बन्द / हड्ताल

राजविराजमा लाठी जुलुस प्रदर्शन

1445776844Untitled-2.jpg
कार्तिक ८, २०७२- शनिबार स्थानीयमाथि प्रहरीले लाठीचार्ज गरेको विरोधमा राजविराजमा लाठी जुलुस प्रदर्शन गरिएको छ । शनिबार राति सदरमुकाम राजविराजसँगै रहेको जोलहरीमा स्थानीय बासिन्दाले आयोजना गरेको परम्परागत नाच हेर्न आएकालाई सवारीसाधन स्कर्टिङ गरेर लैजानका लागि प्रहरीले लाठीचार्ज गरेको स्थानीयको आरोप छ । प्रहरीले भने सवारी साधनमा ढुंगा प्रहार भएको भन्दै थप क्षति हुन नदिनका लागि सामान्य बल प्रयोग गरेको दाबी गरेको छ । प्रहरीको लाठीचार्जबाट तीनजनाको टाउको फुटेको र ५ महिलासहित एक दर्जन सामान्य घाईते भएको स्थानीय भीमराज यादवले जानकारी दिए । अघिल्लो शुक्रबार...

मधेसी मोर्चासँग वार्ता, प्रारम्भिक माग पूरा गर्ने सहमति

1445775846Untitled-2.jpg
काठमाडाैं-सरकारी र मधेसी मोर्चाको वार्ता टोलीबीच चलेको तीन घण्टा लामो वार्ता सकिएको छ। मोर्चाबाट प्रस्तुत पाँचवटा पूर्व सर्त पूरा गर्ने सहमति भएको छ।  पाँच सर्त पुरा गर्ने कानुनि र व्यवहारिक अाधार तयार पार्न कानुन मन्त्री अग्नी खरेललाइ जिम्मा दिने र उनको सहयोगका लागि मोर्चाका तर्फबाट संघीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउतलाइ जिम्मेवारी तोकिएको छ। अान्दोलनका क्रममा मृत्यु भएका सबैलाइ सहिद घोषणा गर्नुपर्ने, मृतक परिवारलाइ क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निशुल्क उपचार गर्नुपर्ने, दंगाग्रस्त क्षेत्र, निषेधित क्षेत्र र कर्फ्यु अादेश हट्नु पर्ने र...

आन्दोलन थप सशक्त बनाउने ठाकुर र यादवको चेतावनी

144569034001092015051817mahantha-600x0.jpg
कार्तिक ७, २०७२- मधेसवादी दलका शीर्ष नेताहरुले जारी मधेस आन्दोलन अझ सशक्त रुपमा अघि बढाउने चेतावनी दिएका छन् । उनीहरुले मधेस आन्दोलनलाई बदनाम गराउन सतापक्षद्वारा विभिन्न षडयन्त्र गरिरहेको आरोप लगाउँदै जारी आन्दोलन लक्ष्य प्राप्ति नहुन्जेल बिराम नलगाइने बताए । विराटनगरमा आज आयोजित विरोध सभालाई सम्बोधन गर्दे तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनलाई कमजोर बनाउनका लागि आफ्नो नाम राष्ट्रपति पदसित जोडेर अफवाह फैलाइएको आरोप लगाए । 'मेरो नाम राष्ट्रपति पदसित जोडेर दुष्प्रचार गरियो,' ठाकुरले भने, 'म राष्ट्रपति पदको भोको होइन ।...
1453145911obamacare.gif

पत्रकारको मोटरसाइकल तोडफोड

1445689035Untitled-2.jpg
लहान, ७ कात्तिक । आन्दोलनमा प्रेस, मानवअधिकार, एम्बुलेन्स र वारुणयन्त्रलाई कुनै अवरोध नगर्ने मधेसी मोर्चाको पूर्व प्रतिबद्धताविरुद्ध समाचार सङ्कलनका क्रममा रहेका पत्रकारको समेत मोटरसाइकल आज तोडफोड भएको छ ।  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध कार्यकर्ताले बिहान सिरहाको लहानस्थित सहिद रमेश महतो चोकनजिक स्थानीय ‘सौगात’ एफएम र ‘मधेसस्पेसल डट कम’मा कार्यरत पत्रकार फिरोज शेखको मोटरसाइकल तोडफोड गरेका हुन् ।  पत्रकारको सङ्केत देखिने पोसाक लगाएर बिहान समाचार सङ्कलन गर्न जानुभएका शेख चढेको स ६प ८ नंको मोटरसाइकल तोडफोड हुँदा मोटरसाइकलको भाइजर...

लहान बजार पुनः बन्द

14456093241441942949Logo-for-news.jpg
लहान, ६ कात्तिक । विजयादशमीलाई मध्यनजर गरी सगरमाथा अञ्चलको प्रमुख व्यापारिक केन्द्र सिरहाको लहानमा आमहड्ताललाई खुकुलो पारेको संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले आज बिहानदेखि पुनः सशक्त पारेको छ ।  संयुक्त मधेसी मोर्चाका नेता, कार्यकर्ताले आज बिहानैदेखि लहानस्थित बजार, पसल, उद्योगधन्दा बन्द गराएका छन् ।  विजयादशमीभरि बजार पसल खोल्न दिएका मोर्चाका कार्यकर्ताले दसैँ सकिएको भन्दै आज बिहानबाट बजार, पसल बन्द गराएको स्थानीयवासीले बताएका छन् । रासस ...

सरकार-मधेसी मोर्चाबीच आज औपचारिक वार्ता मोर्चाले माग्यो प्रदेशको सिमांकनमा आधिकारिक धारणा

1445430166Untitled-2.jpg
कार्तिक ४, २०७२- सरकार र आन्दोलरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका वार्ता टोलीबीच बुधबार(आज) अपरान्ह औपचारिक वार्ता भएको छ । बिजुलीबजारस्थित तमलोपा पार्टी कार्यालयमा दुईपक्षबीच करिब पौने २ घण्टा वार्ता भएको हो । सरकारले सोमबार उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा गठन गरेको वार्ता टोलीले मंगलबार तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग अनौपचारिक भेट गरेको भोलिपल्ट मोर्चाको वार्ता टोलीसँग औपचारिक वार्तामा बसेको हो । दुई महिनादेखि आन्दोलरत् मोर्चाले प्रदेशको सिमांकन विषयमा आफूहरुले उठाएको मागका विषयमा सरकारी टोलीको स्पष्ट धारणा माग गरेको छ ।...
Advertisement

सरकार –मधेसी मोर्चा वार्ता, प्रदेश सीमाङ्कन मुख्य विषय

1445343224Untitled-2.jpg
काठमाडौँ, ३ कात्तिक । सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज भएको वार्तामा प्रदेश सीमाङ्कनको विषयलाई मोर्चाले पुनः उठाएको छ ।  उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापा संयोजकत्वको सरकारी वार्ता टोलीसँग तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र हृदयेश त्रिपाठीले सरकारी वार्ता टोलीको कार्यादेश (म्यान्डेट)बारे जिज्ञासा राख्नु भएको थियो ।  “तराई–मधेस आन्दोलनका क्रममा पक्राउ परेकाको रिहाई, मुद्दा फिर्ता, घाइतको उपचार, सहीद घोषणालगायत पुरानै माग उहाँहरूले दोहोर्‍याउनुभयो,” वार्ताबारे जानकारी दिँदै बिना...

मधेसी मोर्चाको आन्दोलन दसैंमा पनि

144525812823092015094856madhesi-morcha-600x0.jpg
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दसैंमा पनि आन्दोलन नरोक्ने अडान लिएको छ । आन्दोलन, आमहड्ताल र नाकाबन्दी सरकारको उपेक्षाको परिणाम भएको मोर्चाको भनाइ छ । ‘हाम्रा मागहरु सम्बोधन नै नभई जनताको ब्यापाक सहभागितामा भइराखेको आन्दोलन रोक्दा,’ शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै पठाइएको पत्रमा भनिएको छ, ‘आन्दोलनकारी जनतामाथि नै विश्वासघाट हुने हुनाले तत्काल आन्दोलन रोक्न सम्भव नभएको व्यहोरा अनुरोध छ ।’ मधेसमा दुई महिनादेखि जारी हड्तालले जनजीवन नराम्ररी प्रभावित भएको छ । आन्दोलनपछि सृजीत नाकाबन्दीले ग्यास, पेट्रोललगायतका इन्धन अभाव...

दुई महिनामा वीरगन्ज भन्सारको ११ अर्ब राजस्व अवरुद्ध

1445177382download.jpg
पर्सा, १ कात्तिक । सधैँ वहनको लामो लाम र गोलदाम भरिभराउ रहने वीरगन्ज भन्सार हाल पूरै खाली भएको छ । मधेस केन्द्रित दलको बन्द हडताल र नाकाबन्दीका कारण विगत दुई महिनादेखि नेपालका लागि वीरगन्ज नाकाबाट हुने आयातनिर्यात अवरुद्ध भएपछि नेपालको प्रमुख नाका वीरगन्ज भन्सारको यार्ड पूरै खाली भएको हो ।  संविधान संशोधन र सीमाङ्कनको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भदौ ३० गतेदेखि बन्द हडताल र असोज ७ गतेदेखि नाकाबन्दी गरेपछि नेपालका लागि भारत तथा तेस्रो मुलुकबाट आयात हुन नसकेपछि भन्सार यार्ड पूरै खाली भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत सुशील...
Advertisement

बन्द खुकुलो पार्न यातायात व्यवसायीको आग्रह

1445084480Untitled-2.jpg
सप्तरी, ३० असोज । तराई मधेसमा लामो समयदेखि जारी बन्दका कारण सप्तरीका यातायात व्यवसायी दिनप्रतिदिन मारमा परेको भन्दै बन्दलाई खुकुलो बनाउन आग्रह गरिएको छ ।  राजविराजस्थित सगरमाथा यातायात सङ्घको सभामा आज पत्रकारहरूसँग छलफल गर्दे यातायात व्यवसायीले आन्दोलनरत पक्षसँग बन्द खुकुलो गरिदिन आग्रह गरेका छन् ।  नेपालीको महान पर्व दसैँमा बन्दका कारण यातायात नचल्दा यातायात व्यवसायी मारमा पर्नुका साथै कार्यरत मजदुर आफनो छाक टार्न र दसँैमा किनमेलका लागि पैसा नहँुदा समस्यामा भएको बताएका छन् ।  छलफल कार्यक्रममा मोर्चाका सप्तरी संयोजक रामप्रित यादव, सद्भावनाका...

आन्दोलनकारीद्वारा खाद्य उद्योगमा लुटपाट

144508438823092015094856madhesi-morcha-600x0.jpg
पर्सा, ३० असोज । बन्द अवज्ञा गरेको भन्दै पर्साको बहुअर्वाभाठा गाविस–७ मा रहेकोे श्री गणेश खाद्य उद्योगमा आज बिहान आन्दोलनकारीको एक समूहले तोडफोड गरी धान लुटेर लगेका छन् ।  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दलाई अवज्ञा गरी उद्योगले रातिराति चामल बिक्री गरेको भन्दै आन्दोलनकारीले खाद्य उद्योगमा तोडफोड गर्नुको साथै १५० बोरा धानसमेत लुटी लगेको प्रहरीले जनाएको छ ।  खाद्य उद्योगको कार्यालय, भान्सालगायतको स्थानमा तोडफोड गर्दै गोदाममा राखिएको धानलाई आन्दोलनकारीले साइकल प्रयोग गरी लुटी लगेको जिल्ला प्रहरी कार्यालय...

मधेस आन्दोलनमा सहभागिता घट्दै पार्टी छाड्दै मधेसवादी दलका कार्यकर्ताहरु

144482620423092015094856madhesi-morcha-600x0.jpg
आश्विन २७, २०७२- प्रधानमन्त्री निर्वाचनमा भाग लिएपछि सप्तरीमा जारी मधेस आन्दोलनमा सर्वसाधारणको सहभागिता घट्दै गएको छ । नेतृत्वको निर्णयप्रति असन्तुष्टि जनाउँदै मधेसवादी दलका नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गर्ने क्रम सुरु भएको छ । आफैंले जलाएको संविधान कार्यान्वयन प्रक्रियामा सहभागी भएको नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै फोरम नेपालका जिल्ला सदस्य प्रभानन्द मण्डलले साधारण सदस्यता समेतबाट राजीनामा दिएका छन् । यस्तै फोरम लोकतान्त्रिकका अगुवा कार्यकर्ता शंकर खिडहरी यादवले ७० जना सहित पार्टीको सधारण सदस्यता समेत परित्याग गरेका छन् ।...
Advertisement

मतदानमा सहभागी भएको भन्दै मधेसी मोर्चाप्रति आक्रोश

144474230723092015094856madhesi-morcha-600x0.jpg
आश्विन २६, २०७२- प्रधानमन्त्री निर्वाचन प्रकृयामा र सत्ताको खेलमा सहभागी भएको भन्दै केही आन्दोलनकारी तथा मधेसी अगुवाहरुले आक्रोश व्यक्त गरेका छन् । आन्दोलनकारीहरुको एक समूहले सोमवार आन्दोलनरत्त दुबै मधेसी मोर्चाका नेताहरुको पुत्ला समेत जलाएका थिए ।  हालसम्म स्वामित्व ग्रहण नगरेको तथा पटक पटक जलाइएको ‘नेपालको संविधान २०७२’ अन्तर्गत सम्पन्न प्रधानमन्त्रीय निर्वाचनमा मतदान गरेको उल्लेख गर्दै उनिहरु संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा संघीय मधेसी मोर्चाका शीर्ष नेता विरुद्ध आक्रोशित बनेका हुन् ।  मधेस जनआन्दोलन संघर्ष समिति सम्बद्ध महाकान्त...

पाँच दिनका लागि बैंक खुला

1444655615merosamachar.jpg
जनकपुर–करिब दुई महिनादेखि तराईमा बन्द–हड्ताल गरिरहेको मधेसी मोर्चाले दसैं–तिहारजस्ता पर्वलाई मध्यनजर गरी बैंक तथा वितीय संस्था खोल्न दिने भएको छ। जिल्ला आन्दोलन परिचालन समिति संयोजक परमेश्वर साहले बजार र नाकाबन्दी कायमै राखेको बताउँदै स्थानीयको आग्रहअनुसार जनकपुरका वित्तीय संस्थाहरू पाँच दिनका लागि खुला गरिएको बताए । 'लामो बन्दका कारण सर्वसधारणको दैनिकीसमेत प्रभावित भएकाले मंगलबारदेखि पाँच दिनसम्म जनकपुरका सम्पूर्ण बैंक तथा वित्तीय संस्था खोल्न दिने निर्णय भएको छ,' साहले भने । यसैबीच, दशकौंदेखि पत्येक वर्ष दसैं बजार लगाउँदै आएका जनकपुरका...

​सुशील कोईरालालाई मतदान गरेको बिषयले मधेशी मोर्चामा विवाद

1444655490resizeimage-2.jpg
असोज २५, काठमाडौं ।  प्रधानमन्त्रीको निर्वाचनमा कंग्रेस सभापति सुशील कोइरालालाई मतदान गरेको बिषयलाई लिएर मधेशी मोर्चामा विवाद देखिएको छ । संविधानमा असन्तुष्टी जनाउँदै आन्दोलन जारी रहँदा संविधानको जगमा भएको निर्वाचनमा मतदान गरेको भन्दै मोर्चाभित्र विवाद देखिएको हो ।  विवाद समाधानका लागि भन्दै आज बसेको मोर्चाको बैठक/ राजेन्द्र महतोको सद्धभावाना पार्टीले बहिस्कार गरेपछि निष्कर्षमा पुग्न सकेन । आन्तरीक छलफलमा व्यस्त भएका कारण बैठकमा सहभागी हुन नपाएको सद्धभावनका सहध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । भोली बस्ने मोर्चाको बैठकले आन्दोलन फिर्ता...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

यौन जीवन सफल बनाउन महिलाले गर्नुपर्ने व्यायम

14348194291 squat.jpg हुन त महिलाहरु प्राकृतिक रुपमा नै निकै आकर्षक मानिन्छन | सुनमा सुगन्ध थप्ने काम गर्छ व्यायमले |  दैनिक व्यायम...
Advertisement