1457577632tax.gif

भारतीय मजदुरकै भरमा तरकारी खेती

अर्थ   |     |  
1455109306tarkari-kheti.jpg

भीमदत्तनगर, २७ माघ । पछिल्ला वर्षमा कञ्चनपुर तरकारीमा आत्मनिर्भर बन्दै गएको छ । तरकारी किन्न भारतीय बजार जानुपर्ने बाद्यता हटेको छ । तर तरकारी उत्पादनका लागि भने भारतीय मजदुरकै भर पर्नुपर्ने अवस्था छ । 

सदरमुकाम भीमदत्तनगर आसपासका दैजी, सुडा, झलारी, बागफाँटालगायतका क्षेत्रमा भारतीय मजदुरले जग्गा भाडामा लिएर तरकारी उत्पादन गर्दै आइरहेका छन् । “हामी स्थानीय उत्पादन बढ्यो भनेर खुसी भइरहेका छाँैं” कञ्चनपुर मण्डी व्यवसायी समितिका पूर्व अध्यक्ष तर्कराज भट्टले भन्नुभयो– “तर अझै पनि यहाँका किसान तरकारीखेतीमा व्यावसायिक रुपले लाग्न सकेका छैनन् ।” 

युवा जनशक्ति रोजगारीका लागि भारत तथा तेस्रो मूलुक गइरहेको भए पनि स्थानीयस्तरमा व्यवसायमा लाग्नतर्फ ध्यान नदिएको भट्ट बताउनुहुन्छ । पछिल्लो समय राना चौधरी समुदायका किसान तरकारी खेतीमा संलग्न हुन थालेका छन् । “बजारमा पाइने तरकारीमध्ये ८० प्रतिशत भारतीय मजदुरकै मिहेनतमा फलेको छ ।” जिल्ला कृषि विकास कार्यालयले पनि युवालाई विभिन्न कार्यक्रममार्फत कृषि व्यवसायमा स्थानीय किसानलाई आर्कषण गरेपनि जिल्ला अझै भारतीय मजदुरको उत्पादनले धानिरहेको जनाएको छ । 

“स्थानीयले तरकारी खेतीमा अझै ध्यान दिन सकेका छैनन्” जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले भन्नुभयो– “पछिल्लो समय थारु समुदाय तरकारी खेतीमा अग्रसर भइरहेको छ ।” सीमावर्ती भारतीय क्षेत्रका नागरिक विगत लामो समयदेखि कञ्चनपुरका विभिन्न ग्रामीण भेगसम्म पुगेर तरकारी उत्पादनबाट मनग्य आम्दानी गरिरहेका छन् । 

“यहाँका स्थानीयवासीले मिहेनत गर्न रुचाउन्नन्” भीमदत्तनगर मण्डीमा तरकारी बिक्रीका लागि आएका भारतको पिलिभितका गोविन्द मौरियले भन्नुभयो– “मैले सिङ्गो परिवार यही आएर तरकारी उत्पादन गरी पालेको छु ।” उनी विगत एक दशकदेखि कञ्चनपुरमा जग्गा भाडामा लिएर तरकारी उत्पादन गर्दैआएका छन् । सुरुमा भीमदत्तनगरपालिकाको महुलियामा तीन वर्ष तरकारीखेती गरेका मौरिय अहिले वनगाउँमा दुई बिघा जग्गामा तरकारी फलाउँदै आएका छन् । 

भारतीय मजदुर बाह्रै महिना तरकारी उत्पादन गर्छन् । पहिले भारतबाट तरकारी बढी मात्रामा आयात गरिन्थ्यो । अहिले तरकारी यहीँ उत्पादन भए पनि उत्पादन गर्न भने भारतीय मजदुरकै भर पर्नु परिरहेको छ । “पहिले यहाँ भारतीय सीमावर्ती सहर वनबासा, खटिमा तथा डडेल्धुरा, डोटी र सल्यानबाट तरकारी आयात गरिन्थ्यो” तरकारी व्यापारी विश्रामसिंह धामीले भन्नुभयो– “अहिले भारतीय मजदुरले बजार आसपासमै उत्पादन गरी मण्डीमा खपत गरिरहेका छन् ।” तरकारी खेतीबारे प्रायः भारतीय मजदुर नै बढी जानकार हुने गरेको उहाँको भनाइ छ । तरकारी उत्पादनका बेला कामको चाप बढेपछि भारतबाटै मजदुर बोलाएर काम लगाएर तरकारी उत्पादन गर्ने चलन छ । रासस


1453145926obamacare.gif
1435377950proactive.jpg
1469292057united.gif
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...
Advertisement