कृष्णप्रकाश श्रेष्ठ, मास्को, रुस महासंघ:-
रुस महासंघको उत्तरी राजधानी मानिने सेन्टपिटर्सबुर्ग महानगरीमा गत २५ जनवरी २०१६ (सोमबार) का दिन नेपालको वाणिज्य दूतावासको उदघाटन समारोह सम्पन्न भएको छ । रुसको सांस्कृतिक राजधानीको केन्द्रमा रहेको केन्द्रमा रहेको ‘एम्बेसेडर’ होटलको नवौँ तलामा रुस र नेपालका राष्ट्रिय झण्डाहरुद्वारा सिंगारिएको विशाल सभाकक्षको मञ्चबाटसेन्टपिटर्सबुर्गमा रुस महासंघको परराष्ट्र मन्त्रालयका प्रतिनिधि भ्लादिमिर जापेभालोभद्वारा समारोहको शुभारम्भ गरिएपछि रुसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाले यस महानगरीका उद्यमी अलेक्सान्द्र तेरेन्चएभलाई नेपाल सरकारको तर्पmबाट सेन्टपिटर्सबर्ग र लेनिनग्राद अञ्चलका लागि अवैतनिक वाणिज्यदूत नियुक्त गरिएको घोषणा गर्नुहुँदै नेपालको अवैतनिक वाणिज्यदूतको सम्मानित पदमा नियुक्तिपत्र हस्तान्तरण गर्नुभयो ।
आफ्नो मन्तव्यमा महामहिमज्यूले नेपालकानवनियुक्त वाणिज्यदूतलाई हार्दिक बधाई दिँदै अंशतः भन्नुभयो : ‘नेपाल र रुसको द्विपक्षीय सम्बन्ध, पारस्परिक स्वार्थ तथा सम्भाव्यताहरुलाई ध्यानमा राखेर नेपाल सरकारे उहाँलाई अवैतनिक वाणिज्यदूतको रूपमा नियुक्त गरेको छ । यस वर्ष नेपाल र रुसको सम्बन्ध स्थापना भएको ६० वर्ष पुग्दैछ र हामी यो महत्त्वपूर्ण वर्षलाई विशेष गतिविधिहरुका साथ मनाउने र हाम्रो सहसम्बन्धलाई अझ विस्तार गर्न प्रतिबद्ध छौँ । यस वाणिज्यदूतको कार्यालयको उद्घाटन पनि यस वर्षका लागि योजना गरिएका नतिविधिहरुमध्येको एक हो...’
आफ्नो मन्तव्यमा महामहिमज्यूले नेपाल तथा रुसबीच सुमधुर सम्बन्धको उल्लेख गर्दै अन्त्यमा जोड दिनुभयो : ‘यस वाणिज्य दूतावासले यहाँ बस्ने तथा घुम्न आउने नेपालीहरूलाई पासपोर्ट लगायत आवश्यक कन्सुलर सेवा तथा सहयोग प्रदान गर्नेछ । यसै गरी व्यापार तथा लगानी प्रबद्र्धन र नेपालको पर्यटन प्रबद्र्धन यसको मुख्य काम हुनेछ । मलाई पूर्ण विश्वास छ तेरेन्तेभज्यू यी जिम्मेवारीहरु वहन गर्नको लागि उपयुक्त व्यक्ति हो र उहाँले नेपालप्रति अगाध प्रेम दर्शाई नेपाल र रुसको सम्बन्ध विस्तारमा राम्रै योगदान पुरयाउनु हुनेछ’ ।
तत्पश्चात् विभिन्न राजकीय तथा सामाजिक संस्थाका प्रतिनिधिहरुबाटरुसमा नेपालका अवैतनिक वाणिज्यदूतको रूपमा अलेक्सान्द्र तेरेन्तएभको नियुक्तिको सन्दर्भमा शुभकामना सम्बोधनको क्रम चल्यो । सर्वप्रथम सेन्टपिटर्सबुर्गमा रुस महासंघको परराष्ट्रमन्त्रालयका प्रतिनिधि भ्लादिमिर जापेभालोभले रुसको यस महानगरीमा नेपालका नवनियुक्त वाणिज्यदूतलाई हार्दिक बधाई ज्ञापन गर्दै रुस–नेपाल सम्बन्धको प्रवर्धन र विकासकार्यमा सफलताप्राप्तिको कामना व्यक्त गरेका थिए । रुस महासंघको उत्तर–पश्चिम सङ्घीय प्रदेशमा रुसका राष्ट्रपतिका प्रतिनिधिको कार्यालयका प्रमुख सङ्घीय निरीक्षक भ.अ.मिनेन्को, सेन्टपिटर्सबुर्गको बाह्य सम्बन्ध समितिका प्रथम उपाध्यक्ष इ.ओ.लोन्स्की, सेन्टपिटर्सबुर्गको विधायिका सभाको बाह्य सम्बन्ध निकायकी प्रमुख एन.आ.आखादोभा, लेनिनग्राद अञ्चलको विधायिका सभाका उपाध्यक्ष आ.ब.बेलोउस, लेनिनग्राद अञ्चलको बाह्य सम्बन्ध समितिकी प्रथम उपाध्यक्ष ई.ल.बिगोत्स्काया आदि पदाधिकारीहरुबाट पनि अलेक्सान्द्र तेरेन्चएभलाई नेपालको अवैतनिक वाणिज्यदूतको रूपमा नियुक्ति गरिएको सन्दर्भमा हार्दिक शुभकामनाका शब्दहरू व्यक्त गरिएको थियो । यसै सिलसिलामा मास्कोबाट सेन्टपिटर्सबुर्ग पुगेका रुस–नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल.नेक्रासोभले पनि नेपालका नवनिर्वाचित वाणिज्यदूतले दुई देशबीच मैत्री र सहयोग विकासमा गहकिले योनदान पुरयाउने छन् भन्ने विश्वासका साथ हार्दिक शुभेच्छा व्यक्त गरेका थिए भने रुसमा बसोबास गरिरहेका हामी सबै नेपालीहरूका साथै विश्वका विभिन्न देशहरूमा रहेका ४० लाखभन्दा बढी नेपालीहरूको तर्पmबट समेत गैर आवासीय नेपाली सङ्घ अन्त र्राष्ट्रिय समन्वय परिषदका निवर्तमान अध्यक्ष श्री जीबा लामिछानेले आजभन्दा १४० वर्षअघि तत्कालीन रुस साम्राज्यको राजधानी रहेको जुन नगरको विश्वविद्यालयमा प्राध्यापक रहेका विश्वविख्यात प्राच्यविद इभान पाभ्लोभिच मिनाएभले नेपालको यात्रा गरेर दुई देशबीच जनस्तरमा सम्बन्ध स्थापना गरेको र एक शताब्दीभन्दा अघिे नै सन् १९०८ मा नेपालका मानवतावादी साहित्यकार जयपृथ्वी बहादुर सिंहद्वारा नेपालीहरुमध्ये पहिलो भएर यात्रा सम्पन्न गरेको यस महानगरीमा नेपालको वाणिज्यदूतावास स्थापना हुन गइरहेकोमा हर्षप्रकट गर्दै रुसमा नेपालका प्रथम अवैतनिक वाणिज्यदूतमा नियुक्ति पाउने अलेक्सान्द्र तेरेन्चएभलाई हाम्रा दुई मित्रराष्ट्रबीच चौतर्फी सम्बन्ध विकासकार्यमा उत्तरोत्तर सफलताको हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।
यहाँनेर पाठकवृन्दलाई सन् १९६३ को १६ सप्टेम्बरका दिन लेनिनग्राद (सेन्टपिटर्सबुर्ग) मा जन्मेका नेपालका नवनियुक्त अवैतनिक वाणिज्यदूतअलेक्सान्द्र भ्लादिमिरोभिच तेरेन्तेभको सङ्क्षिप्त परिचय दिन चाहन्छु । स्मरण रहोस्, उनी अङ्ग्रेजी भाषामा पोख्त छन् र सन् २००३ देखि यता उनले पाँच पटक नेपालको यात्राभ्रमण गरिसकेका छन् । उनको व्यक्तित्व बहुमुखी छ । उनले लेनिनग्रादको समुद्री इन्जिनियरिंग उच्च शिक्षालयबाट सन् १९८६ मा समुद्री मार्गमा जहाज परिचालन भन्ने विशेषज्ञता हासिल गरेका थिए भने सन् १९८६ देखि १९९२ सम्म एस्तोनियाको जहाज परिवहनमा काम गरेर सन् १९९३ मा जहाजचालकको डिग्री प्राप्त गरी सन् १९९५ सम्म ‘इन्गोरस्त्राख’ बिमा कम्पनीमा कमी सारको पदमा र सन् १९९६ सम्म बाल्टिक(नेभा कम्पनीमा निर्देशकको पदमा काम गरेका थिए ।
सन् १९९६ मा उनले सेन्टपिटर्सबुर्गमा ‘बाल्टिक एक्सपेडिटोर कम्पनी’ को स्थापना गरी सन् २००५ सम्म त्यसका नेतृत्व गरे । अनि सन् २००५ मा सेन्टपिटर्सबुर्ग राजकीय आर्थिक इन्जिनियरिंग निर्माणसम्बन्धी कार्यसम्पादनको विषयमा दक्षतावृद्धि गरेर त्यस समयदेखि अद्यापि बाल्टिक लगानी कम्पनीको संस्थापक(महानिर्देशकको पदमा कार्यरत छन् । उनी सेन्टपिटर्सबुर्गको केन्द्रमा क्रियाशील एम्बेसेडर «ब्mदबककबमयच» होटलका साझेदार मालिक रहनुका साथै सेर्पुखोभ्स्काया सडक (भवन नं. १०) मा रहेको बिजनेस–सेन्टर (व्यापारकेन्द्र) का तथा लेनिनग्राद जिल्लाको प्रिओजेस्र्क इलाकामा बनेको ‘ओरेख’ उपनगरीय क्लब नामक रिसोर्टका पनिमालिक हुन् । उनले यानचालकको लाइसेन्स पनि प्राप्त गरेका छन् र आन्तरिक हवाई मार्गमा उडान पनि गर्नेगरेका छन् । उनी मोटरदौडको खेलमा अभिरुचि राख्तछन् र सन् २०१४ मा टी २ श्रेणीको गाडी हाँकेर राल्लीरेइडमा रुसका च्याम्पियन समेत बनेका छन् । उनी रुस महासंघका विभिन्न प्रान्तहरु, जनसांस्कृतिक संस्थाहरू तथा विभिन्न देशका वाणिज्य दूतालयहरुको समेत सहभागितामा विभिन्न संयुक्त कार्यक्रमहरूको आयोजना गरेर सेन्टपिटर्सबुर्गको बाह्य सम्बन्ध समितिको क्रियाकलापमा सक्रिय भाग लिन्छन् ।
रुसको सांस्कृतिक राजधानी सेन्टपिटर्सबुर्ग कार्यरत विभिन्न देशका वाणिज्यदूतहरुमध्ये अलेक्सान्द्र तेरेन्चएभ अठ्ठाइसौं वाणिज्यदूत बन्न पुगेका छन् । उनलाई सेन्टपिटर्सबुर्गमा नेपालको अवैतनिक वाणिज्यदूतमा नियुक्तिको प्रमाणपत्र हस्तन्तरण समारोहमा विभिन्न देशका वाणिज्यदूतहरुका साथै कूटनैतिक निकायका प्रतिनिधिहरू, रुसका विभिन्न राजकीय निकायका साथै सांस्कृतिक र सामाजिक संघसंस्थाका प्रनिनिधिहरुको समुपस्थिति रहेको थियो । नेपालीहरुमध्ये राजदूत दम्पति डा. रविमोहन सापकोटा कोपिला एवं डा. सुलोचना सापकोटाका अतिरिक्त नेपाली राजदूतावासका सहचारी राधे श्याम दुबेका साथै नेपालबाट रुसको भ्रमणमा आइरहनुभएका नारायण दाहाल दम्पतिको पनि उपस्थिति रहको थियो । गैर आवासीय नेपाली सङ्घका केन्द्रीय निवर्तमान अध्यक्ष जीबा लामिछाने, कोषाध्यक्ष डा. बद्री के.सी., महिला संयोजक श्रीमती सफिा राजभण्डारी, रुसका प्रनिनिधि सदस्य एवं विश्व नेपाली साहित्य महासंघ रुस शाखाका अध्यक्ष गोविन्दप्रसाद गौतम, रुस राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष दीनानाथ राजभण्डारी, उपाध्यक्ष डिल्ली खरेल सुमन, सदस्यवृन्द डा. ध्रुवदास उलक, शिव भुर्तेल, नीरज सुवेदी, रसियाली जनमैत्री विश्वविद्ययालयका छात्रछात्राहरु तथा यसै पंक्तिकारको समेत सहभागिता थियो । सेन्टपिटर्सबुर्गमा अध्ययनरत नेपाली विद्यार्थीहरूले पनि कार्यक्रममा भाग लिएका थिए । यसप्रकार भव्य समारोहमा रुसमा बसोबास गरिरहेका नेपालीहरूका सबै संघसंस्थाका प्रतिनिधिहरूको मनग्य उपस्थिति रहेको थियो ।
सेन्टपिटर्सबुर्ग तथा लेनिनग्राद अञ्चलका लागि नेपालका नवनियुक्त अवैतनिक वाणिज्यदूत अलेक्सान्द्र तेरेन्तेभलाई नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूलेस्मृति–उपहारसहित खादा ओढाइदिएर सम्मान गर्नुभएपछि उनलाई बधाईज्ञापन गर्दै फोटो समेत खिंच्ने लहर चल्यो । रुसमा रहेका नेपालीहरूका तर्फबाट गैर आवासीय नेपाली सङ्घ रुसका अध्यक्ष दीनानाथ राजभण्डारीले पनि खादा ओढाएर नेपालका नवनियुक्त वाणिज्यदूतको सम्मान गरेपछि मैले पनि नेपालबारे रुसी भाषामा प्रकाशित आफ्ना केही पुस्तकहरू उपहार दिँदै अलेक्सन्द्र तेरेन्चएभलाई शुभकामनासहित बधाई ज्ञापन गरेको थिएँ ।
समारोहमा उपस्थित महानुभावहरुको सम्मानमा भव्य सन्धाभोजको आयोजना गरिएको थियो । समारोहको अन्त्यमा मास्कोबाट गएका रसियाली जनमैत्री विश्वविद्यालयका छात्रछात्राहरुले नेपाली नृत्यहरुको झलक प्रदर्शन गरेर नेपाली संस्कृतिको परिचय दिएका थिए । सेन्टपिटर्सबुर्नको केन्द्रमा अवस्थित ‘एम्बेसेडर’ होटलको भव्य हलमा नेपालको वाणिज्य दूतावासको स्थापनाको सन्दर्भमा नवनियुक्त अवैतनिक वाणिज्यदूत अलेक्सान्द्र तेरेन्तेभलाई नेपाल सरकारको तर्पmबाट नियुक्तिपत्र हस्नान्तारण समारोह सुसम्पन्न भएको छ ।