विश्व

साउदी अरबमा आतङ्कवादी गतिविधिमा संलग्न सतचालिस जनालाई मृत्युदण्ड

रियाद (साउदी अरब), १८ पुस । साउदी अरबले विभिन्न आतङ्कवादी गतिविधिमा संलग्न भएको भन्दै शनिबार ४७ जनालाई फाँसीको सजाय सुनाएको छ । फाँसी दिइएकामध्ये साउदी अरबमा थुनामा रहेका अलकायदा लडाकू तथा एक इस्लामिक सिया समूहका नेता पनि रहेको बताइएको छ । उनीहरुलाई सरकारको विरुद्धमा प्रदर्शन गरी हिंसा भड्काउन खोजेको आरोपमा पक्राउ गरिएको थियो । सिया समूह आवद्ध इस्लामिक नेता निमर–अल–निभरको फाँसीको विषयलाई लिएर साउदीस्थित अल्पसङ्ख्यक सिया समुदाय तथा सरकारबीच तनाब बढ्ने आशङ्का गरिएको छ । यसैबीच अलकायदाका लडाकूलाई विभिन्न विस्फोटन तथा बन्दुक आक्रमणको आरोपमा नियन्त्रणमा...

उत्तर भारतमा जिप दुर्घटना बाह्र विदेशी पर्यटकको मृत्यु

नयाँ दिल्ली (भारत), १८ पुस । विदेश पर्यटक लिएर नेपालको प्रभुनाथ मन्दिर गइरहेको एउटा जिप शनिबार बिहान दुर्घटनाग्रस्त हुँदा १२ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । पर्यटक लिएर नेपालतिर गइरहेको उक्त जिप नेपाली सिमाना नजिकैको भारतको उत्तर प्रदेशस्थित सुदामा भट्टामा एक बससँग ठोकिएपछि दुर्घटना हुन पुगेको थियो । उक्त दुर्घटनामा १० जनाको घटनास्थलमा र गम्भीर घाइते भएका अनय दुई जना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पर्यटक कुन देशका थिए भन्ने विषयमा बताइएको छैन । रासस÷सिन्ह्वा ...

प्रतिपक्षी नेताद्वारा प्रधानमन्त्री क्यामरुनलाई खुला बहसमा आउन चुनौती

लन्डन, १४ पुस । बेलायतको प्रतिपक्षी दल लेबोर पार्टीका नेता जेरमी कर्बिनले मङ्गलबार यहाँका प्रधानमन्त्री डेभिड क्यामरुनलाई वार्षिक टेलिभिजन बहसमा सहभागी हुन आग्रह गर्नुभएको छ । जेरमीले ट्वीट गर्दै आफूले राजनीति जनताका लागि बनाउन प्रधानमन्त्री क्यामरुनलाई खुला बहसमा सहभागी हुन आग्रह गरेको र प्रधानमन्त्रीले यसका लागि पहल गर्नेमा विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री क्यामरुनले राष्ट्रका वर्षभरीका प्रमुख विषयमा आफ्ना मतदाताले सोधेको प्रश्नलाई टेलिभिजनद्वारा प्रस्तुत हुने खुला बहसमा छलफलमा ल्याउन पहल गर्न आग्रह गर्नुभएको हो । जनताले आफ्ना राजनीतिक...
1453145911obamacare.gif

आँधीबाट अमेरिकामा ४० भन्दा बढीको मृत्यु

1451366501weather.jpg
होस्टोन (संयुक्तराज्य अमेरिका), १३ पुस । दक्षिणी अमेरिकी राज्यमा आएको आँधी र बाढीबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या ४० भन्दा बढी पुगेको जनाइएको छ । सरकारी अधिकारीहरुले सोमबार सो जानकारी दिएका छन् । यस आँधीले टेक्सासको दल्लास्को क्षेत्रमा सप्ताहन्त्य सम्ममा कम्तीमा ११ जना व्यक्तिको मृत्यु भएको जनाइएको छ । प्रतिघण्टा कम्तीमा पनि ३०० किलोमिटरको बेगमा सो आँधी आएको समाचारमा बताइएको छ । यस घटनामा मारिएकामा आँधीका कारण सडक दुर्घटनामा परेर मारिएका जनाइएको छ । यस आँधी र बाढीमा परी कम्तीमा ४० जना घाइते भएका पनि अधिकारीहरुले पुष्टि गरेका छन् । आइतबार त्यहाँ आँधीको...

साउदी अरबमा ८६ अर्ब अमेरिकी डलरको घाटा बजेट पारित

रियाद (साउदी अरब), १३ पुस । साउदी अरबले आन्तरिक तथा बाह्य ऋणबाट व्यवस्थापन गर्ने गरी ८६ अबै अमेरिकी डलरको घाटा बजेट सन् २०१६ का लागि पारित गरेको अल अरेबियाले सोमबार बताएको छ । साउदी अरब सरकारले खर्चतर्फ २२३.९ अर्ब अमेरिकी डलरको र राजस्वतर्फ १३६.९ अर्ब अमेरिकी डलरको व्यवस्था गरी आर्थिक सुधारको प्रयास गर्ने सोमबार यहाँको वित्त मन्त्रालयद्वारा जारी एक वक्तव्यमा जनाइएको छ । साउदी अरबका वित्त मन्त्रालयले बजेट कार्यान्वयनका क्रममा बैंकिङ क्षेत्रको नगद प्रवाहलाई प्रभावित नगर्ने गरी ऋणको प्रबन्ध गर्ने बताउँदै इन्धनको मूल्यका कारण देखिएको समस्या अरबका लागि ठूलो...

सिरियामा आईएस समूहको आक्रमणमा नौ विद्यार्थीको मृत्यु

दमास्कस (सिरिया), ७ पुस । इस्लामिक स्टेट समूहमा आवद्ध जिहादी विद्रोहीहरुले सिरियाको एक विद्यालयमा गरेको आक्रमणमा नौ जना छात्राको मृत्यु भएको छ । सिरियाको राज्य नियन्त्रित समाचार संस्था, सानाले मङ्गलबार बताएअनुसार सिरियाको पूर्वमा अवस्थित डेइर एजरमा मङ्गलबार विद्रोहीले गरेको आक्रमणमा परी नौ जना छात्राको मृत्यु भएको छ । घटनामा करिब २० जना घाइते भएका छन् । सिरियाको मानवअधिकार अनुगमन संस्थाले पनि घटनामा नौ जनाको मृत्यु भएको र करिब दुई दर्जन विद्यार्थी घाइते भएको जनाएको छ । कैयौँ विद्यार्थी गम्भीर रुपमा घाइते भएको जनाउँदै मानवअधिकारकर्मी रमी अब्देल रहमानले...
Advertisement

फिलिपिन्समा आँधीका कारण ४२ जनाको मृत्यु

मनिला (फिलिपिन्स), ७ पुस । फिलिपिन्समा आएको आँधीका कारण ४२ जनाको मृत्यु भएको यहाँको विपद् व्यवस्थापन समितिले मङ्गलबार जनाएको छ । आँधीका कारण चार जना हराइरहेको बताइएको छ । आँधीका कारण करिब दुई लाख ८७ हजार मानिस विस्थापित भएको उक्त समितिले जनाएको छ । यसैबीच, फिलिपिन्सका राष्ट्रपति बेनिङ्गो एस एक्विनो (तेस्रो) ले बुधबार तूफान प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गर्नुहुने भएको छ । राष्ट्रपति एक्विनो तेस्रोले पहिलो फिलिपिन्सको मध्य क्षेत्रमा अवस्थित उत्तरी सायरको भ्रमण गरेपछि तुरुन्तै देशको उत्तरी क्षेत्रको आँधी प्रभावित इलाकाको भ्रमण गरी तूफानले पारेको...

मालीमा फेरि सङ्कटकाल घोषणा

बामाको (माली), ७ पुस । मालीको सरकारले आउँदै गरेको राष्ट्रिय बिदाको समयमा अवाञ्छित क्रियाकलाप हुनसक्ने भन्दै डिसेम्बर २१ देखि १० दिनका लागि राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ । यहाँको सरकारले सोमबार एक विज्ञप्ति जारी गर्दै डिसेम्बर २१ देखि क्रिसमसको समयमा हुने भेलामा अवाञ्छित क्रियाकलाप हुनबाट रोक्नका लागि सङ्कटकालको समय सार्वजनिक स्थलहरुमा ठूलो समूहमा जम्मा हुन रोक लगाएको छ । आवश्यक परे सुरक्षार्थ खटिएका प्रहरीले कुनै पनि ठाउँको खानतलासी लिन पाउने अख्तियार सरकारले प्रहरीलाई दिएको छ । सन् २०१२ यता मालीमा अतिवादी इस्लामिक समूहले मुलुकको उत्तरी क्षेत्रलाई...

एजिएनमा डुङ्गा पल्टिँदा १८ आप्रवासीको मृत्यु

अङ्करा (टर्की), ४ पुस । एजिएन समुद्रको बाटो हुँदै टर्कीबाट ग्रिसको टापु हिँडेका यात्रुहरु चढेको डुङ्गा पल्टिँदा कम्तीमा १८ जना आप्रवासी शरणार्थीको मृत्यु भएको टर्कीका सञ्चारमाध्यमले बताएका छन् । यात्रारत १४ जना यात्रुलाई टर्कीको सामुद्रिक सुरक्षाकर्मीले उद्धार गरेका टर्कीको डोगान न्यूज एजेन्सीले जनाएको छ । उद्धार गरिएकामा धरै मानिसहरु सिरिया, इराक पाकिस्तानलगायत मुलुकबाट युरोप हिँडेका बुझिएको छ । उद्धार भएका शरणार्थीहरुका अनुसार मृतकमध्ये अधिकांश सिरियाबाट युरोप हिँडेका सिरियाली नागरिक रहेको प्राप्त समाचारमा जनाइएको छ । डुङ्गा दुर्घटनापछि उद्धार...
Advertisement

भारतीय अदालतद्वारा काँग्रेस नेतालाई जमानतमा रिहा

नयाँदिल्ली, ४ पुस । भारतीय अदालतले प्रतिपक्षी दल भारतीय काँग्रेसका शीर्ष नेताहरु सोनिया गान्धी, राहुल गान्धीलगायतका केही नेतामाथि लागेको भ्रष्टाचार आरोपबारे शनिबार दिल्ली अदालतले सुनवाइ गरेको छ । उहाँहरुमाथिको भ्रष्टाचार आरोपमा केही मिनेट लामो सुनुवाइ भएपछि दुवै नेतालाई जमानतमा रिहा गर्न अदालतले आदेश जारी गरेको छ । उहाँहरुमाथि पत्रपत्रिकाको सम्पत्ति गैरकानुनी तरिकाले आर्जन गरी भ्रष्टाचार गरेको आरोप अगाइएको छ । मुद्दाका प्रतिवादी तथा भ्रष्टाचार आरोपित काँग्रेस नेताको तर्फबाट अदालतमा बहस गर्न उपस्थित वकिल आरएस चिमाले पत्रकारलाई सुनुवाइका बारेमा...

अफ्रिकी युनियनले बुरुण्डीमा पाँच हजार सेना पठाउने

आदिसअबाबा, ४ पुस । पछिल्लो समयमा समस्याग्रस्त बन्दै गएको बुरुण्डीमा हिंसा रोक्ने प्रयोजनका लागि अफ्रकी युनियनले कम्तीमा पनि पाँच हजार सेना पठाउने भएको छ । अफ्रिकी युनियनले बुरुण्डीमा ती सेना पठाउने भएको जानकारी शनिबार दिइएको छ । बुरुण्डीमा जारी रहेको हिंसाको अन्त्यका लागि सो देशमा सेना पठाउन उक्त युनियन सहमत भएको जनाइएको हो । त्यसका लागि बुरुण्डीलाई समस्या समाधानका लागि चार दिनको समय सीमा दिएको बताएको छ । चौवन्न सदस्यीय सो युनियनले सो निर्णय गरेको समाचारमा जनाइएको छ । बुरुण्डीमा पछिल्लो समयमा मानवहत्या भइरहेको भन्दै यस्तो कार्य हुन नदिने प्रतिबद्धता पनि...

पाकिस्तानमा सन् २०१५ मा ६३७ आतङ्ककारी मारिए, ७१० पक्राउ

इस्लामाबाद (पाकिस्तान), ३ पुस । पाकिस्तानका विभिन्न ठाउँमा चलाइएको आतङ्कवादविरोधी अभियानमा सन् २०१५ मा ६३७ आतङ्ककारी मारिएको पाकिस्तानका गृहमन्त्रीले राज्य सभालाई शुक्रबार बताउनुभएको छ । सङ्घीय प्रशासनद्वारा स्वशासित आदिवासी समुदायको बस्तीहरूमा ३७३ जना आतङ्ककारीको सुरक्षा कारबाहीमा मृत्यु भएको सरकारले पाकिस्तानको राज्यसभामा जानकारी गराएको हो । त्यस्तै सुरक्षा कारबाहीमा पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा ९८ जना मारिएका छन् ने पूर्वी पञ्जाब राज्यमा ५५ जनाको मृत्यु भएको छ । एक जना आतङ्ककारी विद्रोही पाकिस्तानको राजधानी इस्लामाबाद र ३६...
Advertisement

सिरिया सहयोग समूहमा चीन पनि सहभागी हुने

बेइजिङ, ३ पुस । सिरिया सहयोग समूहको अमेरिकामा हुन लागेको बैठकमा चीन पनि सहभागी हुने भएको समाचार छ । सो जानकारी चीनले दिएको छ । उक्त समूहको बैठक शुक्रबार संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा हुने भएको छ । उक्त बैठकमा चीनको तर्फबाट पनि सहभागित हुने र सो बैठकमा चिनियाँ विदेशमन्त्री वाङ यि जानुहुने छ । सिरियामा आवश्यक सहयोगका लागि गठन गरिएको सो समूहमा संयुक्त राज्य अमेरिकासहित विश्वका विभिन्न देश रहेका छन् । शुक्रबार हुन लागेको सो बैठकमा पनि पश्चिमा मुलुकहरुसहितका देशको सहभागिता रहेको छ । साथै अमेरिकामा हुन लागेको सो बैठकमा सिरियाको विषयमा आगामी दिनमा के कसरी...

जापानले भारतमा बुलेट रेलसेवा निर्माण गरिदिने

1449998893Logo-for-news.jpg
नयाँ दिल्ली, २६ मङ्सिर । जापानले भारतमा द्रुत गतिको रेल सेवा, बुलेट रेल सेवा निर्माण गर्ने भएको छ । यससम्बन्धी सम्झौतामा शनिबार राजधानी नयाँ दिल्लीमा हस्ताक्षर भएको छ । जापानी प्रधानमन्त्री सिन्जो अबे औपचारिक भ्रमणका लागि शुक्रबार भारत पुग्नुभएकोे थियो । उहाँले शनिबार सो सम्झौतामा हस्ताक्षर गर्नुभएको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सो जानकारी दिनुभएको छ । उहाँले जापान सरकारको यो सहयोगप्रति कृतज्ञता ज्ञापन गर्नुभएको बताइएको छ । प्रधानमन्त्री मोदीले अब निर्माण हुने सो रेल सेवाले भारतको रेल सेवाको इतिहासमा ठूलो क्रान्ति नै ल्याउने...

तालिवानद्वरा होटलमा गरिएको हमलामा १२ को मृत्यु दुई जना विदेशी पनि मारिए

1449998836Logo-for-news.jpg
काबुल, २६ मङ्सिर । अफगानिस्ताको राजधानी काबुलमा रहेको एक गेष्ट हाउसमा भएको हमलामा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यसरी मारिनेमा दुई जना विदेशी नागरिक पनि परेका छन् । अधिकारीहरुले सो आक्रमणको पुष्टि गरेको समाचारमा उल्लेख गरिएको छ । काबुलमा रहेको स्पेनिस दूतावासको नजिकै सो हमला भएको थियो । उक्त क्षेत्रमा रहेको एक गेष्ट हाउसमा सो हमला भएको हो । तालिवानहरुले सो गेष्ट हाउसलाई कब्जामा लिएर आक्रमण सुरु गरेका थिए । अफगान अधिकारीहरुले सो गेष्ट हाउसलाई करिब ११ घन्टासम्म कब्जामा लिएका थिए । उक्त हमलामा प्रहरीले कारबाही थालेको थियो । अफगान सेना...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement