1457577632tax.gif

चलचित्र पत्रकार संघ दाङको अध्यक्षमा न्यौपाने
संस्थापक अध्यक्ष रेग्मीलाई नगद ११ हजार १ सय ११ सहित सम्मान

सिनेमा जगत   |     |  
1471790371dang.png

 

चेतन रेग्मी, भाद्र ४,तुल्सीपुर / चलचित्र पत्रकार संघ दाङको तेस्रो जील्ला अधीबेसन आज तुल्सीपुरमा सम्पन्न भएको छ । अधिवेशनले रेडीयो संजीवनीका धु्रबराज न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमीती सर्बसम्मत चयन गरेको छ । जसको उपाध्क्षयमा देब यादव,सचिवमा सन्तोष केसी ,सह सचीवमा पूर्ण केसी र कोषाध्यक्षमा सीव पुन रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा निरला अर्याल गैरे,संकर केसी,दिपक कुमाल र भुपेस ओली रहनुभएको छ ।
अधिवेशनको उदघाटन गर्दै प्रमुखअथीती चलचित्र पत्रकार संघका केन्द्रिय अध्यक्ष शान्ति प्रियले राष्ट्रिय चलचित्र निति कार्यान्वयन भएमात्र चलचित्र क्षेत्रको बिकास हुने बताउनु भएको छ । नेपालमा बनेको चलचित्र निति कार्यान्वयन नहुदा अस्वस्थ प्रतिस्प्रर्धा वढेको भन्दै निति कार्यान्वयन भए चलचित्र क्षेत्रले फड्को मार्ने बताउनु भयो । उहाँले चलचित्र क्षेत्रमा प्रशस्तै समस्या हरु रहेको भन्दै त्यसको अन्त्यका लागी कलम चलाउन चलचित्र पत्रकारहरुलाई आग्रह गर्नु भयो । नेपालको चलचित्र क्षेत्रको बिकासकालागि चलचित्र पत्रकारहरुको अहम भुमिका रहने भन्दै जिम्मेवारिका साथ कलम चलाउन उहाँले सुझाव दिनुभयो । अध्यक्ष प्रियले पछिल्लो समयमा चलचित्र क्षेत्रमा केहि बिकृति विसंगति हरु भित्रिएको चर्चा गर्दै त्यसकै कारण सोचे जस्तो नेपालि चलचित्रको बिकास नभएको बताउनु भयो । साथै उहाले चलचित्र पत्रकारहरुले गरेका राम्रा कामहरुले नेपाली चलचित्र क्षेत्रको बिकास हुने भन्दै चलचित्र उद्योगलाई माथि उठाउनका सवै लागी पर्न आग्रह गर्नु भयो ।
चलचित्र पत्रकार संघ दाङका कार्यबाहक अध्यक्ष धु्रवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा चलचित्र पत्रकार संघका केन्द्रिय उपाध्यक्ष विष्णु सुेवेदिले चलचित्र पत्रकार संघका जिल्ला शाखाहरुलाई सहयोग गर्ने बताउनु भयो । उहाँले जिल्ला र केन्द्रमा काम गर्ने पत्रकारहरुको हैसियत एउटै भएको समेत बतउनुभयो । साथै सुवेदिले जिल्लाका कलाकारहरुलाई धेरै स्थान दिएर देशभर चिनाउने र कलाकारिता क्षेत्रमा स्थापित गराउने अभियानमा लाग्न सुझाव दिनुभयो ।
त्यसैगरि कार्यक्रममा विशिष्ट अतिथि रेडियो सञ्जिवनि संचालक समितिका कार्यबाहक अध्यक्ष कुशल तर्तालले चलचित्र पत्रकारहरुलाई रेडियोले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुृभयो । उहाँले चलचित्रका राम्रा र नराम्रा पक्षहरुलाई जनता माझ ल्याउन सक्रिय रुपमा लागी पर्न चलचित्र पत्रकारहरुलाई सुझाव दिनुभयो ।
सो अवसरमा चलचित्र पत्रकार संघका निर्वतमान सचिव शिव न्यौपाने , अध्यक्ष खनाल मुस्कान , संस्थापक उपाध्यक्ष एबं रेडियो संजिवनीका सहायक स्टेसन म्यानेजर चेतन रेग्मी ,रेडियो प्रकृतिका स्टेशन म्यानेजर  संगित वस्याल , रेडियो सञ्जिवनि एफ एमका समाचार सम्पादक एव रिपोटर्स क्लब दाङका सचिव बिमल गौतम , निर्माता एव नायक मुनाल घिमिरे , नायक मनोज लामिछाने , तुलसीपुर नगर जेसीजका  अध्यक्ष सुर्य शर्मा,नेपाल पत्रकार महांसघका सदस्य बालाराम खडका , पत्रकार वसन्त बिवस आचार्य , डिल्ली वस्नेत संगित , वावुराम रेग्मी लगाएतले चलचित्र क्षेत्रका सकारात्मक तथा नकारात्मक कुराहरुलाई संचार माध्यम मार्फत बाहिर ल्याउनका लागी कलम चलाउन आग्रह गर्नु भयो ।
कार्यक्रममा चलचित्र पत्रकार संघ दाङमा अक्षय कोष स्थापना गरेको भन्दै संस्थापक अध्यक्ष किशन रेग्मीलाई नगद ११ हजार १ सय ११ सहित सम्मान गरिएको थियो । रेग्मीको सम्मान उहाँका वुवा बावुराम रेग्मीलाई प्रदान गरिएको थियो । सो अवसरमा चलचित्र पत्रकार संघ दाङलाई सहयोग पु¥याउने ब्यक्तिहरु , चलचित्र पत्रकार संघका संस्थापक एव निर्वतमान कार्यसमिति र चलचित्र क्षेत्रमा क्रियाशिल दङालि कलाकार सहित डेढ दर्जन वढिलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा मोडल मनिषा रोकायले नृत्य प्रस्तुत गर्नु भएको थियो  चलचित्र पत्रकार संघका सदस्य शिव पुनको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव सन्तोष केसीले गर्नु भएको थियो ।

 


1453145926obamacare.gif
1435377950proactive.jpg
1469292057united.gif
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

साउदी जेलमा थुनिएका काभ्रेलीलाई ९० लाख रुपैंया ‘ब्लड मनी’ को फैसला

1467985704saudi-1.jpg मधुसुधन गुरागाईं, कुशादेबी(काभ्रे), असार २० । स्वदेशमा हुँदा ६ लाख ऋण तिर्न नसकेर विदेशिएका युवालाई परिबन्दले...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...
Advertisement