1457577632tax.gif

वैदेशिक रोजगारले लुट्यो सर्वस्व

राष्ट्रिय   |     |  
1439307412images-1.jpg
  वासुदेव काफ्ले
घरजग्गा र सम्पत्तिसहित पत्नी अर्कैसँग हिँडेपछि वैदेशिक रोजगारीका लागि मलेसिया गएका नेपालगन्ज २४ का दानबहादुर शाही निकै तनावमा छन् । दु:ख, सुखमा साथ दिने पत्नीले धोका दिएपछि उनलाई ठूलो धक्का पुगेको हो । नेपालगन्ज उपमहानगरपालिकाभित्र पर्ने लाखौँ मूल्यको घर अरू कसैको भइसकेको रहेछ । हाल उनी छोरीसहित आफन्तको घरमा बस्न बाध्य छन् । अर्कैसँग श्रीमती लागेको खबर पाएपछि उनी अघिल्लो सातामात्रै मलेसियाबाट नेपालगन्ज फर्किएका हुन् ।  
‘जसको खुसीका लागि पैसा कमाउन विदेश गएँ उसैले मेरो सर्वस्व लुट्यो । विदेशमा दु:ख गरी कमाएर पठाएको पैसा र घरजग्गा सबै लुटी’ न्यायका लागि प्रहरीमा दौडधुप गरिरहेका उनले भने, ‘घरमा राखेको ८ तोला सुनका गहना, आइफोन, ल्यापटप सबै लगिन् । छिमेकीसँग मेरो नाममा ७ लाख ऋण पनि लिएकी रहिछन् ।’    विदेश जानुअघि शाही नेपालगन्जको एक गैरसरकारी संस्थामा काम गर्थें । धेरै पैसा कमाउने आशामा ५ वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएँ, श्रीमती रुक्माकुमारी र एक छोरीलाई घरमै छोडेर । तीन–तीन महिनामा उनले विदेशबाट पैसा पठाउँथे । ५ वर्षमा १५ लाख ५० हजार श्रीमतीलाई पठाएको उनले बताए ।
विश्वास गरेरै घरजग्गा श्रीमतीकै नाममा राखेका थिए । तर पति विदेश गएपछि रुक्माले उक्त घरजग्गा आफ्नो आमाको नाममा पास गरेर बैंकबाट लोन लिइएको छ । जुन जग्गा बैंकले पैसा तिर्न नसकेको भन्दै लिलामीमा राखेको छ । उनी बागेश्वरी २ खजुराका सोमनबहादुर पाण्डेसँग दोस्रो विवाह गरेर त्यही घरमा बस्दै आएकी थिइन् ।
‘श्रीमतीका बारेमा छिमेकीबाट टीकाटिप्पणी हुन थालेपछि आत्तिएर कसैलाई थाहै नदिई गत आइतबार घर फर्किए । घर पुग्दा नसोचेको दृश्य आफ्नै आँखा अगाडि देख्नुपर्‍यो । सोमनबहादुर र श्रीमती मेरै घरमा थिए । म पुगेको थाहा पाउने बित्तिकै दुवै जना भागे,’ दानबहादुरले भने,‘ ‘विदेशबाट जोडेको सम्पत्तिले घरमा सुखसँग जीवन बिताउँला भनेको उल्टो सबै वर्वाद भइसक्यो ।’
उनले सम्पत्ति फिर्ता पाउनका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । उनीहरू भागेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘दानबहादुर विदेशमै रहेका बेला रुक्माकुमारीले श्रीमानले घरबाट निकाला गरेको भन्दै सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी थिइन् । तर पति विदेशमा रहेकाले घरमै म्याद तामेल गराई मुद्दा फैसला गराएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका इन्चार्ज प्रहरी निरीक्षक हिक्मत बोहराले भने, ‘वैदेशिक रोजगारले बलबहादुर सडकमा आएका छन् । फरार रहेका दुवै जनाको खोजी भइरहेको छ । न्याय दिलाउन प्रयास गर्छौं ।’ रुक्मासँग विवाह गर्ने पाण्डेको घरमा जेठी श्रीमती, दुई छोरी र एक छोरा छन् । रुक्मासँग विवाह दर्ता गराएको थाह पाएपछि जेठी श्रीमती बहुविवाह दर्ता गराउन प्रहरी कार्यालय आएकी छन् ।
- कान्तिपुर बाट साभार


1453145926obamacare.gif
1435377950proactive.jpg
1469292057united.gif
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

यौन जीवन सफल बनाउन महिलाले गर्नुपर्ने व्यायम

14348194291 squat.jpg हुन त महिलाहरु प्राकृतिक रुपमा नै निकै आकर्षक मानिन्छन | सुनमा सुगन्ध थप्ने काम गर्छ व्यायमले |  दैनिक व्यायम...
Advertisement