विश्व

राष्ट्रपती डोनाल्ड ट्रम्पद्वारा मेक्सिको सीमामा पर्खाल लगाउने एक्जुकेटिव अर्डरमा हस्ताक्षर

1485402257Donald-Trump.png
पुरुषोत्तम ढकाल, लसएन्जलस , १३ माघ । राष्ट्रपती डोनाल्ड ट्रम्पले आफ्नो चुनावी वाचा अनुरुप पूर्ववर्ती सरकारको लचिलो सीमा सुरक्षा र अध्यागमन नितिलाई उल्ट्याउदै मेक्सिको सिमामा पर्खाल लगाउने एक्जुकेटिव अर्डर जारी गरेका छन । राष्ट्रपती ट्रम्पले पूर्ववर्ती सरकारको लचिलो सीमा सुरक्षा र अध्यागमन नितिलाई उल्ट्याउदै बुधवार मेक्सिको सीमामा पर्खाल लगाउने र अध्यागमन सुरक्षा सम्बन्धी संघिय सहयोग बन्द गर्ने 'स्यान्कच्वरी सिटी' एक्जुकेटिव अर्डरमा हस्ताक्षर गरेका हुन । एक्जुकेटिव अर्डरमा हस्ताक्षर गरे लगत्तै राष्ट्रपती ट्रम्पले भने, 'सिमा सुरक्षा र अध्यागमन...

इटाली रेल दुर्घटनामा दशको मृत्यु

रोम (इटाली), २८ असार । इटालीको दक्षिणमा अवस्थित पुग्लियामा मङ्गलबार दुई रेल एक आपसमा ठोकिँदा कम्तिमा १० जनाको मृत्यु भएको उद्धारमा सम्लग्न अग्नि नियन्त्रकले बताएका छन् । दुर्घटना मानवीय त्रुटीका कारण भएको बताइएको छ । रेल दुर्घटनाग्रस्त भएको स्थानबाट प्राप्त भएका दृश्यचित्रमा इटालीको सुरक्षाकर्मीसहितका उद्धार टोलीले दुर्घटनाबाट कुच्चिएका रेलका डब्बाबाट रेलभित्र रहेका मानिसको उद्धार गरी अस्पताल पठाएका देखाइएको छ । पुग्लियाको एन्ड्रिया सहरस्थित एकल लिकमा भएको उक्त दुर्घटनामा कैयौँ मानिस घाइते भएका छन् । यसैबीच इटालीका प्रधानमन्त्री माटेओ रेन्जीले...

अफगानिस्तानमा भएको बम विस्फोटमा १४ नेपालीको मृत्यु

1466438451kabul-bus-blast-reuters.jpg
अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको बम आक्रमणमा परी १४ जना नेपालीको ज्यान गएको छ । त्यस आक्रमणमा परी अरु नौ जना घाइते भएका छन् । अफगानिस्तानको गृहमन्त्रालयले दिएको जानकारी अनुसार सोमबार बिहान उनीहरु चढेको एक मिनीबसमा एकजना आत्मघाती व्यक्तिले बम विस्फोट गराएको थियो । त्यस विस्फोटमा परी १४ जनाको घटनास्थलमै ज्यान गएको छ । मारिने १४ जना नेपाली नागरिक भएको जानकारी सो मन्त्रालयले बिहान नै गराएको हो । एक विदेशी कम्पनीमा कामगर्ने ती नागरिकलाई लिएर गएको बसलाई राजधानी काबुलमा बिहान ५.४० बजे नै आक्रमणकारीहरुले निशाना बनाएका थिए । उक्त बसलाई निशाना बनाएर...
1453145911obamacare.gif

सिरियाली द्वन्द्व धेरै तवरले नियन्त्रण बाहिर : अमेरिकी विदेशमन्त्री

जेनेभा, २० वैशाख । अमेरिकी विदेशमन्त्री जोन केरीले सिरियाको द्वन्द्व धेरै तवरबाट नियन्त्रण बाहिर रहेको र भङ्ग हुने अवस्थामा पुगेकोले यसलाई पुनः शुरुवात गराउन आगामी केही घण्टा कडा मेहनत गर्नुपर्ने बताउनुभएको छ । सोमबार संयुक्त राष्ट्रसङ्घका सिरिया प्रतिनिधि स्टेफन डे मिस्टुरासँगको भेटपछि पत्रकारसँगको कुराकानीका क्रममा अमेरिकी विदेशमन्त्री केरीले आफ्नो रसियाली समकक्षी सर्गेइ लाभरोभलाई सोमबार फोन गर्ने र युद्धबिरामलाई जारी राख्ने दबाब दिन आग्रह गर्ने बताउनुभयो । तर केरीले युद्धबिरामलाई जारी राख्न सिरियालाई अनुरोध गर्ने भन्दै निराशाजनक टिप्पणीसमेत...

यमनी विवादित मुख्य विषय समाधानका लागि प्रत्यक्ष वार्ता सुरु : राष्ट्रसङ्घ

1462071856UN.jpg
कुबेत, १८ वैशाख । यमनमा द्वन्द्वरत पक्षबीच विवादित मुख्य विषय समाधानका लागि प्रत्यक्ष वार्ता सुरु भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । यमनका लागि राष्ट्रसङ्घ प्रतिनिधि इस्माइल वल्ड शेख अहमेदका प्रवक्ता चारवेला राजीले वार्ताका लागि दुवैतर्फका सबै प्रतिनिधि कुबेतमा आइपुग्नुभएको र उहाँहरुबीच विवादित विषयमा छलफल भई छिट्टै तार्किक निष्कर्षमा पुग्ने बताउनुभयो । साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले यमनमा सन् २०१५ को मार्चबाट सुरु गरेको इरान समर्थक हुठी विद्रोहीविरुद्धको सुरक्षा कारबाही शुरुगरे यता छ हजार ८०० यमनी नागरिकको मृत्यु भएको राष्ट्रसङ्घको...

बग्दादको ‘ग्रिन जोन’मा हजारौँ प्रदर्शनकारी जबर्जस्ती प्रवेश

बग्दाद (इराक), १८ वैशाख । इराकको राजधान बग्दादको अति सुरक्षित भनिएको क्षेत्र ‘सन जोन’मा प्रदर्शनकारी जबर्जस्त प्रवेश गरी त्यहाँ अवस्थित संसद् भवनमा लुटपाट मच्चाएका छन् । इराकी संसदको पछिल्लो बैठक पनि जनताले अपेक्षा गरे अनुसार मन्त्रीमण्डलका थप केही सदस्य छान्न असफलभएको भन्दै प्रदर्शनमा उत्रिएका थिए । हजारौँको सङ्ख्यामा प्रदर्शनकारी संसद् भवन वरपरबाट निषेधित क्षेत्रमा प्रवेश गरी सरकारी प्रशासन भवनहरुमा तोडफोड गरेका छन् । प्रदर्शनकारीले संसद् भवनमा भएका मूल्यवान सामानहरुसमेत लुटेर लगेको एएफपीलाई प्राप्त समाचारमा उल्लेख गरिएको छ । रासस-एएफपी ...
Advertisement

राष्ट्रसङ्घीय महासचिवका नौ उम्मेदवारले गरे आफ्नो उम्मेदवारीको बचाउ

1460762612UN.jpg
संयुक्त राष्ट्रसङ्घ, ३ वैशाख । संयुक्त राष्ट्रसङ्घको महासचिवका लागि आवेदन गरेका नौ जना उम्मेदवारले आफ्नो उम्मेदवारीको बचाउ गरेका छन् । संयुक्त राष्ट्रसङ्घको महासचिवका लागि राष्ट्रसङ्घको करिब ७० वर्षको इतिहासमा पहिलो पटक यसरी अन्तरवार्ता लिइएको हो । यस पदका लागि राष्ट्रसङ्घले पहिलो पटक यसरी सार्वजनिक रुपमा नै अन्तरवार्ता लिएको हो । राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रले सार्वजनिकरुपमा वेभकास्ट अन्तरवार्तामा ती उम्मेदवारलाई प्रश्न गरेका थिए । महासचिव पदका लागि गरिएको आवेदनमा यस पटक नौ जनालाई छनौट सूचीमा राखिएको छ । नौ जनामा पाँच पुरुष र चार महिला रहेका छन्...

चीनमा ‘ग्यान्ट्री’ भत्किँदा १८ जनाको मृत्यु

1460595842china.jpg
चीन, १ वैशाख । दक्षिण चीनको ग्वाङकोङ प्रान्तमा बुधबार ‘ग्यान्ट्री’ (पुलजस्तो संरचना) भत्किँदा भवनमा कार्यरत १८ जना मानिसको मृत्यु भएको छ । उद्योगको भवनमा वारपारका लागि निर्माण गरिएको ग्यान्ट्री दुईतले कच्ची भवनमा परेको र त्यसभित्र रहेका १८ जनाको मृत्यु हुनाका साथै १८ जनाभन्दा बढी मानिस घाइते भएको डोङ्गन नगर सरकारका उपमहासचिव लुओविनले बताउनुभयो । दुर्घटनामा ८८ जना भवनबाट भागेर उम्कन सफल भएका बताइएको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर तथा स्थिर रहेको उहाँले बताउनुभयो । रासस-सिन्ह्वा ...

म्यानमारमा ६.९ म्याग्निच्युडको भूकम्प महशुस

1460595724earthquake.jpg
चीन, १ वैशाख । बुधबार साँझ ६.९ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको केन्द्रविन्दू म्यानमारको राजधानी न्यापितदेखि ३९६ किलोमिटर उत्तरमा १३५ किमि गहिराईबाट गएको अमेरिकी भूगर्भ मापन केन्द्र युुएसजीएसले जनाएको छ । जर्मनीको भूगर्वशास्त्र अनुसन्धान केन्द्रले भने बुधबारको भुकम्प ७.१ म्याग्निट्यूडको भएको जनाएको छ । भूकम्पको धक्का म्यानमारका अधिकांश भूभाग, भारत, बङ्गलादेश, चीन, नेपाललगायतका दक्षिण एसियाली मुलुकमा पनि महसुस गरिएको थियो । भारतको पूर्वी आसाम राज्य र बङ्लादेशको पश्चिमी भूभागमा भूकम्पको ठुलो धक्का महशुस गरिएको प्राप्त समाचारमा...
Advertisement

जापानमा ६.१ रिक्टर स्केलको भूकम्प

1459518694earthquake.jpg
टोकियो, १९ चैत । जापानको मिए प्रान्तमा शुक्रबार बिहान ६.१ रिक्टर स्केलको भूकम्प गएको मौसम विज्ञान निकायले जनाएको छ । जापानको प्रमुख द्वीप होन्सुको कन्साई क्षेत्रमा सो भूकम्प गएको बताइएको छ । यस भूकम्पको केन्द्रविन्दु आसपासकै क्षेत्रको १० किलोमिटर गहिराईमा ३३.४ डिग्री उत्तरी आक्षांस र १३६.४ पूर्वी देशान्तरमा रहेको बताइएको छ । तर यस भूकम्पपछि सुनामी चेतावनी भने नदिएको बताइएको छ । यस भूकम्पबाट हालसम्म मानवीय र एवम् भौतिक सम्पत्ती क्षतिको भने कुनै पनि विवरण प्राप्त नभएको जनाइएको छ । रासस÷सिन्ह्वा ...

सिरियाली सत्तापक्षले युद्धबिराम भङ्ग गरेको फ्रान्सको आरोप

पेरिस, १९ चैत । फ्रान्सले सिरियामा जारी युद्धबिराम सरकारद्वारा भङ्ग गरेको आरोप लगाएको छ । सन् २०११ देखि जारी द्वन्द्वका कारण करिब दुई लाख ७० हजार मानिसको मृत्यु र करिब आधा जनसङ्ख्या विस्थापित भएपछि अमेरिका र रसियाको पहलमा द्वन्द्व अन्त्य गर्ने प्रयासस्वरुप गएको फेब्रुअरी २७ देखि सिरियामा युद्धिबिराम गर्न राष्ट्रपति बसर अल असद र प्रमुख प्रतिपक्ष सहमत भएका थिए । फ्रान्सेली विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार दमास्कस वरपरका क्षेत्रमा विपक्षीलाई लक्षित गरी गरिएका बम वर्षाबाट जारी युद्धबिराम सरकार पक्षबाट उल्लङ्घन गरेको आरोप लगाएका छन् । प्रवक्ताद्वारा...

अपहृत विमानबाट सबै जनालाई सकुशल उद्धार गरियो, अपहरणकारी पक्राउ

1459308009hijaked-plane.jpg
लार्नासा (साइप्रस), १६ चैत । इजिप्ट एअरको अपहृत विमानमा फसेका चालक दल सदस्यलगायत सम्पूर्ण यात्रुलाई सकुशल उद्धार गरिएको छ । सुरक्षाकर्मीले जहाज अपहरण गर्ने इजिप्टकै एक नागरिकलाई पक्राउ गरेको छ । आन्तरिक उडानका लागि कायरोतर्फ उडेको विमानलाई साइप्रसको एक टापुमा अवतरण गराउन अपहरणकारीले दबाब दिएपछि विमानलाई साइप्रसमा अवतरण गराइएको थियो । अपहरणकारीले यात्रुवाहक विमानलाई कुनै आतङ्कवादी हमला गर्ने प्रयासस्वरुप विमान अपहरण गरेको नभई साइप्रसमा रहँदै आएकी आफ्नी पूर्व श्रीमतीसँग कुरा गर्न यसो गरेको अधिकारीहरुले बताएका छन् । साइप्रसका विदेश मन्त्रालयका सचिव...
Advertisement

अपहरित विमानबाट अधिकांश यात्रु रिहा

1459260230hijaked-plane.jpg
कायरो, १६ चैत । अपहरित इजिप्ट एयरका अधिकांश यात्रुलाई मुक्त गरिएको समाचार छ । मङ्गलबार इजिप्ट एयरको विमान अपहरण गरिएको थियो । सो विमान अपहरण गरी साइप्रस पु¥याइएको थियो । अपहरित विमानबाट अधिकांश यात्रुलाई रिहा गरिएको पछिल्लो समाचार प्राप्त भएको छ । उक्त विमानमा रहेका चार वा पाँच जना विदेशी नागरिकबाहेक अरुलाई रिहा गरिएको बताइएको हो । विमानको चालक दलका सदस्यहरु भने मुक्त गरिएको छैन । सो विमानमा २१ जना विदेशी यात्रु रहेका थिए । तीमध्ये आठजना अमेरिकी नागरिक रहेका थिए । त्यसैगरी चारजना डच, चारजना बेलायती र एकजना फ्रान्सेली यात्रु रहेका बताइएको छ । इजिप्टेली...

बालबालिकाको अवस्थाप्रति युनिसेफको चिन्ता

संयुक्त राष्ट्रसङ्घ, ११ चैत । कोलोम्बियामा जारी द्वन्द्वका कारण बालबालका प्रभावित भएकोमा राष्ट्रसङ्घीय बालकोष युनिसेफले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । कोलम्बियामा भएको पछिल्लो द्वन्द्वका कारण कम्तीमा पनि २ लाख ५० हजार बालबालिका प्रभावित भएको समाचार हालैमात्र सार्वजनिक भएको थियो । सरकार र विद्रोही समूह रिभोलुसनरी आर्मड् फोसेस अफ कोलोम्बिया (एफएआरसी) बीच गत तीन बर्षदेखि जारी द्वन्द्वका कारण ठूलो सङ्ख्याका बालबालिका प्रभावित भएका छन् । सरकार र विद्रोहीले शान्तिवार्ता थालेको भए पनि त्यो सफल नहुँदा द्वन्द्वमा परी ठूलो सङ्ख्यामा बालबालिका प्रभावित भएको...

उत्तर कोरियाले फेरि क्षेप्यास्त्र परीक्षण गर्ने आशङ्का, दक्षिण कोरियामा देशव्यापी उच्च सैनिक सतर्कता

सोल, ११ चैत । दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाइले सेनालाई उच्च रुपमा सतर्क रहन बिहीबार निर्देशन दिनुभएको समाचार छ । उत्तर कोरियाले पुनः अर्काे शक्तिशाली आणविक परीक्षण गर्नसक्ने सङ्केत प्राप्त भएको भन्दै आफ्नो सेनलाई उच्च सतर्कताका साथ प्रतिरक्षाका लागि तयार रहन निर्देशन दिनुभएको बताइएको छ । गएको केही समययता आणविक परीक्षणका कारण विवादमा पर्दै आएको उत्तर कोरियाले फेरिपनि अर्को परीक्षण गर्न लागेको सूचना प्राप्त भएको दक्षिण कोरियाले बुधबार मात्र जनाएको थियो । यसै क्रममा बिहीबार राष्ट्रपति हाइले देशव्यापी रुपमा सेनालाई आफ्ना प्रतिरक्षात्मक...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement