ब्रुज, बेल्जियम- बेल्जियमको पर्यटकिय नगर ब्रुजमा ७ डिसेम्बरमा सिन्टरक्लास बोलाएर नेपाली कम्युनिटीको बालबालिकाहरुलाई मनोरन्जन प्रदान गरेको छ । सिन्टरक्लास बिषेशत: उत्तरी युरोपमा प्रख्यात छ । सिन्टरक्लास स्पेनबाट आउछन् भन्ने किम्बदन्ती छ । यो परम्परा करिब ९०० वर्ष अगाडीबाट चलेको भनिन्छ । बालबालिकाहरुलाई सिन्टरक्लासको गीत गाउन लगाएर कार्यक्रमको सुरुवात गरिएको थियो । बेल्जियमकै चर्चित नेपाली कलाकार रिया राईले सबैलाई कार्यक्रममा स्वागत गरेकी थिइन् । सिन्टरक्लासको कार्यक्रम गरेर बेल्जियमको कल्चर पनि सिक्न खोजेको बताउदै उनले नेपालमा सिन्टरक्लासको कल्चर नभएको बताईन् ।
यस्तै कार्यक्रमलाई Hugo De Bont ले बालबालिकाहरुलाई सिन्टरक्लासको गीत सिकाउदै, गाउनलगाउदै कार्यक्रम अगाडी बढाएका थिए । उनी स्थानीय सरकारको सदस्यहुन् । लगतै सिन्टरक्लासको आगमन सँगै सबै बालबालिकाहरुलाई असल बन्नको लागि आग्रह गर्दै उपहार दिएका थिए । यस कार्यक्रमलाई सफल बनाउन स्थानीय नेपाली ब्याबसायीहरुले सहयोग गरेका थिए जस्को अन्तमा सबैलाई खाजाको रूपमा पिज्जा खुवाईएको थियो ।