२८ अप्रिल २०१६, काठमाडौं
दोष हरण चौधरी
बिगत तीन बर्ष पहिले देखि देशका बिभित स्थानमा पुगि आफ्नो सांस्कृतिक प्रस्तुति देखाउंदै आईरहेको “चम्पन सांस्कृतिक समूह” ले निर्माण गर्न लागेको पहिलो थारु कथानक चलचित्र “भौंरा” को सम्पूर्ण छायांकन कार्य समाप्त भएको जानकारी प्राप्त भएकोछ। श्री नारायण चौधरीको कथाबस्तु, कृष्ण चौधरीको निर्देशन तथा नन्दुराज चौधरीको निर्माणमा बन्न लागेको चलचित्रमा रिमा चौधरी ,सोनु थारु, राज कुश्मी,अन्जु चौधरी,रोशन रत्नगैंयां , निरज चौधरी , दिपक चौधरी ,बीर बहादुर, फीरु चौधरी लगायतका कलाकार हरुले अभिनय गरेका छन्।
चलचित्रमा पाँच वटा गीत समाबेश भएको छ। जुन गीतलाई दीपक चौधरीले निर्देशन गरेकाछन भने दीपक चौधरी ´दीप`ले सहायक निर्देशकका जिम्मेवारी निभाएका छन ।
दाङको पकुई , धारापानी , देउखुरी गढवाको राप्तीपुल लगायत स्थानमा छायांकन गरिएको चलचित्रलाई दशैं र तिहारको अवसरमा प्रदर्शन गरिने तयारिमा रहेको निर्माण पक्षले जानकारी गराएको छ।
निर्माता नन्दुराज चौधरीका अनुसार चलचित्र सामाजिक र पारिवारिक पृष्ठभुमिमा आधारित छ। एउटा समुदाय भित्र धनी र गरीब बीचको विभेदलाई प्रस्त्याइएकोछ। आफुलाई सर्वेसर्व थानी कुलतमा फसेको पुरुषलाई महिलाले कसरी सुधारमा ल्याउंछिन भन्ने यथार्थ पनि देखाउन खोजिएकोछ।