धर्म

नेपालकै सबैभन्दा ठूलो ताजिया निर्माण

1445777092images.jpg
परासी, ८ कात्तिक । नवलपरासीमा नेपालकै सबैभन्दा ठूलो ताजिया बनाइएको जिकिर गरिएको छ ।  ताजिया(प्रार्थनास्थल जस्तै) हेर्न यतिबेला नेपाल र छिमेकी भारतीय दर्शनार्थीको घुइँचो लागेको छ । यस वर्ष जिल्लाको भुजहवामा सम्भवतः नेपालकै सबैभन्दा ठूलो ताजिया बनाइएको जिकिर गरिएको हो । एक सय २५ फि अग्लो र ८५ फि चौडाइ रहेको ताजिया हेर्न नवलपरासी, रुपन्देही, कपिलवस्तुसहित छिमेकी सीमावर्ती भारतीय दर्शनार्थी आइरहेका छन् ।  दुई हजार ५०० बाँस, एक क्विन्टल काँटी, ५० किलो तार र ८५ रिम कागज लगाई ५५ खण्डमा ताजिया तयार बनाइएको ताजिया मिस्त्री फरजुल्लाह डफालीले बताउनुभयो । उक्त...

दुर्गा भवानीको मूर्ति विर्सजन

1445608124images-5.jpg
लुम्बिनी (रुपन्देही), ६ कात्तिक । विजया दशमीको सुरुवातसँगै रुपन्देहीका विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा भवानीको मूर्तिहरु आज विर्सजन गरिएको छ ।  घटस्थापनाको दिन मूर्ति प्रतिस्थापन गरी स्थानीयलाई दर्शन गराउने उद्देश्यले चोकचोकमा अस्थायीरुपमा दुर्गा भवानीको मूर्ति स्थापना गरी पूजाआजा गरिएका मूर्तिको आज नजिकका नदीमा लगेर विर्सजन गरिएको हो ।  नेपालमा विजया दशमीको सुरुवातसँगै छिमेकी मुलुक भारतबाट हजारौँको सङ्ख्यामा दुर्गा भवानीका मूर्तिहरु भित्रिएका थिए । भारतीय बजार सुनौलीमा भारतीय रुपैयाँ १० हजारदेखि ६० हजारसम्म मूल्यका मूर्ति नेपाल...

मिथिलाञ्चल लगायत तराईमा जितिया पर्व मनाइँदै

1443962557images.jpg
जनकपुर, असोज १७ । मिथिलाञ्चललगायत तराईका क्षेत्रमा मनाइने जितिया पर्व आइतबारबाट शुरु भएको छ । आइतबार महिलाहरुले ब्रत बसी बिहानै स्नान गरी घिरौलाको पातमा मिठाई, दही, पिना र तेल राखेर सन्तानको जीवन रक्षाको कामना गरेका छन् । जितिया पर्वको दिन ब्रतालु महिलाले जितवाहनको कथा श्रवण गर्दछन् । सोमबार उपबास बस्ने र मंगलबार जितुवान भगवानलाई केराको पातमा भिक्षा, चिउरा, दही चढाउने गरिन्छ । परिवारिक सुख, शान्ति र सन्तानको दीर्घायुको कामना गर्दै विवाहिता महिलाले यो पर्व मनाउने गर्दछन् । तराईका धनुषा, महोत्तरी, रौतहट, सर्लाही, सिरहा, सप्तरीलगायतका जिल्लामा जितिया पर्व...
1453145911obamacare.gif

पितृ पक्ष (सोह्र श्राद्ध) आजदेखि सुरु

1443358365images.jpg
काठमाडौँ, ११ असोज । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि सुरु भएको छ ।  आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । चाडपर्व यज्ञयज्ञादी तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यतासमेत रहेको छ ।  यसरी सोह्रश्राद्ध गर्नाले...

भोलि ऋषिपञ्चमी

1442491794download-1.jpg
काठमाडौँ, ३१ भदौ । नेपाली महिलाहरूको महान चाड हरितालिका तीज भोलि ऋषिपञ्चमीको पूजा गरी सकिदै छ ।  हिन्दू संस्कारअनुसार महिलाहरूका लागि हरितालिका तीजसँग ऋषिपञ्चमीको महत्व जोडिएको छ । पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू छन् त्यसबाट मुक्ति पाउनका लागि ऋषिपञ्चमी व्रत गर्ने गरिन्छ ।  संस्कृतिविद् हरिराम जोशीका अनुसार तीज पर्वसँग जोडिएको यस व्रतमा विशेषगरी ऋषेश्वर महादेवको पूजा गर्ने चलन रहेको छ । यस दिन टिस्टुङ, टेकु, कोटेश्वरलगायतका ऋषेश्वर महादेव मन्दिरमा विशेष मेला लाग्ने उहाँले जानकारी गराउनुभयो...

शिव मन्दिरमा बिहानैदेखि ब्रतालु महिलाको भीड

144240957616092015014906TEEJFESTIVALPASHUPATINATHTEMPLE038-600x0.jpg
भाद्र ३०, २०७२- हरितालिका तीज पर्वको उपलक्ष्यमा ब्रत बसेका व्रतालु महिला पूजाआजा एवं दर्शनका लागि बुधबार बिहानैदेखि पशुपतिनाथलगायत शिव मन्दिरमा भीड लागेको छ । तीजका अवसरमा बुधबार महिलाहरू सबेरै स्नान गरी शुद्ध वस्त्र पहिरेर मन्दिर गइ पूजा गर्छन् । पशुपतिनाथलगायत शिव मन्दिरमा गई शिव–पार्वतीको पूर्जाअर्चना गर्ने चलन छ। तीज अवधिभर महिलाहरू रातो पहिरनमा सजिन्छन्। शिवपुराणमा उल्लेख भएअनुसार पार्वती बाल्यकालदेखि नै महादेवप्रति भक्तिभाव राख्थिन्। बालसुलभ खेलका क्रममा समेत बालुवाको शिवलिंग बनाउन रुचाउँथिन्। हुर्किएपछि तीजको व्रत बसी महादेव पति पाउन...
Advertisement

अपेक्षा गरिएभन्दा न्यून दर्शनार्थी

1442070253download-5.jpg
ललितपुर, २६ भदौ । बाह्रवर्से गोदावरी महामेलाको आज महिनाको अन्तिम शनिबारको दिन अपेक्षा गरिएभन्दा न्यून दर्शनार्थी आएको मूल व्यवस्थापनका सहसंयोजक मधुसुदन पौडेलले बताउनुभयो ।  अन्तिम शनिबारका दिन गोदावरी मेला आउने दर्शनार्थीको सङ्ख्या करिब एक लाख ५० हजार रहेको उहाँले बताउनुभयो । निरन्तर यस क्षेत्रमा वर्षा भइरहेकाले दर्शनार्थीको आगमनमा कमी आएको उहाँको तर्क रहेको छ ।  गोदावरी कुण्डमा स्नान गर्नाले पूण्य प्राप्त हुने र कुकर्म नाश भएका जाने जनविश्वासअनुसार कुण्डमा स्नान् गर्न राजधानीलगायत बाहिरबाट भक्तजन आएको उहाँले बताउनुभयो ।  मेलामा सुरक्षाका...

भोलि कुशेऔँसी अर्थात बाबुुको मुख हेर्ने दिन, मोती जयन्ती पनि मनाइँदै

1442066747images.jpg
काठमाडौँ, २६ भदौ । सनातन हिन्दू धर्मावलम्बीहरूको पवित्र वनस्पति कुशलाई घरघरमा भित्र्याउने दिनका रुपमा भोलि आइतबार कुशे औँसी मनाइँदै छ ।  प्रत्येक वर्षको भाद्रकृष्ण औँसीका दिन पर्ने यो दिन घरघरमा कुश भित्र्याउनुका साथै आफ्ना बुबाको मुख हेर्ने र विभिन्न परिकार खुवाउने प्रचलन छ ।  ‘कुश’ देवकार्य तथा पितृकार्य दुवैमा प्रयोग गरिने पवित्र वनस्पति हो । कुशलाई शालिग्राम, तुलसी तथा पिपललाई जस्तै भगवान विष्णुका रुपमा पूजा गरिन्छ ।  शास्त्रीय मान्यताअनुसार पुरोहित वा ब्राह्मणले मन्त्रोच्चारण गरी वैदिक विधिका साथ काटिएको कुश आफ्ना यजमानका घरघरमा...

सामाजिक सद्भाव फैलाउँदै गौरा पर्व

14414603041441449610357ROS--KTM--Gaura--2.jpg
काठमाडौँ, १९ भदौ । “सिल्ल है सिलगढी रामरो गुर्खोला है गढी  साइराम पद्मका फूल लुवा साङाल पढी ?”  भनेर प्रश्न गर्दा उत्तर यस्तो आयो –“वाज भोकै परेवा भोकै म पनि भोकै छु, मायाले मुलुक झेल्या खायाले चोखै छौँ ।”  यो आज टुँडिखेलमा युवा युवतीले गौरा पर्व मनाउने क्रममा देउडा भाकामा गरेको सवाल जवाफ हो ।  गौरा पर्व र देउडा नाचको रौनक देख्दा लाग्थ्यो सुदूरपश्चिमवासीले टीकापुरमा केही हप्ताअघि घटेको दुःखद् घटना बिर्सने कोसिस गरिहरहेका छन् ।  के युवायुवती, के वृद्धवृद्धा, के बालबालिका सबै नै देउडा भाकामा स्वर मिलाउँदै रमाएका देखिन्थे । करिब १० वर्षे छोरो...
Advertisement

एक दिनमै छ लाख भक्तजन गोदावरी मेलामा सहभागी

14414564931441450937710SP-KTM-godawari-mela.jpg
काठमाडौँ, १९ भदौ । गत भदौ एक गतेदेखि गोदावरीमा सुरु भएको बाह्र वर्षे सिंहस्त महामेलामा मेला भर्न आउने भक्तजनको आज एक दिनमा अहिलेसम्मकै ठूलो भीड लागेको छ ।  मेला सुरु भएको समयदेखिनै सार्वजनिक बिदाका दिन भक्तजनको भीड लाग्ने गरेको भएपनि आज शनिवार बिदाको दिनसँगै श्री कृष्ण जन्माष्टमी पनि परेकाले अहिलेसम्मकै धेरै छ लाख भक्तजन आएका मेला मूल व्यवस्थापन उपसमितिका प्रचारप्रसार संयोजक श्याम घिमिरेले जानकारी दिनुभयो ।  संयोजक घिमिरेका अनुसार गएको मध्यरातदेखिनै बढेको भक्तजनको चाप अहिलेसम्म पनि उत्तिकै रहेको छ । अन्य दिन भक्तजन मेला भर्नको लागि दैनिक ५० हजारदेखि...

कृष्णःज्ञान, भक्ति र कर्मयोगका प्रणेता

1441370544download-1.jpg
काठमाडौँ, १९ भदौ । ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रणेता कृष्ण जन्माष्टमी मङ्गलबार भाद्र कृष्णाष्टमीका दिन मनाइँदैछ ।  द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा कृष्णको जन्म भएको सम्झनामा आजको दिन यो पर्व मनाउने गरिएको जनविश्वास छ ।  मामा कंसलगायतको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार कृष्णले पापका पर्याय बनेका कंसको बध गरी हजुरबुबा उग्रसेन, मातापिता देवकी एवम् वासुदेवलाई कारागारमुक्त गरेका थिए...

राष्ट्रपति र प्रमलाई ब्रह्माकुमारीको रक्षाबन्धन

1440853617images.jpg
काठमाडौँ, १२ भदौ । राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालालाई ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रका निर्देशक राज दिदीले आज रक्षाबन्धन गराइदिनुभयो ।  केन्द्रका तर्फबाट राज दिदीले राष्ट्रपति भवन शीलत निवास र प्रधानमन्त्री निवासमा पुगेर उहाँहरुलाई रक्षाबन्धन गराइदिएको केन्द्रले जनाएको छ ।  सो अवसरमा राष्ट्रपति डा यादवले ब्रह्माकुमारी मिसनको आपसी स्नेह, सद्भाव, एकता र भाइचाराको अभियान आगामी दिनमा अझ सशक्त बन्न सकोस् भन्दै वर्तमान परिवेशमा सबै राजनीतिक दलमा आपसी समझदारी, मेलमिलाप तथा सहमति कायम भई संविधान निर्माणले मूर्तता पाओस् भन्ने...
Advertisement

भोलि जनैपूर्णिमा मनाइँदै

1440771599images-2.jpg
काठमाडौँ, ११ भदौ । श्रावण शुक्ल पूर्णिमाका अवसरमा भोलि जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ ।  प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ ।  यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी गराउनुभयो ।  “शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले वर्षदिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति)को दिनका रुपमा जनै पूर्णिमालाई...

गोसाइँकुण्ड पुग्ने यात्रीलाई पालमा राख्ने प्रबन्ध

1440335519download-1.jpg
धुन्चे (रसुवा), ६ भदौ । जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्ड पुग्ने भक्तजनलाई बास बस्न पालको व्यवस्था मिलाइएको छ ।  चन्दनबारीदेखि गोसाइँकुण्डसम्म लाङटाङ–गोसाइँकुण्ड–हेलम्बु होटल व्यवस्थापन समितिले आफ्नो तर्फबाट यात्रुलाई ‘टेन्ट’मा बसोबास गराई भोजनको व्यवस्था गर्ने र लौरिविनायक तथा गोसाइँकुण्डमा प्राथमिक उपचारका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी पूरा भएको सो समितिका अध्यक्ष तेन्जेन दोर्जे तामाङले बताउनुभयो ।  काठमाडाँैबाट १२३ किमी ठूलोभार्खुसम्म मोटर र ठूलोभार्खुदेखि सात कोसको उचाइ पैदलमार्ग पार गरेपछि पुग्न सकिने धार्मिक तथा...

चन्द्रेश्वर सत्तल प्रपन्नाचार्य स्मृति सङ्ग्रहालय बन्दै

1440248192images-3.jpg
काठमाडौँ, ५ भदौ । स्वामी डा प्रपन्नाचार्य विसं २०४५ देखि बसेको मृगस्थलीस्थित चन्दे्रश्वर सत्तल क्षेत्रलाई सङ्ग्रहालयका रुपमा विकास गरिने भएको छ ।  उहाँले धर्म र संस्कृतिका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै कोषले जीवित छँदै विसं २०७१ साउन महिनामा डा स्वामी प्रपन्नाचार्य स्मृति सङ्ग्रहालय निर्माण गर्ने निर्णय गरेको थियो । “उहाँको निधनपछि सङ्ग्रहालय बनाउने काममा सघाउन कोषका तर्फबाट सबैमा आह्वान गरेका छौँ”– कोषका सदस्यसचिव डा गोविन्द टण्डनले भन्नुभयो ।  कोषले छिट्टै सङ्ग्रहालय निर्माणसम्बन्धी कार्यक्रम र समूहको गठन गर्ने भएको छ ।...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

यौन जीवन सफल बनाउन महिलाले गर्नुपर्ने व्यायम

14348194291 squat.jpg हुन त महिलाहरु प्राकृतिक रुपमा नै निकै आकर्षक मानिन्छन | सुनमा सुगन्ध थप्ने काम गर्छ व्यायमले |  दैनिक व्यायम...
Advertisement