विश्व

आईएसद्वारा अपहृत ४० जना क्रिश्चियन धर्मावलम्बी सिरियामा रिहा

1456198388isis-iraq-ap13206006733.jpg
बेरुत (लेबनान), १० फागुन । एक वर्ष पहिले फिरौतीको रकम दाबी गर्दै आईएस समूहले सिरियाबाट अपहरण गरी लगेका २३० जनामध्ये रिहा हुन बाँकी ४० सिरियाली असिरियन क्रिश्चियन दशौँ लाख अमेरिकी डलर बराबरको फिरौती रकम बुझाएपछि रिहा भएको असिरियन डेमोक्रेटिक अर्गनाइजेसनले जनाएको छ ।  असिरियन डेमोक्रेटिक अर्गनाइजेसन युनान तालियाका अनुसार सन् २०१५ को फेबु्रअरीमा आईएस लडाकूले असिरियनसलाई अपहरण गरी लगेका थिए ।  उनीहरुले रिहाईका लागि एक करोड ८० लाख अमेरिकी डलर बराबर फिरौती रकम बुझाएपछि अपहृत ४० जनालाई सोमबार बिहानै सिरियाको एक ग्रामीण इलाकाबाट रिहा गरिएको र उनीहरु सोमबार...

चिनियाँ आईसीबीसी बैंकका छ जना अधिकारी स्पेनमा पक्राउ

145605538027040C6C00000578-0-image-a-221427381443417.jpg
म्याड्रिड (स्पेन), ८ फागुन । चिनियाँ एक प्रभावशाली बैंक आईसीबीसीका ६ जना कर्मचारीलाई करोडौँ युरो बराबरको सम्पत्तिको अवैध कारोबार गरेको आरोपमा शनिबार पक्राउ गरिएको स्पेनको न्यायिक स्रोतले जनाएको छ ।  पक्राउमध्ये तीन जनालाई एक लाख युरो धरौटी बुझाएमा रिहा गर्न सकिने स्पेनले बताएको छ ।  बाँकी अन्यलाई अनुसन्धानका लागि केही समय थुनामा राख्न म्याड्रिड पुनरावेदन अदालतले अनुमती दिएको छ ।  करिब चार करोड युरोको अवैध कारोबार गरेको शङ्कामा उनीहरुलाई बुधबार आईसीबीसीको म्याड्रिडस्थित शाखाबाट पक्राउ गरिएको थियो ।  उनीहरुमाथि शुक्रबादेखि अनुसन्धान सुरु गरिएको...

मिचिगनमा बन्दुकधारीद्वारा छ जनाको हत्या

1456055167Gun-fire.jpg
सिकागो, ९ फागुन । अमेरिकाको उत्तरी राज्य मिचिगनमा शनिबार राति एक व्यक्तिले गोलीहानी कम्तीमा पनि छ जनाको ज्यान लिएको समाचार छ ।  स्थानीय सञ्चारमाध्यमहरुको समाचारअनुसार सो राज्यको कालामजु क्षेत्रमा सो गोली काण्ड भएको थियो । एकजना व्यक्तिले स्थानीय एक रेष्टुरेन्टमा बसिरहेका व्यक्तिलाई लक्षित गरी गोली हानेको थियो ।  कालामजु क्षेत्रका एकजना अधिकारीले शनिबार राति अबेरतिर सो रेष्टुरेन्टमा गोली चलेको बताएका छन् । उनले प्रहरीलाई उद्धृतगर्दै सो समाचार दिएका बताइएको छ ।  एउटा निलो रङको कारमा आएको ५० वर्षजतिको देखिने एकजना व्यक्तिले कार भित्रैबाट अन्धाधुन्ध...
1453145911obamacare.gif

दुईवटा कारबम आक्रमणबाट सिरियामा ४६ को मृत्यु

1456055007Part-NIC-Nic6486705-1-1-0.jpg
बेरुत, ९ फागुन । मध्य सिरियाली सहर होम्समा भएको दुईवटा कारबम विस्फोटनमा कम्तीमा ४६ जनाका मृत्यु भएको मानव अधिकारवादी समूहले जनाएको छ ।  बेलायतसँग आवद्ध सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले यस आक्रमणमा मारिएका सवै सर्वसाधारण नागरिक रहेका जनाएको छ ।  यस आक्रमणमा परी दर्जनौ व्यक्ति घाइते भएका घाइतेमध्य घेरैको अवस्था गम्भीर हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।  यद्यपि सिरियाली सरकारी टेलिभिजन च्यानलले भने यस आक्रमणमा २५ व्यक्तिको मात्र मृत्यु भएको जानकारी दिएको छ ।  यो आक्रमण यस सहरमा भएका भीषण आक्रमण मध्येको एक भएको जनाइएको छ । यस...

सामूहिक हत्याको आरोपमा ४० व्यक्तिलाई मृत्युदण्डको सजाय

1455849987iraq.jpg
बग्दाद, ६ फागुन । इराकको एक अदालतले बिहीबार ४० व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको छ ।  सन् २०१४ को जुन महिनामा टिक्रीट सहर इस्लामिक स्टेट (आइएस) ले कब्जा गरेको समयमा करिब १७ सय सैनिकको हत्या गरेको ती व्यक्तिहरुमाथि आरोप लगाइएको छ ।  इराकी आधिकारीक टेलिभिजन च्यानलले सो जानकारी दिएको छ । केन्द्रिय फौजदारी अदालतले ४० जना प्रतिवादीलाई मृत्युदण्डको सजाय सुनाएको इराकी सर्वौच्च अदालतका प्रवक्ता अब्दुल सतार अल बिराक्दारले बताउनु भएको छ ।  समाचारदाताहरुकाअनुसार हजारौको सङ्ख्यामा सैनिकहरुको अपहरण गरिएको र पछि ती सैनिकको हत्या गरिएको थियो ।  उत्तरी...

घानामा सडक दुर्घटना ५३ को मृत्यु

1455849752ghana.jpg
आक्रा (घाना), ६ फागुन । घानाको एक सहरमा भएको सडक दुर्घटनामा परी कम्तीमा ५३ व्यक्तिको मृत्यु भएको समाचार छ ।  घानाको दोस्रो सहर कुमासीबाट १८६ किलोमिटर उत्तरमा पर्ने किन्टाम्पोनजिकै बस र कार्गो ट्रक एकआपसमा ठोक्क्ँिदा भएको दुर्घटनामा कम्तीमा ५३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २३ जना घाइते भएका छन् ।  घाइते मध्ये घेरैलाई किन्टाम्पो सरकारी अस्पतालमा उपचारार्थ लगिएको बताइएको छ ।  घाइते मध्ये घेरैको अवस्था चिन्ताजनक भएकोले मृतकको सङ्ख्या बढ्न सक्नेसमेत अधिकारीहरुले अनुमान गरेका छन् ।  सो जनाकारी क्षेत्रीय प्रहरी कमाण्डर माक्सवेल एटिनगाने स्थानीय...
Advertisement

First 'Silk Road' train arrives in Tehran from China

14555930024096.jpg
TEHRAN, Feb 15, 2016 (AFP) - The first train to connect China and Iran arrived in Tehran on Monday loaded with Chinese goods, reviving the ancient Silk Road, the Iranian railway company said.  The train, carrying 32 containers of commercial products from eastern Zhejiang province, took 14 days to make the 9,500-kilometre (5,900-mile) journey through Kazakstan and Turkmenistan.  "The arrival of this train in less than 14 days is unprecedented," said the head of the Iranian railway company, Mohsen Pourseyed Aqayi.  "The revival of the Silk Road is crucial for the countries on its route," he said at a ceremony at Tehran's rail station attended by the ambassadors of China and Turkmenistan.  The journey was 30 days shorter than the sea voyage from Shanghai to the Iranian port of Bandar Abbas, according to Aqayi.  The railway will not stop in Tehran "as we are planning to extend the railway to Europe in future," generating more income for Iran from passing trains, he added.  The train will leave every month and the frequency will be increased if necessary, Aqayi said.  The train is run by private companies using existing routes, Iranian railway company spokesman Sadegh Sakari told AFP.  According to Iranian media, more than a third of Iran's foreign trade is with China, which is Tehran's top customer for oil exports.  Chinese President Xi Jinping and Iranian President Hassan Rouhani...

इन्डोनेसियामा आईएससँग आवद्ध एक समूहका ३३ जना प्रहरी नियन्त्रणमा

14555927255630044-3x2-940x627.png
जकार्ता (इन्डोनेसिया), ३ फागुन । इन्डोनेसियाको प्रहरीले दर्जनौँ अतिवादी इस्लामिक समूहसँग आवद्ध रहेका केही मानिसलाई नियन्त्रणमा लिएको राष्ट्रिय प्रहरी प्रमुख वादरोदिन हैटीले बताउनुभयो ।  प्रहरीको आतङ्कवादविरोधी एकाईले ३३ जनालाई नियन्त्रणमा लिएको हो ।  उनीहरुमाथि गएको महिना जकार्तामा चार जना नागरिक तथा चार आक्रमणकारीको ज्यान जाने गरी भएको झडपमा संलग्नता रहेको आरोप लगाइएको छ ।  पक्राउ परेका विद्रोहीले देशको विभिन्न स्थानमा आक्रमण गर्ने योजना बताएका समेत प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताइएको छ । रासस÷एएफपी ...

नेपाली शिशु फर्काउन अस्ट्रेलियाको अस्पतालद्वारा अस्वीकार

1455448339160214155237-baby-asha-2-exlarge-169.jpg
सिड्नी, २ फागुन । अस्ट्रेलियाको एक अस्पतालले शरणको खोजिमा रहेका एक शिशुलाई नाउरुस्थित हिरासतमा फर्काउन अस्वीकार गरेको छ । यसबीच शरणार्थीलाई फर्काउन बनाइएको उक्त शिविरको विरोधमा अस्ट्रेलियामा अभिमत बन्दै गएको देखिएको छ ।  सरकारको कडा आप्रवास नीतिअनुसार डुङ्गा मार्फत अस्ट्रेलियामा आउने विदेशीलाई पपुवा न्युगिनी तथा नाउरुमा राखिएको हिरासत शिविरमा फर्काउने गरिन्छ ।  उनीहरू शरणार्थी भए पनि उनीहरूलाई अस्ट्रेलियामा पुनर्वास दिने कुरा अस्वीकार गरिन्छ ।  उच्च अदालतको निर्णयपछि २६७ शरणार्थीलाई नाउरु पठाउने कुरा रोक्न हाल राज्य सरकार, चर्च तथा...
Advertisement

भूकम्पबाट १०८ को मृत्यु

14554198582taiwanearthquake1228.jpg
ताइपेन, १ फागुन । ताइवानमा गत फेब्रुअरी ६ तारिखमा गएको भूकम्पमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १०८ पुगेको छ । सो शक्तिशाली भूकम्पबाट शनिबार बिहान ७ बजेसम्म १०८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ९ जना बेपत्ता भएका छन् ।  स्थानीय समयानुसार फेब्रुअरी ६ का दिन बिहान ३ः५७ मा गएको सो भू्कम्प ६.७ रिक्टर स्केलको मापन गरिएको थियो । तर स्थानीय अधिकारीहरूले भने यो ६.४ रिक्टर स्केलको मात्र भएको जानकारी दिएका थिए । चिनियाँ नयाँ वर्षको दुई दिनआगाडि मात्र उक्त शक्तिशाली भूकम्प गएको थियो ।  ताइवानमा रहेको एक अपार्टमेन्ट भवनबाट २८१ जना उद्धार गरिएको छ । भूकम्प गएको एक...

अपहरित पूर्व गभर्नरको सुरक्षाबारे अफगानिस्तानद्वारा चिन्ता व्यक्त

1455419836dc-Cover-80j2cil8mrn578m62me3hd6q47-20160213150446.Medi.jpeg
काबुल (अफगानिस्तान), १ फागुन । अफगानिस्तानको सरकारले आफ्नो देशको पूर्व गभर्नर पाकिस्तानमा एक बन्दुकधारी समूहबाट अपहरित भएकामा शनिबार गहिरो चासो व्यक्त गरेको छ ।  केही अज्ञात बन्दुकधारीको समूहले अफगानिस्तानको पश्चिमी हेरात प्रान्तका पूर्व–गभर्नर सैयद फाजालुल्लाह वाहिदीलाई शुक्रबार इस्लामावादबाट अपहरण गरी लगेका थिए । अफगानिस्तानले बाहिदीको अपहरणपछि उहाँको सुरक्षाका लागि चासो व्यक्त गरेको हो ।  वाहिदी पाकिस्तानबाट अपहरणमा परेको बताउँदै अफगानिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इस्लामावादलाई सम्भावित सबै सुरक्षा संयन्त्रको...

कङ्गोमा विद्रोहीको आक्रमणबाट छ को मृत्यु, १४ जनालाई अपहरण

1455419726congo-m232653275b.jpg
किन्सासा (कङ्गो), १ फागुन । एक विद्रोही समूहले आक्रमण गर्दा कङ्गोमा छ जनाको मृत्यु भएको छ भने उक्त समूहमा आएका आक्रमणकारीले १४ जना अन्य नागरिकलाई अपहरण गरी लगेका स्थानीय मानवअधिकारवादी एक संगठनले बताएको छ ।  कङ्गोमा पछिल्लो समय सुरक्षास्थिति बिग्रिँदै गएको उक्त सङ्गठनको दावीे छ ।  द सेन्टर अफ स्टडी फर द प्रमोसन अफ फिस डिमोक्रेसी एण्ड ह्युमन राइट्स नामक उक्त सङ्गठनका अनुसार देशको पूर्वी सहर गोमामा शुक्रबार छिमेकी युगाण्डामा कार्यरत एक समूहको यसमा संलग्नता रहेको जनाएको छ ।  अपहरण गरी लगेका मानिसलाई गाउँबाट लुटेर लगेको सामान बोकाई भिरुङ्गा नेसनल...
Advertisement

नेपाल १७ वर्षपछि साग फुटबलको फाइनलमा

1455419327Nepal-football-celebrations-after-beating-Maldives-4-3.jpg
काठमाडौँ, १ फागुन । दक्षिण एसियाली खेलकुद (साग) फुटबलतर्फ नेपाल १७ वर्षपछि फाइनलमा प्रवेश गरेको छ ।  भारतको गुवाहाटीमा भर्खरै सम्पन्न सेमीफाइनलमा माल्दिभ्सलाई ४–३ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।  नेपाललाई जित दिलाउन नवयुग श्रेष्ठले ह्याट्रिक गरे । त्यस्तै, अर्को गोल अञ्जन विष्टले गरेका थिए । विष्टले खेलको १५ औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसपछि लगातार आक्रामक खेल खेलेको नेपालका लागि श्रेष्ठले ३६ औँ मिनेटमा अग्रता दोब्बर पारे ।  बाउन्नौँँ मिनेटमा गोल गर्दै माल्दिभ्स खेलमा फर्कियो । खेलको ६५ औँ मिनेटमा...

इस्तानबुलमा पाँचतले घर अकस्मात भत्कियो

1455334802RanaPlaza-collapse.jpg
इस्तानबुल (टर्की), २९ माघ । टर्कीको पुरानो राजधानी इस्तानबुलमा एउटा पाँचतले भवन एक्कासी भत्किएको स्थानीय अधिकारीले बताएका छन् ।  भवन साँघुरो सडकतर्फ भत्किएको तर उक्त भवनको अवशेषभित्र कोही नफसेको टर्की सरकारले बताएको छ ।  इस्तानबुलका गभर्नर वासिप सहिनले सञ्चारमाध्यमसँगको कुराकानीमा बताउनुभयो, प्रारम्भिक अनुसन्धानबाट भवनको अवशेषभित्र कोही परेको आशङ्का नभए पनि भत्किएको भवनको संरचनालाई सावधानीसाथ हटाउने काम भइरहेको छ ।  भवन भत्किनुपूर्व आएको आवाजपछि सावधानी साथ यसभित्रका मानिस भाग्न सफल भएका र सडक क्षेत्रमा पनि कोही नपरेको उहाँले बताउनुभयो...

Pakistani intelligence arrests nearly 100 militants

14553344482-inter-services-intelligence.jpg
KARACHI, Pakistan (AP) — Pakistan's intelligence agencies arrested a collective of 97 "hardcore terrorists" from three banned groups involved in a string of major terrorist attacks and seized weapons, explosives and communications gear intended for future attacks, a Pakistani official said Friday.  Lt. Gen. Asim Saleem Bajwa told reporters at a press conference in Karachi that the militants belonged to different groups — Lashkar-e-Jhangvi, Tahrik-eTaliban Pakistan and the local al-Qaeda affiliate.  "Among the arrested militants are three high-value targets and 94 hardcore terrorists," including 26 with government bounties on their capture, said Bajwa.  The army spokesman said those arrested include explosives experts, financiers and militants preparing to become suicide bombers. The militants had been arrested in a series of raids and operations over the course of several months.  He said they had been coordinating on logistics and planning and were in the midst of planning a major attack on a jail in Hyderabad in order to free Ahmed Umar Saeed Shaikh, who was convicted of involvement in the killing of Wall Street Journal correspondent Daniel Pearl in 2002.  "Their plan for Hyderabad jail break was about to be executed for which they have prepared explosives-laden vehicles," said Bajwa. ...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement