1457577632tax.gif

व्यायामले निरोगी मात्रै हैन साथीभाइ पनि बनाउँछ

स्वस्थ जीवन   |     |  
1453708592exercise.jpg
  Ashish Dhamala

चितवन, ११ माघ । नारायणगढका प्रतिष्ठित व्यवसायी ६८ वर्षीय अमृतमान शाक्य हरेक दिन बिहान भरतपुरको कभर्डहलमा व्याडमिन्टन खेल्न हुन्छ । उहाँसँगै झण्डै एक सय ४० जना युवा, वयस्क र बृद्धहरु कडा व्यायमका साथ व्याडमिन्टन खेल्न व्यस्त देखिन्छन् । पूर्व खेलाडी समेत रहनु भएका शाक्यले सोही कभर्डहलमा नियमित खेल्नु भएको सात वर्ष भैसक्यो । मधुमेहको समस्या भएका शाक्य नियमित खेल पुनः थालेपछि त्यो समस्याबाट पनि मुक्त भएको बताउनुहुन्छ । 

बिहान ४ः३० बजेदेखि १० बजेसम्म कभर्डहलभित्रका चार वटा व्याडमिन्टन कोट खालि हुँदैनन् । एउटा कोर्टमा चार जना खेलाडी खेलमा व्यस्त देखिन्छन् । जिल्लाका प्रमुख जिल्ला अधिकारी, वरिष्ठ प्रहरी उपरीक्षक हुँदै कार्यालय प्रमुखहरु र जिल्लास्थित उद्योगी व्यवसायी धेरैको बिहानीको समय कभर्डहलभित्र खेल खेल्न र व्यायाम गर्नमा बित्ने गर्दछ । 

चितवन जिल्ला ब्याडमिन्टन सङ्घका तृतीय उपाध्यक्ष समेत रहनुभएका भरतपुर उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत टीकाराम कँडेल १८ वर्षदेखि ६८ वर्षसम्मका युवा, वयस्क र बृद्ध कभर्डहलभित्र खेलमा रमाउने गरेको बताउनुहुन्छ । चितवनको भरतपुर मात्र होइन नवलपरासीको गैंडाकोट, पश्चिम चितवन र पूर्वी चितवन भेगबाट पनि व्याडमिन्टन खेल्न आउने गरेको कँडेलको भनाइ छ । 

नवलपरासीको गैंडाकोटको गैह्रीबाट दिनहुँ खेल्न आउनु हुने दया सापकोटा खेलले व्यायामसँगै साथीभाइसँग चिनजान बढाउने गरेको र शरीरलाई पनि फाइदा हुने गरेको बताउनुहुन्छ । 

सङ्घका सहसचिव नारायण ढकाल वार्षिक रुपमा प्रतिव्यक्ति चार हजार रुपैयाँ तिरेपछि कभर्डहलभित्र खेल खेल्न पाइने बताउनुहुन्छ । सङ्कलित पैसाले सरसफाइका अतिरिक्त जेनेरेटर सञ्चालन गर्न खर्च गरिने छ । आवश्यक अन्य पूर्वाधार र खेल सामग्रीका लागि पनि सो रकम खर्च गरिन्छ । 

एक समूहले ४५ मिनेट खेल खेल्ने गर्दछन् । खेल खेलिसक्दा शरीरबाट पसिना बगिसक्ने भरतपुरको हिलबर्ड बोर्डिङ स्कूलका सहायक प्राचार्य चेतन सेढाई बताउनुहुन्छ । उच्च रक्तचाप र तौल बढेसँगै दुई वर्ष अघिदेखि नियमित व्याडमिन्टन खेल्न सुरु गर्नुभएका सेढाईको अहिले रक्तचाप सामान्य भएको र तौल १० किलो घटेको छ । 

पन्ध्र वर्ष अघिदेखि यो कभर्डहल बिहानभर व्याडमिन्टन खेलका लागि भरिभराउ हुने गरेको छ । सङ्घका प्रथम उपाध्यक्ष उपेन्द्रसिंह पन्त राष्ट्रिय खेलका लागि कभर्डहल मर्मत सम्भार गरिएको बताउनुहुन्छ । तीन वर्ष अघि सो कभर्डहलमा पार्केटिङ समेत गरिएको थियो । 

युवा पिंढीलाई खेलतर्फ आकर्षण गर्न जति गर्नुपर्ने हो त्यति गरेको नपाइएपनि कभर्डहल उमेर पुगेकाहरुका लागि राम्रो व्यायामको स्थल बन्न पुगेको छ । 

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख डिभिजन इञ्जिनियर मुकुन्दराज अधिकारी खानपान गडबड हुने हुँदा मुटुको समस्या बढ्न नदिन शारीरिक व्यायाम आवश्यक पर्ने बताउनुहुन्छ । यसका लागि खेल उपयुक्त हुने उहाँको अनुभव छ । अन्य जिल्लामा रहँदा पनि खेलमा रुचि राख्ने गरेको बताउने उहाँ चितवन आएपछि खेल्न दैनिक रुपमा कभर्डहलमा आउनुहुन्छ । 

सङ्घका द्वितीय उपाध्यक्ष भरत मल्ल जिल्लामा खेलको विकासका लागि थप तीन चार वटा कभर्डहल आवश्यक रहेको बताउनुहुन्छ । खेलले शरीरमा फूर्ति ल्याउने र निरोगी हुने हुँदा पाको उमेरसम्म खेल्नका लागि थप कभर्डहल बनाउनपर्ने उहाँको सुझाव छ । सङ्घकै पहलमा नारायणगढको बालकुमारी उच्च मावि नजिकै तरकारी मण्डी भएको ठाउँमा थप कभर्डहल निर्माण गर्ने प्रक्रिया अगाडि बढेको छ । 

चिकित्सकहरुले पनि नियमित व्यायाम गर्न सुझाव दिंदै आएका छन् । भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारी नियमित खेलिने खेलले स्नायु प्रणाली, रक्तसञ्चार प्रणाली र मासंपेशीमा एकैसाथ व्यायाम हुने बताउनुहुन्छ । यसरी खेल्दा शरीरमा खराब कोलेस्टर जम्मा हुन नदिने, रगतको चाल व्यवस्थित हुने हुँदा उच्चरक्तचाप, मधुमेह र युरिक एसिडको समस्या नआउने अधिकारी बताउनुहुन्छ । त्यसका अतिरिक्त मानिसको पेट बढेपछि हुने धेरै समस्या यसले निराकरण गर्ने उहाँको भनाइ छ । नियमित खेल खेल्नेहरुको पेट बढ्दैन । यसका साथै मानसिक रुपमा पनि मानिस स्फूर्तिलो हुने हुँदा रोगको समस्या कम हुने अधिकारीको अनुभव छ । रासस


1453145926obamacare.gif
1435377950proactive.jpg
1469292057united.gif
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

साउदी जेलमा थुनिएका काभ्रेलीलाई ९० लाख रुपैंया ‘ब्लड मनी’ को फैसला

1467985704saudi-1.jpg मधुसुधन गुरागाईं, कुशादेबी(काभ्रे), असार २० । स्वदेशमा हुँदा ६ लाख ऋण तिर्न नसकेर विदेशिएका युवालाई परिबन्दले...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...
Advertisement