1457577632tax.gif

आलेख समाचार: ‘सुरक्षित घर’ र ‘लालपुर्जा’ लोपोन्मुख वनकरियाको माग

राष्ट्रिय   |     |   रासस
14397335231439716733228ND-Chitwan-bankariya-4.JPG

हाँडीखोला (मकवानपुर), ३१ साउन । मकवानपुर हाँडीखोला गाविसको भित्री जङ्गल छेउमा बस्ने अति सीमान्तकृत एवम् लोपोन्मुख जाति वनकरियाले राज्यसँग जमिनको माग गरेका छन् । 

गएको साउन ४ र ५ गते नयाँ संविधानको मस्यौदामाथि भएको देशैभरको सुझाव सङ्कलबारे बेखबर रहेका वनकरिया जातिले सरकार र राजनीतिक दलसँग जमिन उपलब्ध गराइदिन माग गरेका हुन् । 
आफूहरुको समस्या सुन्न धेरै जना आएको भए पनि कसैले पनि माग पूरा नगरेको गुनासो गर्दै ५० वर्षीया सन्तमायाँ वनकरियाले आफूहरुको यो खबर सरकारलाई भनिदिन आग्रहसमेत गर्नुभयो । 

“तपार्इं पत्रकार, माथि पुग्न सक्नुहुन्छ,” सन्तमायाँले भन्नुभयो – हामीहरुलाई सुरक्षित घर र लालपुर्जा चाहियो, यो खबर जसरी पनि भन्दिनू ।” 

उहाँले भन्नुभयो – “नेता भोट माग्न आयो । रु एक हजार भत्ताको रु दुई हजार गराइदिन्छौँ भन्यो । अहिले फर्केर पनि आएन । प्रधानमन्त्री बाबुराम भट्टराईले भने २० वर्षको कबुलियत जग्गा ४० वर्ष थप बनाए रे ।” उनीहरुका लागि घर निर्माण गर्न भनेर आएको रु २० लाखसमेत स्थान अभावले फ्रिज हुन पुगेको छ । 

बत्तीस वर्षीय सुरेश वनकरियाले ‘यो माटो मेरो पनि हो’ भनेरसमेत भन्न नपाएको बताउनुभयो । भएको जागिरसमेत राज्यले खोसेको उहाँको दुःखेसो छ । 

आफूहरुको नाउँमा केही जग्गा दिए त्योभन्दा ठूलो गुन अरु केही नहुने सुरेशको भनाइ छ । मासिक भत्ता पाउँदै आएका सुरेशले भन्नुभयो – “भत्ता भएर के भो, आफ्नो माटो छैन ।” 

उनीहरुले भूकम्पपछिको राहत वितरणमा समेत विभेद गरिएको आरोप लगाएका छन् । “धनीमानीले नबिग्रेको घरको पनि पैसा लिए, हाम्लाई खै ?,” सन्तमायाँले भन्नुभयो – धनीमानीको घरचाहिँ सबै राखे, हाम्रो जम्मा दुई घरमात्रै छ ।” 

उहाँले घरका लागि आएको रकमसमेत फिर्ता लगेको भन्दै आक्रोशसमेत पोख्नुभयो । सरकारले दिएको सहयोग पाउनुपर्ने उहाँको माग छ । भूकम्पले क्षति पुगेको भनेर दुई घरको नाम लेखेर लगिएपनि त्यही घरमा अहिलेसम्म राहत नपुगेको उनीहरुले बताए । 

दिनभरका गतिविधि ढल्केको घरमा हुन्छ र राति त्रिपालमुनि आश्रय लिन पुग्नुहुन्छ भूकम्पपीडित लालबहादुर वनकरिया । 

स्थानीय वृद्ध लालबहादुर श्रीमती च्यान्टीमायाँका साथ अहिले पनि दाताले दिएको त्रिपालमुनि सुत्नुहुन्छ । पानी पर्दा चुहिन्छ । खुइलिएर त्रिपाल सेतो प्लास्टिक बनिसकेको छ । 

अहिलेसम्म राज्यबाट पाउने रकम नपाएको उहाँले बताउनुभयो । “केही हुन्छ कि भनेर ज्वाईं गा’छ, गाविसमा,” त्रिपालमुनि भेटिनुभएका उहाँले भन्नुभयो । ज्वाईं छोरीसँगै बस्दै आउनुभएका वृद्ध दम्पती वल्लो त्रिपालमा र छोरी ज्वाईं पल्लो त्रिपालमुनि सुत्ने गरेको स्थानीयवासीले बताए । 

लालबहादुरका अनुसार ९० सालको भूकम्पमा उहाँ १० वर्षको हुनुहुन्थ्यो । पर्सा वन्यजन्तु आरक्षमा पर्ने भैँसिखोल भन्ने स्थानमा वनकरिया बस्थे । उनीहरुमा तरुल गिठा खाने, कुरिलोका जरा खोज्ने, खरेटा बनाउने र ठेकेदारलाई बुझाउने चलन थियो । ठेकेदारले ‘जे जति दियो त्यसैमा चित्त बुझाउने’ गरिएको लालबाबुले बताउनुभयो । 

दिनभर जङ्गलमा काम गर्ने र राति भएपछि वनकेराका पात छापेर बनाएको झुप्रोमा रात काट्ने चलन थियो । विसं २०३०÷३२ तिर एक दिन खरेटो खोजेर फर्कंदै गर्दा भालुले आक्रमण गर्‍यो । “दाहिने आँखा चिथोरेर लगेछ, हँसियाले हान्दा मुखमा लागेछ र बाँचियो,” उहाँले सम्झँदै भन्नुभयो – “आत्तिने भा’ त मार्ने नि ।” 

विसं २०६२ मा उनीहरुलाई मकवानपुर हाँडीखोला– ७ स्थित मुसेधापमा सरकारले कबुलियतमा राखेपछि ती सबै अहिले विगत बने । तर अहिलेसम्म आफ्नो जमिन नहुँदा उहाँलाई पनि पीडा छ । “जग्गा दियो भनेको त कबुलियती जग्गा दिएछ,” उहाँले भन्नुभयो । 

सन्तमायाँ उबेला जग्गा दियो भनेर खुसी भए पनि अहिले भने जग्गा नपाउँदा साँच्चै दुःखी हुनुहुन्छ । 

बरु ऐलानी जग्गा दिएको भए अहिलेसम्म पुर्जा आउन सक्ने उनीहरुको भनाइ छ । अर्का सोमलाल वनकरियाले भन्नुभयो, “हामीलाई जग्गा दिए, त्यसैमा गरिखाने थियौँ ।” 

मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया जग्गा नहुनाले घर बनाउन नसकिएको बताउनुहुन्छ । 

उहाँले भन्नुभयो – “कबुलियत वनमा बसेका छन्, त्यहाँ घर बनाउन मिल्दैन । अन्यत्र सहरी विकास मन्त्रालयबाट जग्गा उपलब्ध भएन । अनि घरका लागि आएको रु २० लाख रकम फ्रिज हुनपुग्यो ।” 

यसरी सरेका थिए वनकरिया 

वन ऐन, २०४९ र नियमावली, २०५१ को अधीनमा रही राष्ट्रिय वन क्षेत्रमा स्वीकृत कार्ययोजनाअनुसार उनीहरुलाई २० वर्षे कबोलमा सो क्षेत्र दिइएको हो । 

वन ऐन, २०४९ को दफा ३१ अनुसार वृक्षरोपण गर्ने र वन पैदावार उत्पादन वृद्धि गरी बिक्री वितरण वा उपयोग गर्ने उद्देश्यका लागि कबुलियत वनको पट्टा दिइएको भनेर मध्यमाञ्चल क्षेत्रीय वन निर्देशनालयले उनीहरुलाई पत्र दिएको छ । 

गाउँलाई ‘क’ र ‘ख’ समूहमा बाँडिएको छ । वनकरिया कबुलियती वन भनेर २०६२ साल कात्तिक ३ गते पट्टा बनेको र २०६२ साल चैत २८ गतेदेखि २० वर्षका लागि दिइएको हो । पूर्वमा वनकरिया बस्तीको धाप, पश्चिम र उत्तर ट्वाङ्ग्रा खोला, दक्षिण पानीट्याङ्की छ । 

यो ठाउँ पूर्वपश्चिम राजमार्गबाट एक घन्टा हिँडेर पुग्न सकिन्छ । वर्षात्का बेला बाटोमा खोलो हिँड्छ । विभिन्न रोपनी छुट्याएर घाँस र रुख बिरुवा लगाइने पत्रमा उल्लेख छ । पूर्वपश्चिम राजमार्गस्थित हेटौँडा उपमहानगर–२९ को सान्नानीटारबाट राप्ती तरेर जानुपर्छ वनकरिया बस्ती । दुई समूहलाई तीन÷तीन हेक्टरका दरले छ हेक्टर जमिन दिइएको छ । 

विसं २०६२ मा १२ परिवारका ३९ वना वनकरिया रहेकामा अहिले जनसङ्ख्या बढेर ७७ जना पुगेको छ । त्यसमध्ये महिला ३९ जना पुगेको गाविस सहायक विदुर पाठकले बताउनुभयो । कक्षा ५ सम्म पढ्नेमा सातजना भएकामा अहिले ५ सम्म पढ्ने धेरै बढेका छन् । एकजना ९ र एकजना १० कक्षासम्म पुगेको स्थानीयवासीले बताए । 

जन्मदर्ता भएपछि उनीहरुलाई सरकारले मासिक रु एक हजार भत्ता दिन्छ । यही भत्ताले जीवन चलाउँदै आएका वनकरियाहरु ज्याला मजदुरी, माछा मार्ने र आफ्नो कबुलियतमा आएको एक–दुई कट्ठा जग्गाको उब्जनीबाट जीवन गुजारा गर्दै आएका छन् । 

सुरेश भन्नुहुन्छ, खोसिएको जागिर देउ 

कक्षा ३ सम्म पढेका सुरेश वनकरिया २०६४ सालसम्म स्थानीय गाविसमा कार्यालय सहयोगी हुनुहुन्थ्यो । 

त्यो बेला उहाँलाई मासिक रु पाँच हजार प्राप्त हुन्थ्यो । विसं २०६४ सालअघि छ वर्षसम्म उहाँले काम गर्नुभयो । नेपाली र अङ्ग्रेजी भाषामा नागरिकता फारम भर्न पनि आउँथ्यो । विसं २०६४ सालको त्यो समयमा सरकारले कम्प्युटर जान्नुपर्ने नीति ल्यायो । त्यसका लागि पढेको प्रमाणपत्र पेस गर्नुपर्नेमा उहाँको भएन । 

मार्कसिट नभएपछि आफूलाई निकालिएको उहाँले बताउनुभयो । कम्प्युटर जान्नुपर्ने भएपछि आफूले छाड्नुपरेको र कतै जागिर मिलाइदिए खाने उहाँ बताउनुहुन्छ । अहिले पनि राजीनामा गर्न भनिरहे पनि आफूले नदिएको उहाँको भनाइ छ । 

‘मलाई कि पहिलेकै जागिर देउ, हैन भने अर्काे ठाउँमा जागिर देउ’ भनेर आफूले माग गर्दै आएपनि नपाएको सुरेश बताउनुहुन्छ । 

हामीहरुलाई घरघरै जागिर दिनुपर्नेमा उल्टो निकालिदिएको उहाँको गुनासो छ । युवा वर्गलाई सरकारले नै रोजगार दिनुपर्ने उनीहरु बताउँछन् । 



1453145926obamacare.gif
1435377950proactive.jpg
1469292057united.gif
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

यौन जीवन सफल बनाउन महिलाले गर्नुपर्ने व्यायम

14348194291 squat.jpg हुन त महिलाहरु प्राकृतिक रुपमा नै निकै आकर्षक मानिन्छन | सुनमा सुगन्ध थप्ने काम गर्छ व्यायमले |  दैनिक व्यायम...
Advertisement