कपाल झर्ने समस्या अहिलेको प्राय सबै महिलाहरुको समस्या हुन पुगेको छ। कपाल झरेको कारण धेरै चिन्तित पनि हुनुहुन्छ होला तर अब यो ३ उपाय अपनाएपछि कपाल झर्न बाट छुटकारा पाइने छ।
१ प्याजको जुस: हजुर प्याज तरकारीको लागी मात्र नभएर अब हजुरहरुको सुन्दरताको लागी पनि महत्व हुन पुगेको छ। प्याजको जुस बनाएर कपालमा लगाउँदा तपाईको कपाल झर्ने समस्या बाट मुक्त पाउन सक्नुहूनेछ। धेरै कस्मेटिक सामानमा प्याज मिसाइएको हुन्छ।
प्रयोग गर्ने तरिका : १ ठुलो प्याजलाई काटेर जुस बनाउनु होस् र १ घण्टाको लागी कपालमा लगाएर छोडिदिनुहोस्।प्याजमा धेरै ताकतीलो तत्व हुने हुनाले तपाईको कपाललाई जरै देखि मजबुत बनाँउछ। १ घण्टा पछि स्याम्पु लगाएर नुहाउनु होस्।
२ धनियाँको जुस : अर्को तरिका हो धनियाँको जुस धनियाँको जस लगाएपछि यसले नयाँ कपाल आउनको लागी छिट्टै मदत गर्दछ।
प्रयोग गर्ने तरिका : ताजा धनियाँको केहि पत्ताहरु लिनुहोस् र त्यसको थोपा वा जुस बनाएर कपालमा स्याम्पु लगाउनु भन्दा १ घण्टा अगाडी लगाएर नुहाउनुहोस्। यो काम हप्ताको २ पटक गरेमा कपाल झर्न बाट छुट्कारा पाइनेछ।
३ मेथी र दहिको मिश्रण : सबै भन्दा राम्रो मेथीको प्रयोग हुन्छ मेथीमा प्रोटिन र निकोटिन हुने हुनाले गर्दा यसले कपाललाई मजबुत बनाउन मदत गर्दछ। र दहिले कपालाई मजबुत बनाउन मदत गर्दछ।
प्रयोग गर्ने तरिका : १ चम्चा मेथी पिसेर ३ चम्चा दहिमा मिसाएर कपालमा पुग्ने गरि लगाउनुहोस् १ घण्टा पछि स्याम्पु लगाएर नुहाउनुहोस ।