नेदरल्यान्ड्स, न्युरोफोबिमाटोसिस रोगबाट पीडित अशोक श्रेष्ठलाई नेदरल्यान्ड्समा सक्रिय विभिन्न सामाजिक संघसंस्था र व्यक्तिहरूले दोस्रो चरणमा पनि आर्थिक सहयोग गरेका छन् । दोस्रो चरणको सहयोग अन्तर्गत एनआरएन,प्रवासी नेपाली एकता समाज,एनएसएन लगायत विभिन्न सामाजिक सङ्घ संस्था र व्यक्तिहरू बाट संकलित करिब १,११,७४० रुपैया पीडित श्रेष्ठको सहयोगको लागि नेपाल पठाइएको प्रवासी नेपाली एकता समाजका अध्यक्ष विक्रम बानियाँले जानकारी दिए । यस अगाडी पनि उनको सहयोगको लागि पठाइएको करिब २३० युरो रकम हस्तान्तरण गरिसकिएको बानियाँले बताए ।
ललितपुरमा बस्दै आएका श्रेष्ठ लामो समयदेखि न्युरोफोबीमाटोसिस रोगबाट पीडित छन् । आर्थिक अभावमा उनको उपचार हुन् सकेको छैन। उक्त रोगबाट ग्रसित भएपछि पीडित श्रेष्ठलाई आफन्तले समेत छाडेर हिडेका थिए ।
सहयोगीहरुको विवरण (यूरोमा)
१) एनआरन नेदरल्यान्ड्स १००
२) नेपाल समाज नेदरल्यान्ड्स १००
३) राम बुढाथोकी ( अध्यक्ष- नेपाल समाज नेदरल्यान्ड्स ) १००
४) नेपाली यूथ नेदरल्यान्ड्स १००
५) विक्रम बानियाँ (अध्यक्ष–प्रवासी नेपाल एकता समाज नेदरल्यान्ड्स) ६०
६) केशव राज पाण्डे ( वरिष्ठ उपाध्यक्ष- एनआरन- नेदरल्यान्ड्स) ५१
७) हिमाल गुरुङ ( अध्यक्ष-एनआरन नेदरल्यान्ड्स) ५०
८ ) सुनिल गुरुङ ( निबर्तमान अध्यक्ष गुरुङ समाज नेदरल्यान्ड्स ) ५०
९ ) प्रवासी नेपाल एकता समाज नेदरल्यान्ड्स ५०
१० ) हरि बराल ३०
११ ) थानेश्वर कडेल २५
१२) ठाकुर प्रसाद शर्मा ( मनोहरि ) २५
१३ ) राजु ( मिडास ) थापा २५
१४ ) झलक विक्रम जी. सी. २१
१५ ) कृष्ण गुरुङ २०
१६ ) कृष्ण कार्की २०
१७ ) फणिन्द्र पन्त २०
१८ ) प्रेम सिंह गुरुङ २०
१९ ) टिका राम सापकोटा १५
२0 ) प्रेम काजी गुरुङ ( मनु) १५
२१ ) विष्णु बास्तोला १०
२२ ) निरज आचार्य १०
२३ ) याम बहादुर सिंजाली १०
२४ ) रेसम गुरुङ १०