प्रबिधि

इलामका गाउँकै विद्यालयमा कम्प्युटर इञ्जिनियरिङको पढाइ सुरु

1446517698computer.jpg
इलाम, १७ कात्तिक । इलामको बरबोटेस्थित अमर उच्चमाध्यमिक विद्यालयमा कम्प्युटर इञ्जिनियरिङको अध्यापन सुरु भएको छ । नयाँ शैक्षिकसत्रदेखि कक्षा ११ र १२ मा प्राविधिक धारअन्तर्गत कम्प्युटर इञ्जिनियरिङको अध्यापन सुरु भएको हो । कक्षा ९ र १० मा कम्प्युटर विज्ञान लिएर अध्ययन गरेका विद्यार्थीले मात्र कक्षा ११ मा इञ्जिनियरिङ अध्ययन गर्न पाउनेछन् । यस वर्षदेखि उच्चमावि तहको कक्षा ११ मा सुरु गरिएको र आगामी शैक्षिकसत्रदेखि कक्षा १२ मासमेत सुरु गरिने विद्यालयका प्राचार्य तुलाराम पुरीले बताउनुभयो । एक हजार पूर्णाङ्कको पढाइ हुने इञ्जिनियरिङमध्ये २०० पूर्णाङ्कको...

एक लिटर सल्लाको खोटोबाट १०० किलोमिटर सम्म मोटरसाइकल गुड्यो

14452565281214469910520812848226168897603243944551499n.png
नेपालको पहाडी भूभागमा प्रसस्त मात्रामा पाईने सल्लाको खोटोबाट सवारी साधन चलाउन सकिने सफल परिक्षण दाङमा गरिएको छ । घोराही नगरपालीका ११ निबासी युवा बैज्ञानिक मार्सल रोकाले सल्लाको खोटोबाट उत्पादन गरेको इन्धनले सवारी साधन चलाई सफल परिक्षण गरेका हुन् ।युवा बैज्ञानिक रोकाले सल्लाको खोटोलाई प्रशोधन गरि सवारी साधन चलाउने इन्धन उत्पादन र सफल परीक्षण भएको हो । प्राकृतिक वैकल्पिक उर्जाका रुपमा उक्त इन्धनको प्रयोग गर्न सकिने रोकाले दाबी गरे । उनले खोटोको इन्धन बनाइ मोटरसाईकल चलाउन सकिने विधि तयार पारेका हुन् । बिभिन्न रासायनिक पदार्थहरु मिसाएर सल्लाको खोटोलाई...

नेपाल टेलिकमद्धारा महसुल भुक्तानी र रिचार्जका लागि नयाँ व्यवस्था लागू

1445177854vlcsnap-2015-10-18-18h44m56s189.png
 नेपाल टेलिकमले आइतबारदेखि इन्टरेक्टिभ भ्वाइस रेस्पोन्स १४१२ मार्फत् सीआरबीटी र सीएस सिस्टमबाट कम्पनीका विभिन्न सेवाहरुको महसुल भुक्तानी तथा रिचार्ज गर्न सकिने नयाँ व्यवस्था ल्याएको नेपाल टेलिकमले जनाएको छ । आइभीआर १४१२ मार्फत् तेस्रो पक्ष रिचार्ज सेवा कम्पनीको एनटी रिचार्ज कार्डमार्फत विभिन्न सेवाहरु उपलब्ध गराउने जनाएको छ । पीएसटीएन महशुल भुक्तानी, एडिएसएल रिचार्ज, जीएसएम पोस्टपेड महशुल भुक्तानी, जीएसएम प्रिपेड महशुल भुक्तानी, सिडीएमए प्रिपेड टपअप, सिडिएमए पोष्टपेड महशुल भुक्तानी र वाइम्याक्स रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ । नमस्ते...
1453145911obamacare.gif

मोबाइलको भाइरस हटाउने सजिलो उपाय !

1444825690mobile-virus-700x708.jpg
एन्ड्रोइड अपरेटिङ सिस्टम भएका स्मार्टफोन प्रयोगकर्ताहरु धेरै संख्यामा रहेका छन् । एन्ड्रोइड एक ओपन अपरेटिङ सिस्टम भएका कारण जहाँबाट पनि भाइरस आउन सक्छ। यस्ता भाइरसले आफ्नो मोबाइल वा ट्याबलेटको डाटाहरु सबै काम नलाग्ने बनाउन सक्छन्। त्यसैले आफ्नो मोबाइलमा भाइरस पसेको छ भन्ने लागेमा त्यसलाई हटाउनुपर्छ।एन्ड्रोइड अपरेटिङ सिस्टमसँग जोडिएका केही सजिला स्टेपहरु रहेका छन् जसले आफ्नो डिभाइसको भाइरस हटाउन मद्दत गर्छ। १। स्मार्टफोलाई सेफ मोडमा रिबुट गर्नेः यसरी सेफ मोडमा रिबुट गर्दा थर्ड पार्टी एप्ससँग रन भइरहेका भाइरस हो सिधै बन्द हुन्छन्। यदि मोबाइलमा सेफ मोड...

नेपाली वैज्ञानिकले मंगलग्रहमा पानी पत्ता लगाए

1443533538sci-mars-waterny12352974691.jpg
अन्तरिक्ष अनुसन्धान संस्था नासामा अनुसन्धानरत नेपाली वैज्ञानिक लुजेन्द्र ओझाले मंगलग्रहमा पानी भएको पत्ता लगाएका छन् । जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजी, एटलान्टामा पिएचडि गरिरहेका २५ वर्षे वैज्ञानिक ओझाले सन् २०११ मै मंगलग्रहमा पानीको संकेत देखिएको विज्ञान कार्यपत्र प्रस्तुत गरेर विश्वलाई चकित पारेका थिए । अहिले उनले त्यही कुरा अनुमान मात्र नभई यथार्थ नै भएको तथ्य पत्ता लगाएका छन् । नेपालको सुदूरपश्चिमको दूर्गम डोटी जिल्लामा जन्मेका वैज्ञानिक ओझा खगोल भौतिकी पढ्न अमेरिकामा गएका हुन् । खगोल भौतिकीमै हाल पिएचडि गरिरहेका उनले अन्य वैज्ञानिकहरु माइकल...

संविधानको एप्स् आयो

1442749207download.jpg
काठमाडौँ, ३ असोज । एनआइटिभी मिडिया प्रालिले नेपालको संविधानको एप्स् निर्माण गरेको छ ।  मुलुकले नयाँ संविधान पाएको खुसियालीमा देशभित्र र बाहिरका नेपालीले निःशुल्क संविधान अध्ययन गर्न पाऊन् भन्ने उद्देश्यले सो एप्स् आज सार्वजनिक गरिएको हो ।  एप्स्मा २००७ सालमा राणा प्रधानमन्त्री मोहन शमशेरले आन्दोलन साम्य पार्न संविधानसभाको घोषणा गरेको सन्दर्भदेखि पछिल्लो पटक संविधानको मस्यौदामाथि मतदान सुरु भएपछिका घटनाक्रमलाई राखिएको कम्पनीका निर्देशक कुशल खड्काले जानकारी दिनुभएको छ । ...
Advertisement

मोबाइल चार्ज गर्ने क्रममा ब्याट्री पडकन जाँदा २ बालकको मृत्यु

1442158164cellphone.jpg
कालिकोट, २७ भदौ, मेहलमुडी–२ जोगीबारा बस्ने पदमनाथ योगीको छोरा १४ वर्षीय चनेसनाथ योगी र सोही ठाउँ बस्ने हरिनाथ योगीको छोरा १३ वर्षीय माननाथ योगीको मोबाइल चार्ज गर्ने क्रममा ब्याट्री पडकन जाँदा शनिबार घटनास्थलमै मृत्यु भएको छ । मेहलमुडी–२ जोगीमारामा सकेट बमजस्तो देखिने बस्तु बिष्फोट हुँदा २ बालकको मृत्यु भएको भन्ने खवर प्राप्त भएपछि खटि गएको प्रहरीले बुझ्दा पदमनाथ योगीको घरमा अन्य मानिस नभएको अवस्थामा १२ भोल्टको ब्याट्रीमा मोवाइल चार्ज गर्दा उक्त घटना भएको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।   फोन / ल्यापटपको...

विद्यार्थीहरूका लागि उपयोगी एप्स

144068721227082015053147Edu-Apps01-600x0.jpg
भाद्र १०, २०७२- स्मार्टफोनको बजार बढ्दो छ । इन्टरनेटको सुविधा पनि पहिले भन्दा सहज बन्दैछ । विद्यार्थीहरू पनि प्रविधिको दुनियाँमा रमाउँदैछन् । कुनकुन एप्स अध्ययन र आफ्नो जीवनमा उपयोगी छन् ? चर्चा गरौं । मेरोएन्सर : यो नेपालमा हुने विभिन्न प्रवेश परीक्षा तयारी गर्ने सहयोगी मोबाइल एप्स हो । मेरोएन्सर एप्सले आइओएम, आइओइ, भारतीय राजदूतावासबाट पाइने छात्रवृत्ति आदि परीक्षाको तयारी गर्न सघाउँछ । प्लस टु अध्ययनरत छँदा विषयगत तयारी गर्न सघाउने हुनाले तयारी कक्षाका लागि काठमाडौं नै आउनुपर्छ भन्ने छैन । लोकसेवा नेपाल : यो एप्सले लोकसेवा आयोगले लिने परीक्षा दिन...

टेलिकमले ल्यायो प्रिपेड मोबाइल डाटा प्याकेज, १३० रुपैयाँमा २०० एमबी

143981724981cade51e819a1b936d7b1df8a05c587L.jpg
काठमाडौं– नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल फोनका लागि डाटाको नयाँ प्याकेज ल्याएको छ। सरकारी स्वामित्वको मुलुककै सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायकले ठूलो संख्यामा रहेका प्रिपेड मोबाइल प्रयोगकर्तालाई लक्ष्यित गर्दै मंगलबारदेखि लागू हुनेगरी डाटा प्याकेज सार्वजनिक गरेको हो। टेलिकमको प्रिपेड डाटा टेरिफअनुसार २०० एमबीको १३० रुपैयाँ पर्नेछ। ५०० एमबीको ३०० रुपैयाँ पर्नेछ भने १ जिबीको पाँच सय रुपैयाँ पर्नेछ। यो समूहमा लिने डाटा प्याकेजको समयावधि एक महिनासम्म रहनेछ।  ...
Advertisement

भूकम्पको त्रासले झिकिएका टावर जडानमा ढिलाइ, नेटवर्कको समस्या यथावत्

1439728730download-1.jpg
काठमाडौँ, ३१ साउन । भूकम्पको त्रासले झिकिएका नेपाल टेलिकम, एनसेल र युटिएल कम्पनीका टावर अझै पनि पूर्णरुपमा जडान हुन नसक्दा राजधानीमा मोबाइल नेटवर्कको समस्या यथावत् छ ।  भूकम्पका बेला अग्ला घरको छतमा जडान गरिएका टेलिफोनका टावर हल्लिदा घरधनीको मागबमोजिम काठमाडाँै उपत्यकामा नेपाल टेलिकमका ३७, एनसेलका ३० र युटिएलका सातवटा टावर झिकिएका थिए ।  अझै पनि भूकम्पको त्रास रहेको भन्दै घरधनीले सम्झौता गर्न आनाकानी गर्दा टावर पुनःस्थापना गर्न ढिलाइ भएको टेलिकम कम्पनीहरुले बताएका छन् ।  दूरसञ्चार कम्पनीको नियामक निकाय नेपाल दूरुसञ्चर प्राधिकरणले दूरसञ्चार...

फेसबुकमा केही नयाँ चाहनु हुन्छ?

1438611240images-7.jpg
सामाजिक संजाल फेसबुकमा केही नयाँ गर्ने सोचमा हुनु हुन्छ । यदी केही नयाँ गर्ने सोचमा हुनु हुन्छ, तर के गर्ने होला भनेर सोचीरहनु भएको छ भने आउनु होस् , आज हामी तपाईलाई केही उपाय दिन्छौ । जसले तपाईको फेसबुक पेज अरुको तुलनामा अलग देखिन्छ । सर्वप्रथम तपाईले स्टाटस लेख्ने समयमा आफ्नो फन्ट परिवर्तन गर्नसक्नु हुन्छ । त्यस पेजमा गई तपाईले आफुलाई मनपर्ने फन्ट रोज्नुपर्ने हुन्छ । जुन फन्ट तपाईले रोज्नु भयो, त्यसमा आफ्ना स्टाटस म्यासेज लेख्नु होस् । त्यसलाई कपी गरी आफ्नो स्टाटस म्यासेजमा पोस्ट गर्नुहोस् । त्यहाँ जे जे तपाईले टाइप गर्नु भयो, त्यसलाई फेसबुक च्याटमा पनि...

अब झुक्किएर इमेल अर्को ठेगानामा गए फिर्ता गर्न सकिने

1438569256Google.png
झुक्किएर एकजनालाई पठाउनु पर्ने इमेल अर्को ठेगानामा गएमा तेस्लाई पुन: फिर्ता गर्ने सुबिधा जिमेलले शुरु गरेको छ । साधारण इमेल वा महत्वपूर्ण कागजात होस कहिले काहिँ झुक्किदा चिन्ता पारिदिएको हुन्छ । जिमेल प्रयोगकर्ताहरुको लागि गुगलले इमेल ‘Undo Send” अर्थात् पठाएको डकुमेन्ट फिर्ता गर्ने तरिका सार्वजनिक गरिदिएको छ । तर इमेल फिर्ता गर्नको लागि तुरुन्त यो प्रक्रिया अपनाउनु पर्दछ । इमेल फिर्ता गर्न के-के गर्ने १.आफ्नो जिमेल एकाउन्टमा लगइन गरे पश्चात सबैभन्दा माथि दायाँपट्टि रहेको पांग्राजस्तो देखिने बटनमा क्लिक गर्नुहोस् । २.पांग्राजस्तो बटनमा क्लिक गरे पश्चात...
Advertisement

ब्लु मुन (Blue Moon) तस्बिरहरु

14384445991438409349958Blue-MoonDutt.jpg
ब्लु मुन (Blue Moon) तस्बिरहरु ...

सार्वजनिक खरिद विद्युतीय माध्यमबाट गरिने

1438441341OnlineMarket51.jpg
काठमाडौँ, १६ साउन । सार्वजनिक खरिदलाई पारदर्शी र बढी विश्वासिलो बनाउनका लागि सरकारले सबै सरकारी बोलपत्रलाई विद्युतीय माध्यमबाट मात्रै अगाडि बढाउने भएको छ ।  विद्युतीय माध्यमबाट बोलपत्रको आवेदन गर्दा, त्यसको स्वीकृत गर्दा पारदर्शी हुने र आर्थिक चलखेल कम हुने सरकारले विश्वास लिएको छ ।  सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७२ व्यवस्थापिका–संसद्मा शुक्रबार ल्याइएको छ ।  निर्माण व्यवसायीले भौतिक पूर्वाधार निर्माणको ठेक्का लिने, समय पूरा नगर्ने, समय र लागतसमेत बढाउने प्रवृत्ति देखिएपछि सरकारले ऐनमा नै कडा र विशेष व्यवस्था गरेको हो...

‘ब्ल्याक होल’-‘सूर्य, पृथ्वी सबैलाई निल्न सक्छ’

1438346467images-1.jpg
‘ब्ल्याक होल’ । अन्तरिक्षमा जे–जति र जसलाई पनि आहारा बनाउने र जति खाए पनि नअघाउने ‘अन्तरिक्षको एक दानव’का रुपमा परिचित । त्यसले आफू नजिक आएका तारा, ग्रहलगायत अन्तरिक्षका सबै वस्तुहरु, यतिसम्म कि प्रकाशलाईसमेत निलिदिन्छ भन्छन् वैज्ञानिकहरु । अनि, पृथ्वीलगायत अन्य सबै ग्रहहरु पनि ब्ल्याक होलको मुखमा पुग्नेछन् र भविष्यमा कुनै दिन यो कुरा यथार्थमा परिणत हुनेछ भन्नेमा वैज्ञानिकहरु विश्वस्त छन् । उनीहरुका अनुसार अमेरिकी अन्तरिक्षमा टेलिस्कोप ‘हब्बल’ले अन्तरिक्षमा वृश्चिक तारामन्डलको बाटो हुँदै सूर्यतर्फको दिशामा आउँदै गरेको एक ब्ल्याक होललाई...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement