कृषि

चितवनमा एउटै बाख्राले छवटा पाठापाठी जन्मायो !!

145421102683720317a5b36feadb.jpg
रत्ननगर (चितवन), १६ माघ । चितवनको भरतपुरमा एउटा बाख्राले स्थानीयलाई आश्चर्यमा पार्दै छवटा पाठापाठी जन्माएको छ । तीनवटासम्म पाठा जन्माएको कहिलेकाहीँ सुनिने भएपनि छवटा जन्माएको भने दुर्लभ मानिन्छ ।  भरतपुरस्थित कृष्णपुरका किसान आनन्द अधिकारीले पालेको बाख्राले छवटा पाठापाठी जन्माएको हो । चारवटा पाठा र दुईवटा पाठी जन्माएको किसान आनन्द अधिकारीले जानकारी दिनुभयो ।  यसअघि पहिलो बेतमा तीनवटा, दोस्रोमा दुईवटा र तेस्रो बेतमा चारवटा पाठापाठी जन्माएको बाख्राले योपटक छवटा जन्माएपछि गाउँमा बाख्रा हेर्नेको भिड लागेको अधिकारीले बताउनुभयो । आज मध्याह्न १२ बजे...

किबीबाट वार्षिक रु छ लाखसम्म आम्दानी

1453708893kiwi.jpg
खोटाङ, ११ माघ । किबी खेतीप्रति जिल्लाका किसानको आकर्षण बढ्दै गएको छ । बजारको माग बढ्दै गएपछि तथा मनग्य आम्दानी हुने भएपछि किबी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको हो ।  जिल्लाको उत्तरी गाविस फेदी–६ का युवा कृषक धनकुमार राईले यसवर्ष ४३३ किलो किबी उत्पादन गर्नुभएको छ । करिब पाँच वर्षपछि फल दिने किबीले उहाँको खेतमा तीन वर्षमै फल दिन थालेको छ । विसं २०६९ माघमा १० रोपनी जग्गामा हेवार्ड, ब्रुनो र मन्टी जातका १२५ बोट किबी लगाइएको छ ।  रहरैरहरमा सुरु गरेको किबीखेती हाल उहाँका लागि आम्दानीको आकर्षक माध्यम बनेको छ । किबीको फल तथा बिरुवा बिक्रीबाट उहाँले वार्षिक रु...

दसैँको बेलामा किसानलाई धान काट्न भ्याइनभ्याइ

1445607983images-4.jpg
भक्तपुर, ६ कात्तिक । नेपालीका घरघरमा दसैँको रौनकताले छाएपनि भक्तपुरका किसानलाई भने धान काट्नको चटारोले भ्याइनभ्याइ भएको छ ।  दसैँको टीका लगाउन जाने हतारोसँगै यहाँका किसान धान भित्र्याउन व्यस्त देखिन्छन् । असिना पानी परेर पाकेको धान झार्ला भन्ने डरले दसैँको पर्वाह नगरी धान काट्न व्यस्त भएको नगरकोट नगरपालिका ताथली–३ की साबित्री बस्नेतले बताउनुभयो ।  दसैँमा आफन्तको हातको टीका लगाउन पनि पर्ममा भएकाहरुले नगई नहुने ठाउँमा मात्रै पालो गरेर जाने र अरुले धान भित्र्याउन खेतमा जाने गरी पर्ममै मिलाएको उहाँले बताउनुभयो ।  उहाँले भन्नुहुन्छ, ‘‘आकाश...
1453145911obamacare.gif

झापाका कृषकले फलाए साढे पाँच अर्बको तरकारी

1445083979images-4.jpg
सुरुङ्गा (झापा), ३० असोज । झापाको शान्तिनगर, बाहुनडाँगी, शनिश्चरे, चकचकी, पाँचगाछी, पथरीया र दमक तरकारी खेतीका लागि जिल्लामा चिनिएका गाविस र नगरपालिका हुन् ।  यहाँका झण्डै दश हजार कृषकले व्यावसायिक तरकारी खेती गर्दै आएको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ । झापामा अघिल्लो आर्थिक वर्ष २०७१÷०७२ मा हिउँदे तरकारी तीन हजार ६५० हेक्टर क्षेत्रफलमा लगाइएको जिल्ला कृषि विकास कार्यालय झापाका प्राविधिक सहायक शालीग्राम भट्टराईले बताउनुभयो ।  त्यस्तै वर्षे तीन हजार २६० हेक्टर क्षेत्रफल र वेमौसमी तरकारी ८४० हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको जिल्ला कृषि...

घट्ने भयो धान उत्पादन

1444741915download-1.jpg
लुम्बिनी (रुपन्देही), २६ असोज । धान उत्पादन हुने प्रमुख जिल्लामध्येको रुपन्देहीमा यो वर्ष धान बालीको उत्पादनमा कमि आउने अनुमान गरिएको छ ।  धान बाली उत्पादनका लागि अनुकुल मौसम र प्रयाप्त पानी नपरेका कारण यस वर्ष धान उत्पादनमा कमी आउने कृषि विज्ञहरुले जनाएका छन् ।  तराईका जिल्लामा परेको लामो समयसम्मको खडेरी र दोस्रो पटक राख्नुपर्ने रसाईनिक मल राख्न नपाएका कारण यसवर्ष जिल्लामा धान उत्पादनमा गिरावट आउने संकेत देखिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।  पहिला रोपिएको धानमा खासै असर नपरेपनि पछौटे धानमा खडेरीको पूर्णअसर परेको कार्यालयको भनाइ छ । पछौटे...

धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता ?

144439382909102015061206Hari-ji2-600x0.jpg
आश्विन २२, २०७२- कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन । खासमा उनले नेपालीको ‘अल्छी स्वभाव’बारे कटाक्ष गरेका थिए । उनले भनेका थिए– ‘नेपालमा ठूला जिम्मेवारी लिने तर साना कर्तव्य पनि पूरा गर्न नसक्ने, रातारात मालामाल...
Advertisement

खडेरीले धान खेतमै सुक्यो

1444221275images-7.jpg
बार्दिवास, २० असोज । लामो खडेरीले धानको बोट खेतमै सुकेपछि महोत्तरी जिल्लाका किसान चिन्तित भएका छन् ।  जिल्लाकै मुख्यबाली मानिएको धान खेतमै सुक्दै गएपछि किसानको चिन्ता बढेको हो । यसपाली बर्षा याममा पनि पर्याप्त पानी नपर्दा धान रोपाइँमा समस्या भएको थियो । इनार, बोरिङ्गमा दमकल (पम्पसेट)लगाएर किसानले धान रोपेका थिए ।  भङ्गाहा–३ का किसान सत्यनारायण यादवले भन्नुभयो, “भदौ १५ यता पानी नपरेको र लगातारको आन्दोलनले गर्दा डिजल पाउन नसकेपछि पम्पसेट पनि चलाउन नपाएर धान खेतमा सुक्यो ।” जिल्लामा यसपाली अल्प बर्षा भएकाले रोपाइँ पनि ४० हजार हेक्टरमा मात्र हुन सकेको...

दसैंमा उपत्यकालाई साढे ३२ हजार खसीबोका

1441804384download-1.jpg
भाद्र २३, २०७२- दसैंका लागि उपत्यकामा साढे ३२ हजार खसीबोका भित्रिने भएका छन् । नेपाल खाद्य संस्थान र चौपाया व्यवसायी संघ कलंकीले साढे ३२ हजार खसीबोका ल्याउने तयारी गरेका छन् । दसैंको अवसरमा खसीबोकाको माग उच्च हुने गरेकाले सोहीअनुसार राजधानी भित्र्याउने तयारी भएको यी दुई संस्थाले जनाएका छन् । ‘चाडबाडमा खसीबोकाको अस्वाभाविक मूल्य बढ्न नदिन २ हजार खसीबोका र ५ सय च्यांग्रा ल्याउने तयारी गर्दै छौं,’ संस्थानका प्रवक्ता श्रीमणिराज खनालले भने, ‘मुख्य उद्देश्य बजार हस्तक्षेप गर्नु हो । यसले उपभोक्तालाई धेरै राहत गर्नेछ ।’ उनले परीक्षणका लागि मुस्ताङबाट...

बजार नपाएर कुहिन्छ मुगुमा स्याउ

1441714728images.jpg
मुगु, २२ भदौ । जिल्लाका विभिन्न स्थानमा कृषकले फलाएको स्याउ पाके पनि जिल्ला कृषि विकास कार्यालयले स्याउ राख्ने बाकस उपलब्ध गराउन नसकेर बजार आसपासमा र बाहिर गाउँघरमा बजार नपाएर करोडौँका स्याउ कुहिन थालेका छन् ।  “स्याउ धेरै छ, पाकेर रूखबाट झर्न थालिसक्यो, अलिअलि भएको बाकसमा स्याउ राखेर नेपालगन्ज पठाएँ, अरू कुहिने हो कि भन्ने चिन्ता छ”–कार्कीवाडा गाविसका स्थानीय रामभक्त रोकायाले भन्नुभयो । कृषकका बगैँचामा फलेको स्याउ पाकेर झर्न थालेपनि जिल्ला कृषि विकास कार्यालयले अनुदानमा उपलब्ध गराउने बाकस समयमा नै वितरण नगरेपछि स्याउ कसरी बाहिर जिल्ला पठाउने...
Advertisement

बढ्दैछ उन्नत जातका पशुपालन व्यवसाय

1441456264download.jpg
पाल्पा, १९ भदौ । व्यावसायिक पशुपालनबाट मनग्य आम्दानी हुन थालेपछि यहाँ युवा यस पेसातर्फ आकर्षित भएका छन् । बङ्गुर, बाख्रा, गाईभैँसी पालनलगायतका क्षेत्रमा सजिलै आम्दानी हुन थालेपछि युवाले उन्नत प्रजातिका पशुपालन व्यवसाय रोज्न थालेका हुन् ।  स्थानीय जातका पशुपालनबाट भन्दा उन्नत जात पशुपालनबाट छिटो आम्दानी हुने भएपछि किसानको रुचि यसैतर्फ बढेको छ ।  उन्नत जातका बाख्रा र बङ्गुरबाट छिटो मासु तयार हुन्छ । जिल्लाका किसान उन्नत जातका पशुपालन गरी मासु उत्पादनतर्फ केन्द्रित भएपछि यो मासुमा पाल्पा आत्मनिर्भर बनेको छ । बा¥ह गाविसमा ६१ वटा बाख्राका फार्म सञ्चालित...

स्थानीय उत्पादनका कारण बजार मूल्य सामान्य

1441370943images-5.jpg
काठमाडौँ, १८ भदौ । देशका विभिन्न भागमा भएका बन्द तथा हडतालले बाहिरबाट आउने फलफूल तथा तरकारी ढुवानीमा केही समस्या देखिए पनि काठमाडौँ उपत्यका आसपासबाट भने सहज रुपमा तरकारी तथा फलफूल आउने गरेको छ ।  काठमाडौँका छिमेकी जिल्लाबाहेक अन्य विभिन्न भागबाट आउने खाद्यान्न यसअघिभन्दा केही महङ्गो भए पनि तरकारी तथा फलफूलको मूल्य सामान्य अवस्थामै रहेको व्यवसायी बताउँछन् ।  पछिल्लो समयमा काठमाडौँ, ललितपुर तथा भक्तपुरका साथै धादिङ, काभ्रे, मकवानपुरलगायत स्थानबाट तरकारीजन्य वस्तु पर्याप्तमात्रामा आउने गरेका कारण काठमाडौँको तरकारी मूल्य सामान्य अवस्थामा रहेको तरकारी...

धानखेतीमा पात बेरुवा रोग फैलियो

1441283406images-8.jpg
गोरखाबजार, १७ भदौ । धानखेती गरिएको गोरखाको फाँटमा पात बेरुवा रोग फैलिएको छ ।  दरौँदी, भुसुण्डे, सिर्दी, मस्र्याङ्दी, बूढीगण्डकी, चेपे खोलालगायत किनारका खेतमा लगाइएको धानबालीमा पात बेरुवा रोग फैलिएको किसानले बताएका छन् । छोप्राक गाविसका किसान नवीन्द्र कुमालका अनुसार हरियो किरा (लार्भा) ले धानको पात बेर्छ ।  धानको पात बेरिएर सुक्न सुरु गरेको भन्दै किसान कुमालले बेरुवा रोगबाट मुक्तिका लागि घरेलु प्रविधिको प्रयोग गरिएको बताउनुभयो । “धानखेतीमा बयर र ऐसेलुको बिरुवा घिसारेका छौँ”, उहाँले भन्नुभयो, “काँडाले बेरिएको धानको पात छुट्याउँछ भने हरियो किरा भुइँमा...
Advertisement

रुस–पश्चिम तनावको असर नेपाली दूधमा

1441197283027bd2cf993c37f3479f3e5602c36f01L.jpg
काठमाडौं-पश्चिमा देश र रुसबीच पछिल्लो समय बढेको तनावको असर नेपाली दूध बजारमा पर्न थालेको छ। केही समययता महाशक्ति अमेरिका लगायत पश्चिमा देश र रुसबीच मनमुटाव बढेको छ। यही मौकामा रुसले ती मुलुकबाट हुने दूध र दुग्धजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएको छ।   ठूलो बजारमा बिक्री गर्न नपाएपछि पश्चिमा देशका दुग्ध उत्पादकहरु मूल्य घटाउन बाध्य भए। त्यसको असर नेपाली बजारसम्म आइपुग्यो। विश्व बजारमा पाउडर दूधको मूल्य घटेको मौका छोपेर यहाँका डेरी उद्योगले आयातित पाउडर प्रयोग गर्न थाल्दा नेपाली किसानले उत्पादन गरेको दूध नबिक्ने समस्या आएको हो। युक्रेन समस्याको कारण...

एक करोडको अलैँची बिरुवा बिक्री

1441196605download.jpg
इलाम, १६ भदौ । जिल्लाबाट एक वर्षमा रु एक करोड बराबरको अलैँचीका बिरुवा बिक्री भएको छ ।  जिल्लाको फिक्कलमा रहेको अलैँची विकास केन्द्र र जिल्ला कृषि विकास कार्यालय तथा अलैँची बिरुवा उत्पादक किसानले बिरुवा बिक्री गरेका हुन् ।  अलैँची विकास केन्द्रले उत्पादन गरेको बिरुवा काठमाडौँ, नुवाकोट, गोरखा, कास्की, रोल्पा, स्याङ्जा, पाँचथर, तेह्रथुम, ताप्लेजुङका साथै इलाममा समेत गरी पाँच लाख बढी उत्पादन तथा बिक्री वितरण गरिएको केन्द्रका प्रमुख पदमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।  यहाँबाट सबैभन्दा बढी जिल्लाकै किसानले करिब डेढ लाख र कृषि विकास कार्यालयले ५० हजार...

‘मिल्क होलिडे’ हुन दिँदैनौं : कृषि सचिव

1440688227milk-final-fial.jpg
काठमाडौं, भदौ १० । कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले ‘मिल्क होलिडे’ कुनै पनि हालतमा हुन नदिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । भूकम्प, बन्द, हडताल जस्ता कारणले किसानको दूध खपतमा कमी आएको र त्यसले हुन सक्ने मिल्क होलिडे रोक्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममासचिव भट्टराईले घाटा नलाग्ने गरी नाफा बिना पनि किसानको दूध खेर जान नदिइ मिल्क होलिडे रोक्न विशेष पहल गर्न दुग्ध विकास संस्थानलाई निर्देशन दिए । नेपाल डेरी एसोसियसनका अध्यक्ष सुमित केडियाले राज्यले ध्यान नदिए दुग्ध किसानहरुको दूध बिक्री नभइ...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

यौन जीवन सफल बनाउन महिलाले गर्नुपर्ने व्यायम

14348194291 squat.jpg हुन त महिलाहरु प्राकृतिक रुपमा नै निकै आकर्षक मानिन्छन | सुनमा सुगन्ध थप्ने काम गर्छ व्यायमले |  दैनिक व्यायम...
Advertisement