विश्व

प्रधानमन्त्रीद्वारा भारतमा भएको आतङ्ककारी हमलाको निन्दा

1438050877PM12.jpg
काठमाडौँ, १२ साउन । प्रधानमन्त्री सुशील कोइरालाले भारतको पञ्जाब राज्यको गुरदासपुरको प्रहरी चौकी र सार्वजनिक बसमा भएको आतङ्ककारी हमलाको घोर निन्दा गर्नुभएको छ । पाँच जना प्रहरी र तीन जना सर्वसाधारणको हत्या भएको सोमबार बिहान भएको सो घटनापछि मित्र राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक सन्देश पठाइ उहाँले यस कायरतापूर्ण र अमानवीय आक्रमणको विरोध गर्दै दुःखको यस घडीमा नेपाल सरकार र नेपाली जनता भारतको साथमा रहेको बताउनुभएको छ । प्रधानमन्त्रीले यस आक्रमणमा परी जीवन गुमाउनु भएका प्रहरी सुरक्षाकर्मी र सर्वसाधारणका आफन्त र स्वजनसहित भारतीय जनताप्रति...

भारतका पूर्व राष्ट्रपति APJ अब्दुल कलाम रहेनन्

1438017331kalam.jpg
छिमेकी राष्ट्र भारतका ११ औ राष्ट्रपति APJ अब्दुल कलमको सोमबार उपचारको क्रममा मृत्यु भएको छ | ८३ बर्ष पुगिसकेका कलामलाई सिलंगको Indian Institute of Management मा करिब ६:३० बजे भाषाणको क्रममा अचानक हृदयघात भएपछि मेघालयको अस्पतालमा भर्ना गरिएको थियो | उपचारको क्रममा कलामको निधन भएको थियो | तमिल नाडूको रामेश्वरममा जन्मिएका कलाम २००२ साल देखि २००७ सालसम्म भारतका राष्ट्रपति रहे | पद्मा भिभुसन, भारत रत्न लगायतको राष्ट्रिय पुरस्कार पाएका कलामले आफ्नो जीवनको चार दशक Defence Research and Development Organization र ndian Space Research Organization मा बैज्ञानिकको रुपमा बिताए |  कलामले १४ वटा किताब लेखेका छन् | भारतको अन्तरिक्ष यान...

चिन्ताजनक अवस्थामा आईसीयूमा

1438011278abdul20150727091551.jpg
काठमाडौं, श्रावण ११ - भारतका पूर्वराष्ट्रपति एपीजे अब्दुल कलाम बोल्दाबोल्दै ढलेका छन् । इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्टको एक सम्मेलनमा वक्ताकोरुपमा उपस्थित भएका कलाम बोल्दाबोल्दै बेहोस भएका हुन् । ‘मिसाइल मेन’को नामले चिनिका ८४ वर्षीय पूर्वराष्ट्रपति कलामको आईसीयूमा उपचार भइरहेको छ । ...
1453145911obamacare.gif

भारतमा आतङ्कवादी आक्रमण छ को मृत्यु

1438009216dataRfCSdfNZ0LFPrHSm0ublXdzhdrDFhtmHhN1u-gMabbguvVNTKxIt7E2TlgBt-Hkx8ucLWZrxwIpamB8lRs3Us0EtmDRRg8IRdWBJ-ax1CtqeYjcLAHKO6mNVuuyXY1RRGZhnof4WoS3foUpLQgGVmZ8I30xT2X3CSQ7Oidfv0FfyGab4l7bHcIjP0Nd1Vmw1SsTzqd9FCyJGFguGdvvn.png
नयाँ दिल्ली, ११ साउन । उत्तरी भारतको पञ्जाब प्रान्तको गुर्दासपुर जिल्लामा सोमबार भएको आतङ्कवादी आक्रमणमा परी कम्तिमा छ जनाको मृत्यु भएको त्यहाँको उच्च प्रहरी अधिकारीले बताएका छन् । उक्त घटनामा पाँच जना घाइते भएको पनि खबर छ ।  स्थानीय समयअनुसार सोमबार बिहान करिब ५ः३० बजे भारत¬–पाकिस्तान सिमानानजिकै भएको उक्त हमलामा सैनिक पोसाकमा आएका चार जना आतङ्कवादीहरुको संलग्नता भएको जनाइएको छ ।  उनीहरुले आक्रमण गर्नुभन्दा पहिले एउटा कारलाई आफ्नो कब्जामा लिई यात्रुवाहक बसमाथि अन्धाधुन्द गोली चलाएका थिए । पछि दिनानगरको प्रहरी कार्यालयमाथि पनि आक्रमण गरेका थिए...

क्यामरुनमा आत्मघाती आक्रमण कम्तीमा बीसको मृत्यु

1437957199Cameroon-flag.jpg
याउन्डे (क्यामरुन), १० साउन । क्यामरुनको उत्तरी भागमा पर्ने एक इलाकामा अवस्थित मरोवामा रहेको एक बारमा शनिबार राति एक बालिकालाई प्रयोगगरी गरिएको आत्मघाती आक्रमणमा कम्तीमा २० व्यक्तिको मृत्यु भएको समाचार छ । सोही सहरमा दुईवटा बम आक्रमणगरी १३ व्यक्तिको मृत्यु भएको केही दिनपछि पुनः यो आक्रमण भएको राज्यद्वारा सञ्चालित टेलिभिजन च्यानलले आइतबार जानकारी दिएको छ । सो टेलिभिजन च्यानलकाअनुसार १२ वर्षीया एक बालिकाले विस्फोटक पर्दाक बोकेर बारमाभित्र गराएको विस्फोटनमा परी कम्तीमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ७९ व्यक्ति घाइते भएका छन । बिहान सबेरै यस आक्रमणमा...

सबैभन्दा सानो ‘उफ्रिने मुसा’ चीनमा

1437967133orivtx1437923772merokhabar.jpg
उरुम्की (चीन), १० साउन । चीनको उत्तरपश्चिममा अवस्थित सिनजिया युगुर स्वशासित प्रान्तका एक व्यक्तिले विश्वकै सबैभन्दा सानो तीन औंले ‘उफ्रिने मुसो’ भेटेको बताइएका छन् । चिनियाँ नागरिक तथा चराविज्ञ चेन वेन्जाइले उक्त तीन औंले मुसोलाई आफ्नो ग्रामीण यात्रामा होटान प्रशासनिक प्रान्तको सडकमा भेटेको दाबी गर्नुभयो । सुङ्गुरकोजस्तो मुख र पानीको बोटलको बिर्कोभन्दा सानो शरीर भएको उक्त उफ्रिने स्तनधारी जनावर आफ्नो कारको अघिल्तिर भेटेपछि बोटलभित्र राखेर घरमा लगेको बेन्जाईले बताउनुभयो । युआन मुद्राको एउटा डबल बराबर तौल भएको उक्त मुसो प्रायजसो आफ्नो पुच्छरले...
Advertisement

चार खुट्टा भएको सर्प भेटियो ( तस्बिर सहित)

1437967350snake-1.jpg
सर्प भन्ने बित्तिकै धेरैको सातो जान्छ भने कतिले त सर्पलाई समातेर खोलाएको पनि देखेका छौ । जे जस्तो भएपनि सर्पबाट भने मानिसहरु टाढै रहनुपर्छ भन्ने मानसिकता छ हाम्रो । त्यति मात्र होईन सर्पको त खुट्टा हुँदैन भनिन्छ । हामीले देख्ने सर्पहरुमा खुट्टा देखेका छैनन तर ब्राजिलमा भने एउटा दुईवटा हो र चार– चार वटा खुट्टा भएको सर्प भेटिएको छ । वैज्ञानिकले झण्डै ११ करोड वर्ष पुरानो चार खुट्टा भएको सर्पको अवशेष फेला पारेको बिबिसिले उल्लेख गरेको छ । सर्पको यो चार खुट्टा शिकार गर्नका लागि प्रयोग हुने गरेको वैज्ञानिकले अनुमान लगाएको बिबिसिले जनाएको छ । ...

इन्डोनेसियामा भूकम्प

1437920839download-2.jpg
जाकार्ता-इन्डोनेसियाली द्वीप जाभामा आइतबार ६.० रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ । स्थानीय अधिकारीहरुका अनुसार सो भूकम्प पछाडि सुनामीको कुनै खतरा रहेको छैन । स्थानीय समयाअनुसार आइतबार अपराह्न २:०५ मा सो भूकम्प गएको बताइएको छ । उक्त भूकम्पको केन्द्रविन्दु पूर्वी जाभा प्रान्तको क्राजान ताम्बाक्रेजो गाउँबाट ९३ किलोमिटर दक्षिणमा ५९ किलोमिटर गहिराइमा रहेको जनाइएको छ । इन्डोनेसियाको मौसम विज्ञान र भू–शास्त्र अध्ययन संस्थानका मोचामाद रियादीकाअनुसार यस भूकम्पछि मानवीय क्षति र सपत्तिको नोक्सानीको कुनै समाचार...

यौनप्यास मेट्न नपाउँदा महिलाको जिब्रो काटियो

1437869844merokhabar.jpg
एजेन्सी : भारतको पश्चिम बंगालस्थित मुर्सिदाबादमा महिलामाथिको अर्को क्रुर बर्बरताको घटना बाहिर आएको छ । सञ्चारमाध्मयममा आएको समाचार अनुसार बलात्कार हुनबाट जोगिन खोज्दा एक युवाले महिलाको जिब्रो नै काटिदिएका छन् । यौनप्यास मेटाउन नपाएको झोंकमा ती युवाले महिलाको जिब्रो काटिदिएर टाउकोमा समेत गम्भीर चोट लाग्ने गरी कुटपिट गरेका छन् । यो घटना मुर्सिदाबाद जिल्लाको बोखारा गाउँमा भएको हो । आरोपी युवाले बलात्कार गने खोजेपछि ती महिलाले प्रतिकार गरेकी थिइन् । यौनप्यास मेटाउन नपाएपछि युवाले जिब्रो काटिदिएर गम्भीर घाइते भएकी ती महिलाको अहिले स्थानीय अस्पतालमा उपचार...
Advertisement

अमेरिकी राष्टपतिद्वारा अफ्रिकी महिला, युवा उद्यमीलाई सहयोग गर्ने बचन

1437868839Obama.jpg
नैरोवी (केन्या ), ९ साउन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अफ्रिकी महिला तथा युवा उनीहररूको उद्योग व्यवसाय चलाउदा आउने कठिनाईमाथि अमेरीकी सरकारले सहयोग गर्ने प्रतिबद्धता जारी गर्नुभएको छ । नैरोबीमा शनिबार सुरु भएको उद्यमीहरुको सम्मेलन ‘ग्लोबल इन्टप्रेनुअर समिट’ (जीइएस) लाई सम्बोधन गर्नुहुँदै अमेरिकी राष्टपतिले भन्नुभयो, अमेरिकी सरकार र प्रमुख अमेरिकी संस्थाहरुले व्यवसाय गर्न चाहने महिला तथा युवा जगतलाई तालिम तथा परामर्श केन्द्र स्थापना गर्ने जहाँ अफ्रिकी महिलालाई व्यवसायिक ज्ञान सिकाउने पनि उक्त अवसरमा बताउनुभयो । उहाँले अफ्रिकामा जम्मा १,६००...

अचानक ठूलो वर्षा हुँदा दुई तीर्थयात्रीको मृत्यु, ११ बेपत्ता

श्रीनगर, ९ साउन । हिन्दु तीर्थयात्री बसिरहेको शिविरमा अचानक आएको भारी बर्षापछि बाढी आउँदा दुई तीर्थालुको मत्यु भएको छ भने ११ जना हराइरहेको, यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् । भारत नियन्त्रित काश्मिर क्षेत्र, गन्दबल जिल्लाको सोनमार्ग नजिकैरहेको टहरा र पालभित्र बसको तीर्थयात्रीलाई अचानक आएको वर्षापछि आएको बाढीले बगाउँदा दुईजनाको मृत्युभएको छभने दुई दर्जन बढी यात्री घाइते भएको भारतीय अर्धसैनिक केन्द्रीय सुरक्षा प्रहरीबल (सिआरपिएफ)का प्रवक्ता आशिषकुमार झाले बताउनुभयो । हामीलाई प्राप्त सूचना अनुसार ११ जना तीर्थयात्री हराइरहेका छन्, झाले बताउनुभयो ।...

चीनमा भेटियो 'परी'

1437747453Angel-in-China6.jpg
काठमाडौं: ठ्याक्कै मान्छेजस्तो लाग्ने पखेटा सहितको 'परी' चीनमा भेटिएपछि मानिसहरु चकित भएका छन् । आकाशबाट जमिनमा पछारिएकी एक बृद्ध 'परी'लाई ठुलो पिंजडाभित्र  देखेपछि मानिसहरु अचम्मित भएका हुन् । तर, सो 'परी' एक कपोकल्पित कला हो । बेइजिङका दुई कलाकार सन युआन र पेंग यूले 'परी'को निर्माण गरेका हुन् ।      यथार्थवादी कला निर्माण कै कारण यी दुई कलाकार चर्चित छन् र उनिहरुको कामले प्रसिद्धी कमाइरहेको समाचारमा बताइएको छ । सिलिका जेल, फाइबर ग्लास र स्टेनलेस स्टिलको सहयोगमा उनिहरुले  'परी' निर्माण गरेको बताएका छन् ।    ...
Advertisement

राष्ट्रसङ्घ सुरक्षा परिषद्बाट इरानसँग भएको आणविक सम्झौता अनुमोदन

1437439813UN.png
राष्ट्रसङ्घ, ४ साउन । राष्ट्रसङ्घ सुरक्षा परिषद्ले सोमबार इरानसँग गरिएको आणविक सम्झौतालाई अनुमोदन गरेको छ । परिषद्का १५ सदस्यीय समितिले सम्झौता तोकिएको समयमै लागू गर्न सर्वसम्मत विश्वका शक्ति राष्ट्र (पी ५+१), बेलायत, चीन, फ्रान्स, रुस, अमेरिका र जर्मनी को सहभागितामा इरानसँग गरिएको संयुक्त विस्तृत योजनाकार्यक्रम यही जुलाई १४ (असार २९ गते) सम्झौता गरिएको थियो । सम्झौता अस्ट्रियाको भियनामा गरिएको थियो । सङ्कल्पमा सुरक्षा परिषद्ले इरानमाथि लगाइएको बन्देज छिट्टै हटाउने पनि जनाएको छ । रासस-सिन्ह्वा ...

इजिप्टको सिनाईमा सात सैनिक र ५९ आतङ्ककारीको मृत्यु

1437405354images-2.jpg
कायरो, ४ साउन । इजिप्टको उत्तरी सिनाईमा जारी द्वन्द्वमा परी शनिबार सात सैनिक र ५९ आतङ्ककारी मारिएका सैनिक स्रोतले आइतबार जानकारी दिएको छ । मारिएका सात सैनिकमा तीन जना जाँच चौकीमा भएको रकेट आक्रमण मारिएका जनाइएको छ ।  सैनिकसँग झडप जारी राखेका ती आतङ्ककारी जिहादी इस्लामिक स्टेट समूह (आइएस) समर्थक आतङ्ककारीहरु रहेका जनाइएको छ । उत्तरी सिनाईमा गत दुई वर्षयता इस्लामिक आतङ्ककारी समूहको आतङ्क बढ्दै गएको छ ।  शनिबार जारी आतङ्कमा परी सात सैनिकको ज्यान गएको बताइएको छ । सातमध्ये रकेट आक्रमण मारिएका तीनको आइएस आतङ्ककारी समूहले जिम्मा लिईसकेका थिए ।  सैनिकद्वारा...

जर्मन संसद तेस्रो ग्रीस कर्जाका सवालमा मर्केलको साथमा

1437185648Angela-Morkel.jpg
बर्लिन, १ साउन । आर्थिक रुपमा सङ्कटग्रस्त ग्रीसलाई युरोपेली सङ्घ र अन्तरराष्ट्रिय मुद्राकोषले प्रदान गर्ने तेस्रो चरणको कर्जा प्रवाह गर्न वार्ता अघि बढाउने पक्षमा जर्मनीको बुनदेस्ताग (संसद) मा अत्यधिक मत परेको छ । बुनदेस्तागको तल्लो सदनले जर्मनीले दिन लागेको ८६ अर्ब युरो (९४ अर्ब अमेरिकी डलर) उद्धार सहयोग पास गर्न उपस्थित सांसदमध्ये ४३९ ले पक्षमा र ११९ जनाले विपक्षमा मतदान गरेका छन् । मतदानमा ४० सांसद अनुपस्थित रहेका थिए । रासस-एएफपी ...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement