1457577632tax.gif

स्वस्फूर्त कि कर कर ?

विचार   |     |  
1500386127Narayan-adhikari.jpg

कुनैपनि राष्ट्र समृद्ध बन्नको लागी आर्थिक श्रोत साधनहरुको परिचालन एक महत्वपूर्ण शर्त हो जुन विना सुसभ्य समाज र समृद्ध राष्ट्रको परिकल्पना केवल कोरा कल्पना हुनेछ । देशको सरकारले राज्य सञ्चालनका साथ साथै राष्ट्रको उन्नत्ती प्रगतिको लागी आर्थिक श्रोत एवं साधानहरुको पहिचान गर्ने र त्यसको उचित व्यवस्थापन गर्ने एक महत्वपूर्ण दायित्व निर्वाह गर्नुपर्ने हुन्छ । देशको आन्तरिक आर्थिक श्रोत व्यवस्थापनमा राजश्वको महत्वपूर्ण भुमिका रहने कुरामा कसैको पनि दुविधा नहोला । राज्यसँग यथेष्ट राजश्व सँकलनको आधार छ भने सरकारले आर्थिक विकासको लागि पर्याप्त रकम खर्चिनुका साथ साथै आम नागरिकका सामाजिक सुरक्षामा पनि उचित ध्यान पु¥याउन सक्छ । राजश्वको विभिन्न श्रोतहरु मध्ये कर एक महत्वपूर्ण श्रोत हो ।
नेपालमा आन्तरिक रुपमा परिचालन हुने प्रमुख करहरुमा आयकर, मूल्य अभिवृद्धि कर, शिक्षा सेवा शूल्क, स्वास्थ्य सेवा शूल्क, मालपोत रजिष्ट्रेशन इत्यादि पर्दछन । कर व्यवस्थापनको जिम्मेवार निकाय आन्तरिक राजश्व विभागले गरेको एक अध्ययन अनुसार नेपालमा कूल जनसंख्याको करिव ५ प्रतिशत हाराहारीका जनसंख्या मात्र करको दायरामा रहेको पाइन्छ र देशको कूल ग्राहस्थ उत्पादनमा कर राजश्वको योगदान केवल १८.६ प्रतिशत मात्र रहेको देखिन्छ । कतिपय विकसित राष्ट्रहरु जस्तै डेनमार्क, नर्वे, स्विडेन जस्ता देशहरुमा कूल ग्राहस्थ उत्पादनमा झण्डै ५० प्रतिशतको हाराहारीमा कर राजश्वको योगदान रहेको पाइन्छ ।
देशको कूल जनसंख्या मध्ये ज्यादै न्यून जनसंख्या करको दायरामा सहभागी हुनुमा राज्यले करदाताले तिरेको करको सदुपयोगिता पारदर्शि हिसावले नहुनु र आफूले तिरेको करबाट सामाजिक सुरक्षा लाभको अनुभूति नहुनु एक महत्वपूर्ण कारण हुन सक्छ । नागरिकबाट उठाइएको कर व्यक्तिगत स्वार्थपूर्ति एवं घुष, भ्रष्टाचार तथा राजनैतिक स्वार्थपूर्तिमा प्रयोग गरेका कारण नै नागरिकहरुमा उत्साहजनक कर सहभागिता नभएको हुन सक्छ । राज्यले करदाताले तिरेको कर नागरिकको शिक्षा, स्वास्थय, रोजगारी, पूर्वाधार विकास एवं देशको आर्थिक विकासका काममा पारदर्शि हिसावले खर्च भइरहेको छ भन्ने अनुभूति दिलाउन सके मात्र आम नागरिकमा स्वस्फूर्त कर तिर्ने भावनाको विकास हुन्छ हैन भने यस प्रति वितृष्णा पैदा भई कर स्वेच्छा नभई केवल बोझको रुपमा कर गरिरहनुपर्ने दायित्व रहन सक्छ ।
तपाई हामीले प्राय सुन्दै आइरहेको कुरा नेपालका प्रतिष्ठित व्यापारिक समुहहरुबाट नै राजश्वको छलि भइरहेको छ र उनिहरुलाई राजनैतिक दलहरुले नै आफ्नो स्वार्थ पूर्तिका लागी संरक्षण गरिरहेका छन् भन्ने कुरा सुन्दै गर्दा, हालसालै आन्तरिक राजश्व विभागका महानिर्देशकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरि अनुसन्धान गर्ने क्रमा कर फर्छयौट आयोगका नाममा कति धेरै राजश्व रकम देशले गुमाउनु परेको रहेछ भन्ने उजागर तथ्यले तपाइ हामीलाई घाम जस्तै छर्लङ्ग पारिदिएको छ ।
राज्यका जिम्मेवार निकायमा रहेका पदाधिकारीहरुको गैर जिम्मेवारी हर्कत तथा आम नागरिक सचेतना अभावका कारण पनि करको उचित संकलन हुन सकिरहेको छैन । आम नागरिकबाट नै संकलन हुने मूल्य अभिवृद्धि करको समेत चरम दुरुपयोग हुँदै आएको पाइन्छ जस्तो कि न्यून विजकीकरणको कारोवार, कारोवारको थ्रेसहोल्डको उचित निगरानी नहुनु जस्ता कारणहरुले गर्दा व्यापारीहरु कर छलि तर्पm झन् झन् उत्साहित भैरहेका देखिन्छन् । देश दिन प्रति दिन आयातमूखि भइरहेको छ, देशका प्रतिष्ठित व्यापारिक समुहहरु उद्योगतर्फ भन्दा बस्तु तथा सेवाको आयात व्यापार तर्फ आकर्षित भईरहको देख्न सकिन्छ । बस्तु तथा सेवा व्यापारमा लगाइने मूल्य अभिवृद्धि करको मात्र उचित निगरानी हुने हो भने पनि अहिले संकलन भइरहेको राजश्वको दोव्बर संकलन हुन सक्ने स्थिति देखिन्छ किनभने  थ्रेसहोल्ड भन्दा कैंयौ गुणा बढी कारोवार गरिरहेका व्यापारिक संस्थाहरु पनि यस्को दायरामा भएको पाइदैन।
देशमा प्रजातन्त्र, गणतन्त्र आएपछि देशले मुहार फेर्ने छ, समृद्धिको बाटो समात्ने छ भन्ने आम नागरिकहरुको आशा विपरित पछिल्लो दश वर्षयता राजनैतिक अस्थिरता झन् झन् बढ्दो क्रममा छ जस्का कारण सरकार छ, छ÷नौ, नौ महिनामा परिवर्तन भइरहेछ परिणामस्वरुप देश नै अस्थिर भइरहेका छ । एक सरकारको पालामा ल्याइएका नीति तथा कार्यक्रम अर्को सरकार आए सँगै समाप्त हुने र कार्यान्वयन नै नहुने महत्वकाँक्षी सपनाहरुमात्र आम नागरिकलाई बेच्ने काम भइरहेको छ,, राज्यबाट पाउनुपर्ने न्यूनतम सेवा सुविधा प्राप्त गर्नको लागी पनि दलाल÷विचौलियाको सहारा लिनुपर्ने स्थिति छ । स्वस्फूर्त कर तिर्ने नागरिकको सामाजिक हैसियत भन्दा घुषखोरी, करछली गर्नेहरुको नै समाजमा हाई हाई र हालीमुहाली छ ।
अस्थिर सरकारको असर कर्मचारीतन्त्रमा पनि हावी हुन थालेको छ , जिम्मेवार निकायमा बसेका राष्ट्रसेवकहरुमा आम नागरिकहरुप्रतिको बफादारिता एवं दायित्वबोध झन झन खस्कदो क्रममा छ । देशको वर्तमान नियम कानुनको पालना गर्नेहरुको संख्या भन्दा उलंघन गर्नेहरुको संख्या दिनप्रति दिन बढ्दो क्रममा छ , लाग्छ देशमा राज्यको उपस्थिति नै छैन, दण्डहिनता र उदण्डवादले उचाई चुमेको यस्तो अवस्थामा आम नागरिकले अनि कसरी सुरक्षित महशुस गर्न सक्छ ? जब सम्म आम नागरिकहरुलाई राज्यबाट पाउनुपर्ने न्यूनतम सेवा सुविधाहरु जस्तै शिक्षा, स्वास्थ, रोजगारी जस्ता आधारभुत आवश्यकताहरुमा सरल पहूँच गराइ हाल कायम रहेको असमान वितरण प्रणालीको अन्त्य हदैन, आम नागरिकहरु पनि राज्यलाई बुझाउन पर्ने कर प्रति उदाशिन भै स्वस्फूर्त सहभागी हुने सम्भावना न्यून रहन्छ । राज्यबाट आफूले प्राप्त गरेको न्यूनतम सेवा सुविधा सरल हिसावले आफैले तिरेको करबाट प्राप्त गरिरहेछु भन्ने अनुभूत आम नागरिहरुलाई गराउनुपर्ने दायित्व राज्यका जिम्मेवार निकायमा बसेका राष्ट्रसेवकहरुको हो । आय आर्जनमा कर तिर्नु नागरिकको दायित्व मात्र नभई एक सम्मान पनि हो र तिरेको करबाट नै पारदर्शि राज्य सञ्चालन भईरहको छ भन्ने विश्वास दिलाउनु पर्ने महत्वपूर्ण कार्य सरकारको हो जुन वर्तमान अवस्थामा भइरहको छैन । 
नारायण राज अधिकारी
[email protected]


1453145926obamacare.gif
1435377950proactive.jpg
1469292057united.gif
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...
Advertisement