खेलकुद

टी–ट्वेन्टी विश्वकप छनोट : नेपाल जर्सीद्वारा सात विकेटले पराजित

1437226341CAN.jpg
काठमाडौँ, २ साउन । टी–ट्वेन्टी विश्वकप छनोटअन्तर्गतको खेलमा नेपाल जर्सीद्वारा सात विकेटले पराजित भएको छ ।  आयरल्यान्डको डब्लिनमा टस हारेर ब्याटिङ गरेको नेपालले आठ विकेट गुमाउँदै १०५ रन बनाएको थियो ।  आफ्नो ‘डेब्यु’ खेलमा सिद्धान्त लोहनीले धुरन्धार व्याटिङ गर्दै १६ बलमा २७ रन बनाएपछि नेपालले १०० रन कटाउन सक्यो । सातौँ क्रममा क्रिजमा आएका २० वर्षीय सिद्धान्तले २ छक्का र समान चौकाको मद्धतले नेपाली इनिङमा सर्वाधिक रन बनाए ।  यसअघि नेपालका ओपनिङ ब्याट्स्म्यान विनोद भण्डारी १.५ ओभरमा टोलीको ६ रन हुँदा व्यक्तिगत ३ रनमा आउट भए । त्यसपछि ३.५ ओभरमा मात्र ७ रन...

मकवानपुरे सञ्चारकर्मी र युवा संघको बीचमा खेल एक एक गोलले बराबरी

14371975552001972628.jpg
मकवानपुर, हेटौंडा, साउन २ ,खेलकुद पत्रकार मञ्च मकवानपुरको समन्वयमा प्रत्येक शनिबार हुँदै आएको मैत्रीपूर्ण फुटबल खेल्ने कार्यक्रम अन्तर्गत आज शनिबार मकवानपुरे सञ्चारकर्मी र युवा संघको बीचमा फुटबल खेल सम्पन्न भएको छ । हेटौंडा–५ स्थित क्याम्पाडाँडाको खेल मैदानमा भएको खेलमा दुबै टिमले एक एक गोल गरी बराबरीमा खेल सम्पन्न भएको कुरा युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईले मेरो खबर डट नेटलाई बताउनु भयो । ...

लगातार दोस्रो पटक विश्व कप खेल्ने नेपालको चाहना कठिन मोडमा

काठमाडौँ, १ साउन । लगातार दोस्रो पटक टी ट्वन्टी विश्वकप खेल्ने लक्ष्यका साथ गत असार पहिलो साता आयरल्यान्ड भ्रमणमा निस्केको नेपाल अन्ततः छनोटका क्रममा समूह चरणबाटै घर फर्कने स्थितिमा पुगेको छ । आयरल्यान्ड र स्कटल्यान्डले संयुक्त रूपमा आयोजना गरिरहेको विश्व कप छनोट क्रिकेट प्रतियोगितामा आफूले खेलेका पाँचै वटा खेलमा कमजोर ब्याटिङका कारण प्रतियोगिताको समूह ए मा रहेको नेपाल लगातार खराब प्रदर्शन गर्दै तीन खेलमा पराजय भोगेपछि विश्व कपमा छनोट नहुने स्थितिमा पुगेको छ । दुई वर्षअघि युएईमा नेपालले हङकङलाई ५ विकेटले पराजित गर्दै पहिलो पल्ट ऐतिहासिक रूपमा...
1453145911obamacare.gif

नेपालको क्रिकेट विश्वकप खेल्ने सम्भावना न्यून

1437139553CAN.jpg
काठमाडौँ, १ साउन । आइसिसी विश्वकप ट्वन्टी ट्वन्टी छनोटमा पपुवा न्युगिनीसँग आठ विकेटले पराजित भएपछि नेपालको विश्वकप खेल्ने सम्भावना न्यून भएको छ । आयरल्यान्डको डब्लिन स्टेडियममा आज भएको सो प्रतियोगितामा नेपाल पपुवा न्युगिनीसँग पराजित भएसँगै दोस्रो पटक विश्वकप खेल्ने नेपालको चाहना अपुरो हुने सम्भावना बढेको छ । प्रतियोगिताअन्तर्र्गत नेपालले दिएको ९४ रनको लक्ष्य पपुवा न्युगिनीले १४.१ ओभमा मात्र दुई विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालले अब विश्वकप खेल्न शनिबार हुने जर्सीविरुद्वको खेलमा जित हासिल गरेर मात्र हुँदैन हङकङले अब खेल्ने दुई खेलमा भरपर्नु...

हङकङसँग नेपाल पाँच विकेटले पराजित विश्वकपमा छनोट हुने सम्भावना कम

1437011974CAN.jpg
काठमाडौँ, ३० असार । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ट्वेन्टी ट्वेन्टी विश्वकप छनोट प्रतियोगिताअन्तर्गतको चौथो खेलमा नेपाल हङ्कङसँग पाँच विकेटले पराजित भएको छ । हारसँगै नेपालको विश्वकप यात्रासमेत कठिन बनेको छ । आयरल्यान्डको बेलफास्टमा भएको खेलमा हङ्कङले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपालले पूरै विकेट गुमाएर हङ्कङलाई ११० रनको मध्यम स्कोरको लक्ष्य दिएको थियो । जवाफी व्याटिङमा आएको हङकङको सुरुवात भने राम्रो थिएन् । सोमपाल कामीले हङकङका इरफान अहमदलाई पहिलो बलमा आउट गरेपछि नेपालले आशा जगाएको थियो । तर पहिलो विकेट गुमाएपछि संयमित...

खेलकुद क्षेत्रमा गत वर्षभन्दा रु ६० करोड बढी बजेट, कार्यान्वयनको पक्ष फितलो

1436892155Sports.png
काठमाडौँ, २९ असार । सरकारले खेल क्षेत्रको समग्र विकासका लागि गत वर्षभन्दा झन्डै रु ६० करोड बढी रकम विनियोजन गरेको छ ।  व्यस्थापिका–संसद्मा आज अर्थमन्त्री डा रामशरण महतले प्रस्तुत गरेको बजेट वक्तव्यमा आगामी आवमा साताँै राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरिने लगायत विषयमा रु दुई अर्ब सात करोड बजेट विनियोजन गरिएको छ । गत वर्ष भने मन्त्री डा महतले नै खेल क्षेत्रका लागि रु एक अर्ब ४७ करोड बजेट विनियोजन गर्नुभएको थियो ।  बजेटमा देशका विभिन्न स्थानमा क्रिकेट मैदान निर्माणका लागि रु २१ करोड छुट्याइएको छ तर गत वर्ष नै मूलपानी क्रिकेट मैदानमा अन्...
Advertisement

क्रिकेट विश्वकपमा आज नेपालले आयरल्यान्डको सामना गर्ने

1436757734CAN.jpg
काठमाडौँ, २७ असार । विश्वकप ट्वेन्टी–२० छनोट प्रतियोगिताको आप्mनो तेस्रो खेलमा नेपालले आयोजक आयरल्यान्डको समाना गर्दै मैदानमा उत्रने भएको छ । आयरल्यान्डको बेलफास्टमा हुने सो प्रतियोगितामा नेपालले निकै बलियो मानिएको टोली आयरल्यान्डसँग नेपाली समयअनुसार भोलि सोमबार बेलुका सात बजे प्रतिस्पर्धा गर्नेछ । दोस्रोपटक विश्वकपमा छनोट हुने लक्ष्यसहित प्रतियोगिताको छनोट चरण खेलिरहेको नेपालले आयरल्यान्डसँग भने पहिलोपटक औपचारिक खेल खेल्न लागेको हो । आधिकारिकरुपमा अहिलेसम्म नेपाल र आयरल्यान्ड आमनेसामने भएका छैनन् । तर गतवर्ष बङ्गलादेशमा भएको विश्वकप...

विश्वकप टि–ट्वन्टी छनोटमा नेपालको विजयी सुरुवात

143658311959961.jpg
काठमाडौँ, २५ असार । आइसिसी विश्वकप टि–ट्वन्टी छनोट प्रतियोगिताको समूह चरणको पहिलो खेलमा अमेरिकालाई छ विकेटले हराउँदै नेपालले विजयी सुरुआत गरेको छ ।  आयरल्यान्डको बेलफास्टमा जारी प्रतियोगिताअन्तर्गत आज पहिलो ओभरमै ओपनर सागर पुनलाई ६ रनमै गुमाएको नेपालको सुरुआत भने राम्रो हुन सकेन । सागरलाई अमेरिकाका जसदीप सिंहले आउट गराएका थिए । अर्का ओपनर अनिल मण्डलले तेस्रो क्रममा आएका ज्ञानेन्द्र मल्लसँग ७८ रनको साझेदारी गर्दै १४ दशमलव २ ओभरसम्म खेल्दै नेपाललाई ८४ रनको स्थितिमा पु¥याए । अनिलले २९ रन जोड्दा ज्ञानेन्द्रले ४३ बलमा ५२ रनको योगदान दिए ।  त्यसपछि...

सोम्पालको अन्तिम चौकाको साथ नेदरल्याण्ड विरुद्धको चौथो खेलमा नेपालको जित

1435948580181893.jpg
ICC World T20 Qualifiers सेरिज अन्तर्गत नेदरल्याण्ड विरुद्धको प्रतिस्पर्धी खेलमा ७ विकेटको क्ष्यतिमा १९.४ ओभरमा नेपालले जित हासिल गर्न सफल भएको छ |  सोम्पालको निर्णायक चौकाको साथ नेपालले नेदरल्यान्द्लाई पराजित गरेको हो | यस खेलमा अर्ध सतक पुरा गर्दै नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले २०० रन पुरा गर्न सफल भएका छन् | निकै प्रतिस्पर्धात्मक यस खेलमा बिजय हासिल गर्नु, यस अघि तीन खेल मा हार व्यहोरी सकेको नेपाली टिमको लागि निकै महत्त्वपूर्ण थियो | ...
Advertisement

तेस्रो खेलमा नेपाल १८ रनले पराजित

1435890545Netherlands-vs-Nepal-2nd-T20-Live-Stream-Scorecard-1st-July-2015.jpg
काठमाडाँै, १८ असार । नेदरल्यान्ड्समा जारी नेपाल र नेदरल्यान्ड्सबीचको चार म्याचको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत हिजो साँझ खेलिएको तेस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १८ रनले पराजित गरेको छ ।  जितका लागि १५० रनको चुनौती पाएको नेपालले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १३१ रन मात्र बनाउन सकेको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १४९ रन बनाएको थियो ।  यो हारसँगै नेपालले चार खेलको शृङ्खला ३–० ले गुमाएको छ । अब अन्तिम एक खेल मात्र खेल्न बाँकी छ ।  शेपालका तर्फबाट कप्तान पारस खड्का (३६),...

क्रिकेटः नेपाल नेदरल्यान्ड्ससंग १८ रनले पराजित

1435881495CAN.jpg
काठमान्डौ, १७ असार । नेदरल्यान्ड्समा जारी नेपाल र नेदरल्यान्ड्सबीचको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत आजको तेस्रो खेलमा नेदरल्यान्ड्ससंग १८ रनले पराजित भएको छ ।  टस जिती पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १४९ रन बनाएको थियो ।  नेपालले यसअघि खेलिएका दुई खेल हारेर चार खेलको शृङ्खलामा २–० ले पछाडि परेको थियो । शृङ्खलालाई बराबरी गर्न आजको खेल नेपालका लागि गर या मरको अवस्थामा थियो ।  प्राप्त जानकारी अनुसार नेदरल्यान्ड्सका तर्फबाट स्टिफेन माइबर्गले सर्वाधिक ७१ रन बनाएका थिए ।  नेपालका तर्फबाट करन केसीले...

ग्लोस्टरसायरसँग नेपाल चार विकेटले पराजित

1435595012ICC Cricket world cup.png
काठमाडौँ १४ असार । आइसिसी विश्व ट्वन्टी–ट्वन्टी छनोट खेलको अभ्यासमा रहेको नेपाल तेस्रो अभ्यास खेलमा ग्लोस्टरसायर सेकेन्ड–११ सँग चार विकेटले पराजित भएको छ ।  एक सय ७१ रनको लक्ष्य पछ्याएको ग्लोस्टरसायर सेकेन्ड–११ ले निर्धारित २० ओभरको खेलमा एक ओभर बाँकी छँदै छ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । खराब सुरुआत गरे पनि मध्यक्रमका ब्याट्सम्यान ह्यान्ड्सकमले ५४ रनको पारी खेल्दै इनिङ उकासे ।  यस्तै हामन्ड ३८ रनमा सोमपाल कामीको बलमा शरदद्वारा क्याचआउट गरिए । गिलमौर २२ रनमा आउट भए । हानकिन नौ तथा रोडरिक एक रनमा पभेलियन फर्किए ।  बारेटले १८ तथा लेजारले १२...
Advertisement

विश्वकप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ

1435156621CAN.jpg
काठमाडौँ, ८ असार । विश्वकप छनोट खेल्न युरोप प्रस्थान गर्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा आयोजित आज यहाँ आयोजित कार्यक्रममा सिँचाइ मन्त्री नारायणप्रकाश साउद, युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मालगायतले बिदाइ गर्नुभयो । आगामी जुलाई ६ देखि २६ सम्म आयरल्यन्ड र स्कटल्यान्डमा आयोजना हुने आइसीसी वल्र्ड टी–२० छनोट प्रतियोगिता तथा जुलाइ २९ र ३१ मा स्कटल्याण्डमा नेपाल र स्कटल्यान्डबीच हुने लिग क्रिकेट लिगच्याम्पीयनसीपमा सहभागी हुने नेपाली टोली बेलायतको राजधानी लन्डन प्रस्थान गरेको हो । आयरल्यान्ड र...

भलिबल प्रतियोगिताको उपाधि एपिएफको केन्द्रीय कार्यालयलाई

1434969655winnercup.jpg
काठमाडौँ, ७ असार । सशस्त्र प्रहरी बल (एपिएफ)को केन्द्रीय कार्यालयले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि आयोजक एपिएफ टोलीले हासिल गरेको छ ।  हल्चोकस्थित एपिएफको भलिबल कोर्टमा आज भएको फाइनल खेलमा एपिएफले एपिएफकै महानगरीय सशस्त्र प्रहरी कार्यालय टोलीलाई ३–१ सेटमा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।  केन्द्रीय कार्यालय एपिएफले महानगरीय टोलीलाई २५–१८, १४–२५, २५–१४ र २५–१६ ले पराजित ग¥यो । त्यस्तै प्रतियोगितामा बङ्गलामुखी विशेष कार्यदल गण टोली तेस्रो भयो ।  प्रतियोगिताका विजयी टोलीलाई सशस्त्र...

क्यानको अधिवेशन आगामी कात्तिकमा भैरहवामा हुने

1434815911can-logo3.jpg
काठमाडौँ, ५ असार । नेपाल क्रिकेट सङ्घ (क्यान)को विधान संशोधन तथा निर्वाचन गर्न आगामी कात्तिक २० र २१ गते क्षेत्र नं ४ भैरहवामा अधिवेशन हुने भएको छ ।  असार ४ र ५ गते सम्पन्न भएको क्यानको तेस्रो वार्षिक साधारणसभाले चारवर्षे कार्यकाल समाप्त हुनु अगावै नयाँ कार्यसमितिका लागि निर्वाचन गर्ने निर्णय क्यानले गरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक महासचिव तथा विधान संशोधन समितिका संयोजक उत्तमकुमार कर्माचार्यले जानकारी दिनुभयो ।  साधारणसभाले चारवर्षे कार्यकाल समाप्त भएका जिल्ला सङ्घलाई आफ्ना साधारणसभा यही १५ असोज सम्ममा सम्पन्न गर्न निर्देशन दिएको छ...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement