1457577632tax.gif

यौन उत्तेजना, अज्ञान, भ्रम र यौन मनोविज्ञानमा जान्नैपर्ने पक्ष

1435941092couple_having_sex__medium_4x3.jpg

थुप्रै मानिस यौन समस्या लिएर अस्पताल या डाक्टरकहाँ आउँछन् । खासगरी यौन इच्छामा कमी आउने, यौनक्रियामा विर्य छिट्टै खस्ने, यौन उत्साह नहुने, यौन इच्छा बढी हुने, हस्तमैथुन गर्ने तथा निद्रामा स्खलन हुने समस्या लिएर । मानिसमा यौनको उत्तेजना मनोवैज्ञानिक तरिकाबाट निस्कन्छ । जब यौनका बारेमा सोचिन्छ वा यौनक्रिया अगाडि हाम्रो सोचाइले मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थीबाट उत्तेजनाको सुरुवात हुन्छ, तब हर्मोन सञ्चालन भई हाम्रो यौन अंगलाई उत्तेजित पारी पुरुष र महिलाका यौनांगबाट एक प्रकारको रस निस्कन्छ । जसले वंशाणुगत गुण सन्ततिमा सार्न सहयोग गर्छ र मानिसलाई उत्तेजित तथा आनन्दित बनाउँछ ।

यौन इच्छा नहुने समस्या पुरुष तथा महिलामा हुने एक जटिल समस्या हो । यौन इच्छा नहुँदा बाँझोपन पनि देखा पर्न सक्छ तर यौन इच्छा हुँदैन भन्ने कतिपय बिरामी अन्य रोगबाट पनि अदृश्य रुपमा पीडित भइरहेका हुन्छन् ।

 
 खासगरी डिप्रेसन रोगका कारण पनि यौन इच्छामा कमी हुन्छ । हर्मोनको गडबडी, मानसिक तनावको कारण मुख्य हुन सक्छन् । यौन मनको उत्तेजनामा सम्बन्धित हुने भएकाले खुसी हुँदा यौन इच्छा बढ्ने र चिन्ता पर्दा यौन इच्छा घट्ने हुन्छ । भनिन्छ, यौन उत्तेजनामा परिवर्तन गरी मानिसलाई १० वर्ष उमेर घटाउन सकिन्छ ।

 
राम्रो कुरा देख्दा, सुन्दा, सिनेमाका कुरा मनमा आउँदा र प्रफुल्ल हुँदा मानिसको यौन उत्तेजना सकारात्मक हुन्छ र यौनक्रियामा बढी सक्षम देखिन्छन् । तर, तनावमा परेको वा अनेकौं जटिल समस्या दैनिक क्रियाकलापमा आउँदा यौन इच्छा एकाएक घट्छ । यौन इच्छामा उमेरको पनि ठूलो हात हुन्छ । वयस्कमा यौन इच्छा बढ्दै जान्छ भने उमेर ढल्किँदै जाँदा यौन इच्छा क्रमशः घट्दै जान्छ ।

 
अर्को प्रसंग यौनक्रियामा विर्य छिट्टै खस्ने समस्या लिएर धेरै बिरामी आउँछन् । सामान्यतयः पुरुषमा यौन उत्तेजना छिट्टै आउँछ भने महिलामा ढिलो । सफल यौनक्रियामा पुरुष र महिलाको उत्तेजना एकैचोटी हुनुपर्छ । विर्य छिट्टै खस्ने पुरुषको यौन उत्तेजना चाँडैै हराउँछ र महिलामा यौन उत्तेजना सुरु हुन नपाउँदै यौनक्रिया समाप्त हुन्छ । त्यसले गर्दा दम्पतीमा मतभेद आउन सक्छ । त्यसैले दुवैको उत्तेजना आउने उपाय सोच्नु जरुरी हुन्छ । खासगरी नवविवाहित दम्पतीमा यस्तो समस्या देखिन्छ ।


केही बिरामी यौन इच्छा बढी भएको लक्षण बताउँछन् । यस्ता मानिस कहिलेकाहीँ मनोरोगबाट पनि पीडित हुन सक्छन् । हाइपोमोर्निया तथा मेनिया रोग एवं यौन इच्छा बढ्ने रोगका कारण यस्तो भएको हुन्छ । यस्ता मानिसमा यौन इच्छा बढी हुन्छ र धान्न नसक्दा विभिन्न समस्या आउँछ । हाम्रो समाजमा हस्तमैथुन धेरैले गर्छन् तर गोप्य राखेका हुन्छन् । खासगरी हस्तमैथुनलाई गोप्य राख्दा किशोरावस्थामा एक मनोवैज्ञानिक असर देखा पर्छ र ‘मैले गल्ती गरेँ’ भन्ने पर्न जान्छ । त्यस्तै निद्रामा स्खलन हुने भयो र कमजोर भइयो भनेर पनि डाक्टरकहाँ आउँछन् । विर्य खस्दा रगतभन्दा खतरा हुन्छ भन्ने धारणाले गर्दा चिन्तित भई धातु रोग भनेर उपचार गर्न आउँछन् । यस बाहेक समलिंगी (पुरुष–पुरुष र महिला–महिला) बीच यौनक्रिया गर्ने आदि समस्या भएका बिरामी पनि गोप्य रुपमा डाक्टरकहाँ आउँछन् ।


यौनक्रिया अत्यन्त गोप्य कुरा भएकाले आफ्नो समस्या लामो समयसम्म सहेर बस्ने बिरामी पनि धेरै छन् । रक्सी पिउने कतिपय बिरामी श्रीमतीलाई परपुरुषसँग हिँडेको दोष लगाउँछन् । यौन समस्या भएका बिरामी सर्जन, स्त्रीरोग विशेषज्ञ, प्रहरी चिकित्सक, छाला रोग विशेषज्ञदेखि मनोरोग विशेषज्ञसम्म पुगेका हुन्छन् । डिल्युजन रोगका बिरामी आफ्नो (श्रीमान्÷श्रीमती) लाई शंका गर्दछन् । अनेकौं कुरा तथा प्रमाण जुटाउन खोजीनीति गर्छन् र शंकै–शंकामा डुबेका हुन्छन् ।

 
कति डिप्रेसन रोगका बिरामी मेरो रोग यौन रोग हो भन्दै उपाय खोज्दै हिँडेका हुन्छन् । मेनिया रोगका बिरामीमा यौन उत्तेजना बढी हुन्छ । यस्ता बिरामी उमेरै नपुगी विवाह गर्ने, बहुविवाह गर्ने वा वेश्यावृत्तिको अवस्थामा पनि पाइन सक्छ । सिजोफोर्नियाका बिरामीमा यौन उत्तेजना हुँदैन । उनीहरु यौनबारे अनेकौं गलत विश्वास लिई बसेका हुन्छन् ।


यौन मनोविज्ञानमा जान्नैपर्ने पक्ष

 
–    यौन एक मनोवैज्ञानिक समस्या हो । मनलाई परिवर्तन गरी यौन इच्छा बढाउन र घटाउन सकिन्छ ।
–    यौन अत्यन्त गोप्य राख्दा अनेकौं मनोवैज्ञानिक समस्या आउन सक्छ ।
–    यौन समस्या पुरुष र महिला दुवैमा पाइन्छ ।
–    यौनबारे वैज्ञानिक धारणा आवश्यक छ ।
–    उपचार गरे यौन रोग निको हुन्छ ।
–    यौन अंग र यसका कामबारे धेरै मानिसलाई जानकारी छैन ।
–    प्रसिद्ध मनोवैज्ञानिक फ्रायडका अनुसार मानिसको हरेक गतिविधि यौनबाट सञ्चालित हुन्छ ।
–    यौनबारे सम्झना गरिरहँदा मनको तनाव घट्छ ।


–    महिलामा १२–१३ वर्ष र पुरुषमा १४–१५ वर्षदेखि यौन अंगको विकास सुरु हुन्छ ।
–    विवाहपछि वंशज रक्षा गर्न वा सन्तान जन्माउन यौनक्रियाको महत्वपूर्ण भूमिका रहन्छ । यौनक्रियामा आनन्द नहुँदो हो त मानिसको वंश नै लोप हुन्थ्यो होला ।
–    महिलामा यौन चाहना महिनावारीको चक्र अनुसार परिवर्तन भइरहन्छ तर पुरुषमा त्यस्तो हुँदैन । जति बेला पनि चाहना बढ्ने वा घट्ने हुन सक्छ ।
–    सामान्यतया मन आनन्द हुन मानिसमा यौन चाहना बढ्ने र मनमा तनाव हुँदा यौन चाहना घट्ने हुन्छ ।
–   यौन चाहना नहुँदा श्रीमान्–श्रीमती विवाह बन्धन टुटेको धेरै उदाहरण छन् । विवाह त भयो तर सँगै नसुत्ने दम्पतीमध्ये कुनै एकमा यौन चाहना नै नहुँदा छोडपत्र भएका घटना छन् ।
–    यौनबारे जानकारी नहुँदा वा असुरक्षित यौन सम्पर्क गर्दा कतिपय मानिस एड्स, हेपाटाइटिस बी जस्ता रोगबाट पीडित हुन्छन् । त्यसैले सुरक्षित यौन सम्पर्क आवश्यक छ ।
–   मानिसमा यौन चाहना उत्तेजनाबाट सुरु हुन्छ । मनमा सोचाइ लिँदा, फिल्मका दृश्यहरु सम्झँदा यौन चाहना बढ्छ र तत्काल यौन सम्पर्क गर्न सक्षम हुन्छन् ।

 

डा. सीपी सेडाई
नशा तथा मनोरोग विशेषज्ञ   
चितवन मेडिकल कलेज

 

1453145926obamacare.gif
1435377950proactive.jpg
1469292057united.gif
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...
Advertisement