1457577632tax.gif

नेपालका युवामा उच्च रक्तचापको समस्या बढ्दो

स्वास्थ्य खबर   |     |  
1452696910heart.jpg

कल्पना पौडेल
काठमाडौँ, २९ पुस । गोरखाका ३० वार्षीय सुदीप धिताललाई विगत छ वर्षदेखि उच्च रक्तचापको समस्या छ । अचानक टाउको दुख्ने र चक्कर लाग्ने समस्या भएपछि उहाँ चिकित्सक कहाँ गएर जाँच गराउँदा उच्च रक्तचापका कारणले यस्तो समस्या भएको उहाँ सम्झनुहुन्छ ।
नयाँ बानेश्वरकी ३५ वर्षीया सरिता बस्याल पनि उच्च रक्तचापबाट पीडित हुनुहन्छ । उहाँले पनि नियमितरुपमा औषधि सेवन गरिरहनु भएको छ । उहाँ आफ्नो २१ वर्षे छोरामा पनि यही समस्या देखिएपछि थप चिन्तामा भएको बताउनुहुन्छ । ‘यति सानो उमेरमा उच्च रक्तचाप हुने रहेछ । अहिले नै यस्तो भए पछि के होला ?’ उहाँको चिन्ता छ ।
पछिल्लो समयमा नेपालमा उच्च रक्तचापका कारण अस्पताल आउने बिरामीको सङ्ख्या बढिरहेको चिकित्सकको भनाइ छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१३ मा गरेको नसर्ने रोगको जोखिम पक्षसम्बन्धी सर्भेले पनि २५ प्रतिशत नेपालीमा उच्च रक्तचाप भएको देखाएको थियो । परिषद्ले सन् २०१२ को जुलाइदेखि २०१३ जुनसम्म ५० जिल्लाका २१० वडाका १५ देखि ६९ वर्षसम्मका चार हजार १४३ जनामा गरेको सर्वेक्षणले २५ प्रतिशतमा उच्च रक्तचापको समस्या भएको देखाएको हो ।
हरेक पाँच वर्षमा गरिने यो सर्भेमा उच्च रक्तचापको समस्या देखिएका कुल २५ प्रतिशतमा ३१ प्रतिशत पुरुष र २०.६ प्रतिशत महिला रहेका छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान अधिकृत डा कृष्ण अर्याल बदलिँदो जीवनशैली, अव्यवस्थित खानपान, रहनसहनका कारण अहिलेका युवा पुस्तामा उच्च रक्तचाप र यसका कारण हुने हृदयघात, मतिष्कघात (स्ट्रोक) र मिर्गौला खराबीका समस्या दिन प्रतिदिन बढ्दै गएको बताउनुहुन्छ ।
उहाँले उच्च रक्तचापबाट बच्न आफ्ना आनीबानी सामान्य बनाउनुपर्ने र खानपानमा विशेष सावधानी अपनाएर नियमित औषधिको सेवन गर्नुपर्ने बताउनुहुन्छ ।
विश्व स्वास्थ्य सङ्गठनले उच्च रक्तचापलाई सुसुप्त हत्यारा अर्थात ‘साइलेन्ट किलर’को सङ्ज्ञा दिएको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल भन्नुहुन्छ—‘‘पछिल्ला दिनमा मानिसको खानेबानीमा आएको परिवर्तन, शारीरिक निष्किृयता, नुनको अत्यधिक प्रयोग, जङ्कफुड र फास्टफुड खाने बानी, मानसिक तनाव, धूमपान र रक्सी सेवनजस्ता कारणले उच्च रक्तचापको समस्या बढ्दै गएको हो ।’
पछिल्ला सर्वेक्षणले पनि नेपालमा उच्च रक्तचापको बढ्दो अवस्थालाई पुष्टि गरेका छन् । नेपालमा गरिएका पछिल्ला सर्वेक्षण अनुसार युवामा हुने हृदयघातको ५० प्रतिशत कारण उच्च रक्तचाप हो । मस्तिष्कघातमा ७४ प्रतिशत र मिर्गौला खराबी हुनुमा ९० प्रतिशत कारण पनि उच्च रक्तचाप भएको पुष्टि गरेको चिकित्सक अनिलको भनाइ छ ।
नेपाल हृदयघात सचेतना केन्द्रले काठमाडाँै उपत्यकाका सहरी युवा तथा वयस्क माझ गरेको एक सर्वेक्षणले १८ देखि ४० वर्षसम्मका २८ प्रतिशत युवामा उच्च रक्तचापको समस्या रहेको देखाएको छ ।
सर्वेक्षणले त्योभन्दा डरलाग्दो तथ्यको रूपमा सो उमेर समूहका ४४ प्रतिशतमा उच्च रक्तचापको जोखिम (प्रि–हाइपरटेन्सन) रहेको देखाएको छ । अनुसन्धानमा पाँच हजार ४४३ जनाको दुबै हातको पाँच÷पाँच मिनेटको अन्तरमा उच्च रक्तचाप जाँच गरिएको थियो ।
उच्च रक्तचापको समस्या भएपछि यो पूर्णरुपमा निको नहुने तर यसलाई रोकधाम गरी यसबाट हुने अन्य रोगको खतरालाई रोक्नु आवश्यक भएको डा अर्यालको भनाइ छ ।
उहाँले यस्ता पीडितले नियमित औषधि खानुपर्ने र हरेक एक वर्षमा रगतमा चिल्लो। चिनीको मात्रा र उच्च रक्तचापको मात्रा जाँच गराउन आवश्यक रहेको बताउनुभयो । रासस


1453145926obamacare.gif
1435377950proactive.jpg
1469292057united.gif
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...
Advertisement