1457577632tax.gif

राष्ट्रपतिलाई मधेशी मोर्चाको आग्रह : अभिभावक बन्नुहोस्

राजनीति   |     |  
14941419551494121027bidhya-bhandari-president.jpg

काठमाडौं । मधेसी मोर्चाका नेताले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधानको अभिभावकको भूमिका निर्वाह गर्न र परिआएमा कठोर कदमसमेत उठाउन सुझाव दिएका छन्।न्यायपालिका र व्यवस्थापिकाको भिडन्तकै क्रममा राष्ट्रपति र सभामुखसमेत ठूला दलको महाभियोगको निशानामा पर्न लागेको संकेत गर्दै उनीहरूले राष्ट्रपतिले तटस्थ र प्रभावकारी भूमिका निर्वाह नगरे राज्यका सबै निकाय अस्तित्वविहीन हुने चेतावनी पनि दिए । संकट चुलिँदै गएका बेला राष्ट्रपति भण्डारीले संविधानको अभिभावकका रूपमा आफूले निर्वाह गर्नुपर्ने भूमिकालगायत विषयमा छलफल गर्न मोर्चाका नेताहरूलाई बोलाउनुभएको थियो ।

हाँसीमजाक र राजनीतिक विषयबारे हल्का टिप्पणीकै क्रममा राष्ट्रपतिले मधेसी मोर्चालाई सबै पार्टीसँग सहमति बनाउने प्रयास गर्न र संसद्मा प्रमुख प्रतिपक्षी दल एमालेलाई टाढा नराख्न सुझाव दिएपछि मोर्चाका नेताहरूले आआफ्नो बोल्ने क्रममा आक्रामक शैलीमा टिप्पणी गरेका थिए ।शीतलनिवासमा शुक्रबार साँझ ५ बजेदेखि ८ बजेसम्म भएको छलफलमा मोर्चाका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, सीपी सिंहलगायत १० जना सहभागी थिए भने राष्ट्रपतिका तर्फबाट उहाँका सल्लाहकार सुशील प्याकुरेल हुनुहुन्थ्यो । राष्ट्रपतिले आफ्ना भनाइ राख्दै ६ वटा मधेसवादी पार्टी मिलेर राष्ट्रिय जनता पार्टी नेपाल बनेकोमा शुभकामना दिनुभएको थियो ।

‘संविधानलाई गतिशील बनाउन र यसको उपलब्धि ग्रहण गर्ने कार्यमा सहभागी हुन आग्रह गर्छु । संवाद र सहमतिको प्रक्रियाबाटै सबै कुराले निकास पाउँछ’, राष्ट्रपतिको भनाइ उद्धृत गर्दै फोरम गणतान्त्रिकका महासचिव सीपी सिंहले भन्नुभयो, ‘एमालेसँग पनि दूरी कम गरी वार्ताका लागि अघि बढ्नुहोस् ।’ राजपा नेता महन्थ ठाकुरले एमालेसँग दूरी बढ्नुमा मोर्चा नभएर केपी शर्मा ओलीसहित अन्य दलका नेता र कार्यकर्ता दोषी रहेको जानकारी राष्ट्रपतिलाई दिनुभएको दाबी स्रोतले गरेको छ ।

‘कांग्रेस, माओवादी केन्द्रलगायत दलसँग पनि कतिपय एजेन्डामा फरक मत छ तर उनीहरू ओलीले जस्तो कुनै अर्को पार्टी, जात, वर्ग र क्षेत्रप्रति विषवमन गर्दैनन्’, ठाकुरको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । संसद्मा आफूभन्दा साना दलसँगको निकटतामा ठूलाको माया, ममता र स्नेह अपरिहार्य हुन्छ भन्ने पाठ सम्बद्ध पक्षले सिक्नुपर्नेमा राजपा नेताहरूले जोड दिएका थिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।


 


1453145926obamacare.gif
1435377950proactive.jpg
1469292057united.gif
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

साउदी जेलमा थुनिएका काभ्रेलीलाई ९० लाख रुपैंया ‘ब्लड मनी’ को फैसला

1467985704saudi-1.jpg मधुसुधन गुरागाईं, कुशादेबी(काभ्रे), असार २० । स्वदेशमा हुँदा ६ लाख ऋण तिर्न नसकेर विदेशिएका युवालाई परिबन्दले...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...
Advertisement