विश्व

मोदी सरकारले नेपालमा गरेको नाकाबन्दीको विषयमा भारतीय सांसद्वारा विरोध (भिडियो सहित)

1449550094mani-sankar.jpg
भारतीय सांसद मणि शङ्कर एयरले भारतले नेपालमा लगाएको नाकाबन्दी सिङ्गो भारतको नभएर मोदी सरकारको हो भनी कडा आलोचना गर्नु भएको छ । भारतीय काँग्रेसका सदस्य तथा विभिन्न समयमा मन्त्री बनिसकेका एयरले नेपालको संविधान जारी गर्दा १०५ निर्वाचित सांसदले संविधानको पक्षमा मतदान गरेको र ११ जनाले विपक्षमा मतदान गरेको तथा मोर्चाका दिल्लीमा भेटघाटमा व्यस्त चार नेतामा तीन जना पराजित भएका हुँदा भारतीय सरकारले आम तराईबासीको प्रतिनिधित्व गर्दै संविधान जारी गर्नेको पक्ष लिनुपर्ने बताउनु भएकोछ । एयरले भारतीय संविधान सयौँ पटक संशोधन भएको हुँदा नेपालको संविधान पनि संशोधन हुन्...

ताजकिस्तानमा ७.२ म्याग्निट्युडको भूकम्प

1449497870earthquake.jpg
दुसाम्बे (ताजकिस्तान), २१ मङ्सिर । मध्य एसियाली मुलुक ताजकिस्तानमा सोमबार ७.२ म्याग्निट्युडको भूकम्प आएको अमेरिकी भूगर्भविद्ले जनाएका छन् । सरकारले दिएको जानकारी अनुसार सोमबार साँझ समाचार सङ्कलन गर्ने समयसम्म कुनै हताहती भएको थाहा नभएको यहाँको सरकारी अधिकारीले जनाएका छन् । भूकम्पको शक्तिशाली धक्का ग्रीनविच समय अनुसार बिहान ७ बजेर ५० मिनेटको समयमा जमिनको सतहभन्दा २८ किलोमिटर गहिराईबाट गएको उक्त भूकम्पको केन्द्रविन्दु दुसाम्बेबाट ३४५ किलोमिटर पूर्वमा रहेको अमेरिकी भूगर्भ विज्ञान भूकम्प मापन केन्द्रले बताएको छ । ताजकिस्तानको आपत्कालीन अवस्था तथा...

विषाक्त कुकुरको मासु खाँदा तीनको मृत्यु

1449497597Logo-for-news.jpg
नोमपेन (कम्बोडिया), २१ मङ्सिर । विषाक्त कुकुरको मासु खाई तीन जना कम्बोडियाली नागरिकको मृत्यु भएको यहाँका क्रेटी प्रान्तका प्रहरी प्रमुखले बताएका छन् । उक्त विषाक्त मासु खाँदा बिरामी परेका ३१ जना कम्बोडियाली नागरिकलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । एक जना वृद्ध, उनकी बुहारी र उनीहरुका एक जना छिमेकीको विषाक्त मासु खाएपछि आइतबार विहान मृत्यु भएको प्रहरी प्रमुख कङ किमीले बताउनुभएको छ । उनीहरुको मासु खाएको केही घण्टापछि मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट थाहा हुन आएको बताइएको छ । मृतक वृद्धले बजारबाट किनेर ल्याएको उक्त मासु दूषित परेपछि मासु खाने तीनै...
1453145911obamacare.gif

क्यालिफोर्नियामा बन्दुकधारीले चौध जनाको हत्या गरे, सत्र जना घाइते

1449120638los-angeles.jpg
क्यालिफोर्निया, २ डिसेम्बर । साउदर्न क्यालिफोर्नियाको सानबरनानडीनो सहरमा हतियारधारी व्यक्तिहरूले गोली चलाउदा चौध जनाको मृत्यु हुनाको साथै सत्र जना घाइते भएका छन् । घटना पश्चात् एसयुभिमा भागेका बन्दुकधारीहरुमध्य पुलिस सँगको भिडन्तमा दुईजनाको मृत्यु भएको छ । घटनाको ब्रिस्तित विवरण सार्वजनिक भईसकेको छैन । ...

म्यानमारका राष्ट्रपति र प्रजातन्त्रवादी नेता सुकीबीच भेट

1449117428myanmar.jpg
न्यापित (म्यानमार), १७ मङ्सिर । म्यानमारका प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीले यहाँका राष्ट्रपति थेन सेनसँग सत्ता हस्तान्तरण सम्बन्धमा हार्दिक एवम् खुला वार्ता गर्नुभएको यहाँको सरकारले बुधबार जनाएको छ । सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले म्यानमारमा नोभेम्बर ८ मा भएको निर्वाचनमा करिब ८० प्रतिशत सिट प्राप्त गरेपछि राष्ट्रपति थेन र प्रजातन्त्रवादी नेत्री सुकीबीच भएको वार्तालाई सत्ता हस्तान्तरण अगाडि भएको एउटा महत्वपूर्ण भेटका रुपमा लिइएको छ । एनएलडीले म्यानमारको इतिहासमा दशकौँ लामो सैनिक शासनपछि भएको म्यानमारको इतिहासमा भएको सबैभन्दा...

बग्दाद हमलाको महासचिव बानद्वारा निन्दा

1449066100UN.jpg
संयुक्त राष्ट्रसंघ, १६ मङ्सिर । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले इराकको राजधानी बग्दादमा मङ्गलबार गरिएको हमला र हत्याको घटनाको निन्दा गर्नुभएको छ । उहाँले उक्त हत्या अन्तर्राष्ट्रिय कानुनको विरुद्ध भएको भन्दै यसका दोषीमाथि कडा भन्दा कडा कारबाही गरिनुपर्नेमा जोड पनि दिनुभएको छ । मङ्गलबार राजधानी बग्दादमा भएको हमलामा परी १५ जना सर्वसाधारणको ज्यान गएको छ । सो हमलामा अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । बग्दादको सिया मुस्लिम समुदायका नागरिकहरुले आफ्नो धार्मिक तथा परम्परागत पर्व मनाइरहेका बेला सो हमला भएको बताइएको थियो । बुधबार महासचिव बानले...
Advertisement

एक सय बोकोहराम लडाकूको मृत्यु

1449066039Logo-for-news.jpg
याउन्डे (क्यामरुन), १७ मङ्सिर । क्यामरुनको सेनाले नोभेम्बर २६ देखि २८ सम्म सञ्चालन गरेको सुरक्षा कारबाहीमा करिब १०० जना बोकोहराम लडाकूको मृत्यु भएको यहाँको सेनाले बुधबार जनाएको छ । सुरक्षा कारबाहीमा झन्डै ९०० बन्धक नागरिक तथा सुरक्षाकर्मीलाई सुरक्षित उद्धार गरिएको क्यामरुनको रक्षा मन्त्रालयले बताएको छ । सरकारी सुरक्षा अधिकारीबाट सञ्चालित आतङ्ककारीविरुद्धको विशेष सफाया अभियानमा सेनाले सोचेभन्दा निकै सफलता पाएको भन्दै अभियानमा सहयोग पु¥याउने सबैलाई मन्त्रालयले धन्यवाद ज्ञापन गरेको छ । सुरक्षा कारबाहीमा ठूलो सङ्ख्यामा विद्रोहीहरुले प्रयोग गर्दै...

बालबालिकाको हत्या गर्ने चार आतङ्ककारीलाई झुण्ड्याइयो

1449065982Logo-for-news.jpg
पेसावर (पाकिस्तान), १६ मङ्सिर । करिब एकवर्ष अघि पाकिस्तानको उत्तरपश्चिमी सहर पेसावरमा अवस्थित एक विद्यालयमा भएको आमहत्यामा संलग्न चार आतङ्ककारीलाई बुधबार फाँसी दिइएको समाचार छ । सैनिक विद्यालयमा भएको सो आक्रमणमा विद्यार्थीसहित १५० व्यक्तिको मृत्यु भएको छ । सो आमहत्यामा उक्त विद्यालयका करिब १३५ जना बालबालिका मारिएका थिए । त्यसमा संलग्नलाई सरकारले पक्राउ गरी कारबाही चलाएाके छ । उक्त हत्याकाण्डमा प्रत्यक्ष संलग्न देखिएका दोषीलाई मृत्युदण्डको सजाय तोकिएको थियो । यसअघि पनि त्यसमा दोषी देखिएका केहीलाई पाकिस्तान सरकारले िथुनामा राखेर अनुसन्धान गरिरहेको...

अमेरिकाको कोलोराडोमा गोलीकाण्ड, तीनको हत्या

1448764730us-flag.jpg
लस एन्जेल्स, १२ मङ्सिर । संयुक्त राज्य अमेरिकामा पुन गोलीकाण्ड भएको छ । शुक्रबार भएको सो गोलीकाण्डमा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको समाचार छ । एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउदा कालोराडो स्प्रिङ्मा तीन जना मारिएका हुन् । त्यस गोली काण्डमा परी अरु नौ जना घाइते भएका छन् । प्रहरीले कम्तीमा पनि पाँचघन्टा लामो निरन्तरको प्रयासपछि सो हत्यारालाई भने नियनत्रणमा लिन सफल भएको थियो । कोलोराडो स्प्रिङ्मा रहेको एक गर्भपतन गराउने स्वास्थ्य क्लिनिकमा शुक्रबार स्थानीय एक व्यक्तिले आफ्नै साथमा रहेको पिस्तोलबाट गोली चलाएको थियो । गोली लागेका अरु व्यक्तिको...
Advertisement

अज्ञात बन्दुकधारीको आक्रमणबाट कुर्दिस बरिष्ठ अधिवक्ताको मृत्यु

1448764610turkey-layer.jpg
अङ्करा (टर्की), १२ मङ्सिर । कुर्दिसभाषी एक वरिष्ठ अधिवक्तालाई एक अज्ञात बन्दुकधारीले शनिबार गोली हानी हत्या गरेको डोगान समाचार संस्थाले बताएको छ । वरिष्ठ अधिवक्ता तथा टर्कीको दक्षिणपूर्वी दियारवाकिर प्रान्तका बार एसोसिएसनका प्रमुख ताहिर एल्सीको आक्रमणमा सहभागी बन्दुकधारीलाई प्रहरीले तत्कालै प्रतिकार गरेको थियो । प्रतिकारका क्रममा एक प्रहरी जवानको समेत मृत्यु भएको डोगानले जनाएको छ । टाउकोमा चोट लागी घाइते भएका वरिष्ठ अधिवक्ता एल्सीको घटना भएको केही समयमै निधन भएको हो । एल्सीले केही समय अगाडि कुर्दिस्तान वकर्स पार्टी (पिकेके) आतङ्ककारी सङ्गठन नभएको...

केरी जेरुसेलममा

1448423782john-kerry.jpg
जेरुसेलम, ८ मङ्सिर । अमेरिकी विदेशमन्त्री जोन केरी मङ्गलबार जेरुसेलम पुग्नु भएको छ । उहाँ इजराली र प्यालेस्टाइनी नेताहरुसँग भेटवार्ता गर्नको लागि त्यहाँ पुग्नु भएको बताइएको छ । इजरायल र प्यालेस्टाइनबीच गएको केही हप्तादेखि जारी रेहेको झडपका क्रममा गत बिहीबार एक दिनमै चार जनाको ज्यान गएको थियो । केरीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र राष्ट्रपति रेउभिन रिभिनसँग जेरुसेलममा र प्यालेस्टाइनी राष्ट्रपति मोमुद अब्बाससँग रमाल्लाहमा भेटवार्ता गर्नुहुने बताइएको छ । करिब दुई महिनायता जारी हिंसामा ९२ जना प्यालेस्टाइनी र १७ जना इजरायलको मृत्यु भएको छ...

बङ्गलादेशले फेसबुक तथा च्याट एप्लिकेसनलाई थप प्रतिबन्ध

1448423722facebook.jpg
ढाका (बङ्गलादेश), ८ मङ्सिर । बङ्गलादेशको प्रशासनले गएको एक हप्तादेखि प्रतिबन्ध लगाइँदै आएको फेसबुक तथा मोबाइलबाट सन्देश प्रवाह गर्ने सेवालाई सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै अर्को सूचना नभएसम्मका लागि थप गरेको छ । यहाँको प्रशासनले मङ्गलबार सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार सरकारले फेसबुक तथा विभिन्न सन्देश प्रदायक सेवा (एप्लिकेसन) लाई गएको बुधबारदेखि प्रतिबन्ध लगाउँदै आएको थियो । सुरक्षा स्थितिलाई ध्यानमा राख्दै उक्त प्रतिवन्धमा थप गर्ने निर्णय गरेको बङ्गलादेशका दूरसञ्चार नियमक आयोगका प्रमुख साहजहाँ महमदले मङ्गलबार बताउनुभयो । बङ्गलादेशमा...
Advertisement

विश्वभर ६९ करोड बालबालिकाले जलवायु परिवर्तनबाट प्रत्यक्ष प्रभावित हुने

1448423634Logo-for-news.jpg
जेनेभा (स्वीट्जरल्यान्ड), ८ मङ्सिर । युनिसेफले मङ्गलबार एक तथ्याङ्क सार्वजनिक गर्दै विश्वभरका ६९ करोड बालबालिका जलवायु परिवर्तनका कारण हुने विभिन्न खाले असरबाट प्रभावित हुने भएका बताएको छ । यसमध्ये, ५३ करोड बालबालिका उच्च बाढीको प्रभाव क्षेत्रमा रहेको तथा १६ करोड बालबालिका खडेरी प्रभावित क्षेत्रमा बसोबास गर्दै आएको युनिसेफको भर्खरै सार्वजनिक तथ्याङ्कले जनाएको छ । पेरिसमा हुन लागेको संयुक्त राष्ट्रसङ्घ जलवायु परिवर्तन सम्मेलन (सीओपी–२१) पूर्व सार्वजनिक गरिएको तथ्याङ्क अनुसार ५३ करोड बाढी प्रभावित क्षेत्रमा बसोबास गर्ने बालबालिकामध्ये पनि झन्डै ५०...

पेरिस आक्रमणको योजनाकार खोज्ने क्रममा दुईको मृत्यु

1447891555paris1.jpg
सेन्ट डेनिस (फ्रान्स), २ मङ्सिर । उत्तरी पेरिसको एउटा अपार्टमेन्ट क्षे्त्रमा पेरिस आक्रमणका योजनाकारमध्येका केही मानिस बसेको भनिएको इलाकामा प्रहरीले खानतलासी जारी राखेको छ । खानतलासी लिने क्रममा प्रहरीद्वारा गरिएको कारबाहीमा दुई जनाको मृत्यु भएको छ । त्यस्तै प्रहरीले पेरिसको विभिन्न ठाउँबाट आक्रमणमा संलग्न भएको आरोपमा सात जनालाई पक्राउ गरेको छ । शुक्रबारको आतङ्ककारी आक्रमणमा १२९ जनाको मृत्यु भएपछि फ्रान्सको पेरिसलगायत वरपरका क्षेत्रमा आतङ्ककारी लुकिछिपी बसोबास गरेको हुनसक्ने आशङ्कामा खानतलासीलाई तीब्र बनाएको हो । प्रहरीले आक्रमणका मुख्य योजनाकार...

रसियाद्वारा जनवरीदेखि युक्रेनको खाद्यान्नमा प्रतिबन्ध लगाउने तयारी

1447891340russia-flag.jpg
मस्को (रसिया), २ मङ्गसिर । युक्रेनबाट आयात गरिँदै आएको खाद्यान्नमा आगामी वर्ष (सन् २०१६) को सुरुदेखि रसियाले प्रतिबन्ध लगाउने तयारी गरेको छ । रसियाका अर्थ विकासमन्त्री अलेक्सी युलुकायभले बुधबार रसियाको युक्रेनी खाद्यान्नमा लगाइने प्रतिबन्धका बारेमा बोल्दै भन्नुभयो, “रसियाको यो निर्णयले युक्रेनको खाद्यान्न निर्यातमा समस्या आए पनि रसियाले आफ्नो हितका लागि यो नै निर्विकल्प उपाय भएको छ ।” युक्रेनका सहायक अर्थ विकासमन्त्री नातालिया मिकोल्स्कालाई उद्धृत गर्दै यहाँको एक समाचार संस्था इन्टरफ्याक्सले भनेको छ । रसियाको यो कदमबाट युक्रेनले करिब २० करोड ५० लाख...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement