ने. क. पा. एमाले

एमालेले सरकारलाई भन्यो— चीनबाट छिटो तेल ल्याऊ

1445776025download-1.jpg
काठमाडौं—भारतको नाकाबन्दीका कारण सर्वसाधारणको जीवनमा अवमानीय असर परेको निष्कर्ष निकाल्दै सत्तारुढ नेकपा एमालेले उत्तरी छिमेकीबाट छिटाे पेट्रोलियम पदार्थ आयात गर्न सरकारलाई निर्देशन दिएको छ। गए राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी स्थायी कमिटी बैठकले चीनबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्ने सम्झौतालाई तत्काल अघि बढाउन भनेको हो।  ‘चीनसँग भइरहेको इन्धन ल्याउने सम्झौतालाई छिटो अघि बढाउन र अहिले भइरहेको पेटोलियम पदार्थ अभावको समस्या छिटो सुल्झाउन सरकारलाई निर्देशन गरेको छ’, बैठकमा सहभागी एमाले सचिब योगेश भट्टराईले  भने। दक्षिणी...

राजीनामा दिन राज्यलक्ष्मी गोल्छालाई एमालेको निर्देशन

1445178330merokhabar.jpg
कार्तिक १, २०७२- एमाले स्थायी कमिटीले आइतबार सांसद राज्यलक्ष्मी गोल्छलाई राजीनामा गर्न निर्देशन दिएको छ । पार्टी सचिव गोकर्ण बिष्टकाअनुसार संविधान निर्माणको प्रक्रिया र संसदीय गतिविधिमा गोल्छाको निष्क्रियताका कारण उनको राजीनामा मागिएको हो । संविधानसभामा एमालेको समानुपातिक कोटाबाट सभासद् भएकी गोल्छा संविधान पारित गर्नेदेखि प्रधानमन्त्री निर्वाचनसम्मका महत्त्वपूर्ण बैठकमा अनुपस्थित थिइन् । त्यसअघि पनि सदनमा विरलै उपस्थित हुने गोल्छाले संविधानसभा, संसद र संसदीय समितिमा एकपटक पनि बोलेको रेकर्ड छैन । गोल्छालाई सभासद् बनाउँदा पनि चन्दाका भरमा मात्रै...

एमाले बैठकः कांग्रेससँग मिलेर अघि बढ्ने

1444912419images.jpg
नेकपा एमाले स्थायी कमिटीको बैठकले राष्ट्रिय मुद्दामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेर अघि बढ्नुपर्ने ठहर गरेको छ । पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको बैठकले कांग्रेससँगको सहयात्राका बारेमा आवश्यक छलफल र समन्वयका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मा दिएको छ । बैठकपछि स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेले ‘भद्र सहमति’ तोडिएर प्रतिस्पर्धाका आधारमा प्रधानमन्त्रीको चयन भएको अवस्थामा पनि कांग्रेससँग मिलेरै राष्ट्रिय समस्याको समाधान गर्नुपर्नेमा बैठकले जोड दिएको बताए । संविधान जारी हुनु पूर्व...
1453145911obamacare.gif

केपी शर्मा ओली ३३८ मतका साथ प्रधानमन्त्री पदमा निर्वाचित

1444561801120961047330592101313956716441705392075477n.jpg
काठमाडौँ, २४ असोज । सङ्घीय गणतन्त्र नेपालको नयाँ संविधान जारी भएपछि नेपालको नयाँ प्रधानमन्त्रीमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली निर्वाचित हुनुभएको छ ।  उहाँले खसेको कुल मतमध्ये ओलीले ३३८ मत प्राप्त गर्नुभएको सभामुख सुवास नेम्वाङले घोषणा गर्नुभयो । मतदानमा ५८७ जना सांसद उपस्थित हुनुहुन्थ्यो ।  यस्तै अर्का उम्मेदवार नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले २४९ मत प्राप्त गर्नुभएको छ ।  एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालगायत दलहरुको समर्थनमा ओली मुलुकको ३८औँ...

केपी ओली : झापा विद्रोहदेखि प्रधानमन्त्रीसम्म

1444560849120961047330592101313956716441705392075477n.jpg
काठमाडौँ, २४ असोज । झापा विद्रोह हुँदै वामपन्थी राजनीतिमा तीन दशकदेखि सक्रिय नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली संविधानसभाबाट जारी नयाँ संविधानपछि मुलुकको पहिलो प्रधानमन्त्री बन्न सफल हुनुभएको छ ।  छैटौँ वाम प्रधानमन्त्री  मुलुकको दोस्रो ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता ओलीले प्रमुख दलको सहकार्यमा नयाँ संविधान निर्माणमा निर्णायक भूमिका निर्वाह गर्नु भएको थियो । उहाँ पहिलो ठूलो दल नेपाली काँग्रेसबाहेक अन्य दलको समर्थनमा प्रधानमन्त्री बन्नुभएको छ । मुलुकको ३८औँ प्रधानमन्त्री उहाँ छैटौँ वामपन्थी प्रधानमन्त्री पनि हुनुभएको छ । पहिलो...

ओलीलाई प्रधानमन्त्री बनाउन माधवकुमार नेपालले बढाए सक्रियता

1444394990madhav-nepal-new1.jpg
काठमाडौं, असोज २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालले सक्रियता बढाएका छन् । नेता नेपालले शुक्रबार प्रधानमन्त्री सुशील कोइरालासँग भेट गरी दलहरुबीच १६ बुँदे सहमति हुँदा भएको भद्र सहमतिअनुसार अगाडी बढ्न आग्रह गरेका छन् । त्यस क्रममा प्रधानमन्त्री कोइरालाले पार्टीले गर्ने निर्णय नै अन्तिम हुने भन्दै आफू सोही अनुसार अघि बढ्ने जवाफ दिएको नेता नेपालले जानकारी दिए । एमाले नेता नेपालले शुक्रबार नै एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गरी पूर्वसहमतिअनुसार एमाले अध्यक्ष ओलीलाई...
Advertisement

राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ–नेता नेपाल

1443880429download-4.jpg
काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले प्रमुख तीनदलसहित अन्य दलको सहभागितामा राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने बताउनुभएको छ ।  नेकपा (एमाले) पाल्पा–काठमाडौँ सम्पर्क मञ्चको १०औँ सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले संविधान जारी गर्दाका सहयात्री प्रमुख दल र बाहिर रहेका दलसहित राष्ट्रिय एकताको सरकार गठन गर्नुपर्ने धारणा राख्नु भयो ।  “अहिले पनि नेपाली काँग्रेस, एमाले र एमाओवादीबीचको एकता अत्यन्तै महत्वपूर्ण छ, जसरी एकताबद्ध भएर तीनपार्टी र अन्य दलले संविधान जारी गरे संविधान कार्यान्वयनका लागि र आउने निर्वाचनसम्म उनीहरुको...

चिनियाँ नाका खोल्न खटियो एमालेको विद्यार्थी टोली, दुई दिनमा यसरी खुल्नेछ नाका

1443707161UML-student-cadet-650x443.jpg
काठमाडौं, १४ असोज । सत्ता साझेदार दल नेकपा एमालेले चीनसँग जोडिएका नेपाली नाका खुलाउन विद्यार्थी टोली परिचालन गरेको छ । एमालेले भातृ संगठन अनेरास्ववियुका उपाध्यक्ष दीपक गौतमको नेतृत्वमा एक सय जना विद्यार्थीलाई स्वंयसेवक बनाएर चिनियाँ नाका खोल्न परिचालन गरेको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो- ‘भारतले गरेको अघोषित नाकाबन्दीले समस्या भएपछि छिटो भन्दा छिटो चीनसँग सम्पर्क गराउनलाई सजिलो होस् भनेर स्वयंसेवक परिचालन गरिएको हो । अबको दुई/तीन दिनभित्रै चिनियाँ नाका खुल्छ ।’ उहाँका अनुसार एमालेको विद्यार्थी...

ओलीले भारतलाई भने–‘मित्रवत् व्यवहार देखाऊ’

1443184985kp-oli-final-fial14.jpg
काठमाडौं, असोज ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतलाई मित्रवत् व्यवहार देखाउन आग्रह गरेका छन् । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको प्रथम राष्ट्रिय महाधिवेशनको शुक्रबार राजधानीमा उद्घाटन गर्दै ओलीले नेपाल र नेपालीहरु भारतको मित्र भएकाले भारतले पनि मित्रवत् व्यवहार देखाउनुपर्ने बताए । नेपाल–भारत सीमानामा गएर नाकाबन्दीको प्रयास गर्ने र जनताको चुल्हो बल्न नदिने आन्दोलनमा जनताको सहभागिता नरहेको उनको दाबी थियो । केही नेताको क्षणिक स्वार्थका लागि दुई देशबीचको सम्बन्ध बिगार्न नहुनेमा ओलीले जोड दिए । राजनीतिक रुपमा निकास खोज्नुपर्ने...
Advertisement

संविधानबारे एमालेको जागरण अभियान घोषणा, गाउँगाउँ जान नेता–सांसदलाई निर्देशन

1443098334amale-baithak6.jpg
काठमाडौं, असोज ७ । नेकपा एमालेले नयाँ संविधानबारे आम जनतालाई जानकारी गराउन जागरण अभियान थालेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा विहीबार बसेको एमाले बैठकले नयाँ संविधान र यसका विशेषताहरुबारे जनतालाई जानकारी गराउनका लागि भन्दै जागरण अभियानको घोषणा गरेको हो । एमालेले नेपाली कांग्रेस, एकीकृत माओवादी र अन्य दलहरुसँगको सहकार्यमा संयुक्त र पार्टीको तर्फबाट पनि छुट्टै जागरण अभियान सन्चालन गर्ने जनाएको छ । जागरण अभियानका लागि गाउँ–गाउँमा जान पार्टी नेता, सांसद र कार्यकर्ताहरुलाई निर्देशन दिइएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराइले जानकारी...

समाजमा असन्तुष्टि फैलाउने समूहप्रति चनाखो हुनुपर्छः पोखरेल

1442580850download-1.jpg
काठमाडौँ, १ असोज । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले अहिले केही दलबाट समाजमा असन्तुष्टि फैलाउने प्रयत्न भइरहेकाले त्यसप्रति चनाखो हुन आग्रह गर्नुभएको छ ।  यहाँ आज पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा आयोजित कार्यकर्ता भेलामा उहाँले आफ्नो पार्टीले लिएको अडानका कारण संविधान निर्माण कार्य पूरा भएको र जनताले उपलब्धि प्राप्त गरेको जिकिर गर्नुभयो । महासचिव पोखरेलले भन्नुभयो–“राष्ट्रिय अखण्डता तथा सबै जाति र समुदायका बीच सामाजिक सद्भाव सुदृढ गर्नका लागि आफ्नो पार्टीले कसैसँग सम्झौता गर्दैन । ”  पार्टीका सचिव गोकर्ण विष्टले देशमा पहिलो पटक...

संविधान जारीपछि एमालेले चियापन गर्ने

1442492266download-3.jpg
काठमाडौँ, ३१ भदौ । नेकपा (एमाले)ले नेपालको संविधान, २०७२ जारी भएपछि आगामी असोज ५ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।  एमाले महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालय बैठकले नेपालको संविधान जारी भएको ऐतिहासिक अवसरमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पार्टीका तर्फबाट चियापान कार्यक्रम आयोजना गर्ने निर्णय भएको हो ।  सो दिन अपराह्न १ देखि ५ बजेसम्म चल्ने चियापान कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका नेता, कार्यकर्ता, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, कलाकार, पत्रकार, कानुनी व्यवसायी, शिक्षक, प्राध्यापक, उद्यमी...
Advertisement

संविधानसभाबाट मधेसका केही जमिन्दार बाहिरिए : नेता पोख्रेल

1442239578ShankarpokhrelUMLleadertharuhatryali849216473.jpg
दाङ : नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व सञ्चारमन्त्री शंकर पोख्रेलले संविधान निर्माण प्रक्रियाबाट मधेसका केही जमिनदारमात्र बाहिरिएको बताएका छन् । लोकतान्त्रिक थारु संघले सदरमुकाम घोराहीमा गरेको सद्भाव र्‍यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै नेता पोख्रेलले भने, ‘संविधानसभाबाट बाहिरिने मधेसी जनता होइनन्, केही सीमित मधेसका जमिनदारहरु मात्र हुन् ।’ नेता पोख्रेलले नेपालको सबैभन्दा ठूलो दल कांग्रेसले मधेसबाट सबैभन्दा धेरै १० लाख, एमालेले ९ लाख र एमाओवादीले ६ लाख मत प्राप्त गरेको उल्लेख गर्दै अहिले संविधान निर्माण प्रक्रियाबाट बाहिरिने सबै...

वार्ताबाट समाधान खोज्न र संविधान सुनिश्चित गर्न एमालेको आह्वान

1441804015images-7.jpg
काठमाडौँ, २३ भदौ । नेकपा (एमाले) ले तत्काल आन्दोलनको विकल्प खोज्न र वार्ताका माध्यमबाट समाधान निकाली संविधान निर्माणलाई सुनिश्चित गर्न आन्दोलनरत पक्षलाई आह्वान गरेको छ ।  एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेता, मधेसका पार्टी नेता र सभासद्सहितको उपस्थितिमा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज गरिएको पत्रकार सम्मेलनमा सो आह्वान गरिएको हो ।  झण्डै एक महिनादेखि जारी तराई–मधेसको बन्दबाट एमाले गम्भीर भएको जनाउँदै अध्यक्ष ओलीले जुन क्षेत्रमा जनताका नाममा यो आन्दोलन हुँदैछ, त्यहीँका जनतालाई पीडा कसरी उचित हुनसक्छ भन्दै आन्दोलनमा सङ्लग्न जनताका...

एमाले मुख्यालयमा प्रतिस्पर्धाबाट कर्मचारी छनोट गरिने

1441719055images-7.jpg
काठमाडौँ, २२ भदौ । नेकपा (एमाले) केन्द्रीय कार्यालयको सङ्गठनात्मक संरचनालाई व्यवस्थित र पारदर्शी बनाउन पहिलो पटक कर्मचारीको आन्तरिक प्रतिस्पर्धाबाट छनोट गरिने भएको छ ।  बैठकले पार्टी कार्यालयको सञ्चालनलाई थप पारदर्शी र सहज पहुँचसहितको बनाउन केन्द्रीय सचिवालयले गठन गरेको कार्यदलले केन्द्रीय कार्यालयमा कर्मचारीलाई प्रशासन, लेखा र प्राविधिक समूहका रुपमा व्यवस्थित गर्ने र उनीहरुको सेवा तथा सुविधालाई समयानुकूल पुनरावलोकन गर्दै जाने निर्णयसहित रिक्त कर्मचारीमा आन्तरिक विज्ञापन गर्ने तय गरेको हो ।  पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...
Advertisement