बिष्णु सापकोटा, बेल्जियम/ नेपाली काग्रेसको आसन्न १३ औं महाधिवेशनको लागी बेल्जियम जन सम्पर्क समितिको तर्फ बाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य हरू चयनको लागी प्रकिया अगाडी बढाएको छ ।
गत २६ जनवरी २०१६ मा लुभेनमा कार्यसमिति नेपाली जन सम्पर्क समिति बेल्जियम का साधारण सदस्यहरू, क्रियाशील सदस्यहरू, सल्लाहकारहरु समेत बसेको बृहत् बैठक बसेको थियो भने उक्त बैठकले नेपाली जन सम्पर्क समिति बेल्जियमका अध्यक्षको अध्यक्षतामा एक कार्यदल गठन समेत गरेको थियो । कार्यदल लाई दिइएको जिम्मेवारी अनुसार उम्मेवारी परेका प्रतिनिधिहरूका उम्मेदवारहरु सँग सहमतिको लागी विभिन्न छलफल समेत गरेको छ भने कार्यदलले अन्तिम उम्मेदवारहरुबाट सर्वसम्मत निर्णयको लागी ०२ फेब्रुवरी मङ्गलवारका दिन लुभेनमा कार्यदलको अन्तिम बैठकबाट टुंग्याउने प्रयास समेत गरेको छ ।
साथै कार्यदलको अन्तिम बैठकबाट सर्वसम्मत रूपमा प्रतिनिधिहरू चयन हुन् नसकेको खण्डमा गत नेपाली जन सम्पर्क समिति बेल्जियमको विधानले तय गरे अनुरूप कार्यसमितिको बैठकले अन्तिम रूप दिने समेत जनाईएको छ । कार्यसमितिको बैठक आगामी ०७ फेब्रुवरी २०१६ का दिन बोलाईं लागेको समेत जानकारी गराईएको छ । गत १२औं महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य चयन कार्य समितिले गरेको थियो भने नेपाली काँग्रेस महाधिवेशनमा भाग लिनको लागी पाच सय क्रियाशील सदस्यहरू भएका जन सम्पर्क समितिहरूको हकमा तीन जना महासमिति सदस्य तथा चार जना महाधिवेशन महाधिवेशन प्रतिनिधिले भाग लिन पाउने विधानमा व्यवस्था रहेको छ ।