात्रा सहज भएको हो । नेपाललाई जित दिलाउन क्षितिज राजले खेलको ४७ औं मिनेटमा एक मात्र गोल गरेका थिए । पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली किशोर टोलीले माल्दिभ्सलाई ५–० ले हराएको थियो । अब नेपालले आइतबार हुने सेमिफाइनलमा भारतको सामना गर्नेछ भने बङ्गलादेश र अफगानिस्तानबीच...

तेस्रो साफ च्याम्पियनसीपः नेपालको विजयी सुरुआत

1439217093images-3.jpg
काठमाडौँ, २५ साउन । बङ्गलादेशमा जारी सोह्र वर्षमुनि (यु–१६) उमेर समूहकोे तेस्रो साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ५–० ले हराउँदै विजयी सुरुआत गरेको छ ।  सिल्हेटको मैदानमा आज भएको खेलमा नेपाललाई जित दिलाउन प्रेजेन तामाङ र सुमन अर्यालले दुई÷दुई तथा लक्ष्मण परियारले एक गोल गरे । नेपालका लक्ष्मण परियारले खेलको तेस्रो मिनेटमै गोल गरेका थिए । त्यसपछि १८ औँ मिनेटमा प्रेजेनले गोल थपेर अग्रता दोब्बर बनाए । एक्काइसौैँ मिनेटमा सुमनले गोल गरेपछि नेपालले मध्यान्तरअघि नै ३–० को अग्रता लियो ।  दोस्रो हाफको ५० औँ...

हामीले खेल्नै सकेनौं : पारस

1438610125images-6.jpg
काठमाडौ, श्रावण १८ - विश्व ट्वान्टी–२० छनोटमा नेपालले खेल्नै नसकेको कप्तान पारस खड्काले स्विकारेका छन् । डेढ महिना युरोप भ्रमणको निराशजनक यात्रापछि नेपाल फर्किए लगत्तै पारसले यस्तो बताएका हुन् ।   ‘सामन्य हिसाबमै भन्ने हो भने हामीले खेल्नै नसकेको हो । हार जित आफ्नो ठाउमा छ । हामीले यतिको कमजोर प्रर्दशन कहिल्यै गरेको थिएनौं,’ पारसले हारको जिम्मेवारी लिदैं भने, ‘हामीले आफ्नो क्षमता अनुसार २०–३० प्रतिशत पनि खेल्न सकेनौं । त्यसको मतलब हामीले प्रयास नै नगरेको होइन ।’   अर्को वर्ष भारतमा हुने विश्व ट्वान्टी–२० मा छनोट हुने उद्धेश्य बनाएको नेपालले...
Advertisement

तेस्रो साफ च्याम्पियनसिपको छनौट प्रक्रिया सकियो, पहिलो खेल साउन २५ मा

1438519477Football.jpg
काठमाडौँ, १७ साउन । सोह्र वर्षमुनि (यु–१६) उमेर समूहको मुख्य प्रशिक्षक उपेन्द्रमान सिंहले तेस्रो साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि आज २३ सदस्यीय नेपाली टोलीको घोषणा गर्नुभएको छ ।  यही साउन २४ गतेदेखि बङ्गलादेशमा हुने उक्त प्रतियोगितामा विभिन्न छ राष्ट्रले भाग लिएका छन् । उक्त प्रतियोगितामा सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरेकामा नेपाल समूह ‘बी’ परेको छ ।  समूह ‘बी’मा नेपालसहित अफगानिस्तान र माल्दिभ्स छन् । त्यस्तै समूह ‘ए’ मा भारत, श्रीलङ्का र बङ्गलादेश छन् । प्रतियोगितामा पाकिस्तान र भुटानले भने सहभागिता जनाएका छैनन् ।...

शाहरुख खान माथी लागेको प्रतिबन्ध हटेको छ अब वानडे स्टेडियम जान पाउने भएका छन्

1438510102srk.jpg
बलिउडका बादशाह शाहरुख खान माथी वानडे स्टडियम जान नपाउने गरि लागेको प्रतिवन्ध हटेको छ। उनी माथी यो प्रतिवन्ध सन् २०१२ मा लगाइएको थियो। एमसीए को आइतबार बसेको बैठकले बलिउडको बादशाह शाहरुख माथी ५ वर्षकोलागी लगाइएको प्रतिवन्ध हटाएको छ। सन् २०१२ मा मुम्बइ इन्डियन्स र केके आर बिच भएको म्याच पछि  एसआरके को सुरक्षाकर्मी र एमसीए का अधिकारि  बीच भएको झड़प पछि उनी माथी  स्टेडियम मा पांच वर्ष सम्म भित्र छर्न नपाउने प्रतिवन्ध लगाइएको थियो। के के आरले यो म्याच जितेको थियो।        बैठकमा उपस्थित एमसीएको अधिकारीहरु २०१७ मा हट्ने यो प्रतिवन्धलाइ २०१५ मा हटाउनु...

स्कटल्यान्डसँग नेपाल ९ विकेटले पराजित

1438441643Scotland-vs-Nepal.jpg
काठमाडौँ, १६ साउन । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतको दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग ९ विकेटको भारी अन्तरले पराजित भएको छ ।  वर्षाका कारण हिजो अवरुद्ध भएपछि आज भएको खेलमा नेपालले दिएको लक्ष्य स्कटल्यान्डले १४औं ओभरमा मात्र एक विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि सोमपाल कामीले एक मात्र विकेट लिएका थिए ।  हिजो स्कटल्यान्डको आयरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएको थियो ।  स्कटल्यान्डले जवाफी ब्याटिङ सुरु गर्नु अगावै वर्षा सुरुभएपछि खेल तीनघण्टाका लागि स्थगित भएको थियो । डर्क वर्थ लुइस...
Advertisement

विश्व ओलम्पिक खेलमा नेपालले एक स्वर्ण र एक रजत पदक प्राप्त गर्यो, खेलाडीको सम्मानमा रात्रि भोज

1438400420Special-Olympics-World-Game-2.jpg
पुरुषोत्तम ढकाल, लस-एन्जलस १६ साउन । बौद्धिक अपांगता भएका खेलाडीहरुका लागि आयोजित विश्व ओलम्पिक खेल २०१५ मा सहभागी हुन आएका नेपाली खेलाडीको सम्मानमा बिहिबार साँझ लस-एन्जलसमा एक कार्यक्रम सम्पन्न भएको छ । दक्षिण क्यालिफोर्नियाका नेपाली अमेरिकनको तर्फबाट आयोजित सम्मान कार्यक्रममा विश्व ओलम्पिक खेल २०१५ अन्तर्गत युनिफाइड फुटबल तर्फ स्वर्ण पदक बिजेता ललितपुरका आशिस देउजा, २०० मिटर दौड तर्फ चितवनका प्रदिप अधिकारी र अन्य सहभागी खेलाडीहरु मोनिका कार्की, दिपा निरौला र इन्द्र शर्मालाई प्रमुख अतिथि सानडिएगो छेत्रका लागि नेपाली वाणिज्यदुत ऋषि ढकाल र स्थानिय...

प्रथम दिनको खेल समाप्तिमा दक्षिण अफ्रीका दरो अबस्थामा

1438288788bangladesh.jpg
दक्षिण अफ्रीका र बंगलादेशबिच शेर बंगला मैदान मिरपुरमा भएको दोस्रो टेस्ट म्याचमा टस जिती ब्याटिंग रोजेको बंगलादेशले ८८.१ ओवर खेल्दै आठ विकेटको नोक्सानीमा २४६ रन बनाएको छ । ओपनर ब्याट्सम्यान तामिम इकबाललाई १२ रनको अबस्थामा गुमाएको बंगलादेशले इमरुल र हकको ६९ रनको साझेदारी गरेको थियो । बंगलादेशको तर्फबाट रहिमले सर्वाधिक ६५ रन बनाउन सफल भए । दक्षिण अफ्रीकाको तर्फबाट डेल स्टेन र जे.पी.दुमिनीले ३-३ विकेट लिन सफल भए । ...

ओमान र अफगानिस्तान विश्वकपमा छनोट

1437699015218549.3.jpg
काठमाडौं, श्रावण ८ । एसियाली मुलुक ओमान पहिलोपटक विश्वकप ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । आयरल्याण्डको डब्लीनमा बिहीबार भएको अन्तिम प्लेअफ खेलमा नामिबियालाई ५ विकेटले पराजित गर्दै ओमान पहिलो पटक विश्वकपका लागि छानिएको हो ।  नामिबियाले दिएको १ सय ४९ रनको विजयी लक्ष्य ओमानले १९ ओभरमा५ विकेट गुमाएर पुरा गरेको थियो । यो जितसँगै ओमान पहिलो पटक विश्वकप ट्वेन्टी–२० क्रिकेटमा छनोट भएको हो भने ट्वेन्टी–२० अन्तर्राष्ट्रियको मान्यता समेत पाएको छ । विश्वकपमा छानिने टोलीलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले ट्वेन्टी–२०...
Advertisement

नेपाली टोली पदक जित्दै स्वदेश फिर्ता

1437570728merosamachar.jpg
काठमाडौँ, ६ साउन । दक्षिण कोरियामा सम्पन्न नवौं अन्तराष्ट्रिय तेक्वान्दो सांस्कृतिक प्रदर्शनी खेलमा स्वर्ण पदक हात पारेकी योङ्चेन शेर्पासहितको टोली आज स्वदेश फर्केको छ । कोरियास्थित मुजु तेक्वादो पार्कमा भएको खेलमा शेर्पाले भारत र पाकिस्ताना खेलाडीलाई पराजित गर्दै स्वर्णपदक हात पारेकी हुन् । उनी ह्वाइट फिल्ड स्कुलमा अध्ययनत छिन् । त्यस्तै सोही खेलमा सहभागी जेम्स स्कुलकी क्रेशा कोइराला, एजेलिया राजकर्णिकार र ह्वाईट फिल्ड स्कुल कै आर्यन खड्की पनि स्वदेश फर्किएका छन् । उनीहरुले उक्त खेलमा कास्यपदक हात पारेका थिए ।  पदक विजेता खेलाडीलाई ह्वाईट फिल्ड...

अफगानिस्तानमाथि सनसनीपूर्ण जित निकाल्दै हङकङ टी–२० विश्वकपमा छानियो

1437487879h2.jpg
काठमाडौं, श्रावण ५ । हङकङ अर्को वर्ष भारतमा हुने विश्वकप ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताका लागि छानिएको छ । आयरल्यान्ड र स्कटल्यान्डको संयुक्त आयोजनामा भइरहेको विश्वकप टी–२० छनोट क्रिकेटको पहिलो ‘प्ले अफ’मा मंगलबार अफगानिस्तानलाई ५ विकेटले हराउँदै हङकङ विश्वकपमा छानिने तेस्रो टिम बनेको हो । यसअघि, आयोजकद्धय दुबै टिम आफ्नो समूहका बन्दै विश्वकपका लागि छानिएका थिए l १ सय ६२ रनको चुनौती पछ्याउनेक्रममा अन्तिम ओभरमा १६ रनको आवश्यकता भएका अवस्थामा हङकङले २ विकेटसमेत गुमाएर पूरा गरी सनसनीपूर्ण जित हासिल गरेको हो । यसअघि, अफगानिस्तानले ७ विकेट गुमाएर...

फिफा नेतृत्वका लागि आगामी फेब्रुअरी २६ मा चुनाव

1437404847download-1.jpg
जुरिक, ४ साउन । फिफा प्रमुख सेप ब्लाटरको बदलामा चयन गर्ने गरी फिफा नेतृत्वका लागि आगामी वर्ष फेब्रुअरी २६ तारिखमा चुनाव गरिने फिफाले सोमबार जनाएको छ ।  फिफा प्रमुख ब्लाटरले आफू फिफा नेतृत्वका लागि निर्वाचित भएको चार दिनपछि गत जेठ १९ गते (जुन २) मा आफूले फिफाको नेतृत्व त्याग्ने घोषणा गर्नुभएको थियो ।  फिफाले आफ्नो ‘ट्वीटर एकाउन्ट’ मा फिफाको विशेष निर्वाचन फेब्रुअरी २६, २०१६ मा जुरिकमा हुनेछ, भनेको छ । ...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement