1457577632tax.gif

‘क्यान इन्फोटेक’ का स्वयम्सेवक भन्छन् – श्रमशोषण भयो

प्रबिधि   |     |  
1454504009can-info-tech.png

(पूर्णप्रसाद मिश्र) 

काठमाडौँ, २० माघ । ‘क्यान इन्फोटेक’ मा स्वयम्सेवक परिचालनका नाममा श्रमशोाषण भएको व्यवस्थापनमा खटिएका युवायुवतीले गुनासो गरेका छन् । 

यही माघ १५ गतेदेखि भृकुटीमण्डपको प्रदर्शनीमार्गमा सुरु भएको छदिने मेलामा ६५ जना स्वयम्सेवक व्यवस्थापनमा खटिए । आयोजकले ‘अनलाइन जब’ मा स्वयम्सेवकको आवश्यकता भनी विज्ञापन गरेर स्वयम्सेवक छनोट गरेको थियो । व्यापारिक रुपमा गरिएको प्रदर्शनीमा बिहानदेखि बेलुकीसम्म खाना र खाजाका भरमा काम गराएर श्रम शोषण गरिएको पीडितको गुनासो छ । 

‘प्रमाणपत्र दिन्छौँ’ भनी स्वयम्सेवकको काममा लगाएर शोषण गरिएको समाजशास्त्र विषयमा स्नातकोत्तर गरेकी कपनकी अप्सरा पोखरेलले बताउनुभयो । “आफ्नै खल्तीबाट भाडा तिरेर स्वयम्सेवक काम गर्न आएका छौँ, हामीलाई भाडा र पारिश्रमिकको व्यवस्था गर्नुप¥यो भन्दा आयोजक कम्प्युटर एसोसियसन नेपाल महासङ्घले सुनेको छैन”–उहाँले भन्नुभयो । 

मेलामा स्नातक तह अध्ययन गरिरहेका जनशक्तिले मात्र स्वयम्सेवकको रुपमा काम गर्दैछन् । स्वयम्सेवकमा काम गर्न अन्तर्वार्तासमेत लिइएको पीडितले सुनाए । 

एक्मी इन्जिनियरिङ कलेजबाट स्नातक उपाधि हासिल गर्नुभएकी आस्था न्यौपाने पारिश्रमिकसहितको स्वयम्सेवक भनेर आएपनि बिहानको खाना र दिउँसोको खाजामा काम गराएको बताउनुहुन्छ । 

सरकारले अदक्ष कामदारकै पारिश्रमिक दैनिक रु ८०० तोकेको प्रदर्शनीस्थलसँगै कार्यालय रहेको उपभोक्ता मञ्चका केन्द्रीय सदस्य रोशन पोखरेलले जानकारी दिनुभयो । 

“प्रदर्शनीमा प्रवेश शुल्क साधारणतर्फ रु १०० र विद्यार्थीलाई रु ५० लिइरहेका छन्, प्रवेशदेखि नै व्यापार सुरु हुने सूचना प्रविधिसम्बन्धी सामग्रीका व्यापारीको संस्थाले स्वयम्सेवकका नाममा श्रम शोषण गरेको गुनासो मञ्चमा पनि आएको छ” – उहाँले भन्नुभयो । 

महासङ्घले दिएको जानकारीअनुसार एउटा स्टलको रु १० हजारदेखि रु ५० हजारसम्म भाडा लिइएको छ । मेलालाई सुबिसु इन्टरनेट प्रदायक संस्था र केबल टेलिभिजन नेटवर्क वितरक संस्थाले प्रायोजन समेत गरेको छ । यसैले यस मेलाको नाम नै सुबिसु क्यान इन्फोटेक राखिएको छ । 

पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजमा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन विषयमा स्नातक तहमा अध्ययनरत अमित पोखरेल पनि महासङ्घले पारिश्रमिक दिने भनेर अन्तिममा नदिएको दुःखेसो पोख्नुभयो । 

आयोजक क्यानका स्वयम्सेवक परिचालन समितिका संयोजक दिनेशराज कार्कीले व्यापारिक मेला भए पनि महासङ्घले पारिश्रमिक नदिएको तर अन्य तालिम दिएर स्वयम्सेवक परिचालन गरिएको बताउनुभयो । रासस


1453145926obamacare.gif
1435377950proactive.jpg
1469292057united.gif
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...
Advertisement