1457577632tax.gif

वर्षाको कारण गभ्भीर क्षति, रेडक्रसकर्मीहरु अहोरात्र खटिदै

राष्ट्रिय   |     |  
150263444011-Red-Cross-Volunteers-in-Jhapa.jpg

वर्षाको कारण गभ्भीर क्षति, रेडक्रसकर्मीहरु अहोरात्र खटिदै गएको दुइहप्तामा वाढी र पहिरोको कारण मुलुकका विभिन्न स्थानमा ६४ जनाको ज्यान गएको छ । त्यस्तै, ४४ जना घाइते भएका र १६ जना हराइरहेका छन् । वाढी तथा पहिरोले १९ हजार ८ सय १९ परिवार प्रभावित भएका र झण्डै दुइहजार परिवार विस्थापित हुन पुगेका छन् । विपद्को कारण २९ जिल्लामा २ हजार १ सय त्रिपन्न घरहरु आँशिक क्षती भएका छन् भने ७ सय अठ्ठाइस घर पूर्ण क्षति भएका छन् । यो दुइहप्तामा ४ सय ४५ रेडक्रसका स्वयँसेवकहरु सेवार्थ खटाइएको छ ।
गएको दुई दिनको अविरल वर्षा
गत दुइ दिनको अविरल वर्षाको कारणमात्र कम्तिमा ३० जनाले ज्यान गुमाएको प्रारभ्भिक अनुमान छ । ४ हजार घर डुवानमा परेका छन् । रेडक्रसका झापा, मोरङ, सुनसरी, सिरहा, सर्लाही, बारा, ललितपुर, सिन्धुली, पाँचथर, सप्तरी, बाँके, दाङ र बर्दिया लगायतका शाखाहरुबाट तत्काल सहयोग सुरु गरिएको र १५० वढी उद्यारकर्मी, प्राथमिक उपचारक तथा रेस्पोन्स स्वयँसेवकहरु खटिएका छन् । ती स्वयँसेवकहरुले मानिसहरुलाई स्थानान्तरण, प्राथमिक उपचार र सामग्री ओसार पसारमा सहयोग गरेका छन् ।
नेपाल रेडक्रसको केन्द्रीय कार्यालयमा आपत्कालीन अपरेसन केन्द्रलाई सक्रिय बनाइएको छ । जिल्ला जिल्लामा पनि स्थानीय विपद् व्यवस्थापन समितिको निकटमा रही आपत्कालीन टोली सक्रिय बनाइएको छ ।
झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, बाँके, बर्दिया, दाङ, सर्लाही, बारा, पाल्पा, सिन्धुली जिल्लाहरु वढी प्रभावित भएका नेरेसो विपद् व्यवस्थापन विभागले तयार गरेको प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ । अविरल वर्षाको कारण प्रभावितहरु समक्ष पुग्नै समस्या भएको छ । कतिपय स्थानमा जाने बाटो लगायत विद्युत आपूर्ति र सञ्चार सम्पर्क विच्छेद भएको छ ।
आज केही स्थानमा त्रिपाल तथा तयारी खानेकुराको सहयोग पनि उपलव्ध गराइएको छ । जिल्लाहरुमा नपुग ९ सय ३१ परिवारलाई पुग्ने गैर खाद्य सामग्री तथा ८ सय अतिरिक्त त्रिपालहरु केन्द्रीय गोदामघरहरुबाट जिल्लाहरुमा पठाइसकिएको छ । आजै क्षेत्रीय गोदामघरबाट ३०० थान त्रिपाल सर्लाही र बारामा वितरणको लागि पठाइएको छ ।
भारदेऊ ललितपुरमा आज राहत सामग्री वितरण गरिएको ललितपुर शाखाका सभापति बेखामान व्यन्जनकारले जानकारी दिनुभयो ।
सिरहाबाट अशोक यादवले दिनुभएको जानकारी अनुसार कम्तिमा ५० बस्ती डुवानमा परेका छन् । सिरहाको लाहन, औराही, निर्दना, इटारी पर्साही कल्याणपुर क्षेत्र वढी प्रभावित भएको र कम्तिमा २०५ परिवार विस्थापित भएका छन् । यसबाट ९०० जना प्रत्यक्ष प्रभावित बनेका छन् ।
अबस्थाको बारेमा बर्दियाबाटे पठाउनुभएको जानकारी अनुसार बर्दियाको ठाकुरद्धारा, बाँसगढी र वारबर्दिया नगरपालिका तथा बडैयाताल गाँउपालिका वढी प्रभावित भएको सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । त्यहाँ ३ जना घाइते, एकजना हराइरहेको र १०३० जना विस्थापित भएको अवस्था छ । १६ घरधुरी पूर्ण क्षती भएका छन् । उता बाँकेमा शाखा प्रमुख निरन्जना मल्लले जानकारी दिनुभएको छ ।
सुरक्षित व्यवहार अपनाउन अनुरोध:
अहिलेको अवस्थालाई दृष्टिगत गर्दै वीवीसी नेपाली सेवासँगको कुराकानीमा नेपाल रेडक्रसका अध्यक्ष सञ्जीव थापाले भन्नुभयो: आपत्कालीन अवस्थामा जीवन रक्षा नै महत्वपूर्ण हुन्छ । पहिले आफू सुरक्षित भई निस्कने, त्यसपछि सुरक्षित स्थानमा जाने, मोवाइल वा अरु कुनै तरीकाले छिमेकी, रेडक्रस वा सरकारी निकायमा सम्पर्क गरेमा वाढी वा पहिरोको अवस्थामा ज्यान जोगाउन सहज हुनसक्छ । यस्तो बेला पिउने पानी र स्वास्थ्यको पनि निकै ख्याल गर्नुपर्दछ ।



1453145926obamacare.gif
1435377950proactive.jpg
1469292057united.gif
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...
Advertisement