1457577632tax.gif

गैरआवासीय नेपाली संघ अमेरिकाको डालास सम्मेलन मेरो अनुभव- सुजन पण्डित
गैरआवासीय नेपाली संघ अमेरिकाको पाँचौं बार्षिक सभा

विचार   |     |  
1485307309sujan-pandit.jpg

सुजन पण्डित, ह्युस्टन, टेक्सस् गैरआवासीय नेपाली संघ अमेरिकाको पाँचौं बार्षिक सभा "Enhancing Unity & Integration— Our Action for Vision 2020 and Beyond" भन्ने नाराका साथ टेक्ससको डालास शहरमा यही जनवरी १४,२०१६ का दिन सम्पन्न भएकोछ। नेपालका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतद्वारा उद्घाटित समारोहमा अमेरिकाका विभिन्न राज्यहरुबाट करिब ४०० जति सदस्यहरुको सहभागिता रहेको थियो। कार्यक्रममा पहिलो पटक मिडिया प्रतिनिधीका हैसियतले सहभागी भएकोले NRN-America का गतिबिधीहरुबारे केही नजिकबाट जान्ने मौका मिल्यो। दशहजार बढी सदस्य रहेको संस्थाको बार्षिक सभामा पाँच प्रतिशत भन्दा पनि कम सदस्यको उपस्थिति हुनु त्यति उत्हासित गर्ने समाचार त होइन, तैपनि आफ्नो नीजि खर्चमा जति नेपालीहरुको सहभागिता भयो त्यसलाई सकारात्मक रुपमा नै लिनु पर्दछ। कार्यक्रमको प्रचार-प्रसारका बेला समेत ५०० जतिको सहभागिता हुने भनिएकोले आयोजकहरुले अपेक्षा गरेकै संख्यामा सहभागिहरु आएको हुनु पर्छ। नेपाली कांग्रेसका नेता एवं परराष्ट्रमंन्त्री नै प्रमुख अतिथि भएकाले पनि होला सभामा अधिकांश सहभागी नेपाली काँग्रेस कै राजनीतिक दर्शनलाई मान्ने जनसम्पर्क समितिका सदस्यहर नै देखिन्थे। सभाहल बाहिर चर्चा सुनिन्थ्यो-'गैरआवासीय नेपालीसंघ अमेरिकाको बार्षिकसभा नेपाली काँग्रेसको भातृसंगठनको सम्मेलन झैं लागिरहेछ।' जनसम्पर्क समितिका अध्यक्षले आफ्नो मन्तब्यका दौरान ९० प्रतिशत सहभागी जनसम्पर्क समितिका सदस्य रहेका खुलासा गरिदिएर पनि बाहिरी चर्चालाई सही साबित गरिदिए। बार्षिक सभा आयोजक समितिका संयोजक एवं एनआरएन अमेरिकाका उपाध्यक्ष रामसी पोखरेल र NRN-NCC-USA Texas Chapter र नेपाली समाज टेक्ससको सक्रीयताले सभा आयोजना र व्यवस्थापन राम्रोढंगबाट भएको हो भन्न कन्जुस्याईं गरिराख्नु पर्दैन। नेपाली पन्चेबाजा सहित डालासका स्थानीय संघ-संस्थाहरुको झाँकी प्रदर्शनले अधिकांश सहभागीको मन जितेको थियो। लाग्थ्यो, नेपालकै कुनै शहरमा कार्यक्रममा सहभागी भैएकोछ। स्थानीय 'नेटिभ अमेरिकन'हरुको Cowboys  नृत्य लगाएत नेपाली कलाकारहरुको गीत-नृत्य प्रस्तुती निकै सुन्दर थिए। कार्यक्रमको सुरुवात पुरै नेपालमय थियो र नेपालीमनहरुलाई "नोस्टाल्जिक" बनाईदिने खालको थियो। भव्य नेपाली शैलीको आरम्भका लागि डालासका स्थानीय आयोजकहरु रामसी पोखरेल, कृष्ण लामिछाने, उत्तम लामिछाने, इन्द्रेणी कल्चरल एशोसिएसन लगाएतका सबै व्यक्ति संघ-संस्थाहरु धन्यवादका लायकछन्।उदघाटन सत्रमा स्थानीय शहर इनिसकी मेयरको उपस्थितिलाई अमेरिकी राज्य संयन्त्रसंग नेपाली समुदायको सहकार्य बढ्दै गरेको थाहाहुन्छ। समय व्यवस्थापन, प्लेनरी, विषयगत छलफलको संयोजन, वक्ता चयन र प्रस्तुतीमा भने आयोजकहरुको कमजोरी प्रष्टै देखिन्थ्यो। एकदिने सभा, त्यसमा पनि लम्बेतानका वक्ताहरु सहितको उदघाटन समारोहले आधा समय खाईदिए पछि महत्वपूर्ण विषयवस्तुहरुमा साधारण सदस्यहरुका बीचमा छलफल र अन्तरकृयाका लागि समय पुग्ने त कुरै भएन। मुख्य विषयहरु कम प्राथमिकतामा पर्नेगरि गरिने निकै "लामो र पट्ट्यार" लाग्ने उद्घाटन समारोहहरुको नेपाली संस्करणको फर्म्याट् परिवर्तन गर्न नसक्नु अमेरिकामा रहेका प्राय सबै नेपाली संघ-संस्थाहरुको कमजोरी हो। गठन पछि पहिलो पटक "स्टेट च्याप्टर"हरुका गतिविधी थाहा पाउने र राम्रा कामहरुबाट अरुले सिक्ने अबसर स्टेट च्याप्टरहरुलाई उपलब्ध समय र उनीहरुको कमजोर प्रस्तुतीकरणले दिन सकेन। मेरिल्याण्ड च्याप्टरका अध्यक्ष जेदु पोखरेलको सक्रीयतामा स्टेट ड्राइभिंग टेष्ट नेपाली भाषामा दिन सकिने व्यव्स्था हुन सक्नु निकै सह्रानीय काम हो। तर त्यसको विशेष प्रशंसा हुन त सकेन नै, त्यसबाट धेरै नेपाली बस्ने अन्य राज्यहरुमा कसरी सोही काम गर्न सकिएला भनेर छलफल हुन समेत पाएन।  उनको कामको कदर हुनुपर्ने आवाज सहभागीका तर्फबाट भने उठेको थियो। "आर्थिक कुटनीति" जस्तो महत्वपूर्ण विषयमा आयोजित प्लेनरीको संयोजन र प्रस्तुतीलाई आयोजक र सहभागी कसैले पनि त्यति ध्यान दिए जस्तो लागेन। प्लेनरीको व्यवस्थापन यति 'कमजोर' थियो कि सहभागीहरुलाई आफ्नो जिज्ञासा को संग राख्ने र वक्ताहरु को-को हुन् र कता छन् भन्ने सम्म पत्ता लाउन गाह्रो भएको थियो। आर्थिक पत्रकार विजय घिमिरे, अमेरिकी मुलधारको डेमोक्रयाटिक पार्टीको राजनीतिमा निकै सक्रीय ह्यारी भण्डारी, गार्मेण्ट्स व्यवसायी एवं अवैतनिक महावाणिज्यदुत ऋषी ढकाल , गैर आवासीय नेपालीसंघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुमार पन्त, महामहिम राजदुत डा. अर्जुन कार्की, गैर आवासीय नेपालीसंघ अमेरिकाका अध्यक्ष डा. केशव पौडेल र माननीय परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत जस्ता महत्वपूर्ण व्यक्तित्वहरु प्रमुख बक्ता/प्रस्तोता रहेको प्लेनरीको फितलो व्यवस्थापनका कारण आर्थिक कुटनीतिका माध्यमले नेपालको आर्थिक उन्नती र विकासमा गैरआवासीय नेपालीहरुको भूमिका सुदृढ, थप एकताबद्द र संगठित कसरी गर्न सकिन्छ भन्ने गहन विषयको छलफल ओझेलमा पय्रो। अधिकांस 'हाईप्रोफाइल' सहभागीहरु आगामी चुनावमा कसरी नेतृत्वमा पुग्ने र कसरी भोट बटुल्ने भन्ने भलाकुसारीमा ब्यस्त भएपछि उदघाटन समारोह पछि सभाहलमा निकै कममात्र सहभागीहरु देखिन्थे । साँझपख संशोधित विधान मस्यौदाको छलफलका बेला बाहेक अरुबेला सभाहलका कुर्सीहरु भरिएनन्। कानुनविद एवं एनआरएन अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जिसीको संयोजकत्वको विधान संशोधन समितिले धेरै सहभागीहरुको सहमति मै विधानका केही विवादित विषयहरको टुंगो लगाउने काम गरेकोछ। सदस्यताको लागि न्यूनतम योग्यता र आवश्यक प्रमाणिक कागजातका सम्वन्धमा गरिएको संशोधनलाई प्रगतिशील मान्नु पर्दछ। केही बिमतिहरुका बीच पारित नयाँ विधानले आगामी नेतृत्व चयनका बखत प्रभाव पार्ने भएर नै कतिपय संभावित नेतृत्वकर्ताहरु विधानलाई आफ्नो फाइदानुकुल बनाउन निकै प्रयास गरिरहेका समेत देखिन्थे। "बिजिनेस फोरम तथा NRN-USA का क्रियाकलाप"अन्तर्गत समावेश महिला, युवा, मिडिया फोरम विषयको गहनता अनुरुप संचालन भएनन्। सगुन र भास्तिका जस्ता नेपाली युवा व्यवसायीहरुका सफल व्यवसायका बारेमा सुन्ने मौका मिल्यो। तर समयाभावका कारण छलफल/ अन्तरकृया हुनै पाएन। वर्तमान कार्यसमितिको निकै प्राथमिकतामा परेको अमेरिकामा रहेका नेपालीहरुको सही तथ्यांक तयार पार्ने कामको राम्रो शुरुवात भएको जानकारी Census Committee का सदस्य बिजयराज भट्टराईको राम्रो प्रस्तुतीले दियो। करीब २३१,००० (+/-२०,०००) नेपालीहरु अमेरिकामा रहेको निचोड Nepalese American Population Estimation 2017 का अनुसंन्धान समितिकोछ। अब अमेरिकामा नेपालीहरुको संख्या, बसोबासको क्षेत्र जस्ता प्रश्नहरुको जबाफ धेरै हदसम्म मिलेकोछ। स्टेट च्याप्टरहरुको सक्रीयतामा गणना नै गर्न सकिने हो भने यकिन संख्या थाहा हुन सक्थ्यो। NEAJA-NRNA अन्तरक्रिया गैर आवासीय नेपाली संघ अमेरिकाको आगामी नेतृत्त्वको लागि पहल गरिरहेका वर्तमान नेतृत्वमा रहेका पदाधिकारी तथा अन्य आकांक्षीहरुलाई एउटै थलोमा राखेर नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले एनआरएनको वार्षिक सभाको भोलिपल्ट जनवरी १५ दिन एक अन्तरक्रिया कार्यक्रम आयोजना गय्रो। डालास स्थित नेपाली मन्दिरमा आयोजित उक्त कार्यक्रमले एनआरएनको अन्तराष्ट्रिय नेतृत्व लिन र अमेरिका भित्रै पनि कसरी सशक्त नेतृत्व दिन सकिन्छ भन्ने विषयमा नेतृत्व दाबी गर्नेहरुको धारणा बुझ्नका लागि सहयोग पय्राएको थियो। वर्तमान कार्यसमितिको निर्वाचनको लगत्तै सदस्यता वितरण र निर्वाचन प्रकृयाका विषयमा अमेरिकी अदालत सम्म पुगेको बिवादले एनआरएन अमेरिकाले अपेक्षा गरे अनुरुप काम गर्न नसकेकोले आगामी दिन सशक्त र सबल नेतृत्वका लागि बैचारिक र भावनात्मक एकताले मात्र एनआरएनलाई सुदृढ़ र एकताबद्द बनाउन सकिन्छ भन्ने सबैको बिचार रहेको देखियो। अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसक्नु भएका वर्तमान उपाध्यक्ष द्वय रबीना थापा र राम सी पोखरेल अनि वर्तमान सल्लाहकार गौरी जोशी लगाएत सबैको उद्देश्य पनि सशक्त नेतृत्व दिएर बहुसंख्यक सदस्यहरुको हितमा काम गर्ने रहेको पाइयो। आपसमा मिलेको बलियो र एकताबद्द एनआरएन नेतृत्वले मात्र एनआरएनको उद्देश्य पुरा गर्न सक्छ भन्ने विश्वास सबै नेतृत्वका दाबेदारहरुलाई लागेकोछ। नीजि तबर मै भए पनि कम्तिमा पाँचसय नेपालीहरुलाई राम्रो रोजगारीमा आबद्द गराउने घोषणा सहित चुनावी माहोल सुरुवात गरेका डालासका स्थानीय युवा उद्यमी गौरी जोशी नयाँ नेतृत्वका लागि निकै उत्साहित देखिंदै थिए। नेजाका अध्यक्ष भोला आचार्यको अध्यक्षता, एनआरएन- अमेरिकाका अध्यक्ष केशब पौडेलको प्रमुख आतिथ्यता र महासचिव तोया दाहालले संचालन गरेको अन्तरक्रियामा उम्मेदवारहरुको स्पष्ट एजेण्डाहरु सुन्न नपाइएता पनि एनआरएन अमेरिकाको नयाँ नेतृत्वका लागि चुनावी प्रतिस्पर्दाको घोषणा भने सुन्न पाइयो। उम्मेदवारहरुका योजना सुन्न र सहभागी पत्रकारहरुलाई समेत प्रश्न सोध्न सक्ने व्यवस्था नभएकोले अन्तरकृया भाषण सुन्ने-सुनाउने खालको लाग्दै थियो। सम्भावित उम्मेदवार बाहेकका वक्ताहरुको संलग्नताले अन्तरकृयाको मुख्य उद्देश्य अनुरुप नेतृत्वका दाबेदारहरु र पत्रकारहरुबीच छलफल/अन्तरकृया हुनै पाएन। समग्रमा गैरआवासीय नेपाली संघ अमेरिकाको पाँचौं बार्षिक सभा निकै विवादित र सबैको चासो रहेको बिधान संशोधन सहित पारित गर्ने र नेतृत्वका आकांक्षीहरुलाई सहभागी सदस्यहरुसंग प्रत्यक्ष भेटघाट गर्ने अवसरका साथ सौहाद्रपूर्णढंगबाट समापन भयो। र यो पटक पत्रकार र आयोजकका बीच कुनै बिवाद देखिएन। पछिल्लो न्यूजर्सी सम्मेलनमा जस्तो तिक्ततापूर्ण बक्तब्य, प्रतिकृया केही सुन्न र देख्न परेन।


1453145926obamacare.gif
1435377950proactive.jpg
1469292057united.gif
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...
Advertisement