1457577632tax.gif

नेपाल अमेरिका एकता समाजको अध्यक्षमा चन्द्र शिवाकोटी र वरिष्ठ उपाध्यक्षमा वासुदेव घिमिरे
पन्ध्र सदस्स्यीय कार्य समितिमा तिन पद खाली

अमेरिका   |     |  
1513956687chandra.jpg
नेपाल अमेरिका एकता समाजको आगामी दुई वर्षको कार्यकालका लागि अध्यक्ष पदमा चन्द्र शिवाकोटी निर्विरोध निर्वाचित भएका छन् । समाज द्वारा गठित निर्वाचन समितिको आज साँझ बसेको बैठकले शिवाकोटी निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । लस एन्जलसलाई आधार मानेर सामाजिक कार्य गर्दै आईरहेको यस क्षेत्रको पुरानो सामाजिक संस्था नेपाल अमेरिका एकता समाजको डिसेम्बर २६ तारिखमा हुने साधारण सभा तथा नयाँ कार्यसमितिको निर्वाचनका लागि अध्यक्ष पदमा चन्द्र शिवाकोटीको मात्र उम्मेद्ववारी परेको थियो । भद्र, शालिन र मिठास बोलीका धनी शिवाकोटीको बिरुद्धमा कसैको उम्मेद्वारी नदिदा शिवाकोटी निर्विरोध निर्वाचित भए । यसै गरि वरिष्ठ उपाध्यक्ष पदमा लस एञ्जलसका पुराना समाजसेवी वासुदेव घिमिरे र उपाध्यक्षमा नबीनकुमार पोखरेल समेत निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्ष पदमा भर्खरै गठन भएको मधेसी एशोसियसन – क्यालिफोर्नियाका अध्यक्ष दिनेश शाह तथा सदस्यहरुमा योगेन्द्र विमली, सबल प्रसाई, तुलसा पाठक, सन्तोष पोखरेल, सरिता ढकाल, उत्तम थापा, डोल्मा लामा र शमसेर भण्डारी समेत निर्विरोध निर्वाचित भएका छन् भने पन्ध्र सदस्यीय कार्यसमितिमा महासचिव , सचिव र एक सदस्य पदमा कसैको पनि उम्मेदवार परेको थिएन । संस्थाकी संस्थापक तथा पुर्व अध्यक्ष उमा कार्की थापाको संयोजकत्व मा गठित निर्वाचन समितिमा संस्थाका पुर्व सल्लाहकार राजेन्द्र शिवाकोटी , पुर्व महासचिव तथा सल्लाहकार मुकुन्द ढुंगाना , पुर्व सचिव राम बाबु पाण्डे तथा आजीवन सदस्य मदन पाठक हुनुहुन्थियो साथै सो समितिले निर्वाचित सबै पधादिकारी तथा सदस्यहरुमा आगामी दुइ वर्षको कार्यकाल सफलताको शुभकामना तथा बधाई ज्ञापन गरेको छ । नेपाल अमेरिका एकता समाजको झन्डै १० वर्षको इतिहासमा नव निर्वाचित अध्यक्ष चन्द्र शिवाकोटीले संस्थाको पाचौ अध्यक्षता सम्हाल्दै हुनुहुन्छ । वर्तमान कार्य समितिको नेतृत्व मा सुर्य प्रसाई हुनुहुन्छ भने त्यस अघि शारदा श्रेष्ठ एक कार्यकाल , उमा कार्की थापा दुई कार्यकाल र स्थापनाकालमा शान्तिराम ढकालले संस्थाको नेतृत्व सम्हाली सक्नु भएको छ । झन्डै ५ वर्ष अघि देखि लस एञ्जलस बस्दै आउनु भएका शिवाकोटी वर्तमान कार्यसमितिमा बोर्ड सदस्यका रुपमा कार्यरत हुनुहुन्थियो । रिअल स्टेट एजेन्टको पेसा अंगाल्दै आउनु भएका नव निर्वाचित अध्यक्ष चन्द्र शिवाकोटीलाई अबको दुइ वर्षे कार्यकाललाई कसरी अगाडी बढाउने जमर्को गर्नु भएको छ भनि सोधिएको प्रस्नको जवाफमा उंहाँले भन्नु भयो "वर्तमान कार्य समितिले अङ्गीकार गरेका कार्य र योजना लाई निरन्तरता दिदै समुदाय केन्द्रित केहि नयाँ कार्यक्रमको थप गरिने बताउनु भयो । यो कार्य समितिमा समेत बसेर आफुले कार्य गरेको अनुभव र सिकाई लाई अबका दिनमा संस्थाको दिगो विकासका लागि खर्च गर्ने बताउदै समुदायसंग हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्दता ब्यक्त गर्नु भयो ।" आगामी डिसेम्बर २६ तारिखका दिन आर्टिसिया स्थित तारा हिमालयन कुजिनमा साधारण सभा मार्फत नेतृत्व हस्तान्तरण गर्ने जानकारी संस्थाका अध्यक्ष सुर्य प्रसाईले दिनु भयो । दोश्रो कार्यकालका लागि पनि मरिहत्ते गर्ने विभिन्न संस्थाका अध्यक्षहरु पनि देखिएका छन् तर तपाईले त संस्थाको दोस्रो कार्यकाल संचालन गर्न कुनै चासो नदेखाउनु भएको हो पदको लोभ लागेन भनि सोधिएको प्रश्नमा वर्तमान अध्यक्ष प्रसाईले भन्नु भयो " पदिय लोलुपता भन्दा पनि संस्थालाई अझ क्रियाशील र समुदाय केन्द्रित बनाउन नयाँ जोश जाँगर र हौसला आबश्यक हुन्छ । नयाँ नेतृत्वले नयाँ विचार र कार्यक्रम अघि सार्छ । जसको फाइदा समुदायलाई पुग्छ । अझ सामाजिक संस्थाको नेतृत्वमा सधै एकै अनुहार समुदायका लागि त्यति सहज नहुन नि सक्छ । नेपाल अमेरिका एकता समाज को सन्दर्भमा आगामी दिनमा पनि मेरो संलग्नता र सहयोग हिजोका दिनमा जस्तै रहने भएकोले पदले मलाई कुनै अर्थ राख्दैन ।" साधारण सभाको को अन्तिम तयारी समेत पुरा गरिएको बताउदै उंहाँले संस्था को साधारण सभामा उपस्थित हुन सम्पूर्ण आजीवन सदस्य तथा पुर्व सल्लाहकार र संस्थापक हरुलाई समेत हार्दिक अनुरोध गर्नु भयो । महासचिव, सचिव र एक सदस्य पदमा कसैको उम्मेदवार नि परेन नि भनि सोधिएको प्रस्नमा अध्यक्ष प्रसाईले भन्नु भयो " यो कुनै अनौठो र ठुलो कुरा होइन । तेस्मा पनि नया कार्य समिति छनौट गर्न विधान संवत सम्पूर्ण अधिकार निर्वाचन समिति लाई दिऎको हो । निर्वाचन समितिले निवेदन परेका पदहरुको छानविन गरि अन्तिम नतिजा घोसणा गरेको छ । १५ सदस्सिय कार्य समिति मा १२ जना निर्विरोध निर्वाचित हुनु भएको छ मेरो कार्यकालमा समेत १३ जना कार्य समिति मा थियौ तर काम गर्न हामीलाई सदस्य संख्याले कुनै असर गरेन फेरी कार्य समितिले पदपूर्ति गर्ने व्यवस्था पनि विधानमा उल्लेख छ त्यसैले यसले अप्ठ्यारो बनाउछ जस्तो मलाई लाग्दैन ।" यसै गरि नव निर्वाचित उपाध्यक्ष नविन पोख्रेललाई विगतको दुइ वर्ष र आगामी दुइ वर्ष मा संस्थाको प्रगति लाइ कसरि मुल्यांकन र योजना गर्नु हुन्छ भनि सोधिएको प्रश्नमा उंहाले भन्नु भयो " प्रथमत यो दुइ वर्ष र त्यो भन्दा अघिको नेपाल अमेरिका एकता समाजकोको पृष्ठभूमि र नेतृत्वलाई हामीले केलाउनु पर्छ र मुल्यांकन गर्नु पर्छ । हामीले यो दुइ वर्ष जति सक्ने कार्यक्रम गर्यौ विवाद रहित ढंगले गर्यौ एक भन्दा अर्को सफल कार्यक्रम गर्यौ । ७०० को हाराहारीमा महान चाड तीज मा दिदि बहिनिलाई दर खुवायौ सफल ब्यबस्थापन गर्यौ , त्यो नि नि शुल्क साएद अब यस्तो कार्यक्रम गर्न सकिन्छ नि सकिन्न नि । स्थानीय संघ संस्था हरु संग अन्तरक्रिया , अमेरिकी नागरिकता सम्बन्धि समुदाय संगका भेटघाट हाम्रा उल्लेख्य कुरा हुन् । संस्थाको आन्तरिक ब्यबस्थापन , कार्यालय संचालन र आर्थिक पारदर्सिता हाम्रा सबल पाटा हरु हुन् । संस्थागत साझेदारी गर्दै नेजाको कार्यक्रममा एकता समाज द्वारा गरिएको सांस्कृतिक कार्यक्रम तथा अनेसास को सम्मेलनमा प्रस्तुत गरिएका हाम्रा गतिविधि उदाहरनिय र उल्लेखनीय कार्य हुन् साथै यो कार्य समितिले अबलम्बन गरेका कार्यनीति र कार्यक्रम लाई नया कार्यसमितिले निरन्तरता दिदै अझ ससक्त पार्ने छ ।" प्रवासमा संस्था जन्माएर पद ओगट्ने होडबाजी चलेको बेलामा नेपाली जनघनत्वको बढवा हुंदै गरेको लस एन्जलसको यो पुरानो संस्थाको शक्तिशाली महासचिव पदमा ३ वर्ष कुशल कार्य गरेकी वर्तमान महासचिब डोल्मा लामा नया कार्य समितिमा सदस्य पदमा निर्वाचित भएकी छन् । संस्थामा त पदिय बढुवा हुनु पर्ने होइन महासचिब बाट सदस्य पदमा किन झर्नु भयो भनिएको प्रश्नमा लामा भन्छिन " म पदको लागि हैन समुदायमा केही गरौ भन्ने मनःस्थिति बोकेर आएकी हुँ त्यसैले मलाई काम गर्न पद नै हुनुपर्छ भन्ने छैन " भन्ने गर्छिन् । यसै बीच लस एन्जलस आर्टेसियामा अवस्थित नेपालीहरुको प्यारो संस्था नेपाल अमेरिका एकता समाजको संस्थापक अध्यक्ष शान्तिराम ढकालले संस्थाको ऑंउदो साधारण सभाले सवल सक्षम नेतृत्व चयन गरोस् भन्दै समाजको साधारण सभा सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ ।


1453145926obamacare.gif
1435377950proactive.jpg
1469292057united.gif
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

साउदी जेलमा थुनिएका काभ्रेलीलाई ९० लाख रुपैंया ‘ब्लड मनी’ को फैसला

1467985704saudi-1.jpg मधुसुधन गुरागाईं, कुशादेबी(काभ्रे), असार २० । स्वदेशमा हुँदा ६ लाख ऋण तिर्न नसकेर विदेशिएका युवालाई परिबन्दले...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...
Advertisement