1457577632tax.gif

बेलहिया–बुटवल छ लेन सडकको निर्माणकार्य तीव्र

राष्ट्रिय   |     |   रासस
1441627395images.jpg

लुम्बिनी (रुपन्देही), २१ भदौ । नेपालकै पहिलो व्यापारिक मार्ग बेलहिया–बुटवल छ लेन सडकखण्डको निर्माण कार्य तीव्र रूपमा अगाडि बढेको छ । यसअन्तर्गत हालसम्म सात किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न भइसकेको छ । 

नेपाल सरकारको आफ्नै बजेट तथा सक्रियतामा सुरु भएका व्यापारिक सडकमध्येका यसलाई तोकिएकै समयमा सम्पन्न गर्ने तथा नेपालकै उत्कृष्ट सडकका रूपमा अगाडि बढाउने आयोजनाले जनाएको छ । 

सरकारले हाल भैरहवाको बेलहियादेखि बुटवल, रानीदेखि विराटनगर, जनकपुरदेखि चटही र वीरगन्जदेखि पथलैया गरी चार ठाउँमा व्यापारिक मार्ग निर्माणको काम गरिरहेको छ । यसमध्ये वीरगन्ज–पथलैया मार्गको निर्माण कार्य यस वर्षदेखि सुरु हुनेछ । यी चार मार्गमध्ये सबैभन्दा उत्कृष्ट र नेपालकै नमुना मार्ग बेलहिया–बुटवल मार्ग भएको सरकारले जनाएको छ । 

विसं २०६९ देखि सुरु भएको बेलहिया–बुटवलसम्मको व्यापारिक मार्गको निर्माण कार्यमा सुरुमा केही प्राविधिक कारण ढिलाइ भए पनि पछिल्लो समय कामले तीव्रता पाएको व्यापारिक मार्ग निर्माण योजनाका लेखाअधिकृत वसन्त सिग्देलले जानकारी दिनुभयो । 

कुल रु ८० करोडको लागतमा सम्पन्न पहिलो चरणको काम अब करिब सम्पन्न हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । 

हालसम्म सम्पन्न सात किलोमिटर मार्गअन्तर्गत बुटवलको ट्राफिक चोकदेखि योगीकुटीसम्मको तीन किलोमिटर, भैरहवाको बेलहिया–डन्डा पुलसम्म १ दशमलव ५ किलोमिटर र डन्डा–बुद्धचोकसम्म २ दशमलव ८ किलोमिटर काम सम्पन्न भइसकेको छ भने डन्डा पुल ७०० मिटर, बुद्धचोक–अञ्चलपुरसम्म २ दशमलव १ किलोमिटर र शङ्करनगर–मणिग्रामसम्म तीन किलोमिटर सडकको निर्माण कार्य चालु अवस्थामा रहेको छ । 

ठेक्का प्रक्रियाअनुसार बेलहियादेखि डन्डा पुलसम्मको ठेक्का लामा÷रायमाझी र कानफाराम गरी तीनवटा कम्पनीले पाएका थिए । त्यस्तै डन्डादेखि बर्मेलीटोलसम्मको ठेक्का शर्मा÷दिवा र कञ्चनजङ्घा जेभी कम्पनीले पाएका थिए । बुटवलखण्डको ठेक्का लुम्बिनी÷कन्टेक्ट र आशिष जेभीले पाएका थिए । 

तीनवटा ठेक्काको मार्ग यही असारमै सम्पन्न भए पनि सडक विभागलाई हस्तान्तरण गर्न अझै एक वर्ष लाग्नेछ । यसअन्तर्गत सुरुमै तोकिएअनुसार काम सम्पन्न भएपछि पनि एक वर्षको समय ‘डिफेक्ट लाएबिलिटी पिरियड’ भनी तोकिएको छ । यस डिएलपीअनुसार काम सम्पन्न भएको एक वर्षभित्र सडक भत्किएमा अथवा समस्या आएमा सम्बन्धित ठेकेदार कम्पनीले नै आफ्नै खर्चमा मर्मत गर्नु पर्नेछ । एक वर्षपछि सडक विभागले सडक सम्झौता गरेअनुरुप सडक सही भएको भनी प्रमाणित गरेपछि ठेकेदार कम्पनीले सडक विभाग वा नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । 

नाली, सडकछेउमा रोपिने बिरुवा पनि ठेक्काभित्रै पर्ने भएकाले काम सम्पन्न भएका तीनवटै मार्गमा यी काम पूरा भएका छन् । 

दुई वर्षमा सम्पन्न गर्नुपर्ने काम करिब १० महिनाजति ढिला हुनुमा सडकसीमा अतिक्रमण गरेर निर्माण गरिएका घर संरचनाहरू नभत्काइनु एक मुख्य समस्या भएको अधिकृत सिग्देलले बताउनुभयो । 

विद्युत्का तार, खम्बा, खानेपानीका पाइप, टेलिफोन खम्बा र चेम्बर समयमै स्थानान्तरण नभएका कारण काम गर्न कठिनाइ भएको उहाँको भनाइ छ । सरकारी निकाय नै भए पनि सडक विभागको लालपुर्जा भएको सडकमा खम्बा बिछ्याएर विद्युत् प्राधिकरणले सडक विभागलाई कुनै पनि किसिमको भाडा तिर्दैन । त्यसमा पनि अहिले खम्बा स्थानान्तरणको कार्य सडक विभागले आफ्नै खर्चमा गर्दै आएको छ । 

सडकसीमा अतिक्रमण गरेर बनाइएका घर संरचना भत्काइने विषयमै ११ वटा मुद्दा परेकामा सडक विभागले सबै मुद्दा जितिसकेको छ । त्यस्तै विद्युत् प्राधिकरणले सडकछेउका खम्बा समयमै सार्न अटेर गर्नाले पनि मार्ग निर्माण कार्यमा अवरोध पुगेको उहाँको भनाइ छ । 

कुल २४ किलोमिटर दूरी रहेको बुटवल–बेलहिया सडकखण्डअन्तर्गत अब ११ दशमलव ८ किलोमिटरको ठेक्का व्यवस्थापन गर्न पूर्व योग्यताको मूल्याङ्कन भइरहेको छ । यो ठेक्का चारवटा प्याकेजमा निकालिएको छ । 

मूल्याङ्कन समितिले समयमै मूल्याङ्कन गरेर जिम्मा दिएमा असोजदेखि कात्तिकसम्म मणिग्रामदेखि अञ्चलपुरसम्मको मार्ग निर्माण कार्य सुरु हुनेछ । विश्व बैंक, एसियाली डेभलपमेन्ट बैंकलगायतको जस्तो एकमुष्ट बजेट आउने भएमा अझै छिटो सम्पन्न हुन सक्ने लेखाअधिकृत सिग्देल बताउनुहुन्छ । 

अब बाँकी रहेको ११ दशमलव ८ किलोमिटर व्यापारिक मार्ग निर्माणका लागि रु एक अर्ब लाग्ने लेखा अधिकृत सिग्देलको अनुमान छ । यद्यपि आव २०७२÷७३ मा सरकारले यो मार्ग निर्माण गर्न ३४ दशमलव ५० करोड रकम छुट्याएको छ । यो रकम करिब रु ६५ करोडले कमी हुन आउँछ । तर यो योजना नेपाल सरकारकै प्रस्तावमा आएकाले अपुग रकम दोस्रो चरणमा छुट्टिने उहाँको विश्वास छ । 

अन्य मार्गहरूका तुलनामा यो मार्गको महत्व बढी छ । एकातर्फ विश्व शान्ति प्रवत्र्तक गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवा यसै सडकखण्डमा पर्दछ । उता नेपालको दोस्रो व्यापारिक नाका सुनौली तथा व्यापारिक क्षेत्र भैरहवादेखि महेन्द्र राजमार्गसँग जोड्ने एकमात्र मार्ग भएकाले पनि यो मार्ग नेपालकै गौरवको मार्गका रुपमा रहेको छ । 

बढ्दो जनसङ्ख्या र अव्यवस्थित सहरीकरण बढिरहेको अवस्थामा यो मार्ग व्यवस्थित सहरीकरणको एउटा नमुना मार्ग पनि हो । भर्खरैमात्र भैरहवामा विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा आएको हुँदा यसको विकासमा पनि यो मार्गको ठूलो महत्व रहनेछ ।


1453145926obamacare.gif
1435377950proactive.jpg
1469292057united.gif
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

यौन जीवन सफल बनाउन महिलाले गर्नुपर्ने व्यायम

14348194291 squat.jpg हुन त महिलाहरु प्राकृतिक रुपमा नै निकै आकर्षक मानिन्छन | सुनमा सुगन्ध थप्ने काम गर्छ व्यायमले |  दैनिक व्यायम...
Advertisement