विश्व

पाकिस्तानद्वारा सीमा क्षेत्रमा भएको आक्रमण पर्यवेक्षण गर्न राष्ट्रसङ्घसँग अनुरोध

1437185546pakistan-flag.png
इस्लामाबाद, १ साउन । पाकिस्तानले भारतद्वारा सीमा क्षेत्रमा गरेको सैन्य आक्रमण पर्यवेक्षण गर्न राष्ट्रसङ्घसँग अनुरोध गरेको छ । भारतीय सेनाले काश्मिर क्षेत्रको पाकिस्तानी भूभागमा सैन्य गातिविधि सञ्चालन गर्दा गत एक हप्तामा चार जनाको मृत्यु भएको छ । घटना दुई छिमेकी राष्ट्र भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच भएको भेटपछि नै एकाएक सीमा क्षेत्रमा तनाब सिर्जना भएको हो । यी दुई राष्ट्रसँग सन् १९४७ पछि तीन पटकसम्म युद्ध गरिसकेका छन् । पाकिस्तानी सेनाद्वारा एक विज्ञप्ति जारी भारत तथा पाकिस्तानस्थित राष्ट्रसङ्घका सैन्य पर्यवेक्षण समूहलाई भारतद्वारा युद्धबिराम...

तालिवानसँगको वार्ता नै विकल्प– अफगान राष्ट्रपति

1437139948afgan-eid.jpg
काबुल, १ साउन । अफगानिस्तानका राष्ट्रपतिले यहाँको रक्तपात अन्त्यका लागि तालिवानसँगको शान्तिवार्ता नै एकमात्र विकल्प रहेको बताउनुभएको छ । यता राष्ट्रपति असरफ घानीले सो धारणा राखिरहेको बेला दक्षिणी बाल्ख प्रान्तमा भने बम विस्फोट भएको छ । सो विस्फोटमा परी दई जनाको ज्यान गएको छ भने १२ जना गम्भीर रुपमा घाइते भएका छन् । इद उल फित्रको अवसरमा राष्ट्रपति घानीले दिनुभएको सो वक्तव्यमा अफगानिस्तानमा रक्तपातको अन्त्यको पहल सुरु भइसकेको बताउनुभयो । सशस्त्र तालिवान विद्रोही शान्ति वार्ताका लागि तयार भएपछि भने अब त्यहाँ शान्ति स्थापनाको एक झिनो आशा पलाएको छ । राजधानी...

नाइजेरियामा बम विस्फोट, ७५ को मृत्यु

1437139857nigeria-flag.png
अबुजा, १ साउन । नाइजेरियाको उत्तरपश्चिमी राज्य योबेमा केही समयको अन्तरालमा भएका दुईवटा बम विस्फेटमा परी ५० व्यक्तिको मृत्यु भएको समाचार छ । इद उल फित्रको प्रार्थनाको लागि जम्मा भएका व्यक्तिलाई लक्ष्यगरी सो बम विस्फोट गरिएको एक अधिकारीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । स्थानीय समयाअनुसार बिहीबार ७ः४० मा दामाटुरुको प्रमुख नगर लगिन ग्वान्जेमा प्रार्थना गरिरहेका व्यक्तिलाई लक्षित गरी पहिलो बम विस्फोट गराइएको र त्यसमा परी कम्तीमा ४३ व्यक्तिको मृत्यु भएको कर्णेल सनी उसमानले जनाएका छन् । त्यसैगरी सोही नगरको छिमेकमा भएको अर्काे यस्तै विस्फोटमा थप...
1453145911obamacare.gif

इरान सम्झौता आईएसलाई नियन्त्रण गर्ने ‘आम चाहना’:इराक

1437013153Iran-nuclear-deal.jpg
बग्दाद, ३० असार । इराकले मङ्गलबार इरानसँग सम्पन्न भएको आणविक सम्झौता इस्लामिक स्टेट ९आईएस० जिहादी समूहलाई पराजित गर्ने उद्देश्यका साथ भएको जनाएको छ । विश्वका प्रमुख छ शक्ति राष्ट्र ९चीन, फ्रान्स, रुस, अमेरिका, बेलायत तथा जर्मनी० र इरानबीच मङ्गलबार भियनामा सय पाना लामो सम्पन्न भएको सम्झौता एक बृहद् कूटनैतिक सफलता थियो भनिएको छ । ‘दाएसले हाम्रो क्षेत्रलाई निरन्तर द्वन्द्वमा तान्न खोजेको छ’, इराकी प्रधानमन्त्री हैदर अल अवादीले सामाजिक सञ्जालमा लेख्नुभएको छ । ‘इरान सम्झौताले अव हाम्रो क्षेत्रमा शान्ति र अमन चैन ल्याउने छ,’ प्रधानमन्त्री अल अवादीले...

विमानमा बम राखेको धम्की आएपछि आकस्मिक अवतरण

1436534684jet-airways.jpg
नयाँ दिल्ली, २४ असार । मुम्बईबाट दुबइका लागि उडेको एक विमानमा बम राखेको धम्कीपछि मस्कटमा आकस्मिक अवतरण गराइएको समाचार छ । अधिकारीका अनुसार उक्त विमानमा बम राखेको भनेपछि मस्कटमा आकस्मिक अवतरण गराइएको हो । यसरी आकस्मिक रूपमा विमान अवतरण गराइएको दुई दिनमा यो दोस्रो पटक हो । सो विमानमा रहेका सबै ५४ जना यात्रुलाई सुरक्षित रूपमा उद्धार गरिएको छ । सो जेट विमानका एकजना प्रवक्ताले मस्कट विमानस्थलको एक सुरक्षित स्थानमा अवतरण गराई बमको खोजी गरिएको थियो । सो जेट एयरवेजका प्रवक्ता मनिस कलगत्गीले भनेका छन्– दुबईका लागि मुम्बईबाट विमान उडेपछि नै त्यसमा बम राखिएको धम्की...

जाली शैक्षिक योग्गताबाट बच्न करिब १४०० शिक्षकद्वारा राजिनामा

14359432541622242_777332282347792_3516054995649688375_n (2).jpg
पटना (भारत) १८ असार । पूर्वी भारतीय राज्यमा केही महिनायता करिब एकहजार ४०० प्राथमिक स्तरका शिक्षकहरुले राजिनामा दिएका छन ।  एक उच्च अदालतले जाली शैक्षिक योग्यताको अनुसन्धानको आदेश जारी गरेपछि ती शिक्षकहरुले राजिनामा दिएका एक शिक्षा अधिकारीले शुक्रबार सो जानकारी दिनुभएको छ ।  आफनो समय भन्दा अगाडि यसरी ती शिक्षकहरुले राजिनामा दिनुको कारण जाली शैक्षिक योग्यताको कारण हुने कानुनी प्रक्रियाबाट भाग्नु नै प्रमुख उद्देश्य रहेको राज्य शिक्षा विभागका मुख्य सचिव आर के महाजनले बताउनु भएको छ ।  गत मे महिनामा उच्च अदालतले प्राथमिक स्तरमा अध्यापन गराइरहेका तीन लाख...
Advertisement

चीनको सिन्जियाङमा ६.४ गहनताको भूकम्प

14359430661435929486215_XxjpbeE000947_20150703_TPPFN1A001.jpg
बेइजिङ, १८ असार । चीनको सुदूर पश्चिमी क्षेत्र सिन्जियाङमा शुक्रबार ६.४ गहनताको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जानकारी दिएको छ । यस प्रकोपका कारण कम्तीमा छ व्यक्तिको मृत्यु भएको चिनियाँ अधिकारीहरूले जानकारी दिएका छन् ।  यस भूकम्पको केन्द्रबिन्दु पिसान प्रशासकीय क्षेत्र भएको बताइएको छ ।  उक्त भूकम्प २० किलोमिटर गहिराइमा गएको युएसजीएसले उल्लेख गरेको छ । यस संस्थाले आरम्भमा ६.१ गहनताको भूकम्प गएको जानकारी दिएको थियो । यसपछि शृङ्खलाबद्ध रूपमा परकम्प भएको र त्यसका गहनता ४.८ सम्म भएको बताइएको छ ।  उक्त क्षेत्र ताक्लामाकान मरुभूमिको किनार भएको...

चीनद्वारा छयत्तर अर्ब बढीको सहयोगको घोषणा

1435211654chinaflag.png
काठमाडौँ, १० असार । चीनले भूकम्पपछिको नेपालको पुनःनिर्माण, पुनःस्थापना र नवनिर्माणमा सघाउन करिब रु ७६ अर्ब २० करोड प्रदान गर्ने घोषणा गरेको छ ।  राजधानीमा जारी ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ को उद्घाटन समारोहमा चीनका विदेशमन्त्री वाङ यीले उक्त घोषणा गर्नुभएको हो ।  चीनले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताउँदै उहाँले प्राकृतिक विपत्तिबाट प्रभावित भएको छिमेकीलाई पुनःनिर्माण, पुनःस्थापना र नयाँ निर्माणमा मद्दत गर्न रु एक अर्ब वित्तीय सहायता उपलब्ध गराइने जानकारी दिनुभयो ।  त्यसैगरी, उहाँले पूर्वाधार विकासका पाँच...

नेपाल सरकार र नेपाली जनतासाथ सधैँ रहन्छाँ-भारतीय विदेशमन्त्री

1435157038sushma swaraj.jpg
काठमाडौँ, ९ असार । भारतका विदेशमन्त्री सुष्मा स्वराजले भूकम्पपछिको पुनःनिर्माणका लागि आफ्नो मुलुक नेपाल सरकार र नेपाली जनताका साथ सदैव रहने बताउनुभएको छ । बाह्य सहायता जुटाउने उद्देश्यले भोलि यहाँ आयोजना हुने ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ मा भारत सरकारको प्रतिनिधित्व गर्दै आज साँझ यहाँ आउनु भएका उहाँले विमानस्थलमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै विपद्को विषम परिस्थितिमा पनि नेपाली जनताले आफ्नो राष्ट्रको पुनःनिर्माणमा प्रस्तुत गरेको जुझारु प्रतिबद्धताबाट आफू उत्साहित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगत एक वर्षयताको...
Advertisement

निर्वाचनमा भाग लिने कि नलिने छिट्टै निर्णय गर्छौँ– सुकी

1434857584su ki.jpg
याङ्गोन, ५ असार । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ् सान सुकीले यसैवर्ष म्यानमारमा हुन लागेको आम निर्वाचनमा आफ्नो दल सहभागी हुने कि नहुने भन्ने बारेमा छिट्टै निर्णय गरिने बताउनुभएको छ । याङ्गोनमा शनिबार आफ्नो दलका केन्द्रीय स्तरका नेताहरुको सम्मेलनमा बोल्दै उहाँले सो भनाई राख्नुभएको हो । उहाँले देशमा २५ वर्षपछि पहिलो पटक आफ्नो दलले आम निर्वाचनमा सहभागिता जनाउने या सहभागी नहुने भन्ने बारेमा निर्णय गर्नुपर्ने भएको धारणा राख्दै यस विषयमा चाँडै नै निर्णय गरिने बताउनुभएको हो । म्यानमारमा आगामी अक्टोबर वा नोभेम्बर महिनामा आम निर्वाचन हुन लागेको छ । सो...
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement