1457577632tax.gif

बागलुङ सेवा समाजको तीज विशेष कार्यक्रम सम्पन्न

एसिया   |     |  
1472348161q1.jpg

तेजेन्द्र गैरे / दोहा   बागलुङ सेवा समाज दोहा कतारले हिन्दु नारीहरुको महान् पर्व हरितालिका अर्थात तीज विशेष सास्कृतिक कार्यक्रम नज्मा स्थित होटेल नकावायनमा सम्पन्न गरेको छ l
बागलुङ समाजका अध्यक्ष चन्द्र कान्त शर्मा को सभापतित्व रहेको कार्यक्रममा बागलुङवासी कतारका सफल व्यवसायी तथा समाजसेवी राज रेग्मीको प्रमुख आथित्य रहेको थियो l दीप प्रज्वलन,व्यानर अनावरण ,राष्ट्रिय गान र मौन धारणबाट सुरु भएको कार्यक्रमको संचालन समाजका प्रथम उपाध्यक्ष सागर पौडेलले र स्वागत मन्तव्य समाजका उपाध्यक्ष नगेन्द्र ब पौडेलले राख्नु भएको थियो l
दोहाको नज्मा स्थिति अल नकवयान रेस्टुरेन्टमा निर्धारित समय भन्दा २ घन्टा  पछि सुरु भएको कार्यक्रममा कतारमा सकृय रहेका ३० भन्दा बढी संघ सस्थाका प्रतिनिधि  , समाजसेवी , व्यवसायी र कतारमा रहेका नेपाली दाजुभाइ तथा  दीदीबहिनीहरुको बाक्लो उपस्थित रहेको थियो ।
समाजको सास्कृतिक बिभाग अन्तर्गतका कलकारहरु बाट विभिन्न तिजका गीतहरु बाट दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए । कार्यक्रमको बीचमा तिज विशेष नेपाली परिकार खिर, रोटी र अचार (दर ) कार्यक्रममा उपस्थित १५० भन्दा बढी नेपाली दिदीबहिनी तथा दर्शकहरु लाई खुवाएको छ ।
उक्त कार्यक्रममा गत महिनाको पहिलो साता देखि नेपालमा परेको अविरल वर्षा पछि  आएको बाढी पहीरोले बागलुङ जिल्लाको पश्चिम भेग र बा न पा का केही ठाउमा गरि ११६ घरहरु गुमाउन पुगेका बाढी पीडितहरुको लागि  आर्थिक रकम पनि संकलन गरेको थियो । त्यहाँ उपस्थित संघ संस्थाका प्रतिनिधि र दर्शकहरुको स्वईच्छाले दिएको रकम गरि कुल रकम ६७८७ कतारी रीयल संकलन भएको समाजका उपाध्यक्ष सागर पौडेलले जानकारी गराउनु भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राज रेग्मिले प्रवासमा गरिने यस्ता कार्यक्रम ले प्रवासमा रहेका नेपालीहरुको सम्बन्ध समधुर राख्नुको साथै चाडपर्व र  रितीरीवज जोगाउनमा ठुलो सहयोग पुग्ने कुरा राख्दै समाजिक संघ संस्थाले चलाउने जनहितका कार्यक्रमहरु लाई सक्ने सहयोग गर्ने वचनवद्दता व्यक्त गर्नु भयको छ ।
समापन कार्यक्रममा बोल्दै समाजका अध्यक्ष चन्द्र कान्त शर्माले उपस्थित सबैलाई तिजको शुभकामना दिदै प्रवासमा बागलुङ वासी हामिले तिजको मनाए पनि गृह जिल्लाका ११६ घरका दिदीबहिनीहरु नत माइती घर नै जान सक्छन् नत खान नै उनिहरुको खुशी यतिबेला बाढी र पहिरोले साउन महिनाको पहिलो साता देखि खोसीदीएको छ । ११६ घर परिवारको पिडामा मलम लगाउने काम हमिहरुबाट हुनु जरुरी रहेको औल्याउँदै बाढी पीडितहरुको सहयोग अभियानमा सहयोग गर्नुहुने मानुभावहरु र कार्यक्रम सफल बनाउनको लागि हलमा उपस्थित सबैलाई धन्यवाद दिनुभएको थियो ।
बाढी पीडितहरुको लागी यस भन्दा पहिले देखि नै रकम संकलन कार्य सुरु गरिसको र आज संकलन भएको रकम एकमुष्ठ गरि छिट्टै नै पीडितहरु लाई पठाइदिने पनि जानकारी गराउनु भएको छ ।



1453145926obamacare.gif
1435377950proactive.jpg
1469292057united.gif
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

साउदी जेलमा थुनिएका काभ्रेलीलाई ९० लाख रुपैंया ‘ब्लड मनी’ को फैसला

1467985704saudi-1.jpg मधुसुधन गुरागाईं, कुशादेबी(काभ्रे), असार २० । स्वदेशमा हुँदा ६ लाख ऋण तिर्न नसकेर विदेशिएका युवालाई परिबन्दले...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...
Advertisement