काठमान्डौँ- नेपाल राष्ट्र बैंकले बैंक, वित्तीय संस्थाको चुक्तापुँजी छोटो अवधिमै उच्च दरले बढाउनुपर्ने गरी मौद्रिक नीति जारी गरेसँगै सेयर बजार परिसूचक नेप्सेमा उछाल आएको छ। मौद्रिक नीति सार्वजनिक भएकै दिन नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचक ४०.३ अंकले बढेर बिहीबार १००३.३८ बिन्दुमा पुगेको छ। तर, यो उछाल धेरै दिन नटिक्ने अनुमान गरिएको छ।
मौद्रिक नीतिपछि बैंक, वित्तीय संस्थासामु चुक्तापुँजी बढाउन थप निष्कासन, बोनस र हकप्रद सेयर जारी गर्नुपर्ने विकल्प छन्। अर्को विकल्प मर्जर हो। त्यही बोनस वा हकप्रद सेयर पाइने आसमा लगानीकर्ताले सेयर किन्न थाल्दा एक–दुई दिन बजार बढे पनि लामो समय नटिक्ने सेयर विश्लेषक कुमारकेशर विष्टले बताए। 'नेप्सेको वृद्धि दिगो हुने सम्भावना छैन,' उनले भने।-एजेन्सी सहयोग
सेयर ब्रोकरहरु भने राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले बजारमा सकारात्मक प्रभाव पारेको बताउँछन्। बोनस र हकप्रद सेयर जारी गर्ने र त्यसको फाइदा लिन सकिने भएकाले लगानीकर्ताले सेयर किन्न थालेको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले बताए। 'मौद्रिक नीतिलाई लगानीकर्ताले सकारात्मक रुपमा लिएकाले बजार अझै बढ्ने सम्भावना छ,' उनले भने।
दुई वर्षभित्र बैंक, वित्तीय संस्थाले चुक्तापुँजी तोकेको मापदण्डमा पुर्यारउन सक्दैनन्। 'दुई वर्षमा बोनस सेयर वितरणबाट मात्रै चुक्तापुँजी ८ अर्ब पुर्या उन सक्ने हैसियत कुनै बैंक, वित्तीय संस्थाको छैन,' विष्टले भने, 'हकप्रद जारी गर्दा पनि बैंक, वित्तीय संस्थाका संस्थापक सेयरधनीले लगानी गर्न सक्दैनन्। ठूलो लगानी गर्न खोज्दा आम्दानीको स्रोत देखाउन कठिन छ।' यसले गर्दा पनि राष्ट्र बैंकले तोकेकै समयमा चुक्तापुँजी पुर्या उन उनीहरुलाई कठिन हुने उनको तर्क छ।
यस्तोमा बोनस र हकप्रद सेयरबाट फाइदा हुने लोभमा सेयर किन्ने साना लगानीकर्ता फस्ने र ठूलाले मौकाको फाइदा उठाउन सक्ने विश्लेषक बताउँछन्। 'तत्काल कुनै वित्तीय संंस्थाको सेयर मूल्य २० प्रतिशत बढ्यो भने १५ प्रतिशत पुनः ओर्लिने सम्भावना देखिन्छ,' विश्लेषक विष्टले भने। तर, एभरेेस्ट, हिमालयन, नबिल लगायतका बैंकहरुको सेयर मूल्य भने बढ्ने देखिन्छ। ती बैंकहरुले बोनस सेयर जारी गरेरै पनि चुक्तापुँजी पुर्या०उन सक्ने र हकप्रद सेयर जारी गर्दा पनि संस्थापकले लगानी गर्न सक्ने भएकाले उनीहरुको सेयर मूल्यमा खासै गिरावट नआउने उनको भनाइ छ।
नाफा कम गर्ने बैंक, वित्तीय संस्थाले नगद लाभांश र बोनस सेयरको बदला लगातार ३–४ वर्ष हकप्रद मात्र जारी गर्दा लगानीकर्ता अत्तालिन थाल्छन्। उनीहरुको धैर्य लामो समयसम्म टिकाउन सम्भव छैन। धैर्यको बाँध टुट्न थालेपछि बिक्रीको चाप बढ्ने र सेयर बजारमा पुनः गिरावट आउने विश्लेषकको भनाइ छ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंक, वित्तीय संस्थाले चुक्तापुँजी बढाउनुपर्ने नीति ल्याउनु, साउनभित्र संविधान आउने संकेत देखिनु लगायतले सेयर बजारका लगानीकर्तामा विश्वास बढेको मर्चेन्ट बैंकर एसोसिएसनका अध्यक्ष प्रवीणरमण पराजुलीले बताए।
वैशाख १२ को भूकम्पपछि सेयर बजार खुल्दा उच्च गिरावट आएको थियो। मौद्रिक नीति र चाँडै संविधान बन्ने संकेत देखिएपछि बजार फेरि उकालो चढ्न थालेको हो।
लगानीकर्ताले भूकम्पले पुर्यानएको क्षतिको तुलनामा राष्ट्र बैंकको पुँजी वृद्धि योजना, संविधान निर्र्माण गर्ने योजनाले बढी फाइदा हुने आंकलन गरेका छन्। यही अनुमानका कारण लगानीकर्तामा आत्मविश्वास बढ्दा बजार उकालो यात्रामा छ। भूकम्पपछि बजार घट्दै जाँदा ८ सय ३७.८३ बिन्दुमा ओर्लिएको नेप्से पुनः बढेर बिहीबार १ हजार ३ अंकभन्दा माथि पुगेको छ।
साना लगानीकर्ताका लागि भने यो अवस्था जोखिमपूर्ण छ। 'ठूला लगानीकर्ताले २०–५० कित्ता बढी मूल्यमा किनिदिँदा साना लगानीकर्ता अब बजार बढ्ने भयो भनेर किन्न थाल्छन्, त्यही मौकामा ठूलाले बेच्न थाल्छन्,' उनले भने, 'यस्तोमा साना लगानीकर्र्ता फस्न सक्छन्।' -एजेन्सी सहयोगमा