1457577632tax.gif

यो मन दर्शक र श्रोताका लागी –गायक रामहरि न्यौपाने

कला   |     |  
1457247500image.jpg
नेपाली गीतसंगीतको क्षेत्रमा जमेको नाम हो रामहरि न्यौपाने । काभ्रे जिल्ला रविओपी १ मा पिता गोवर्धन न्यौपाने र माता यक्षकुमारी न्यौपानेको ६ सन्तानमध्ये माइलोको रुपमा जन्मिएका न्यौपानेले इलाहावाद संगीत विश्वविद्यालयबाट शास्त्रीय संगीतमा प्रभाकर गरेका छन् । उनी गायक मात्र नभई स्थापित रचनाकार र संगीतकार पनि हुन् । ६ वटा गीति एल्बम र सय भन्दा बढि गीतहरु आफ्नै रचनामा पस्किसकेका न्यौपाने पछिल्लो समय आफ्नो नयाँ एल्बम यो मन श्रोता माझ पस्कने तयारीमा छन् । एकल साँझदेखि स्टेज कार्यक्रमसम्म व्यस्त रहने उनी संगीत र साधना बिनाको जीवन कल्पनै गर्न नसक्ने बताउँछन् । उनै न्यौपानेसँग सहकर्मी नवराज बजगाईंले गरेको छोटो कुराकानी यहाँ प्रस्तुत छ :
० यो मन कसका लागि ?
यो मन साँच्चै भन्नुपर्दा मेरा प्रिय श्रोता र दर्शकका लागि अर्पण गर्दछु ।
० यसमा अरु गीत संग्रहित गरी एल्बम आउँदैछ कहिले आउँछ ?
यस छैटौं एल्बम “यो मन” मा ५ वटा गीत समावेश गरेको छु । यो एल्बम २०७३ को पहिलो हप्ता विमोचन हुने छ । २०७२ मा अलि काम भ्याउन सकिएन त्यसैले २०७३ साल वैशाखमा श्रोताबीच आउनेछ ।
० यसमा कस्ता गीतहरु समावेश छन् ?
यस एल्बम अघाध प्रेमले भरिएको पाएको छु । चाहे त्यो देश प्रेम, चाहे मानव सम्बन्धको प्रेम । देशमा भएका विकृति विसंगतिलाई चिर्ने र २०७२ सालको भुकम्पलाई अवशेष नहुने पिडाका रुपमा सदैव आउने पिंढीहरु र यो भुकम्प महसुस नगर्नेले गीत मार्फत् महसुस गर्नेछन्, जागरुक हुनेछन् भन्नेमा म विश्वस्त छु र देश नेपाललाई अग्रगतिमा लैजान प्रयत्न गर्ने छन् । समग्रमा यो एल्बममा समाजमा रहेका सबै खाले श्रोता र दर्शक आफ्नै भावना रहेको अनुभुत गर्न पाउने छन् ।
० अहिले सम्म रामहरिले के कमायो ? के गुमायो ?
मैले पाएको करोडौं श्रोता र दर्शकको माया मात्रै हो । आज रामहरि न्यौपानेको नामले करोडौंले चिन्दा म धेरै पाएको महसुस गर्दछु । मैले गुमाएको समय हो त्यो कहिल्यै पाउँदिन । जीवनको ४० वर्ष यसैमा गुमाएँ ।
० यसको सिकाई के त ?
सबैले केही गर्ने हो भने समयमै गर्नुपर्छ यो मेरो सिकाइ हो । त्यसैले समय छँदै केहि गरौं भन्ने सन्देश दिन चाहन्छु । समय ढल्केपछि केहि गर्न सकिँदैन ।
० अबको योजना ?
नेपाली गीत संगीतलाई कसरी विश्व सामु पु¥याउने भन्नेमा लाग्ने छु । गीत संगीत बजार साँघुरिदै गएको बेला यसलाई व्यापकता दिन लाग्नु नै यो क्षेत्रको लागि आवश्यकता हुनेछ ।
० यो क्षेत्रमा प्रवेश गर्नेका लागी ?
प्रवेश गर्नाेस् जसको यस क्षेत्रमा चाहना छ, लगाव छ, साधना गरेर मात्र सफल भइन्छ । धैर्य गर्नसक्ने क्षमता बलियो बनाउनुहोस् नत्र वितृष्णा पैदा हुन्छ । संगीत सम्बन्धी ज्ञान हुनु जरुरी छ । सिक्नका लागि प्रयत्न गर्नुहोस् । सफल भइन्छ ।
० श्रोता दर्शकका लागी ?
मेरो छैटौं एल्बममा समावेश गरिएका गीतहरुलाई सबैले सुनेर प्रतिकृया दिनु होला मैले अझै सिक्ने अवसर प्राप्त गर्नेछु । जिवनमा सिकाई कहिल्यै सकिँदो रहेनछ ।
संसारको कुना काप्चा जहाँ पुगे पनि
श्रम गर्छु सीप छर्छु म पौरखी बनि
हिँड्छु सधै शिर उचाली म हुँ स्वाभिमानी
यो माटोमा जन्मे हुर्के म हुँ भाग्यमानी
आमालाई कहिल्यै भूल्दिन
नेपाल आमाको छोरो म.......
० अन्तमा ?
मलाई साथ दिने सञ्चार माध्यमलाई मुरी मुरी धन्यवाद व्यक्त गर्दछु । मेरो कदममा हरक्षणमा तपाईहरुले पु¥याउनु भएको योगदानको म सधैं ऋणी हुनेछु । त्यो ऋण म देश र जनजनका लागि राम्रा सृजना बनाएर र गाएर तिर्ने कोसिस गर्दैछु । धन्यवाद ।

1453145926obamacare.gif
1435377950proactive.jpg
1469292057united.gif
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

साउदी जेलमा थुनिएका काभ्रेलीलाई ९० लाख रुपैंया ‘ब्लड मनी’ को फैसला

1467985704saudi-1.jpg मधुसुधन गुरागाईं, कुशादेबी(काभ्रे), असार २० । स्वदेशमा हुँदा ६ लाख ऋण तिर्न नसकेर विदेशिएका युवालाई परिबन्दले...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...
Advertisement