1457577632tax.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

राजनीति   |     |   Bizshala.com
1442164744politics.jpg

काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको बेला त्यस्तो दाबीलाई बल पुग्ने गरी केही दिनअघि वीरगञ्जमा एक डरलाग्दो घटना भएको रहस्य खुलेको छ ।  

घटना भदौ १९ गतेको हो । जुन दिन समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई आन्दोलनकारीहरुले पानीमा डूबाउन र चित्तामा जलाउन खोजेपछि बबण्डर भएको  थियो । लाशमाथि राजनीति गर्ने उद्देश्यका साथ पुगेका अध्यक्ष यादवलाई उनका कार्यकर्ताले बालबाल बचाएर त्यहाँबाट भगाएका थिए । यदि फोरमका कार्यकर्ता त्यहाँ थिएन भने सो दिन उपेन्द्रको समेत ज्यान जानसक्ने दृश्य देखिएको थियो । 

सो दिन प्रहरीको गोलीबाट वीरगञ्जमा मारिएकाहरुको शवयात्रा आयोजना गरिएको थियो । नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको शव वीरगञ्ज २२ विन्दबासिनीको तिलावे पुलमा दाहसंस्कार गर्ने कार्यक्रम तय भएको थियो । हजारौ स्थानीयका बीच बिहान १० बजे अस्पताल क्षेत्रबाट सुरु गरिएको शवयात्रा राति साढे ७ बजे मात्र तिलावे पुलको घाटामा पुर्याइएको थियो ।  शवयात्रा अस्पताल क्षेत्रबाट घाटसम्म पुग्नलाई त्यति धेरै ढिलो हुनुको पछाडि संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको डिजाइन रहेको थियो । प्रदीप यादवले आफ्ना पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई बोलाएर भाषण गरी त्यहाँ राजनीति गर्न खोजेका थिए । उपेन्द्र पूर्वको जिल्लामा पार्टी कार्यक्रममा व्यस्त थिए । तर जव शवयात्रामा हजारौ मानिसहरु सहभागी हुने खबर पाए सोही मासलाई क्यास गर्न साँझसम्म भएपनि वीरगञ्ज आउने कार्यक्रम तय भयो र आन्दोलनको जस लिन उपेन्द्र वीरगञ्ज पुगेर सोझै घाट पुगे । उपेन्द्र पुगे लगत्तै पूर्व डिजाइन अनुसार दाहसंस्कार सुरु भयो । 

शवयात्रामा सहभागी धेरैलाई उपेन्द्र आउने कुरा थाहा थिएन, न त यादवको मोर्चा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा सहभागी अन्य पार्टीका नेताहरुलाई नै । लाश जल्न थालेपछि उपेन्द्र तत्काल बनाईएको स्टेजमा चढे र माईक लिएर भाषण गर्न थाले । त्यत्तिकैमा आक्रोशित प्रदर्शनकारीले लासको राजनीति गर्ने ? घाटमा पनि भाषण गर्ने ? त गद्दार होस् भन्दै उपेन्द्रको माईक खोसे । कसैले उपेन्द्रलाई पानीमा डुबाएर मारिदिऊ भन्दै तान्न थाले भने कसैले जलिरहेको चितामै हालेर उपेन्द्रलाई पनि जलाउनुपर्ने भन्दै अर्कोतर्फबाट तान्न थाले । शवयात्रामा सहभागी मधेशी जनता एकैपटक आफूविरुद्ध खनिएपछि उपेन्द्र यादव निकै धेरै डराएका प्रत्यक्षदर्शीले बताए । त्यसपछि आफूमाथि अप्रिय घटना हुनसक्ने र आन्दोलनमा घूसपैठ भएको ठानेका उपेन्द्रले तत्काल आफ्ना कार्यकर्तालाई भीडबाट निकाल्न आग्रह गरे । निकै अत्तालिएका आफ्ना अध्यक्षलाई फोरमका कार्यकर्ताले घेरा हालेर बल्लतल्ल त्यहाँबाट निकाले र उपेन्द्र त्यहाँ थप सम्बोधन नै नगरी वीरगञ्जमा गएर सुरक्षित स्थानमा बसे । फोरम निकट स्रोतका अनुसार वीरगञ्ज पुगेर उपेन्द्रले आफ्ना स्थानीय नेता तथा कार्यकर्तालाई आफूमाथि नै ज्यान नै लिनसक्ने प्रयास कसरी भयो ? भनेर सातो लिएका थिए । कार्यकर्ताले आन्दोलन नियन्त्रणभन्दा बाहिर गएको र अपरिचितहरुको बाहुल्यता बढेको भन्दै आन्दोलनको क्रममा जस्तोसुकै अप्रिय घटना हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।  

सो घटनापछि प्रदीप यादव समेत आन्दोलनमा सक्रिय छैनन् । वीरगञ्जमा आन्दोलनको कमाण्ड गरेका उनले प्रदर्शन नै नियन्त्रणबाहिर गएको र त्यसको जस आफूले लिन नसक्ने भन्ने लागेपछि अहिले निकै निस्क्रिय अवस्थामा रहेका स्रोतको भनाई छ । बल्लतल्ल उपेन्द्रले ज्यान जोगाए पनि सो घटनाबाट मधेशको आन्दोलन कसरी अगाडि बढिरहेको छ र कुन रुपमा अनियन्त्रित बनिरहेको छ भन्ने कुरा यो घटनाले प्रष्ट पार्ने विश्लेषकहरुको भनाई छ । 

 

फोन / ल्यापटपको व्याट्री पड्कने कारण र वच्ने उपाय

तराईमा बन्दकर्ताको यस्तो गोरखधन्दा !


1453145926obamacare.gif
1435377950proactive.jpg
1469292057united.gif
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

साउदी जेलमा थुनिएका काभ्रेलीलाई ९० लाख रुपैंया ‘ब्लड मनी’ को फैसला

1467985704saudi-1.jpg मधुसुधन गुरागाईं, कुशादेबी(काभ्रे), असार २० । स्वदेशमा हुँदा ६ लाख ऋण तिर्न नसकेर विदेशिएका युवालाई परिबन्दले...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...
Advertisement