विश्व

भूकम्प च्यापिएका एकसय भन्दा बढीको उद्धार भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

1454857292AP114244602501.jpg
ताइनान, (ताइवान), २४ माघ । ताइवानमा गएको शक्तिशाली भूकम्पमा परी च्यापिएका एकसय भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको समाचार छ । सो भूकम्पमा परी हालसम्म २३ व्यक्तिको मृत्यु भएको बताइएको छ ।  यस भूकम्पमा परेर च्यापिएका २५० भन्दा बढी व्यक्तिलाई यसअघि नै आकस्मिक उद्वारकर्ताहरुले उद्वार गरेको बताइएको छ ।  गत शनिबार बिहान गएको ६.४ रिक्टर स्केलको सो भूकम्पका कारणमध्य ताइपेइको १६ तले भवन भत्किएको थियो ।  भूकम्पमा मारिएकामध्ये २१ जना सोही भवनको भग्नावशेपमा परी ज्यान गएको अधिकारीहरुले जनाएका छन् । ती २१ जनामा १० दिने एक बालिकासहित ६ जना बालबालिका रहेका बताइएको छ...

लासानामक ज्वरोको प्रकोपबाट नाइजेरियामा एकसय एकको मृत्यु

1454815829599x356xCholera-patients.jpg.pagespeed.ic.zgJ5mSl0Lp.jpg
लासानामक ज्वरोको प्रकोपबाट नाइजेरियामा एकसय एकको मृत्यु  लागोस (नाइजेरिया), २३ माघ । नाइजेरियामा फैलिएको लासानामक ज्वरोको प्रकोपका कारण १०१ जना नाइजेरियाली नागरिकको मृत्यु भएको यहाँका स्वास्थ्य अधिकारीद्वारा शनिबार सार्वजनिक गरिएको प्रतिवेदनमा बताइएको छ ।  पश्चिम अफ्रिकी मुलुकले लासा ‘भारस’लाई निस्तेज पार्न सङ्घर्ष गरिरहका बेला नाइजेरियामा यसको प्रकोप देखिएको हो ।  सन् २०१५ को अगस्ट यता शङ्कास्पद मृतकको रगत नमुना परीक्षणपश्चात् १०१ जनामा लासाको प्रकोप भएको पुष्टि भएको छ ।  लासा भाइरसका कारण प्राण गुमाउने प्रायजसो मानिस अबुजा ल...

आयोवामा भएको ककसमा रिपब्लिकन पार्टीमा टेड क्रुज विजयी

1454390497us-flag.jpg
अमेरिका, १ फेब्रुवरी / सन् २०१६ मा हुने अमेरिकी राष्ट्रपति चुनावको डेमोक्र्याटिक र रिपब्लिकन पार्टीको प्रारम्भिक ककस आज आयोवाबाट सुरु भएको छ । यस राज्यमा डेमोक्र्याटिक पार्टीको-४४ र रिपब्लिकन पार्टीको ३० डेलिगेट्स छन् । अमेरिकाका सबै राज्यहरूमा हुने ककसबाट विजयी हुनेले दुवै पार्टीको तर्फबाट उम्मेदवार हुनसक्दछन । आयोवा राज्यमा रिपब्लिकन पार्टीको तर्फबाट टेड क्रुजले २८ प्रतिशत मत प्राप्त गरी विजयी भए भने डोनाल्ड ट्रंप २४ प्रतिशत मत प्राप्त गरी दोस्रो स्थानमा रहे यसै गरी मार्को रुबियोले २३ प्रतिशत मत प्राप्त गरे । डेमोक्र्याटिक पार्टीको ककसमा हिलारी...
1453145911obamacare.gif

भारतमा तेह्र विद्यार्थीको समुद्रमा डुबेर मृत्यु

1454363408india-bus-accident.jpg
मुम्बई (भारत), १८ माघ । भारतका महाराष्ट्र राज्यस्थित मुम्बईको दक्षिण क्षेत्रमा अवस्थित पश्चिमी समुद्रीतटमा पौडी खेल्ने क्रममा १३ विद्यार्थीको डुबेर मृत्यु भएको यहाँको प्रहरीले सोमबार जनाएको छ । उनीहरु पुनेको अबेदा इनामदार कलेजबाट वनभोजका लागि राइगढ जिल्लाको मुरदतटमा गएका थिए । यस दुखान्त घटनामा परेका विद्यार्थी १९ देखि २३ वर्षबीचका रहेको सहायक प्रहरी निरीक्षक अरविन्द पटेलले बताउनुभयो । मृत्यु हुनेमा १० जना छात्रा र तीन जना छात्र भएको उहाँले बताउनुभयो । पुनेबाट मानविकी, विज्ञान र व्यवस्थापन सङ्कायमा अध्ययनरत् १५५ विद्यार्थी सोमबार वनभोज खानका लागि उक्त...

आर्थिक प्रतिबन्द फकुवासँगै इरानको सय अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति फुकुवा

1454363271Iran-flag.jpg
तेहरान (इरान), १८ माघ । इरानले हालै गरिएको आणविक सम्झौतापछि विश्वका विभिन्न मुलुकमा रोक्का गरी राखिएको करिब एक सय अर्ब अमेरिकी डलर बराबरको नगद तथा अन्य सम्पत्ति प्रयोग गर्न पाउने भएको छ । इरान सरकारका प्रवक्ता मोहम्मद बाघर नोबाकटले विश्व शक्ति राष्ट्रसँग गरिएको आणविक सम्झौतापश्चात चीन, भारत, जापान, दक्षिण कोरिया र टर्कीलगायतका देशमा जम्मा भई चलन गर्न नसकिएको सम्पत्ति फुकुवा भएको बताउनुभयो । तेहरानको आणविक कार्यक्रमप्रति चासो देखाउँदै अन्तर्राष्ट्रिय समुदायले सन् २०१२ यता इरानविरुद्ध आर्थिक कारोबारमा कडाई गरिँदै आएको प्रवक्ता नोबाकटले बताउनुभयो । यसैबीच...

भेनेजुयलामा करीब पाँच हजार मानिस जिका भाइरसबाट प्रभावित, फ्रान्स मा पनि पाँच संक्रमित

1454128319Zika.jpg
काराकस (पेरिस), १५ माघ । भेनेजुयलामा जिका भाइरसबाट करिब ४ हजार ७०० जना प्रभावित भएको हुनसक्ने प्रारम्भिक तथ्याङ्क आएको यहाँका लुइसाना मेलोले शुक्रबार बताउनुभएको छ । विदेश यात्राबाट फर्किएका पाँच जना फ्रान्सेली नागरिकलाई समेत जिकाका किटाणु भेटिएको बताइएको छ । जिकाको सङ्क्रमण हेर्दा सामान्य देखिने बालबालिकाको मस्तिष्कमा पनि हुने गर्दछ । भेनेजुयलाका स्वास्थ्यमन्त्री मेलोले भन्नुभयो, हामीलाई हालसम्म प्राप्त सूचनाअनुसार भेनेजुयलामा जिका किटाणुबाट करिब ४ हजार ७०० मानिस प्रभावित भएको आशङ्का छ । यसको विस्तृत अध्ययन भइरहेको छ, उहाँले थप्नुभयो । भेनेजुयलाले...
Advertisement

खानीमा पुरिएका कामदार छत्तिस दिनपछि जीवितै उद्धार

1454124071Mining.jpg
स्यानडोङ (चीन), १५ माघ । चीनमा खानीमा थुनिएका दुई कामदारलाई ३६ दिनपछि जीवितै उद्धार गरिएको छ । उनीहरु चीनको पूर्वी ईलाका स्यानडोङ प्रान्तमा अवस्थित एक खानी भासिँदा जमिनमुनि विगत ३६ दिनदेखि थुनिएर रहेका थिए । सन् २०१५ को डिसेम्बर २५ गते खानीभित्र पुरिएका थिए । उद्धार कार्यमा संलग्न सुरक्षाकर्मीले जमिनमुनि पुरिएकै अवस्थामा रहेका अन्य दुई कामदार पनि जीवितै रहेको जानकारी आएको र शुक्रबार रातिसम्म उद्धार गरिने बताए । उद्धार टोलीले जमिनमुनि थुनिएका कामदारलाई निकाल्न दुई वटा ठूला खाडल खनी घिर्नीको सहायतामा बाहिर निकालिएको बतायोे । बाओटाई सहरको नजिकरहेको जिपसप...

साउदी अरबको राजदूतावास आक्रमणमा संलग्न सय जना पक्राउ

1453689899saudi-Arabia-flag.jpg
तेहरान (इरान), १० माघ । इरानको राजधानी तेहरानस्थित साउदी अरबको राजदूतावास आक्रमणमा संलग्न भएको आशङ्कामा एक सय जनालाई पक्राउ गरिएको यहाँको न्यायालयका प्रवक्ता घोलाम हुसेन मोहसेनी एजेनीले बताउनुभएको छ । इरानको राष्ट्रिय टेलिभिजन च्यानलले एजेनीको शब्द उद्धृत गर्र्दै अरबी राजदूतावासमा केही दिन पहिले हमलामा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरेकोे जनाएको छ । तर यसबारेमा विस्तृत विवरण उपलब्ध नगराउनु भएको जनाइएको छ । इरानमा यस्ता घटनामा पक्राउ परेका व्यक्तिको सार्वजनिक घोषणा गरिनु असाधारण घटना हो । साउदी अरबमा सिया धर्म गुरुलाई फाँसी दिइएपछि यही जनवरी २ मा...

संविधान संशोधनको भारतद्वारा स्वागत

1453653119india-flag.jpg
काठमाडौँ, १० माघ । व्यवस्थापिका–संसदले शनिबार पारित गरेको नेपालको संविधानको पहिलो संशोधनलाई भारतले ‘सकारात्मक घटनाक्रम’ भनेको छ । संसदले संविधानमा पहिलो जनसङ्ख्या र दोस्रो भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने र राज्यका निकायमा समानुपातिक समावेशी सहभागिता गराउने व्यवस्थासहित संविधानमा संशोधन गरेको हो । प्रमुख पाँच दलको समर्थनमा संसदले संविधानको पहिलो संशोधन प्रस्तावलाई पारित गरेको हो । भारतको वैदेशिक मामिला मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी बाँकी अरु मुद्दाको पनि त्यसरी नै रचनात्मक तवरले सम्बोधन हुने आशा व्यक्त गरेको छ । नयाँ...
Advertisement

पूर्वी अमेरिकामा विशाल हिमपात तथा आँधी, कम्तीमा आठजनाको मृत्यु

1453569409us-weather.jpg
वासिङ्टन (संयुक्त राज्य अमेरिका), ९ माघ । पूर्वी अमेरिकामा शुक्रबारदेखि सुरु भएको हिमआँधीका कारण कम्तीमा आठजनाको मृत्यु भएको यहाँबाट प्रेसित समाचारहरुमा जनाइएको छ । आँधीका कारण उक्त क्षेत्रमा बसोबास गर्ने कम्तीमा आठ करोड ५० लाख मानिस प्रभावित भएको ‘नेसनल वेदर सर्भिस’ (एनडब्लुएस) ले बताएको छ । शुक्रबारबाट सुरु भएको हिम आँधी आइतबार बिहानसम्म परिराख्न सक्ने एनडब्लुएसले पूर्वानुमान गरेको छ । अमेरिकाको पूर्वी क्षेत्रमा अवस्थित धेरै ठाउँहरुमा करिब दुई फिटसम्म हिउँ जम्मा हुने र यसका कारण करिब एक लाख मानिसले विद्युत् सेवा प्रयोग गर्नबाट वञ्चित भएका यहाँको...

चीनमा सरकारको विरोध गर्नेलाई १९ वर्ष जेल

1453523729china-flag.jpg
बेइजिङ, ८ माघ । चिनियाँ कम्युनिष्ट पार्टीको विरोध गर्ने एकजना चिनियाँ अधिकारवादीलाई १९ वर्षको जेल सजाय सुनाइएको समाचार छ । उनले चिनियाँ कम्युनिष्ट पार्टी, सत्तारुढ दलको आलोचना गरी इन्टरनेटमा सामग्री पोस्ट गरेको आरोप लगाइएको छ । उनी चीनको उत्तरपश्चिमी क्षेत्र सिनजियाङका एकजना अधिकारवादी हुन् । उनले विदेशी मिडियालाई पनि सरकारको विरोधमा अन्तरवार्ता दिएको आरोप सरकारको छ । चीनको क्षेत्रीय एक अदालतले सरकारले उनीमाथि लगाएको आरोप प्रमाणित भएको भन्दै १९ वर्षको जेल सजाय सुनाएको बताएको छ । अधिकारवादी जाङ हाइतोलाई सो जेल सजाय सुनाइएको समाचारमा जनाइएको छ । चीनले...

Pakistan university attackers vow to target schools in new video

1453481280hawa.jpg
ISLAMABAD, Jan 22, 2016 (AFP) - The Taliban faction behind a massacre at a university in northwest Pakistan this week issued a video message Friday vowing to target schools throughout the country, calling them "nurseries" for people who challenge Allah's law.  The video, which spread rapidly on Facebook but was not released on official media accounts for the Tehreek-e-Taliban Pakistani (TTP), shows Khalifa Umar Mansoor, whose faction claimed responsibility for the attack on Bacha Khan university Wednesday.  Heavily armed gunmen stormed the campus in Charsadda in northwest Pakistan, killing 21 people in an attack that had chilling echoes of a 2014 assault on a school in nearby Peshawar, also claimed by Mansoor's faction.  The rampage threatened to shatter the sense of security growing in the troubled region a year after the Peshawar attack, which left more than 150 people dead -- mostly children.  In the video issued Friday, Mansoor said his faction had attacked the university "because this is the place where lawyers are made, this is the place that produces military officers, this is the place that produces members of the parliament, all of whom challenge Allah's sovereignty".  Flanked by armed extremists wearing masks, he said that instead of targeting professional soldiers, "we will target the nurseries that produce these people".  "We will continue to attack schools, colleges and...
Advertisement

At least 21 dead in Taliban attack on Pakistan university

14533601821453301056910.jpg
CHARSADDA, Pakistan, Jan 20, 2016 (AFP) - At least 21 people died in a Taliban assault on a university in Pakistan Wednesday, where witnesses reported two large explosions as security forces moved in under dense fog to halt the bloodshed.  The number of dead climbed rapidly after armed men stormed the Bacha Khan university in Charsadda, about 50 kilometres (30 miles) from the city of Peshawar, in the latest outrage to hit the militant-infested region.  Police, soldiers and special forces swarmed the university from the ground and the air in a bid to shut down the assault, as television images showed female students running for their lives.  "The death toll in the terrorist attack has risen to 21," regional police chief Saeed Wazir told AFP hours after the alarm was first raised.  He said the operation had ended and security forces were clearing the area, with most of the student victims shot dead at a hostel for male students.  "More than 30 others including students, staff and security guards were wounded," he added.  Emergency official Bilal Faizi described seeing five bodies, all with bullet wounds.  Military spokesman Major General Asim Bajwa said on Twitter that four attackers had been killed.  "Update: Snipers killed 2 more terrorists on roof top, total Terrorist killed so far 4. All buildings (and) roof top taken over by Army. op continues," he wrote earlier.  It was not immediately...

रिहाभएका अमेरिकी नागरिकसहितको विमान तेहरानबाट प्रस्थान

वाशिङटन (अमेरिका), ३ माघ । इरानमाथि लगाइएको अमेरिकी प्रतिबन्ध फुकुवापश्चात इरानले रिहा गरेका अमेरिकी नागरिक लिएर विमान तेहरानबाट स्वदेशका लागि प्रस्थान गरेको एक उच्च अमेरिकी अधिकारीले बताएका छन् । ओबामा सरकारको प्रशासनले उक्त विमानमा इरानबाट स्वदेश फिर्ता हुन चाहेका सबै चार जना विमानमा छन् वा छैनन् भन्ने सम्बन्धमा केही जनाएको छैन । यद्यपि वाशिङटन पोस्टका प्रकाशकले उक्त पत्रिकाका संवाददाता र उहाँकी धर्मपत्नीले इरानबाट ५४५ दिनको कटुअनुभवपछि स्वदेशका लागि छुट्नुभएको बताउनुभयो । रासस÷एपी ...

इरानमाथि लगाएको प्रतिबन्ध फुकुवा : इरानी राष्ट्रपति

तेहरान (इरान), ३ माघ । इरानका राष्ट्रपति हसन रौहानीले संयुक्त राज्य अमेरिका र युरोपेली युनियन (ईयू) ले इरानले बताउँदै आएको तथा भण्डारण गरिराखेको देखाउँदै लामो समयदेखि इरानमाथि लगाउँदै आएको प्रतिबन्धहरु फुकुवा गरेको आइतबार बताउनुभएको छ । राष्ट्रसङ्घीय आणविक निकायले इरानले विश्व शक्ति राष्ट्रहरुको पहलमा सन् २०१५ जुलाई १४ मा भएको परमाणु हतियार बनाउन रोक्ने सम्झौताको परिपालना गरेको पुष्टि गरेपछि इरानमाथिको प्रतिबन्ध हटाइएको हो । प्रतिबन्धको फुकुवापछि इरानी सङ्घसंस्था तथा व्यक्तिहरुको खर्बौ डलर बराबरको सम्पत्ति फुकुवा हुने र इरानी तेल अन्तराष्ट्रिय बजारमा...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement