संबिधान सभा

न्यायाधीशको पुनःनियुक्ति गर्नुहुदैन

1436112038sambidhansabha.gif
काठमाडौँ, २० असार । नयाँ संविधानमा न्यायाधीशहरुको पुनःनियुक्ति गर्नेसम्बन्धी व्यवस्था राख्न नहुने सुझावसहितको प्रतिवेदन सर्वोच्च अदालतको पूर्ण बैठकमा पेस भएको छ ।  संविधानको मस्यौदा समितिले संविधानसभा समक्ष पेस गरेको नेपालको संविधान, २०७२ को मस्यौदामा भएको न्यायपालिकासम्बन्धी व्यवस्थाका सम्बन्धमा सर्वोच्च अदालतका तीन न्यायाधीशले गरेको अध्ययन प्रतिवेदन प्रधानन्यायाधीश रामकुमारप्रसाद साहसहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशहरुको पूर्ण बैठकमा आज पेस गरिएको प्रतिवेदनमा सो सुझाव राखिएको हो ।  सर्वोच्च अदालतका न्यायाधीश वैद्यनाथ उपाध्यायको...

लोकतान्त्रिक, समावेशी, जनमुखी र अग्रगामी संविधान प्राप्त गर्ने सुनिश्चित

1436090808sambidhansabha.gif
काठमाडौँ, २० असार । संविधानसभामा प्रवेश पाएको संविधानको मस्यौदाले नेपाली जनताले अब निकट भविष्यमै लोकतान्त्रिक, समावेशी, जनमुखी र अग्रगामी संविधान प्राप्त गर्ने सुनिश्चित गरेको टिप्पणी सभासद्हरुले गरेका छन् ।  संविधानसभाको आजको बैठकमा विधेयकको पहिलो मस्यौदालाई सैद्धान्तिक सहमति दिई जनताको प्रतिक्रिया प्राप्त गर्न नेपाल राजपत्रमा प्रकाशित गरी सार्वजनिक गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै सभासद्हरुले उक्त टिप्पणी गरेका हुन् ।  मस्यौदाका धेरै बुँदामा सहमत हुन सकिए पनि केहीमा सामान्य संशोधनको आवश्यक रहेका बताउँदै उहाँहरुले आगामी संविधान...

संविधानको मस्यौदामा छलफल

1436089069sambidhansabha.gif
काठमाडौँ, २० असार । संविधानसभामा ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदालाई ‘जनताको प्रतिक्रियाका लागि नेपाल राजपत्रमा प्रकाशन गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफल आज पनि जारी छ ।  बैठकमा बोल्ने अधिकांश सदस्यहरुले संविधानसभाबाट संविधान जारी हुने सुनिश्चितताका साथ ऐतिहासिक दस्तावेजका रुपमा मस्यौदा आउनु सकरात्मक कदम हो भन्दै केही विषयवस्तु र शब्दावलीमा संशोधनको आवश्यकता औँल्याउनुभयो ।  सम्पूर्ण नेपाली समुदायको हक अधिकारको प्रत्याभूति हुनेगरी संविधान जारी गर्नुपर्ने भएकाले मस्यौदाले त्यसलाई अझै समेट्न नसकेको केही सदस्यको गुनासो थियो...
1453145911obamacare.gif

साउनको दोस्रो सातासम्ममा संविधान जारी हुने – अध्यक्ष ओली

1436088999KP Oli.jpg
विराटनगर, २० असार । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले साउनको दोस्रो सातासम्ममा संविधान जारी हुने विश्वास व्यक्त गर्नुभएको छ ।  विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले संविधानको प्रारम्भिक मस्यौदा संविधानसभाबाट पास भएपछि जनताको राय सुझावका लागि जनताको माझमा लगिने उल्लेख गर्नु भयो ।  उहाँले संविधान बनेर नेपालको सङ्क्रमणकाल टुङ्गियोस् भन्ने अन्तर्राष्ट्रिय जगत्को पनि चाहना रहेको छ भन्दै ६०१ जना सभासद्मध्ये एक–दुई दर्जन सभासद्ले विरोध गर्नुको कुनै अर्थ नरहेको स्पष्ट पार्नुभयो ।  उहाँले संविधान निर्माणमा...

हिन्दू राष्ट्र कायम हुनुपर्ने

1436063238merokhabar.jpg
काठमाडौँ, १९ असार । संयुक्त राष्ट्रवादी समाजवादी पार्टी नेपालले संविधानको मस्यौदामा धर्म निरपेक्ष राष्ट्रको प्रावधान यथावत् राखेकामा आपत्ति जनाएको छ ।  आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टीले राष्ट्रिय अखण्डता तथा एकताका लागि भए पनि धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र कायम रहनुपर्ने माग गरेको छ ।  अध्यक्ष कमल चौलागाईंले कानुनतः धर्मान्तरण गर्ने अधिकार स्थापित गरेमा देशमा धार्मिकलगायत विभिन्न खाले द्वन्द्व निम्तने भएकाले यसबारे सचेत हुन ठूला दललाई आग्रह गर्नुभयो । “धर्म निरपेक्षता, सङ्घीयताको स्वरुपजस्ता विषयमा संविधानसभाभित्र र...

साउनभित्रै संविधान जनताका हातहातमा

1436062835sinchai-mantri-saud.jpg
सङ्खुवासभा, १९ असार । सिँचाइ मन्त्री नारायणप्रकाश साउदले संविधान निर्माणमा प्रमुख दलहरु चिन्तित रहेकाले आगामी साउनभित्रै संविधान जारी गर्ने बताउनुभएको छ ।  सिँचाइ कार्यालयको आज यहाँ उद्घाटन गर्दै उहाँले साउनभित्रै सबै तह र तप्कामा रहेका नेपालीको विचारलाई सम्बोधन गरी नेपालको संविधान २०७२ जनताको हातमा पु¥याउने दाबी गर्नुभयो ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री साउदले आगामी भदौ महिनामा हुने पार्टीको केन्द्रीय महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुने स्पष्ट पार्नुभयो ।  कार्यक्रममा सभासद् मीन विश्वकर्मा, उमेश श्रेष्ठ, सरिता...
Advertisement

सबैभन्दा ठूलो कुरा संविधान आउनुपर्यो, त्यो आउँछ

1436062187prime min (2).jpg
काठमाडौँ, १९ असार । प्रधानमन्त्री सुशील कोइरालाले दल विशेषले सोचेजस्तो नभए पनि समग्रमा सबैको साझा दस्तावेजका रुपमा संविधान आउने बताउनुभएको छ ।  नेपाल निजामति कर्मचारी सङ्घ र नेपाल निजामती कर्मचारी युनियनको आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एकता घोषणा समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अहिलेको सबैभन्दा ठूलो कुरा संविधान आउनुप¥यो, त्यो आउँछ ।”  संविधानसभामा नेपाली काँग्रेस ठूलो दलको हैसियतले उपस्थित भएको हँुदा पार्टी पङ्क्ति एक ढिक्का भएर सबैलाई मिलाएर अघि बढ्ने थप जिम्मेवारी रहेको बताउँदै प्रधानमन्त्री कोइरालाले भन्नुभयो,...

साउन पन्ध्रभित्र संविधान जारी गर्न सभाध्यक्षको प्रस्ताव, दलहरू गृहकार्यमा

1436061634subash-nembang.jpg
काठमाडौँ, १९ असार । सकेसम्म चाँडो नयाँ संविधान जारी गर्न सहमत प्रमुख दलका नेताहरू ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदामाथि जनताको राय÷सुझावका लागि दिइने समयसीमा र विधिबारे गृहकार्यमा जुटेका छन् ।  गत जेठ २५ मा चार प्रमुख राजनीतिक दलबीच भएको सोह्रबुँदे सहमतिका आधारमा मस्यौदा समितिमार्फत् संविधानसभामा प्रस्तुत पहिलो मस्यौदामा ‘जनताको प्रतिक्रियाका लागि नेपाल राजपत्रमा प्रकाशन गरियोस्’ भन्ने प्रस्तावमा छलफल सकिएलगत्तै सभासद्सहितको टोली जनतामा मस्यौदा लिएर जानेछ । सो प्रस्तावमा मस्यौदामाथिको सैद्धान्तिक चर्चासहित करिब चार सय...

संसद् बैठक : तीन अध्यादेश स्वीकृत, अर्को बैठक असार २३ मा

1436061384sambidhansabha.gif
काठमाडौँ, १९ असार । व्यवस्थापिका–संसद्को आजको बैठकमा ‘भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी अध्यादेश, २०७२, ‘सार्वजनिक खरिद (पहिलो संशोधन अध्यादेश, २०७१ र ‘सहकारी (दोस्रो संशोधन) अध्यादेश, २०७१ स्वीकृत भएका छन् ।  ‘भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी अध्यादेश, २०७२ अस्वीकार गरियोस् भनी एनेकपा (माओवादी)का रामनारायण बिडारीले प्रस्ताव प्रस्तुत गरेपनि बैठकको बहुमतले त्यसलाई अस्वीकार गरेको थियो । बिडारीले संविधानको धारा ८८ लाई उल्लङ्घन गरेर सो अध्यादेश ल्याइ संसद्को हक हनन् गरिएको बताउनुभयो । विडारीको प्रस्तावमा समर्थन...
Advertisement

संविधानसभाबाट संविधान बन्ने सुनिश्चित – सभामुख नेम्वाङ

1435842854subash-nembang.jpg
काठमाडौँ, १७ असार । संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले मस्यौदा पेस भएपछि संविधान सभाबाट संविधान बन्ने सुनिश्चित भएको बताउनुभएको छ ।  नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको २३आँै वार्षिकोत्सव तथा साधारणसभाको आज उद्घाटन गर्दै अध्यक्ष नेम्वाङले सबै जनताको साझा दस्तावेजका रुपमा संविधानको एकीकृत मस्यौदा आएकाले छिट्टै जनताले नयाँ संविधान पाउने आशा व्यक्त गर्नुभयो ।  सभाध्यक्ष नेम्वाङले हालको मस्यौदा प्रारम्भिक मात्र भएको बताउनुहुँदै असन्तुष्ट केही दलहरुलाई संविधान पारित हुँदासम्म आफ्ना विचार राख्न सक्ने सम्भावना भएको विश्वास दिलाउनुभयो...

प्रारम्भिक मस्यौदा प्रस्तावनामा महिलाको सवालमा विभेदकारी प्रावधान राखिएको

1435752202sambidhansabha.gif
काठमाडौँ, १६ असार । संविधानसभामा प्रस्तुत भएको नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदा प्रस्तावनामा महिलाको सवालमा विभेदकारी प्रावधान राखिएको भन्दै संशोधन गरिनुपर्ने माग गरिएको छ ।  महिला नेत्री तथा अधिकारकर्मीले माग गर्दै आएको विषयलाई समावेश गर्नुको सट्टा २०४७ सालको संविधान र अन्तरिम संविधान २०६३ ले व्यवस्था गरेको कतिपय अधिकारलाई समेत कटौती गरिएको भन्दै तत्काल परिमार्जन गर्न आग्रह गरिएको हो ।  नेपाली काँग्रेसकी नेत्री पुष्पा भुषालले प्रस्तावित मस्यौदा महिलाको सवालमा अन्तरिम संविधानभन्दा पनि कमजोर छ, विभेदकारी छ भन्नुभयो । “अन्तरिम संविधान...

आज पनि भएन मस्यौदा पेस, लावतीका निधनमा शोक प्रस्तावगर्दै बैठक स्थगन, विवाद कायमै

1435606423sambidhansabha.gif
काठमाडौँ, १४ असार । संविधानसभाको आजको बैठक पूर्वसांसद पद्मसुन्दर लावतीका निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरी स्थगन भएको छ ।  सभाध्यक्ष सुवास नेम्वाङको अध्यक्षतामा राति १२ बजेर ४५ मिनेट जाँदा सो बैठक बसेको थियो । लावती पाँचथर–२ बाट विसं २०५१ को आमनिर्वाचनमा प्रतिनिधिसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित हुनुभएको थियो ।  लामो समयदेखि मिर्गौला, कलेजो, मधुमेह र हृदयरोगबाट थलिनुभएका उहाँको गत जेठ २७ गते ७६ वर्षका उमेरमा निधन भएको थियो । उहाँ राप्रपा नेपालका पनि संस्थापक नेता हुनुहुन्थ्यो । संविधानसभाको बैठक मङ्गलबार अपराह्न २ बजे...
Advertisement

संविधानसभाको बैठक राति ९ बजे, के के हुदै छ त निर्णय?

1435592363sambidhansabha.gif
काठमाडौँ, १४ असार । संविधानसभाको बैठक राति ९ बजेका लागि तय गरिएको छ ।  संविधान मस्यौदा समितिले तयार पारेको एकीकृत मस्यौदामा बाँकी रहेका विवाद समाधान गर्न समय लागेका कारण संविधानसभाको बैठक सारिएको संविधानसभा सचिवालयका सचिव मुकुन्द शर्माले राससलाई जानकारी दिनुभयो ।  संविधानसभाको बैठक यसअघि आज अपराह्न ३ बजेका लागि तय गरिएकामा मस्यौदामा बाँकी रहेका केही विषयमा सहमति हुन नसकेको भन्दै पुनः ७ बजेका लागि निर्धारण गरिएको थियो ।  आज बिहान ११ बजे संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले मस्यौदा बुझाउने कार्यक्रम तय भए...

संविधानको प्रारम्भिक मस्यौदा पारित, भोलि संविधानसभामा पेस हुने

1435536946sambidhansabha.gif
काठमाडौँ, १३ असार । संविधान मस्यौदा समितिको पूर्ण बैठकले भावी संविधानको प्रारम्भिक मस्यौदा सर्वसम्मतिले पारित गरेको छ । पारित मस्यौदा भोलि संविधानसभाको बैठकमा पेस हुनेछ ।  गत जेठ २९ गतेको संविधानसभाको बैठकले मस्यौदा समितिलाई पहिलो मस्यौदा तयार पारेर संविधानसभामा पेस गर्न दिएको निर्देशनबमोजिम समितिको आजको बैठकले उक्त मस्यौदा पारित गरेको हो ।  पारित मस्यौदा भोलि संविधानसभामा प्रस्तुत गरिने समितिका सभापति कृष्णप्रसाद सिटौलाले जानकारी दिनुभयो ।  मस्यौदा तयारीको काम १५ दिनभित्र पूरा गर्नु गाह्रो भएपनि समितिका सदस्य, पाँचवटा उपसमितिबाट प्राप्त...

संविधानको मस्यौदा पारित

1435507474sambidhan.jpg
काठमाडौँ, १३ असार । मुलुकको भावी संविधानले आजदेखि ठोस आकार प्राप्त गरेको छ ।  संविधान मस्यौदा समितिको आजको पूर्ण बैठकले नयाँ संविधानको मस्यौदा सर्वसम्मतिले पारित गरेपछि झन्डै ६५ वर्षदेखिको नेपाली जनताको संविधानसभाबाट संविधान प्राप्त गर्ने आकांक्षाले पूर्णता पाउने अवस्था आएको हो ।  बैठकमा समितिका सदस्यले दिएको सुझावलाई समेटेर समितिको सचिवालयले मस्यौदालाई पूर्णरुप दिई भोलि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसमक्ष प्रस्तुत गर्ने समितिका सभापति कृष्णप्रसाद सिटौलाले जानकारी दिनुभयो ।  उक्त मस्यौदा भोलि नै संविधानसभामा प्रस्तुत हुने...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

यौन जीवन सफल बनाउन महिलाले गर्नुपर्ने व्यायम

14348194291 squat.jpg हुन त महिलाहरु प्राकृतिक रुपमा नै निकै आकर्षक मानिन्छन | सुनमा सुगन्ध थप्ने काम गर्छ व्यायमले |  दैनिक व्यायम...
Advertisement