1457577632tax.gif

३ नं. प्रदेशको राजधानी हेटौंडालाई बनाउन सहयोग गर्न जनदबाब समुह, मकवानपुरको सबै पक्षलाई अनुरोध
मिति २०७४।०८।०१ गते ३ नं. प्रदेशको राजधानी हेटौडा बनाउने सम्बन्धमा जन दबाब समुह, मकवानपुरले हाल सम्म गरेका र अब गर्नु पर्ने कार्यहरुको सम्बन्धमा जन दबाब समुहका संयोजनकर्ता धु्रब प्रसाद चौलागाईले सर्व पक्षीय सर्वदलिय भेलामा प्रस्तुत गर्नु भएको कार्यपत्रः

राजनीति   |     |  
151134357723755996129926676685244370904636n.jpg

. प्रदेशको राजधानी बनाउन गरिएका प्रयासहरु

    हाल सम्म गरिएका प्रयासहरु

         ३ न. प्रदेशको राजधानी हेटौडा बनाउने सम्बन्धमा जिल्ला समन्वय समिति मकवानपुर, र हेटौडा नगर पालिका समेतले निर्णय गरेका थिए । यसरि निर्णय हुँदा समेत निर्णय कार्यन्वयनका सम्बन्धमा प्रभावकारि कदम अगाडी बढन नसकेको अवस्थामा जन दबाब समुह,मकवानपुरको तर्फबाट मिति २०७४।५।१५ गते फेसबुक वालमा सुचना राखेर,फोन गरेर मिति २०७४।०५।१६ गते सर्बपक्षीय भेला आयोजना गरि सोही भेलाबाट १६ गते देखि नै सञ्चारका सबै माध्यमबाट प्रचारप्रसार गर्ने, १७ गते काठमाडौमा पर्चा पम्प्लेट सवारि साधनमार्फत पठाउने, १८ गते सबै सांसदहरुलाई सबैले सबै ठाउँबाट फोन गर्ने, १८ गते दिउसो ४०० बजे सर्बदलिय, सर्बपक्षीय भेला गर्ने, १९ गते जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत ज्ञापन पत्र दिने गरि निर्णय गरिएको थियो । सो निर्णय बमोजिम तोकिएकै समयमा घोषित र्काक्रमहरु सबै पुरा गरियो ।

         जनप्रतिनिधि मुलक संस्था जिल्ला समन्वय समिति मकवानपुरले मिति २०७४।०५।२० गते सर्बपक्षीय सर्बदलीय भेला आयोजना गरेको थियो । जस अनुसार एउटा समिति बनाई काठमाडौ जाने कार्यक्रम तय गरिएकोमा विविध कारणले काठमाडौ जान सम्भव नभएकोले क्षेत्रिय प्रशासन कार्यालय हेटौडा मार्फत नेपाल सरकारमा र जिल्ला पार्टी कार्यलयहरु मार्फत पार्टीका केन्द्रहरुमा ३न. प्रदेशको राजधानी हेटौंडा बनाउनु पर्ने माग पत्र पठाईयो ।

      यही बिचमा जन दबाब समुहकोतर्फबाट संयोजनकर्ता धु्रब प्रसाद चौलागाईले ३८ सेकेन्डको भ्वाईस म्यासेज बनाई वि.वि.सी.नेपाली सेवामा पठाएकोमा बज्न सकेन तर सोही म्यासेज फेसबुक म्यासेन्जर मार्फत सकिने जति ठाँउमा पठाई प्रचार गरिएको छ ।

            त्यसै गरि २०७४।७।०८ गते काठमाडौ माईतिघर मण्डलामा जनदबाब समुहका संयोजनकर्ता धु्रब प्रसाद चौलागईको नेतृत्वमा नेकपा एमाले,मकवानपुर काठमाडौ सम्पर्क मञ्च, नेपाली कागं्रेस काठमाडौ सम्पर्क समिति, नेकपा माओबादी काठमाडौ सम्पर्क मञ्च, लगायत सबै राजनीतीक पार्टीहरुको जिल्ला नेतृत्वलाई मकवानपुर जिल्लामा समेत सम्पर्क गरि सर्बदलिय सर्वपक्षीय रुपमा पर्चा, व्यानर सहित  ध्यानाकर्षण कार्यक्रम गरिएको थियो ।

पत्रकारलाई धन्यवाद

     जनदबाब समुहले यस बिषयलाई प्रभावकारि रुपमा उठान गरे पछी पहिलो चरणमा बिशेष गरि हेटौडा एफ.एमका प्रबन्ध निर्देशक एब मकवानपुर उद्योग बाणिज्य संघका सचिब उज्जवल चौलागाई,  टिम टिभिका सम्पादक बालकृष्ण अधिकारी, सम्बादाता पुष्पराज अधिकारी, मकवानपुर एफ.एम का राममणी दहाल, मञ्जु गुरुङ्ग र सम्झना रिजाल, पत्रकार माहासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, हेटौडा सन्देश दैनिकका माधब न्यौपाने, साझा कुरा दैनिकका सुवास बिडारी, खबर ब्रेक अनलाईनका धर्मेन्द्र दहाल र कान्तीपुरका प्रताप बिष्ट लगायतका पत्रकार मित्रहरुले यस बिषयलाई प्रमुख स्थान दिई सहयोग पुर्याउनु भएको थियो भने पछिल्ला दिनहरुमा प्रष्ट खबर अनलाईनका रुपेश दुलाल, थाहा एफ.एमका मणिराज गौतम, हेटौडा खबर अनलाईनका रबिन्द्र गौतम, निकाश एफ.एम.का सुनिल खडका, पत्रकार माहासंघ मकवानपुरका पत्रकार पुर्ब अध्यक्ष भानुभक्त अचार्य, पुर्ब पार्षद रोशन पराजुली पुर्ब सचिब कृष्ण सारु, प्रेश चौतारिका राजन दहाल, प्रकाश दहाल, दामनपोष्ट अनलाइन एबं पत्रकर महासंघ काठमाडौका सभापति सन्तराम बिडारि, नेपाल टेलिभिजनका बद्री गौतम, समृद्ध समाजका अमृत चिमरिया, प्रदेश दैनिकका प्रमोद अर्याल, जनता टि.भी काठमाडौ, बलिदान न्यूज डटकम, मेरो खबर डटनेट लगायतका समाचारका माध्यमहरुले बिषेश चासोका साथ यस बिषयलाई आफ्ना समाचार माध्यममा सके सम्म स्थान दिनु भएको थियो भने अन्य पत्रकार मित्रहरु र समाचार माध्यमले पनि यस बिषयलाई महत्व प्रदान गर्नु भएको थियो ।

राजनीतीक पार्टीको घोषणपत्रमा समावेश

    अहिले यो बिषय राजनीतीक पार्टीहरु सबैको घोषणपत्रमा समेत समावेश भएको छ । यस बिषयमा बिभिन्न संघसंस्था व्यक्तिहरुले चासो व्यक्त गरेता पनि हेटौडालाई ३ न. प्रदेशको राजधानी बनाउने सम्बन्धमा प्रभावकारि काम गर्ने नेतृत्वको अभावमा यो महत्वपुर्ण बिषय छायाँमा परेकोमा यसलाई जन दबाब समुहले संयोजन गरि अगाडि बढाउदा प्रभावकारि भएको र ३ न. प्रदेशको राजधानी बनाउने बिषय गैह्र राजनीतीक बिषय भएको यथार्तलाई हृदयङ्गम गरि सबै पार्टीले साझा धारणा बनाई बिगतमा गरेको प्रतिबद्धता बमोजिम अगाडि बढनु राम्रो कुरा भएको हामीले महसुस गरेका छौ  भने यस बिषयलाई निर्विवादित बनाएर अझै अगाडि बढनु पर्ने आवश्यक्ता भएकोले यो बिषयलाई विवादित नबनाउन सबैपक्षलाई अनुरोध गर्दछौ ।

    अहिले सम्म हामीले आ–आफनो ठाउँबाट सक्दो गरेका छौ । राजनीतीक पार्टीहरुसंग मिलेर ज्ञानपत्र सरकारमा दिने देखि लिएर क्षेत्रिय प्रशासन कार्यालय मापवर्mत मागपत्र पठाउने सम्मका काम गरि सकेका छौ । उद्योग संघका अध्यक्ष नवराज अर्यालले उद्योग बन्द गरेर १० हजार मजदुर काठमाडौ नै लान तयार छौ भन्नु भएको थियो । नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्री चौलागाँईले काठमाडौ जाँदा हामी सवारीको व्यवस्था गर्दछौ हाम्रो जिम्मा भयो भन्नु भएको थियो । उद्योग बणिज्य संघका उपाध्यक्ष कृष्ण अग्रवालले जतिबेला जे पर्दछ हामी सहयोग गर्न तयारि अवस्थामा छौ भन्नु भएको थियो । अन्य पेशा व्यवसायीहरुले पनि जुनसुकै बेला जे सहयोग गर्न पनि तयार छौ हामीलाइृ आवश्यक परे भन्नु भएको थियो । तर हामीहरु अहिले सम्म सहजै रुपमा याहाँ सम्म आईपुगेका छौ । हामीलाई भोलिका दिनमा धेरै कुराका आवश्यक्ता पर्न सक्दछ त्यसैले ती प्रतिबद्धताहरु कायमै रहुन भन्ने आशा गर्दछौ ।

     बर्तमान अवस्थासम्म आईपुग्दा हामीले के कुरा थाहा पायौ भने मकवानपुर जिल्लाको हेटौडालाई ३ न. प्रदेशको राजधानि बनाउने सवालमा जो कर्मचारीहरु, सुरक्षा निकायका मानिसहरु र जो हेटौडामा केही समय मात्रै बसेर अवलोकन गर्नु भएको छ वाँहाहरु मकवानपुर जिल्लाको हेटौडा नै ३ न. प्रदेशको राजधानी हुनु पर्ने कुरामा प्रष्ट हुनुहुन्छ तर सिमित व्यक्तिगत स्वार्थ हेर्नेहरुले मात्रै हेटौडाको बिकल्प हेर्ने र खोज्ने गर्नु भएकोले यी कुराहरुलाई हामीले अझै प्रष्ट पार्नु पर्ने भएको छ । भने अर्का तर्फ केन्द्र सम्म हाम्रो यथार्ततामा आधारित कुराहरु लगि दिने हाम्रो माध्यम भनेको भोलि जितेर जाने संसदहरु नै भएकोले वाँहाहरुलाई हामीले के दिएर पठाउने केगर्दा हुन्छ भन्ने सवालमा छलफल गरि निचोड निकाली पठाउनु पर्ने आवश्यक्त रहेको छ । त्यसका लागि निम्न कुराहरुमा समेत छलफल गर्न अनुरोध गर्दै थप कुराहरु राख्दै साझा धारणा बनाउन अनुरोध गर्दछौ ।

. प्रदेशको राजधानी हेटौंडालाई बनाउन तुरुन्तै गर्न पर्ने कामहरु

 १. अर्काे व्यवस्था नभईन्जेल सम्म ३ न. प्रदेशसभाका ११० जना सांसदहरुलाई हेटौडा देखि काठमाडौ सम्मको आउने जाने व्यवस्था सर्वशुलभ रुपमा गर्ने गरि नारायणी यातायात व्यवसायी संघ र अन्य हेटौडामा रहेको यातायात सँग सम्बन्धित संस्थाहरु सबैले मिलेर सहयोग गर्न अनुरोध गर्ने ।

२. प्रदेश सभा सञ्चालनको लागि मकवानपुर उद्योग बाणिज्य संघले अर्काे व्यवस्था नभए सम्मको लागि पल्पसा हल उपलब्ध गराउन अनुरोध गर्ने ।

३. हेटौडामा रहेका सबै होटल व्यवसायीहरुले अर्काे व्यवस्था नभए सम्म ११० सांसदहरुलाई सर्वशुलभ आवासको व्यवस्था उपलब्ध गराउन अनुरोध गर्ने ।

४. मकवानपुर जिल्लामा रहेका सरकारि अर्धसरकारि र गैह्र सरकारि संघसंस्थाहरुले उपयोग गर्दै आउनु भएका सुरक्षाको दृष्टिले राम्रो व्यवस्था भएका मन्त्रिहरुको सुरक्षा हुने आवास गृहहरु प्हिचान गरि जेजुन कार्यालय वा ठाँउमा छन ती सबै पहिचान गरि सबैलाई सहयोग गर्न अनुरोध गर्ने ।

५. मकवानपुर जिल्लामा रहेका शहिद स्मारक, कुलेखानी, सिमभन्ज्याङ्ग, मकवानपुर गढी लगायतका स्थानहरुमा सांसदहरुलाई सर्वशुलभ प्रवेश दिन अनुरोध गर्ने ।

६. मकवानपुर जिल्लालाई ३ न. प्रदेशको राजधानी बनाउन शान्ति हुनु प्रमुख कुरा रहेकोले २१ गते हुन गईरहेको निर्वाचनमा स्वस्त र मित्रवत प्रतिषपर्धा गर्दै चुनाव सम्पन्न गर्ने र मकवानपुर जिल्ला वास्तवमा नै शान्त जिल्ला हो भन्ने कुरा व्यवहारमा नै प्रष्ट पार्ने ।

७. सबै सुरक्षा निकायहरुलाई मकवानपुर जिल्लामा ३ न. प्रदेशको राजधानी भएमा सुरक्षीत हुने र काठमाडौ पनि सुरक्षीत हुने यथार्त सम्बन्धित निकायमा जानकारि गराउन अनुरोध गर्ने ।

८. प्रदेशको राजधानी बनाउन आवश्यक पर्ने मन्त्रालय राख्ने स्थानहरु, प्रदेश गर्भर्नर, मुख्य मन्त्री, मन्त्री, क्वाटरहरु पहिचान गरि क्षेत्रीय प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालय मार्फत केन्द्रमा पठाउने ।

      यी कुराहरु हामीले भन्ने र गर्ने कुराहरु हुन । माथिका कामहरु गर्दै जाउ मकवानपुर जिल्लालाई ३ न. प्रदेशको राजधानी बनाउने कुरालाई सहयोग गरौ, पहल गरौ अन्तमा हामीले गरेको कोशीसले सार्थकता पाउने छ भन्ने आशा गरौ । यसका अलावा अन्य कु्नै महत्वपुर्ण कराहरु गर्न वा हुन आवश्यक भएमा टिपाउन र यो अभियानलाई सफल बनाउन सहयोग गर्न अनुरोध गर्दछु ।

    धु्रब प्रसाद चौलागाई

संयोजनकर्ताः नागरिक दबाब समुह, मकवानपुर, २०७४।०८।०१, नारायणी यातायात व्यवसायी संघको हल .



1453145926obamacare.gif
1435377950proactive.jpg
1469292057united.gif
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

साउदी जेलमा थुनिएका काभ्रेलीलाई ९० लाख रुपैंया ‘ब्लड मनी’ को फैसला

1467985704saudi-1.jpg मधुसुधन गुरागाईं, कुशादेबी(काभ्रे), असार २० । स्वदेशमा हुँदा ६ लाख ऋण तिर्न नसकेर विदेशिएका युवालाई परिबन्दले...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...
Advertisement