विश्व

शीतयुद्धको अवशेष अन्त्यः ओबामा

1458705443Obama.jpg
हवाना, ९ चैत । अमेरिका राष्ट्रपति बाराक ओबामाले मङ्गलबार क्युवाली जनतालाई सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा ओबामाले आफ्नो यो क्युवाका लागि गरिएको महत्वपूर्ण भ्रमण भएको र यसबाट अमेरिका र क्युवाबीच दशकौँदेखि देखिँदै आएको शीतयुद्धको अवशेष अन्त्य हुने विश्वास लिनुभयो । सम्बोधनमा राष्ट्रपति ओबामाले भन्नुभयो– हामी कसरी सरकार सञ्चालन गछौँ भन्ने कुरा भन्दा क्युवाली जनतालाई अमेरिकाले पछिल्लो समय विश्वास लिएर अघि बढेको बताउनुभयो । राष्ट्रपति बाराक ओबामाका विदेश मामिलासम्बनधी सल्लाहकार बेन रोड्सले यो भ्रमणलाई सार्थक तुल्याउन तथा...

ब्रसेल्स आक्रमणमा मृत्य हुनेको सङ्ख्या ३१ पुग्यो

ब्रसेल्स, ९ चैत । बेल्जियमको राजधानी सहर ब्रसेल्सको बिमानस्थल लगायतका ठाँउमा मङ्गलबार बिहान गराइएका शक्तिशाली विस्फोटमा परी कम्तिमा बीस जनाको मृत्यु भएको छ भने १०९ जना घाइते भएका स्थानीय नगर प्रमुख यभान मेइयूरले मालभिक स्टेशनको दृष्य बताउनुभयो । घाइतेमध्ये कतिपयको अत्यन्तै गहिरा चोट लागेकोले मृतक सङ्ख्यामा अझै वृद्धि हुनसक्ने मेइयूरले बताउनुभयो । त्यस्तै, ब्रसेल्सको विमानस्थलमा भएका दुई अन्य विष्पोटमा ११ जनाको मृत्यु भएको र दुवै ठाउँमा गरी जम्मा ३१ जनाको मृत्यु भएको प्राप्त समाचारमा उल्लेख छ । मङ्गलबार बिहान दुई वटा शक्तिशाली विस्फोट भएका थिए ।...

टस्कद्वारा संशोधित आप्रवासी सम्झौता पास गर्न ईयू नेताहरुलाई सुझाव

ब्रसेल्स, ५ चैत । फिन्ल्यान्डका प्रधानमन्त्री जुसा सिपिलाले ट्वीट गर्दै टस्कद्वारा आज प्रस्तुत गरेको संशोधिन प्रस्तावलाई सबै युरोपेली नेताले पास गरेको बताउनुभएको छ । सपिलाका अनुसार सबै ईयू सदस्य राष्ट्रका प्रतिनिधिको भेलाले नयाँ प्रस्तावलाई सिद्धान्ततः पास गर्ने सहमति भए पनि सम्झौतामा हस्ताक्षर गर्नुपूर्व टर्कीका राष्ट्रपति दभुटोग्लुसँग छलफल गर्नेछन् भन्नुभएको छ । यसअघि युरोपमा पछिल्लो समय देखिँदै आएको आप्रवासी समस्या कम गर्न टर्कीसँग गर्न लागिएको सम्झौताको संशोधित रुपलाई पास गर्न युरोपेली युनियन (ईयू) प्रमुख डोनाल्ड टस्कले यसमा आवद्ध २८ देशका...
1453145911obamacare.gif

रसियामा विमान दुर्घटना, ६१ को मृत्यु

मस्को, ६ चैत । फ्लाई दुबईको विमान रसियमा दुर्घटनाग्रस्त हँुदा त्यसमा रहेका सबै ६१ जनाकै ज्यान गएको समाचार छ । प्राप्त पछिल्लो समाचारअनुुसार सो विमानमा रहेका सबै ६१ जनाको नै ज्यान गएको पुष्टि उक्त एयरलाइन्सले नै गरेको छ । शनिबार बिहान दक्षिणी रसियाको रोस्तोभ ओन दन विमानस्थलमा सो विमान अवतरण गर्ने तयारीमा रहेको समयमा दुर्घटनाग्रस्त भएको बताइएको छ । अवतरणको तयारीको विमान अकस्मात जलेको र त्यसपछि आगो लागेको अवस्थामा नै विस्फोट पनि भएको समाचारमा जनाइएको छ । उक्त विमानस्थल वरिपरिको मौसम खराब रहेको थियो । पहिलो प्रयासमा सम्भव नभएपछि विमानले दोस्रो पटक अवतरणको...

उत्तर कोरियाले फेरि अर्को क्षेप्यास्त्र परीक्षण गरयो, उत्तर कोरियालाई नजिकबाट नियालीरहेका छौँ-अमेरिकी विदेशमन्त्री केरी

वासिङ्टन, ५ चैत । अमेरिकी विदेशमन्त्री जोन केरीले उत्तर कोरियाद्वारा पछिल्लो समयमा जारी राखेको क्षेप्यास्त्र परीक्षणका क्रियाकलापहरु अमेरिकाले नजिकबाट नियालीरहेको जानकारी दिनुभएको छ । उहाँले उत्तर कोरियाले उत्तेजक मात्रामा आफ्ना क्रियाकलामहरु अघि बढाइरहेको भन्दै यसले उसलाई कुनै पनि हालतमा फाइदा नपु¥याउने धारणा पनि राख्नुभयो । उहाँले क्षेप्यास्त्र परीक्षणको काम तत्कालै रोक्न र संयमता अपनाउन अमेरिकाले बारम्बर गर्ने गरेको आग्रहको उत्तर कोरियाले बेवास्ता गर्ने गरेको पनि बताउनुभयो । अमेरिकी राष्ट्रपति बाराक ओबामाले बुधबार उत्तर कोरियाका विरुद्धमा...

मेक्सिकोमा पत्रकारमाथिको आक्रमण झन्बढ्यो

मेक्सिको, ४ चैत । विभिन्न मानवअधिकारकर्मी समूहहरुले मेक्सिकोमा पत्रकारहरुमाथि हुने गरेका आक्रमणका घटनामा पछिल्लो समयमा झन बृद्धि भएको पाइएको जनाएका छन् । यसअघिका वर्षहरुका तुलनामा गएको वर्ष अर्थात् सन् २०१५ मा मेक्सिकोमा पत्रकारमाथि भएका आक्रमणका घटनामा कम्तीमा पनि २२ प्रतिशतले बृद्धि भएको पाइएको समाचारमा जनाइएको छ । गत वर्षमात्र मेक्सिकोमा कम्तीमा पनि आठजना पत्रकार मारिएका छन् भने अरु करिब ४०० जनामाथि आक्रमणका घटना भएका अधिकारवादी समूहले जनाएका छन् । आर्टिकल १९ नामक एक अधिकारवादी समूहको प्रतिवेदनमा मेक्सिकोमा अभिव्यक्ति स्वतन्त्रताको अवस्था...
Advertisement

उत्तर कोरियाका विरुद्ध अमेरिकाको थप नाकाबन्दी

वासिङ्टन, ४ चैत । संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाका विरुद्धमा थप नाकाबन्दीको घोषणा गरेको समाचार छ । गत महिना मात्र गरेको लामो दूरीको रकेट परीक्षण र त्यसपछिको अमेरिका विरोधी प्रतिक्रियास्वरुप यसअघि पनि अमेरिकाले उत्तरका विरुद्धमा नाकाबन्दीको घोषणा गरेको थियो । उत्तर कोरियाका विरुद्धमा संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्रसङ्घले लगाएको नाकाबन्दीपछि उत्तर कोरिया विश्व समुदायबाट लगभग एक्लिएको छ । तर पनि उसका विरुद्धमा विश्वका विभिन्न देशले नाकाबन्दी थपिरहेका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले बुधबार उत्तर कोरियाका विरुद्धमा थप ...

राष्ट्रपति ओबामाको क्युबा भ्रमण सकारात्मक

1458141869Obama.jpg
सान्टियागो, ३ चैत । अमेरिकी राष्ट्रपति बाराक ओबामाको क्युबा भ्रमण ओबामा प्रशासनको एक प्रभावकारी कदम हुने बताइएको छ । उहाँको सो भ्रमण अमेरिकाको विदेशनीतिमा सुद्धिकरणका लागि थप प्रभावकारी हुने जानकारी दिइएको हो । एकजना प्रसिद्ध ल्याटिन अमेरिकी राजनीतिशास्त्रीले सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो– यो भ्रमण दुवै देशको विदेश नीतिका लागि राम्रो हुनेछ । चिलीमा अवस्थित ल्याटिन अमेरिकन सोसियल साइन्स् इन्स्टिच्युटका निर्देशक रहनुभएका एन्जेल फ्लिसफिसले राष्ट्रपति ओबामाको आसन्न क्युबा भ्रमण एक सकारात्मक कदम हो भन्नुभएको हो । राष्ट्रपति ओबामाले यही...

नाइजेरियामा आत्मघाती आक्रमण २२ को मृत्यु

अबुजा, ३ चैत । नाइजेरियाको राजधानी मैदुगुरीको बाहिरी इलाकामा पर्ने बोर्नो राज्यमा एक मस्जिदलाई लक्ष्यगरी गरिएको दुई वटा आत्मघाती आक्रमणमा कम्तीमा २२ व्यक्तिको मृत्यु भएको समाचार छ । सैनिक प्रवक्ताद्वारा जारी एक विज्ञप्तिका अनुसार एक आक्रमण स्थानीय मस्जिदभित्र नै भएको र केही समयपछि भएको अर्को आक्रमण उक्त मस्जिदबाट करिब ५० मिटर टाढा रहेको इलाकामा भएको छ । यस आक्रमणमा दुई जना महिला आत्मघाती आक्रमणकारी रहेको बताइएको छ । स्थानीय अधिकारीहरूले सुरुमा दिएको जानकारीअनुसार यस आक्रमणमा कम्तीमा २१ घाइते भएका छन् । यस आक्रमणमा आतङ्ककारी समूह बोको हरामको हात रहेको...
Advertisement

बुधबार थप रसियाली विमान फर्किए, अमेरिकी विदेशमन्त्री रसिया भ्रमणमा जाँदै

मस्को, ३ चैत । बुधबार थप रसियाली युद्धक विमानले सिरिया छोडेका छन् । रसियाले सिरियाबाट आफ्नो सेना हटाउने निर्णय गरेसँगै थप विमानले सिरिया छोड्न लागेका हुन् । उता अमेरिकी विदेशमन्त्री जोन केरीले रसिया भ्रमणको कार्यक्रम तय गर्नुभएको समाचार छ । त्यस अगावै रसियाले पनि आफ्ना युद्धक विमान फिर्ता गर्ने भएको बताइएको छ । रसियासँग सिरियाको युद्धका बारेमा वार्तागर्ने उद्देश्यका साथ उहाँले रसियाको भ्रमण गर्न लाग्नुभएको हो । रसियाली विदेशमन्त्रालयले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिएको बताइएको छ । प्राप्त समाचारअनुसार सिरियाली विभिन्न नगरमा रहेका केही...

इन्डोनेशियामा ७.८ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

1456926744earthquake.jpg
२ मार्च २०१६ / इन्डोनेशियाको सुमात्रा नजिकै समुन्द्रमा ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको USGS ले जनाएको छ । भूकम्प पश्चात् सुमात्रा तथा आचे प्रान्तमा सुनामी आउन सक्ने चेतावनी दिइएको छ । सन २००४ मा गएको भूकम्पका कारण यस क्षेत्रमा सुनामी आई ठुलो नोक्शानी गरेको थियो ।   ...

चीनमा पानीजहाज दुर्घटनामा दश माझी बेपत्ता

क्वीनदाओ (चीन), १५ फागुन । चीनको ‘एलो सी’मा शनिबार बिहान भएको पानीजहाज दुर्घटना हुँदा जहाजमा यात्रारत १० जना समुद्रमा हराइरहेको स्थानीय प्रशासनले जनाएको छ । व्यापारिक प्रयोजनका लागि सामान लिन हिँडेको उक्त जहाज स्थानीय माझीको माछा मार्न प्रयोग गरिने डुङ्गासँग पूर्वी चीनको सानदोङ प्रान्तको चाओलिन टापु नजिकै ठक्कर खाएपछि डुङ्गामा सवार सबैजना पानीमा डुबेको क्विनदाओ प्रशासनले जनाएको छ । समुद्रमा हराइरहेका माझीहरुको खोजीका लागि उद्धार टोली घटनास्थल पुगी खोजी कार्य सुरु गरिसकेको छ । घटनाबारे छानबिन पनि सुरु भइसकेको छ । रासस÷सिन्ह्वा ...
Advertisement

हजारौँ दक्षिण कोरियाली नागरिकद्वारा श्रम अधिकारको पक्षमा प्रदर्शन

सिओल (दक्षिण कोरिया), १५ फागुन । कोरियाको राजधानी सिओलामा जम्मा भएका हजारौँ कोरियाली नागरिकले व्यक्तिगत स्वतन्त्रता तथा श्रम अधिकारका लागि भन्दै शनिबार सरकारविरुद्ध प्रदर्शन गरेका छन् । कोरियाली राष्ट्रपति पार्क ग्युन हेको सरकारले नागरिकको स्वतन्त्रता र श्रम अधिकारका पक्षमा काम गर्न असफल भएको भन्दै करिब १४ हजार कोरियाली नागरिकले प्रदर्शनमा सहभागिता जनाएका सिओल महानगरपालिका प्रहरीका एक अधिकारीले बताए । श्रम अधिकार कानुनको सुधारमा उनीहरुले राष्ट्रपति पार्क ग्युन हेले लिएको अभियानलाई प्रतिगामी बताउँदै राष्ट्रपतिको राजीनामा समेत माग गरेका थिए ।...

बुरुन्डीका राष्ट्रपति र प्रतिपक्षी दलबीच वार्ता हुने : महासचिव बान

1456293480UN.jpg
बुरुन्डी, ११ फागुन । बुरुन्डीमा गएको १० महिनायता देखिँदै आएको राजनीतिक सङ्कट अन्त्य गर्ने प्रयासस्वरुप यहाँको सत्तापक्ष र आन्दोलनरत् प्रतिपक्षबीच छिट्टै वार्ता हुने संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले मङ्गलबार बुरुन्डीका राष्ट्रपतिसँग भेटेपछि राष्ट्रपति पिएरे नुरुन्जिजाले प्रतिपक्ष दलसँग वार्ता गरी देशमा देखिएको राजनीतिक सङ्कट समाधानमा पहल गर्न सहमत हुनुभएको हो । संयुक्त राष्ट्रसङ्घको पहलमा यहाँको प्रतिपक्षी दलले यसअघि नै वार्तामा बस्न सहमति जनाएको थियो । बुरुन्डीका सत्ता पक्ष र सबै विद्रोही पक्ष वार्ताका...

पछिल्ला दुई हजार आठ सय वर्षमा समुद्री सतह तीब्र वृद्धि

1456293388Logo-for-news.jpg
मियामी (अमेरिका), ११ फागुन । पछिल्लो करिब दुई हजार ८०० वर्ष यता विश्वका सामुद्रिक सतहको वृद्धि तीब्र भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । सामुद्रिक सतहमा वृद्धि मानव सिर्जित जलवायु परिवर्तनले भन्दा पनि अन्य प्रभावका कारण भएको उनीहरुको निचोड छ । सन् १९०० देखि २००० का बीच विश्वका सामुद्रिक सतह औसत ५.५ इन्च (१४ सेन्टिमिटर) ले बढेको रटगर्स विश्वविद्यालयको नेतृत्वमा गरिएको एक अध्ययनले बताएको छ । उक्त तथ्य रटगर्स विश्वविद्यालयको प्रोसिडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्सेसमा प्रकाशित गरिएको छ । विश्वव्यापीरुपमा आएको तापक्रम वृद्धिका कारण सामुद्रिक सतह वृद्धिमा...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement